रामभक्त हनुमानजीको पराक्रम

शिवप्रसाद गौतम
वैशाख ६, २०७६

आज २०७६ साल वैशाख ६ गते शुक्रवार श्रीरामभक्त वायुपुत्र, अञ्जनीकुमारको शुभजन्मोत्सव हो। हनुमान हनुमान पराक्रमका प्रतीक हुन्। हनुमानको शाब्दिक अर्थ जस्तोसुकै कठिनभन्दा कठिन कार्यहरू आफ्नो बुद्धि र बल प्रयोग गरेर फत्ते गराउने क्षमताको व्यक्तित्व मानिन्छन्। उनले गर्न लागेका कामहरू कहिल्यै असफल भएका छैनन्। जे काम पनि फत्ते गराएर सम्पन्न गर्ने हनुमानको स्वभाव छ। हनुमान् अनुशासनमा चल्ने व्यक्तित्व हुन्।

हनुमान बालीका भाइ राजा सुग्रीवका प्रधानमन्त्री हुन्। वनवासी रामको भानुभक्तीय राममायणको किष्किन्धा काण्डमा सुग्रीवसँग भेट भएको प्रसङ्ग छ। किष्किन्धा भनेको दक्षिणी भारतको किष्कन्ध नामक देशको राजधानी हो। बाली भनेको किष्किन्धाको एक बलवान् शक्तिशाली वानरराजा हो। सुग्रीव रामायण प्रसिद्ध वानरराजा तथा पुराणप्रसिद्ध बालीका भाइ हुन्। वनवासी रामकी श्रीमती भगवती सीताको हरण भएपछि राम, लक्ष्मण सीताको खोजीमा वनमा घुम्दै गर्दा बालीको छलहो कि भन्ने हनुमानलाई बुझ्न पठाउँदा हनुमानले रामलाई सोध्दा रामले आफ्नो बेलिविस्तार कहेपछि हनुमानले भगवान् रामचन्द्रका दाजुभाइ राम र लक्ष्मणलाई काँधमा बोकेर ल्याए र सुग्रीव सामु उपस्थित गराएपछि रामपत्नी सीता रावणले हरण गरेको र सुग्रीवपत्नी बालीले हरण गरेको प्रसङ्गले दुवैको पत्नी वियोगको प्रसङ्ग मिलेकोले भगवान् राम र राजा सुग्रीव बीच मित्र साइनो जोडिएपछि सीतालाई रावणले हरेर लङ्का लाने क्रममा सीताले आफूले लगाएका गहनाहरू पोको पारेर फाल्दा यही ठाउँमा फालेकी र सुग्रीवले फेला पारेर राखेका थिए। तिनै गहनाको पोको रामका अगाडि सुग्रीवले राखिदिए। रामचन्द्र भगवान् सामान्य मानिसझै यी गहना देखेर धुरुहुरु रोए।

रोया छातिविषे धर्या र गहना, नाना विलापले तसै।

लक्ष्मण सुग्रीवले तहाँ प्रभुजीको, दिल खुस गराया तसै।

हे राम रावणलाई मारि सहजै, सीताजीलाई यहाँ।

हाजिर हामी गराउँला हजुरमा, त्यो दुष्ट जाला कहाँ।

यति बिन्ति तहाँ ति सुग्रीवजीले, रामका हजुरमा गर्या।

बोल्या श्री हनुमानले पनि तहाँ, अग्नी र साक्षी धर्या।

: भानुभक्तीय रामायण

राम र सुग्रीवको मितेरी गाँठो बाँधिए पछि रामले बालीको बध गर्नुभयो। बालीको बध गरेपछि सीताजीको खोजमा हनुमान सहितका वानरादि सैन्यहरू खटाइए। सीता हरण गर्ने रावणको राज्य अहिलेको श्रीलंका थियो। श्रीलंका समुद्रको बीचमा रहेको टापु भएकोले त्यहाँ पुग्न कठिन थियो। सीताको खोजमा पठाइएका वानर सेना समुद्रको तिरमा जम्मा भए। समुद्र कसरी तर्ने चिन्ताले सबैलाई सतायो। यसरी किमकर्तव्य बिमूढभएका साथीहरूलाई सम्झाउँदै हनुमानले साथीहरूलाई भने म उडेर लङ्का जान्छु भन्दा सबै खुसी गराएर हनुमान लङ्कातर्फ उडे।

समुद्रको बीचमा पुगेका हनुमानको गति सुरसा राक्षस्नीले रोकी। इन्द्रादि देवताहरूले हनुमानको लङ्का पुग्ने अक्कल बल छ छैन भनी परीक्षा गर्न सुरसालाई पठाएकाथिए। राक्षस्नीले हनुमानलाई आफ्नो आहारा बनाउने क्रममा मुखवाइ हनुमानले ठूलो रूपबनाउँदै गए। राक्षस्नीले पनिठूलो मुख बनाउँदै गई। त्यही बेला हनुमान सानो भुसुनोझैँ उसको मुखमा पसेर निस्के। हनुमानको अक्कल बुद्धिदेखि सुरसा प्रसन्न भएर खाने कुरा छाडी। ऊ खुसी भएर स्वर्गतिर लागी। हनुमान लङ्का पुगे।

रावणको राज्य श्रीलंकाको राजधानी भित्र छिर्न कठिन थियो। वरिपरि अजङ्को पर्खाल लगाइएको थियो। कम्पाउण्डको चार दिशातर्फ चार द्वार थिए। हनुमान मूलद्वारमा पुगेर प्रवेश गर्न लाग्दा लङ्किनी राक्षस्नीले छेकी। उसलाई पनि हनुमानले एक मुक्का दिँदै रगत छाद्न पुगी र हनुमानलाई प्रवेश आज्ञा दिई। हनुमानले रावणको दरबारको प्रत्येक कोठाहरू चहारे, सीताजीलाई फेला पार्न सकेनन्। हनुमानजी लङ्का पुग्दा सीताजीको दायाँ अङ्ग फुरेको थियो। लङ्किनीले जानकी अशोकवाटिकामा छन् भनेको सम्झेर हनुमान त्यतै लागे। रावणले हनुमान लङ्कामा आएको सपना देखेर सीतालाई थर्काउन आयो। रावण फर्केर गएपछि रामभक्त हनुमानले जानकीलाई शिंशपा (सिसौ) को रुख भनी देखे।

अधिक गभिर छाया सूर्यको ताप् नपस्न्या।

उपर अति पँहेला चरा मात्र बस्न्या।

वरिपरि पनि नाना राक्षसीको छ घेरा।

रुखमनि तहि सीता देखिइन् फेद नेरा। ।

हनुमानजी सीतालाई देख्ने बित्तिकै अति प्रसन्न भए। सीताजीलाई भेटेपछि रावणको बगैँचाका फलफूल खाने अनुमति मागे। फलफूल खाए। रावणको बगैँचा नाश गरे। रावणका खर त्रिसूर छोराहरूलाइ मारे, रावण अति क्रोधित भयो। इन्द्रजितले नागपासमा पारेर रावणको दरबारमा उपस्थित गरायो। रावणको सेखी झारे। रावण रिसाएर पुच्छरमा आगो लगाउने आदेश दियो र त्यही आगोले विभीषणको घर मात्र बाँकी राखेर लङ्का शहर जलाइदिए। त्यसपछि सीताजीसँग बिदा हुनपुगे। आफूले सीताजीलाई भेटेको प्रमाणमागे। प्रमाणलिएर रामलाई सीता भेटेको विश्वास दिलाए।

त्यसपछि रामको सेना लङ्का पुग्यो। राम र रावणबीच घमासान युद्ध भयो। यो युद्धमा रावण पुत्रइन्द्रजीतले लक्ष्मणलाई मुर्छा पार्यो। उनको उपचार गर्न रावणको वैद्य नै चाहिने भयो। हनुमानले नै रावणको दरबारबाट उसको वैद्यलाई उठाएर ल्याए। उसको सल्लाह अनुसार हनुमान सञ्जीवनी बुटी लिन गए। बुटी नचिनेर उनले पहाड नै बोकेर ल्याए। वैद्यले बुटी ख्वाएर लक्ष्मणलाई बिउँझाए। त्यसपछि राम र रावणबीच घमासाना युद्धभयो। यो युद्धमा हनुमानजीको अतुलनीय योगदान रÞयो। हनुमानको योगदानविना राम रावणको युद्धमा रामको विजय हुने थिएन।

हनुमान राम, सीता, लक्ष्मणका परम भक्तथिए। हनुमान तिमी रामभक्तहौँ भन्ने प्रमाण के प्रस्तुत गर्न सक्छौ भन्दा उनले आफ्नो छाती च्यातेर आफूभित्र राम, सीता र लक्ष्मणको साक्षात उपस्थिति देखाएर रामभक्तको प्रमाण प्रस्तुत गरेका थिए। त्यसैले जहाँ रामको भजनकीर्तन पूजा हुन्छ त्यहाँ राम, सीता, लक्ष्मणसहित वीर हनुमानजीको पूजा हुनु अनिवार्य छ। हनुमानजीको पराक्रम र शौर्यको हजार जिब्रा भएका शेष नागले त गर्न सक्दैनन् भने हामी मनुष्यले गर्न सक्ने कुरा सम्भव छैन। आज हनुमान जयन्ती भएकोले सबैको राम, सीता, लक्ष्मण र हनुमान भक्ति स्मरणहोस्। श्री राम जय राम जय जय राम। पतित पावन सीता राम, जय जय वीर हनुमान शुभम्।

Related News

सम्बन्धित समाचार

hero news full width