विपन्न परिवारको लागि १ लाखसम्म र ७५ वर्ष माथिका बृद्धबृद्धाका लागि भने शतप्रतिशत निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले व्यवस्था गरेको जानकारी पाएँ। यसबाट धेरै मुटुरोगीले राहत पाएका छन्।
परमात्माले कृपापूर्वक मानव जीवन हामीलाई दिनुभएको छ। यो धरतीमा विचरण गर्ने सौभाग्य पाएपछि जन्मदेखि मरणसम्मको समय नै सुन्दर जीवनको आशा गर्नु स्वभाविकै हो। सुन्दरताको अर्थ स्वस्थ जीवन लिएर बाँच्न पाउनुनै महत्वपूर्ण कुरा हो। आफनो परिवार, छरछिमेक, समाज, राष्ट्र र मानवहितमा सक्दो योगदान पुर्याउन सक्नुनै मानव जीवनको सुखद पक्ष भन्नु उपयुक्त होला। स्वस्थ जीवनलाई निरन्तरता दिनसक्नु भनेकै एक अर्थमा त्यो मानिस भाग्यमानी पनि हो।
भगवान्ले दिएको यो शरीर विशालकाय अपार र बुझिनसक्नु छ। हाम्रा असंख्य शरीरका अंगहरुको तालमेल रहेको छ। रगत, हाड, मांसपेशीदेखि सूक्ष्म शरीरको जीवाणुहरुले निरन्तर गरी राखेको कामको कारण हाम्रो जीवनलाई जीवित बनाइराखेको हुन्छ। हाम्रो शरीरको महत्वपूर्ण भाग भनेकै मुटु हो।
यो जन्मदेखि अन्तिम क्षणसम्म पनि स्वचालित हुन्छ। मानव शरीर जब बृद्ध भएपछि यसको चालमा केही धीमा आउनु स्वभाविक मानिन्छ पनि। साधारणतया उमेरकै कारणले पनि मुटुको गतिमा ढीला हुनु चिकित्सकहरु स्वभाविकै मान्दछन्।
यो रोगको लक्षण भनेको हात खुटाहरु गल्नु, रिङ्टालाग्नु, श्वासप्रश्वासमा अफ्ठ्यारो भएर आउनु हो। हिँडडुल गर्न धेरैनै असहज महसुस हुन्छ। मेरो अनुभवमा २०७६ असार १३ गते अप्रत्याशित माथिका लक्षणहरु नै म आफैलाई अनुभव भयो। भोलिपल्ट मुटुरोग विशेषज्ञ डा. गोपी हिराचनसँग स्वास्थ परीक्षण गर्ने क्रममा मेरो मुटुको चालमा धिमा भएको संकेत गर्नुभयो। मुटुसँग सम्बन्धित सबै परीक्षण र परामर्श पछि पेसमेकर राख्न सल्लाह दिनुभयो। साधारण मानिसमा मुटुको चाल प्रतिमिनट ६० देखि माथि ८० सम्मको गति हुनुपर्ने रहेछ। यो साधारणतया पल्स ओक्सी मिटर नामक यन्त्रद्वारा औंलाबाट सजिलै नाप्न सकिन्छ। विस्तारै हर शरीरको संचालनमा न्यून गति हुनुको कारण नै यथाशक्य चाँडै हृदय उपचारको लागि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी, काठमाडौंमा उपचारार्थ जान वरिष्ठ डा.को सल्लाह अनुसार सोही अस्पतालमा पुग्यौँ। वरिष्ठ डा. रविमल्लको परामर्श सुझाव अनुसार मेरो शरीरमा पेसमेकर राख्नुपर्ने निष्कर्षमा पुगें। पेसमेकर यो एउटा आधुनिक प्रविधिको विद्युतीय यान्त्रिक वस्तु पनि हो। मुटुको स्वचालित क्रम बन्द हुन गएमा पेसमेकरले स्पन्दन दिन्छ। यो मुटुको गतिमा सामान्य गराउन वैज्ञानिक प्रविधि उपयुक्त हुन्छ भन्ने कुरामा म अनभिज्ञ थिएँ।
शहीद गंगालाल अस्पतालमा भर्ना भएपछि बेड वरपर पेसमेकरको लागि, शल्यक्रियाको लागि प्रतीक्षामा बिरामीहरु निकै पाएँ। यसरीनै मेरो शरीरमा पनि सामान्य शल्यक्रियाबाट गत असार २७ मा पेसमेकर राखेर उपचार गरियो। अस्पतालकोवार्डमा करीब ६ दिन भर्ना भएर बसें। थुप्रै हृदय बिरामीहरुका साथ भेट्ने मौका पाएँ। उपचार क्रममा राम्ररी स्वास्थ लाभ लिएर घर फकेर्काहरु देख्न पाएँ। जसलाई हेर्दा हामी जस्ता बिरामीको मनोबल बढ्नु स्वभाविक पनि हो। पेसमेकर राख्न ठूलो अपरेशन पनि गर्नु नपर्ने र अस्पतालमा लामो समय पनि बस्नु नपर्ने रहेछ। त्यतिबेला सयौँ मुटुका बिरामीहरु नेपालको विभिन्न भू–भागबाट यो अस्पतालमा आउने रहेछन्। यहाँको व्यवस्थित व्यवस्थापनपक्ष हेर्दा नेपालको सरकारी अस्पताल वास्तवमा नमूनानै पाएँ। परिचारिकाहरुको शिष्टभाषा र व्यवहार नै मानव सेवाको लागि उदाहरणीय नै छ। बिरामीप्रति समर्पित यी स्वास्थ्य सेवकहरु, परिचारिकाहरु वास्तवमा धन्यवादका पात्र त छँदै छन्। यसरी पेसमेकर हालेको हप्ता दिनसम्म पनि मलाई भेट्न आउने शुभचिन्तक शुभेच्छुकप्रति म कुन शब्दले धन्यवाद दिऊँ? पेसमेकरको शल्यक्रियाको उपचार क्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.दीपक लिम्बुले पनि मेरो शल्यक्रिया समापन भएको जानकारी दिनुभयो। उहाँ मेरो भाञ्जा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिस हिराचनको मित्र हुनुहुँदो रहेछ। उहाँको अत्यन्त शिष्ट व्यवहारले म अति प्रभावित भएँ। काठमाडौमा मेरो दुईहप्ते उपचार समाप्त गरेर पोखरा फर्के। हृदय रोगको उपचार क्रममा मैले के जानकारी पाएँ भने विपन्न परिवारको लागि १ लाखसम्म र ७५ वर्ष माथिका बृद्धबृद्धाको लागि भने शतप्रतिशत निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले व्यवस्था गरेको जानकारी पाएँ। यसबाट धेरै मुटुरोगीले राहत पाउनु भएको रहेछ। नेपालमा पनि केही यस्ता उदाहरणीय कामको हामी प्रशंसा नगरी बस्न सक्दैनौं।
Related News
सम्बन्धित समाचार
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१