– मौन भएर हेरिरहेको छु, कुरा सुनिरहेको छु । यो समय एक अर्कामाथि दोष, आरोप लगाउने बेला हुँदै होइन । सबै मिलेर विश्वका मानव जातिको शत्रु कहलिएको कोरोना भाइसरलाई पराजय गर्नु नै अहिलेको मुख्य चुनौतीको बिषय हो । कोरोनाको त्रासकैबीचमा विश्व नै रोइरहेका बेला केही कुरा उठाउन मन लाग्यो ।
कोरोना सबैको चुनौती हो । योसँग लड्न विकसित देशलाई त हम्मे हम्मे परेको देख्यौं । राजनीतिक परिवर्तनले चुलिएको तर धेरै आवश्यकता पूरा गर्नका लागि गज तयार नभएको मेरो देशमा कोरोनासँग जोडेर कसैको आलोचना गर्न मलाई पटक्कै मन छैन ।भन्न जति सजिलो भएपनि जादुको छडी कसैसँग छैन । सरकारसँग नि जादुको छडी पक्कै छैन भन्ने म बुझ्छु । तर सरसकारसँग इच्छाशक्ति भने आवश्यक छ । सरकार जनताको रक्षक हुनु पर्छ, सरकार जनताको सुख, दुःखको साथी बन्नुपर्छ, जनतालाई सरकार जिम्मेवार भएर हाम्रा लागि अगाडि बढिरहेछ भन्ने आशालाग्दो, भरोसालाग्दो सन्देश दिन भने सक्नुपर्छ । त्यसो गर्न नसके सरकार सरकार रहदैन, बेकार बन्नेछ ।
कोरोनासँग विश्वका सबै नागरिक त्रसित छन् । तर सबै नागरिककाबीचमा स्वास्थ्य सेवासँग प्रत्यक्ष रुपमा जोडिएका स्वास्थ्यकर्मी र उनका परिवारको मन र मस्तिष्क त्रसित मात्रै छैन, यतिबेला आतंकित छ । स्वास्थ्यकर्मीलाई आतंकित परिस्थितिबाट माथि उठाउनेतर्फ भने खासै ध्यान र चासो नपुगेकोप्रति मेरो दुखेसो छ । किनकी स्वास्थ्यकर्मीको मनोबल माथि उठ्न नसक्दा अहिले हजारौ नागरिक आपतमा छन्।
घरभित्र विभिन्न रोगसँग जुधेर लकडाउन कहिले खुल्ला भन्दै दिन कुरिरहेका छन् । निमोनिया झेल्दै गरेका, सुत्केरी हुने बेलामा महिला, जटिल अप्रेशन गर्नुपर्ने अवस्थाका बिरामीदेखि अन्य विभिन्न खाले स्वास्थ्य समस्यामा रहेकाहरु घरभित्रै निसास्सिन थालेका छन् । अस्पताल पुग्दा स्वास्थ्य सेवा प्राप्त नै नहुने कहाली लाग्दो अवस्था देख्दा धेरैको मन रोइरहेको छ ।
यतिबेला सावधानी र सतर्कता त पहिलो आवश्यक हो नै । त्यसको अन्य कुनै विकल्प नै छैन । तर स्वास्थ्यकर्मीको मनोबल उकास्नका लागि गम्भीर भएर बेलैमा सोचेनौ भने अब छिट्टै अन्य रोग र समस्याका कारण अकालमा मर्नुपर्नेको संख्या ठूलो हुन सक्छ । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन मन लाग्यो ।
यस्तो विपद्का बेला जनतालाई स्वास्थ्य सेवा दिन्नौ, बिरामी छुदै छुन्नौ भन्ने छुट स्वास्थ्यकर्मीलाई हुनै सक्दैन । तर स्वास्थ्यकर्मी र उनका परिवारलाई सरकारले आश्वस्त पारी स्वास्थ्यकर्मीका लागि शारीरिक, मानसिक सुरक्षाको प्रत्याभूति दिन नसक्दा स्वास्थ्यकर्मीको मनोबल सून्य प्राय अवस्थामा पुगेको छ । यस्तो बेला उनीहरुका लागि समेत सरकारले केही विशेष प्याकेज घोषणा गरोस् ।
जसले जे भनेपनि स्वास्थ्यकर्मी नै निरुत्साहित भएभने अवस्था झन विकराल बन्न सक्छ । सावधानी र सतर्कता बाहेक यो समस्याका लागि स्वास्थ्यकर्मीले नै अग्रपंक्तिका लडाकु हुन् । यस्तो अवस्थाका लडाकुको मनोबल उकास्न सकिएन भने परिणाम प्राप्त हुने अवस्था छैन । सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाएर नै अहिले आफ्नो उपस्थिति देखाउने समय हो । यस्तो बेला स्वास्थ्य सेवामार्फत् सरकारले प्रभावकारी उपस्थिति देखाउन नसके जनता खुशी हुने छैनन् । स्वास्थ्यकर्मी मित्रहरु यतिबेला तपाईसँगपनि जनताले निकै ठुलो आशा र विश्वास गरेका छन् । कृपया पेशागतसँगै मानवीय धर्म निभाउन तपाईहरु पनि पछाडि सर्न हुँुदैन ।
कोरोना परीक्षण र उपचारका लागि सरकारले कुनै निश्चित अस्पताल तय गरी सेवा दिन मुख्य शक्ति नै प्रयोग गर्नुपर्छ, यो समस्या सामान्य भएन अब । तर भएका स्रोतसाधन प्रयोग गरी अन्य बिरामीको उपचारका लागि सरकारले केही उपाय तत्काल निकालोस् । निजी अस्पतालका लागि समेत सरकारले विशेष प्याकेज ल्याएर प्रयोग गर्न सक्छ। सरकार,सरकार नै हो । चाहे गर्न सक्छ, गर्न दिनु पनि पर्छ । मेरो आग्रह लौ न मेरो सरकार अन्य बिरामीलाई अकालमा मर्नबाट जोगाउन केही कदम चाल्नु प¥यो ।
देशका हरेक परिस्थिति बुझ्ने नेपाली जनताले अहिलेको राष्ट्रिय संकटलाई पनि बुझेका छन् । संकटका बेला समेत अनियमितताको विषय जोडिनु भएन । बरु आउँदो आर्थिक वर्षमा बाटो, पुल, भवनको आशा नगर्नुस् भनेर जनतालाई सम्झाउन पनि सकिन्छ । तर सबै शक्ति र स्रोतसाधनको भरपूर उपयोग गरी कोरानासँगै तमाम स्वास्थ्यकर्मी र अन्य बिरामीका विषयमा मेरो शक्तिशाली सरकार गम्भीर बन्नै पर्छ ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१