मार्क्सवाद र आजको राजनैतिक अवस्था

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७०

मानव जातिको विकासको नियमहरु र त्यसलाई जान्ने ज्ञान पाउने दृष्टिकोण नै मार्क्सवाद हो । मानव समाजलाई हेर्ने बुझ्ने र व्याख्या गर्ने विज्ञान मार्क्सवाद हो । मार्क्सवादका श्रोतहरुमध्ये प्रथम हेगेलको द्वन्द्ववाद हो । हेगेल दार्शनिक थिए । यिनले द्वन्द्ववादका नियमहरु परस्परविरोधी तत्वबीचको बेमेल र एकता आदि मूलभूत नियमहरुको व्याख्या गरेका थिए । उनले चेतनालाई आदि तत्व हो भनी व्याख्या गर्दथे । उनी आध्यात्मवादी थिए । द्वन्द्ववादका नियमहरु मार्क्सले यिनैबाट लिएका थिए । लुड विग फायरवादबाट भौतिकवादसम्बन्धी ज्ञान लिए । यिनी पूर्णरुपमा भौतिकवादी थिए । अध्यात्मवादी दर्शनलाई खण्डन र विरोध गरेका थिए । मार्क्सले फायरवादबाट भौतिकवादी व्यवहार र विचार ग्रहण गरेर द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको सृजना गरे ।

एडम स्िमथ र डेभिड रिभाडोर्को श्रम मूल्यको सिद्धान्तबाट राजनैतिक अर्थशास्त्र र अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरे । सेन्ट साइमन र चार्ल्स फुरिएबाट काल्पनिक समाजवादसम्बन्धी विचार ग्रहण गरे । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, राजनैतिक अर्थशास्त्र, अतिरिक्त मूल्यको सिद्धान्त, वैज्ञानिक समाजवाद र वर्ग संघर्षको समष्टिरुप नै मार्क्सवाद हो ।

मार्क्सवाद सामाजिक आर्थिक विज्ञान हो । मार्क्सवाद सर्वहारा मिहिनेत श्रमजीवी वर्गको पक्षपोषण गर्ने हरेक प्रकारका शोषणको अन्त्य गर्ने र समानतामूलक विभेदरहित आमजनतालाई सुखी आनन्दित  र समृद्ध बनाउने व्यवहारिक सामाजिक विज्ञान हो भन्ने कुरामा कसैको दुइमत हुन सक्दैन । तर २०० वर्षदेखि अहिलेसम्म मार्क्सवाद समयसापेक्ष व्यवस्था हुन सक्दैन । मार्क्सवादका नाममा सोभियत संघ, मंगोलिया, चेकोस्लोभाकिया, चीन, भियतनाम आदि एक दर्जन बढि कम्युनिष्ट पार्टीको शासन भएका मुलुकहरुमा एकदलीय अधिनायकवादी व्यवस्था लागू गरियो । जनतालाई मानवाधिकार, स्वतन्त्रताको अधिकार, उपभोग गर्ने अधिकार, नदिएको, चरम भ्रष्टाचार गरिएको र स्टालीन र अन्य कम्युनिष्ट देशको शासनसत्तामा बस्ने अधिकारीहरुले चरम दमन गरेकोले कम्युनिष्ट व्यवस्थाभित्र धमिरो लागिसकेको र आफ्नै आन्तरिक कारणले ढल्ने अवस्था पुगेको थियो । सो कुरा महसूस गरेर निकिता क्रुस्चेभले सर्वहारा अधिनायकवाद होइन, सम्पूर्ण जनताको राज्य स्थापना गर्नुपर्ने अभिव्यक्ति दिए । त्यसपछि रुसमा राष्ट्रपति ब्रेजनेभको समुहले क्रुस्चेभलाई सत्ताच्युत गरायो । त्यस्तै, चेकोस्लोभाकियामा दुव्चेकले जनतालाई राजनैतिक स्वतन्त्रता प्रदान गर्नुपर्ने कुरा उठाए । उनलाई पनि सत्ताच्युत गराइयो । अधिनायकवाद र एकदलीय दमनकारी शासनसत्ताका विरोधमा बोल्ने आफ्नै पार्टीका नेता कार्यकर्ताहरुको पनि प्राणपखेरु उडाइयो । स्टालिन शासनसत्तामा रहेको अवस्थामा चरम दमन गरियो र लाखौं मानिसको हत्या गरियो । मानव समुदायमा ठूलो भय र त्रास फैलियो । कम्युनिष्ठ सत्ता ढल्नु पर्ने कारणमध्ये प्रमुख कारण स्टालिन कालमा भएको चरम दमन र अत्याचार हो । कार्लमार्क्सले अभिव्यक्त गरेजस्तो जनगणतान्त्रिक अथवा साम्यवादी व्यवस्था विश्वमा कही स्थापित हुन सकेको छैन । सांस्कृतिककालीन चीनमा साम्यवाद लागू गर्ने योजनाअनुसार ३००/४०० व्यक्तिहरुको कम्युन निर्माण गरेर सो समुदाय एकै ठाउँमा खाने, एकै ठाउँमा काम गर्ने व्यवस्था मिलाइयो । बेलुका ८ बजेसम्म एकै ठाउँमा खाने व्यवस्था गरियो । आफू बस्ने घरमा भाँडाकुडा, रासनपानी राख्न नपाउने व्यवस्था गरियो । चाइनिज आमाका साना-साना बच्चाहरुलाई बेलुका ८ बजेभित्रै बच्चाहरु राति भोकाउँछन् भनेर आफैले कोच्याइ-कोच्याइ ख्वाउँदा धेरै बच्चाहरुको मृत्यु भएको थियो । कुनै बच्चाहरुको राति ८ बजेदेखि बिहान ८ बजेसम्म खान नपाउँदा मृत्यु भएको थियो । देशको सम्पूर्ण जमीन घरहरु सरकारले लिने हुँदा हरेक व्यक्तिले भाडा तिरेर बस्नु परेको कारणले कम्युन प्रणाली असफल भएको हो । चीनमा यस्तै अनेक कारणले सांस्कृतिक काल असफल भएको हो । रुसमा पनि कम्युन प्रणाली लागू गरिएको र व्यक्तिगत सम्पत्ति नदिइएको कारणले कम्युनिष्ट व्यवस्थाप्रति जनआस्था घट्न गई हालका आन्दोलनबाट कम्युनिष्ट व्यवस्थाको अन्त्य भएको हो । कम्युनिष्ट घोषणा पत्रमा उल्लिखित ब्दयष्तिष्यल या एचष्खबतभ उचयउभचतथ को कुरा र एचयभितबचष्बलक ब्गतयअचबअथ स्थापनाको कुराले कम्युनिष्टहरुप्रति जनआस्था कमी भएको हो । एभचकयलब एिचयउभचतथ सञ्चित गर्न होडबाजी चली रहेको मानवीय स्वतन्त्रता र लोकतान्त्रिक पद्धतिले जनप्रियता हासिल गरि रहेको आमजनता त्यसैप्रति झुम्मिई रहेको अवस्थामा व्यक्तिगत सम्पत्ति समाप्त पार्ने सर्वहारा अधिनायकवादी व्यवस्था स्थापना गर्ने कुरा कुनै हालतमा सफल हुन सक्तैन । यो कोरा कल्पनामात्र हो । त्यस्तो व्यवस्थालाई आमजनताले स्वीकृति दिन सक्तैनन् । साम्यवादी जनगणतन्त्र कही स्थापित हुन सकेको छैन । मार्क्सवादको सार, गुदी भनेको शोषणको अन्त्य र समानतामूलक समाज स्थापना, वैज्ञानिक समाजवाद हो, त्यसलाई हामीले ग्रहण गर्नुपर्दछ ।

रुसमा गोर्भाचोभले ग्लासनोस्त (प्रजातन्त्र) पेरोस्ताईका (औद्योगिकीकरण) को प्रस्ताव ल्याएकोले आमजनतामा परिवर्तनको आशा पलाएको थियो । तर कटृर कम्युनिष्ट नेता गेन्नाडी एनाएभ आदि नेताहरुले गोर्भाचोभलाई सत्ताच्युत गराउने प्रयास गरे । सो अवस्थामा वोरिक एल्सिनले सम्पूर्ण सत्ता प्राप्त गर्ने प्रयत्न गरे । एल्तसिनद्वारा कम्युनिष्ट पार्टीको सभासद बस्ने सोभियत संघको संसद भवन ह्वाइट हाउसमा बम वर्षा गरेर दर्जनौं संसद सदस्य मारिए । कम्युनिष्ट पार्टीकारा प्रशिक्षित सेनाले एल्तसिनको आदेश पालना गरे । संसद भवन ध्वस्त भयो । त्यस्तै कम्पुचियमा पोलपोटद्वारा लाखौ मात्रामा जनधनको क्षति पुर्‍याइयो । यस्तै अनेकौ कारणले कम्युनिष्ट सत्ता ढल्न गएको हो । अन्य मुलुकमा पनि ठूलो संघर्षबिना नै कम्युनिष्ट सत्ताको अन्त्य भएको हो । १९९० को दशक कम्युनिष्टहरुका निमित्त दुःखदायक थियो ।

नेपालमा जनआन्दोलनद्वारा पञ्चायती व्यवस्थाको अन्त्य भयो । तत्पश्चात् बहुदलीय व्यवस्था संस्थापना भयो । नेपालको सर्न्दर्भमा २०४८ सालको आमचुनावमा काठमाडौ उपत्यकाका ९०% सिटहरु ने.क.पा.ए.मा.ले.ले जित्यो र संसदमा प्रमुख प्रतिपक्षी पार्टीरुको रुपमा स्थापित भयो । २०५१ सालको निर्वाचनमा सबैभन्दा ठूलो पार्टीबनी सरकार सञ्चालन गर्‍यो । अन्तर्राष्ट्रिय जगतमा कम्युनिष्ट सत्ताको पतनको नेपालमा कुनै दुष्प्रभाव परेन । मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादको कारणले ए.मा.ले.ले संसदीय व्यवस्थाअनुसारका बहुदलीय निर्वाचनमा भाग लिएर जनताको मतद्वारा श्रेष्ठता हासिल गर्‍यो । कारिल्लोद्वारा प्रतिपादित युरो कम्युनिष्टको चिन्तन लोकतान्त्रिक पद्धतिको पहिलो पाइलो हो । हालको दशकमा दक्षिणी अमेरिकी मुलुक पेरुमा उग्रवादी विचारक गोन्जालोको पार्टीले चार भागको तीन भाग जमीनमा विजय प्राप्त गरिसकेको थियो । गोंजालोको गिरफ्तारीपछि उग्रवादी सत्ता नेस्तनावुद भएको छ । कम्पुचियामा सत्तामा पुगेर ठूलो जनदमन गरेका कारणले पोटपोल, खिउसिम्फान आदि अत्याधिक नेताहरु मारिइसकेका र कम्पुचिया फिलिपिन्स, थाइलैण्ड इन्डोनेसिया आदी देशवाट उग्रवादीहरु समाप्त प्रायः भएका छन् । नेपालमा मदन मण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादका कारणले एमाले पार्टीले अग्रता हासिल गरेको हो । चीनमा ते· सियाओपि·द्वारा आर्थिक स्वतन्त्रताको नीति लागू गरेको कारणले वर्तमान सत्ताले अग्रता हासिल गर्दै दु्रततर आर्थिक विकास गरेको हो । दक्षिणी अमेरिकी मुलुक ब्राजिल, अर्जेन्टिना, इक्वेडर, निकारागुआ र भेजेजुएलामा मार्क्सवादमा आधारित राज्य व्यवस्था निर्वाचनद्वारा सत्तामा स्थापित भएको छ । भेनेजुएलाको राष्ट्रपति चाभेजले जनताबीच भाइचारा एकबद्धता न्यायिक स्वतन्त्रता र समानता पूर्णसमाज स्थापना गर्न सक्रियता साथ लागेका थिए । उनको देहावसानपछि उनकै अनुयाई नेता निर्वाचनबाट राष्ट्रपति पदमा विजयी भएका छन् । चाभेजको नीति र विचारलाई आत्मसात गरेर अघि बढ्दैछन् । विश्वका अन्य मुलुकमा पनि लोकतान्त्रिक बहुलवादी व्यवस्थाले अग्रता हासिल गरी रहेको छ । हाम्रो देशमा सशस्त्र संघर्षद्वारा जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ १० वर्षे जनयुद्धबाट आएको एमाओवादी पार्टीकाई पनि बहुदलीय प्रतिश्पर्धात्मक व्यवस्थामा आउन बाध्यता भैरहेको देखिएको छ । तर सो पार्टीले अझै अधिनायकवादी सर्वसत्तावादी सत्ता सञ्चालन गर्ने विचारलाई छाड्न सकेको छैन । एमाओवादीबाट फुटेको ने.क.पा-माओवादी पार्टीउग्रवाद, जडवाद र एकदलीय अधिनायकवादी व्यवस्थाको पथमा विचरण गरी रहेको छ यो सर्वनासक भ्रान्तिको बाटो हो । २१ औं शताव्दी वैचारिक स्वतन्त्रता भ्रातृत्व पारस्परिक सद्भाव मानव-मानवका बीचमा मित्रता कायम गर्ने सुखी समृद्ध समाज निर्माण गर्ने युग हो ।

मार्क्सद्वारा दुर्इ सय वर्षअघि लिखित कम्युनिष्ट घोषणापत्र र दास क्यापिटल आदि पुस्तकमा उल्लिखित विचारको सारलाई ग्रहण गर्नु पर्दछ । दास क्यापिटलमा उल्लिखित सामाजिक राजनीतिक व्यवस्था र अतिरिक्त मूल्यको सिद्धान्त वर्तमान युगमा पूर्णरुपमा लागू हुन सक्तैन । समाजमा धेरै परिवर्तन भै सकेको छ । मार्क्सवादको भाषमा त्रूटी भएकोले यसलाई नयाँ समयसापेक्ष व्याख्या गर्नु पर्दछ । लेनिनको पुस्तक राज्य र क्रान्तिमा उल्लिखित विचारलाई अपनाउने युग समाप्त भैसकेको छ । एक सय  वर्षअघिको लेनिनको चिन्तन अव्यवहारिक अनुपयुक्त भैसकेको छ । २० वर्षअघि मदन भण्डारीले माओद्वारा प्रतिपादित नयाँ जनवादी क्रान्तिको बाटोसम्बन्धी व्याख्या परिवर्तन गरेर निर्वाचनमा सामेल भएर सरकारमा रहँदै प्रगतिशील सुधार गर्दै जाने र बलपूर्वक क्रान्ति सम्पन्न गर्ने भन्ने विचार व्यक्त गरेका थिए । तर बलपूर्वक क्रान्ति सम्पन्न गर्ने मदनको विचार त्रूटीपूर्ण छ भनी एमालेका युवा सर्कलभित्र व्यापक बहस सुरु भएको छ । ज.व.ज.लाई दक्षिणपन्थी कार्यक्रमको रुपमा परिभाषित गर्न पनि सकिँदैन भन्ने कुरा मानिएको छ । यो समसामयिक व्यवहारिक कार्यक्रम हो । तर २० वर्षपछि सो मदनको विचारमा पुनर्व्याख्या गरिनु जरुरी छ । बलपूर्वक क्रान्तिकारी परिवर्तन गर्ने सटृामा निर्वाचनबाट श्रेष्ठता हासिल गरेर लोकतान्त्रिक समाजवादी व्यवस्था लागू गर्ने विचारलाई अङ्गिकार गर्नु पर्दछ । २०६२।०६३ को जनआन्दोलनद्वारा राजतन्त्रको अन्त्य भएको र गणतन्त्र स्थापित भएको छ । संविधानवादमा आधारित बहुदलीय व्यवस्था स्थापना भएकोले जनताको बहुदलीय जनवादसँग जोडेर शोषणरहित लोकतान्त्रिक समतामूलक समृद्ध समाज निर्माण गर्नेतर्फ लाग्नु आजको आवश्यकता हो ।

(लेखक वरिष्ठ अधिवक्ता हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width