मधुमेह र होमियोप्याथिक उपचार

डा. बिष्णुप्रसाद चापागाईं
मंसिर ११, २०७६

शरीरमा भएको प्यान्क्रियाज ग्रन्थीबाट निस्कने इन्सुलिन हार्मोन को गडबडीले गर्दा रगतमा सुगरको मात्रा बढि हुने अवस्थालाई मधुमेह भनिन्छ। नेपालमा ९ जनामध्ये एकजनालाई मधुमेह हुन सक्ने आँकडा पाइन्छ।

विश्वमधुमेह दिवस २०१९, संसारभर मधुमेहका वारेमा चिन्तन, खोज, सचेतना, उपचार तथा रोकथामका वारेमा चर्चाको समयको रुपमा हेरिन्छ। संसारमा पैचालीस करोडभन्दा बढी मान्छेहरु मधुमेहबाट पीडित छन्। मधुमेह भनेको शरीरमा सुगरको मात्रालाई राम्रो सँग पचाउन नसकेको अवस्था हो । मधुमेह दुई किसिमको हुन्छ। टाइप १ र टाइप २।

टाइप १ बच्चाहरुलाई हुन्छ भने टाइप २ जवानहरु, तथा बूढाबूढीहरुमा देखिन्छ। शरीरमा भएको प्यान्क्रियाज ग्रन्थीबाट निस्कने इन्सुलिन हार्मोन को गडबडीले गर्दा रगतमा सुगरको मात्रा बढि हुने अवस्थालाई मधुमेह भनिन्छ। नेपालमा ९ जनामध्ये एकजनालाई मधुमेह हुन सक्ने आँकडा पाइन्छ। यसमा पनि पुरुषको संख्या बढी छ। पुरुषमा हुने खानपान र मोटोपनका कारण यो समस्या बढी भएको पाइन्छ।

मधुमेहका कारणहरु :

शरीरले इन्सुलिन ननिकाल्नु, कम निकाल्नु, निकालेको इन्सुलिन शरीरले ठीक किसिमले नलिनु। जसको कारण मधुमेह हुन्छ। मधुमेह पिसाप तथा रगतमा बढी देखिन्छ। जसको कारण शरीरका अगंहरुलाई चाहिने सुगरको अभाव हुँदै जान्छ र मुख्य अंगहरु जस्तै मुटु, मस्तिष्क, आँखा, मृगौला, मासपेशी, नशा कमजोर हुदै जान्छन्। परिणम स्वरुप विभिन्न लक्षणहरु देखिन थाल्दछन्। मोटोपन बढी हुनु, वंशानुगत, रक्सी, चुरोट बढी खानु, शारीरिक श्रम कम गर्नु, घरमा बसिरहनु, चिन्ता तनाब बढी लिनु आदि जस्ता कारणले पनि इन्सुलिन उत्पादन र पाचनप्राणालीमा गढबडी आउँछ।

मधुमेहका लक्षणहरुः

तिर्खा बढी लाग्नु, भोक बढी लागिरहनु, तौल घट्नु, आँखा कमजोर हुनु, आदि जस्ता समस्या हुन्छन्।

मधुमेहबाटबच्ने उपायः

१) नियमित श्रम गर्ने : हाम्रो शरीर, मानसिक तथा शारीरिक श्रम को लागि तयार गरिएको हो। यसलाई मिलाएर चाहिने जति शारीरिक श्रम अनिवार्य गर्नुपर्दछ।

२) नियमित पानी पिउनेः पानीको मात्रा शरीरलाई चाहिने जति पिउनु पर्छ। काम, मौसम, खाना अनुसार पानी ४ देखि ५ लीटर पिउने गर्नु पर्दछ।

३) तौल व्यवस्थापनः शरीरको तौल राम्रोसँग व्यवस्थापन गर्नु पर्दछ। उचाइ अनुसारको तौल राख्नु पर्दछ। जस्तै ५ फिटको मान्छेको लागि ६० देखि ६५ केजी तौल राख्नु पर्दछ। गुलिया, चामल, आलु रक्सी, मासु, चिल्लो जस्ता खाने कुरा बढी खाँदा मोटोपन बढ्छ। रक्तचाप, कोलस्टोरल, थाइराइड जस्ता रोगहरु नियन्त्रणमा राख्नुपर्छ।

मधुमे भैसकेमा के गर्ने :

रोग लागिसकेपछि सम्बन्धित ठाँउमा पुगेर आवश्यक सरसल्लाह गर्ने र औषधी खानु पर्ने भएमा गाह्रो मान्नहुदैन, सुगर तथा प्रेसरमा पनि कुनै लक्षणहरु नदेखिन सक्छन्। तर सुगर बढेको भएमा औषधी खाने गर्नुपर्दछ। कतिपय विरामीहरुमा समस्या कडा रुपमा नदेखिएसम्म औषधि नखाने भन्ने मानसिकता देखिन्छ यो राम्रो होइन। समस्या भइसकेपछि हतार गर्ने, कडा औषधि खानखोज्ने र छिटो निको पार्न खोज्ने जस्ता प्रवृत्तिले गर्दा रोग विग्रेर विभिन्न किसिमका समस्या आउन सक्छन्। जसले गर्दा उपचारमा कठिन हुन सक्छ।

उपचार

मधुमेह भईसकेपछि नआत्तिइकन उपचारमा लाग्नु पर्दछ। मधुमेहले तुरुन्त ठुलो नोक्सानी हुँदैन तर लामोसमयसम्म लापरबाही गरेमा भने ठूलो क्षति व्यहोर्नु परेका उदाहरणहरु छन्। आँखा, मुटु मृगौला, खुट्टाका समस्याहरु हुन सक्छन्।

आजकल होमियोप्याथिक तथा आयुर्वेदिय उपचारहरु पनि प्रभावकारी छन्। विचार गरेर राम्रो र दक्ष चिकित्सक भएको ठाँउमा गएर सल्लाह तथा उपचार गराउनु पर्दछ। होमियोप्याथिक उपचारमा निम्न औषधिहरुबाट मधुमेहको उपचार गराउन सकिन्छ ।

क. रगतमा सुगरको मात्रा बढी भएमाः सिजिजियम जेम्वोलियम

ख. बढी तिर्खा लागेमाः आर्स एल्बम

ग. अत्यधिक भोक लागेमा, पिसाप, बढी लागेमा कमजोरी भएमाः ल्याक्टिक एसिड

घ. सुगरको सुरुको अवस्थामा : एसिडफास जस्ता औषधीको सेवन गर्न सकिन्छ। तर सम्बन्धित चिकित्सकको सल्लाह आवश्यक हुन्छ। होमियोप्याथिक उपचार विस्तारै नेपालमा पनि विकासको क्रममा छ। छिमेकी राष्ट्रहरुमा यसको प्रयोग अत्यधिक रुपमा अगाडि बढेको छ।

– लेखक : आरोग्य धाम होमियोप्याथिक हस्पिटल प्रा.लि.मा कार्यरत छन्। स.

Related News

सम्बन्धित समाचार

hero news full width