मजदुरको श्रम नै समृद्धिको आधार

सन्दर्भः १३० औँ अन्तराष्ट्रिय श्रमिक दिवस

कुलदेवी बराल
वैशाख १८, २०७६

मजदुरको विश्वास र जिम्मेवारीका कारणले गर्दा नै नेपालमा विकास निमार्णका कार्यहरु सम्पन्न हुनगई ठूला कम्पनीहरुले विश्वसामु आर्थिक उन्नतिमा टेवा मिलाएको छ। जसरी हामीहरुको शरीरमा कोश तथा नसाले पूरै शरीरलाई स्वस्थ तथा तन्दुरुस्त राख्न मद्दत गर्छन् त्यसरी नै मजदुरले सिंगो देशलाई आर्थिक विकास गर्न टेवा पुर्याएकाछन्।

हाम्रो सोचाईमा दिनभर काम गरी साँझ घर फर्कंदा साँझको छाकटार्ने पैसा कमाउने व्यक्तिहरुलाई मजदुर भनिने गरिन्छ। यही सोचाईका कारण आज नेपाल विश्वमा अरु देशभन्दा पछाडि परेको छ। मजदुरले उत्पादन र उत्पादित सामानको खपत दुवैमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। जब कुनै वस्तु उत्पादन हुन्छ तबमात्र त्यसको बिक्री सम्भव हुन्छ। मजदुरले दिनदिनै एकोहोरो काम गरी उत्पादन र बिक्री वितरण गर्छन्।

मजदुर २ प्रकारका हुन्छन् : White Class र Blue Class र पनि यसमा धेरै प्रकारका मजदुर हरेक दिन एकै खालको काम गर्ने हुन्छन्। कोही व्यवसायमा निर्णय लिने क्षमताका उपल्लो स्तरका हुन्छन् तर सबैको महत्वपूर्ण भूमिका हुन्छ। तीक्ष्ण बुद्धि भएका मिहिनेती र दक्ष मजदुर व्यवसायका मात्र नभई दरिलो जनशक्ति देशकै मेरुदण्ड हुन्। कुनै पनि देशको समुन्नतिको लागि मजदुरको अहम भूमिका हुन्छ।

मजदुर भनेको कुनै पनि कम्पनी व्यवसाय संघ संस्था चलाउनका लागि चाहिने मेरुदण्ड हो मजदुर बिना कुनै पनि व्यवसाय सफल भएको मैले देखेको छैन। मलाई लाग्छ मजदुर खुसी हुँदा यहाँको आर्थिक वृद्धि सम्भव छ। मलाई प्रश्न गर्न मन लाग्यो को हो मजदुर? मजदुर त्यो हो जो दिन भरि तपाईंको कामको लागि खाना खान छोडि आनो परिवारको लागि काममा खटिन्छ। तपाईंको लागि गगनचुम्बी महल बनाउन तत्पर रहन्छन्। यस्ता मजदुरहरुका लागि सहानुभूति, माया र ममता प्रदान गर्न सिक्नु पर्छ। मानवता र धर्म यसैमा हुन्छ। न्याय यसैले प्रदान गर्छ।

मजदुरको विश्वास र जिम्मेवारीका कारणले गर्दा नै नेपालमा विकास निमार्णका कार्यहरु सम्पन्न हुनगई ठूला कम्पनीहरुले विश्वसामु आर्थिक उन्नतिमा टेवा मिलाएको छ। जसरी हामीहरुको शरीरमा कोश तथा नसाले पूरै शरीरलाई स्वस्थ तथा तन्दुरुस्त राख्न मद्दत गर्छन् त्यसरी नै मजदुरले सिंगो देशलाई आर्थिक विकास गर्न टेवा पुर्याएकाछन्।

नेपालमा मजदुरीको राम्रो व्यवस्थापन नभएको कारणले मजदुरी गरी जीविकोपार्जन गर्न नसकिने अवस्था छ। युरोप, अष्ट्रेलिया, अमेरिकातिर Risk Management नाममा विभिन्न ठूला ठूला रोबोटहरु जडान गरी मजदुरहरुका पेशा खोसिएका पनि छन्। नेपालमा राम्रो कमाई नभएका कारण खाडी मुलुकमा गई ७०–८० डिग्री सेल्सियसमा पसिनाको धारा बगाई काम गर्नु परेको छ। यी जनशक्ति नेपालमा रोक्नु पर्ने दायित्व सरकारको पनि होइन र? सरकारको तर्फबाट मजदुरीको क्षेत्रलाई सुदृढ गर्नको निम्ति ठोस कदमहरु खोइ त? नेपालका राजदूतले आनो विज्ञप्तिमा नेपालका कामदारहरु विश्वमा सबैभन्दा मिहिनेती र जिम्मेवार हुन्छन् भनी प्रस्तुत गर्ने गरेका छन्। यसैको कारणले गर्दा जापानले हाम्रो देशका होनहार जनशक्तिलाई मजदुर बनाई रोजगारी दिने कदम उठाएको छ।

राज्यले मजदुरहरुको व्यवस्था गर्न नसकेको कारणले गर्दा नै आज नेपाली मजदुर अरब, मलेसिया, कतार जस्ता देशमा जान बाध्य छन् र यी देशहरु आज अग्रपङ्तिमा पुग्नुको रहस्य मजदुर नै हुन्। उल्लिखित देशहरुमा पनि हाम्रै भाइहरुको मजदुरीका कारण देशमा Reformationबाट आर्थिक अवस्थालाई टेवा पुर्याएको छ। मजदुर भनेकै ती ठूला मानिसका साना पार्टपूर्जा हुन् जसमा एउटा मात्रले काम गर्न छोड्छ। यस्ता व्यक्तित्वहरुलाई अरु देशमा पठाएर बढीभन्दा बढीआर्थिक उन्नति गर्न सहयोग गरेको छ।

नेपालमा मजदुर भन्ने बित्तिकै ज्यालामजदुर भन्ने नै बुझिन्छ। मजदुर नै शारीरीक मानसिक काम गरी सामान उत्पादन गर्ने व्यक्ति बुझिन्छ। मजदुर हरेक दिन नियमित काम गरी कार्य सम्पादन गर्दछन्। कुनै पनि वस्तु उत्पादनको लागि आधारभूत भूमिका मजदुरको रहेको हुन्छ। मजदुर दक्ष खालका हुन्छन् जसले एकै खाले काम मात्र नभई अरु भूमिका पनि हुन्छन्। कोही मजदुरको हरेक दिन एकै खालको काम हुन्छ।

व्यवसायमा विभिन्न पदमा कार्यरत मानिस मजदुरको परिभाषामा पर्छन्। नेपालमा Labour Act 2074 भनेर कानून नै बनेको छ र यस कानूनले मजदुरले दिनमा कति घण्टा काम गर्नेदेखि लिएर मिनिमम पारिश्रमिक तोकेको छ। हरेक व्यवसायमा मजदुरको कामको आधारमा व्यवसायको नाफा नोक्सान भर पर्ने हुंदा मजदुरलाई उचित सेवा सुविधा दिनुपर्ने जरुरी छ।

कुनै पनि व्यवसायले बढीभन्दा बढी कमाएको छ, नाफा बढी छ भने त्यसको श्रेय त्यस व्यवसायमा काम गर्ने मजदुरलाई नै जान्छ। एउटा खुसी स्वभावको मजदुरले नै त्यस व्यवसायलाई माथि पुर्याउन सक्छ। कुनै पनि देश विकसित बन्छ जब त्यस देशको आर्थिक पक्ष सबल बन्छ। आर्थिक उन्नतिको मूलपाटो नै मजदुर हुन्। आज अरु देश विकसित छन् किनकि त्यहाँ मजदुरले अहोरात्र काम गरेका हुन्छन्। दक्ष र युवा जनशक्तिले नै आर्थिक उन्नति गर्न सक्छन्। दक्ष मजदुर छिटो छरितो काम गनेर्क्षमताका हुन्छन्। आर्थिक विकासमा युवा जनशक्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। नयां नयां प्रविधि प्रयोग गरी हरेक समयमा निर्णय गरी २५–४० वर्षको दक्ष जनशक्ति नै आर्थिक विकासका मेरुदण्ड हुन्। नयां जोश जाँगर आर्थिक विकासमा टेवा पुग्दछ।

आजको परिवेशमा नेपालको चुनौती नै यही रहेको छ कि युवा जनशक्ति विदेसिंदा दक्ष युवा मजदुरको अभाव भएको छ। यसले गर्दा आर्थिक विकासमा नेपाल पछि परेको छ। द्यचबष्ल म्चबष्ल को सम्भावना पनि उत्तिकै हुनेछ। यस समस्याबाट मुक्तिको लागि युवा पुस्तालाई नै संरक्षण गर्न जरुरी छ। मजदुरहरुको उचित मूल्यांकन गरी रोजगारी दिई विदेश पलायनबाट रोक्नु नै आजको मूल चुनौती हो। दुबई, अमेरिका, जापान जस्ता देशहरुबाट सिक्न पर्ने पाठ नै त्यही हो। त्यहाँ हरेक किसिमका मजदुरहरुको उचित मूल्यांकन र सेवा सुबिधा राम्रोले गर्दा नै आर्थिक वृद्धि धेरै छ। त्यहाँका मजदुर पनि खुसी छन्। आनो काम राम्रो संग गरी जीवन निर्वाह गर्छन्। हरेक काम मजदुरले गर्ने हुंदा उचित मजदुरको अभावमा नत आर्थिक विकास सम्भव छ न देशको विकास। तसर्थ मजदुर दिवसको दिन मात्र नभई अरु दिन पनि मजदुरको कदर गरेमा देशको आर्थिक विकास हुन्छ।

लेखक : नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका निवर्तमान अध्यक्षहुन्

Related News

सम्बन्धित समाचार

hero news full width