भारतमा मोदीको महाविजय

दीपकबहादुर केसी
जेठ १६, २०७६

भारतको गुजरात राज्यमा सामान्य गरीब परिवारमा जन्मिएका नरेन्द्र मोदीको बाल्यकालमा आफ्ना बाबुआमासँग चिया पसलमा चिया बेच्न सहयोग गर्दै आफ्नो पढाइ लेखाइ अघि बढाएका थिए। हिन्दू स्वयंसेवक संघका कार्यकर्ताको रूपमा लामो समय काम गरेर आफ्नो राजनीतिक पृष्ठभूमि अघि बढाएका थिए। पारिवारिक जीवन त्यागेर भारतका धेरै भागमा भ्रमण गरी नेपालमा पनि विगतमा धेरै पटक पैदल यात्रा गरेको जानकारी उनले गराएका छन्।

हिन्दूत्वको आदर्शको जगमा उभिएका मोदी धर्मका मामलामा निकै गम्भीर हुन् भन्ने उदाहरण उनैका क्रियाकलाप र अभिव्यक्तिले प्रष्ट्याउँदै आएको छ। उनले नेपालप्रतिको चासोमा भारतको प्रधानमन्त्रीका रूपमा रहँदा सुरक्षा मामलाले मात्र गरेको छैन, धर्मले पनि गरेको छ। हिन्दू बाहुल्य र हिन्दू तीर्थस्थल भएकोले नेपालप्रति उनको निकटता बढ्दै गएको प्रदर्शित हुन्छ।

नेपालमा भारतीय जनताका लागि पर्यटकीय र धार्मिक तीर्थस्थलको रूपमा उच्च प्राथमिकतामा रहेको बुझिन्छ। सदियौंकालबाट नेपाल र नेपालीका लागि पनि भारत देश सदावहार बगैँचा र प्रमुख धार्मिकस्थलको रूपमा परिचित रहेको छ।

उनी ३ पटक १५ वर्षसम्म गुजरात राज्यको मुख्यमन्त्रीको सफल कार्यकाल पूरागरी २०१४ मा लोकसभा चुनाव जितेर पूर्ण बहुमत ल्याई भारतका प्रधानमन्त्री बनेका थिए। उनको विगतमा ५ वर्षे प्रधानमन्त्रीको कार्यकालमा ४ पटक नेपालको भ्रमण गरेका थिए। जबकि यो भन्दा पहिले २ दशकसम्म भारतका उच्चस्तरीय नेताको भ्रमण नेपालमा भएको थिएन।

मोदीले हिन्दू धर्म र आदर्शलाई अन्तराष्ट्रिय जगतमा् पुर्याउन भूमिका खेल्दै आएका हुन्। योगगुरु रामदेवले गर्दैर्आएको योग अभ्यासलाई संयुक्त राष्ट्र संघले मोदीकै पहलमा विश्व योग दिवस मनाउने निर्णय गर्यो। नेपालका धार्मिकस्थल पशुपतिनाथ, जनकपुर धाम र मुक्तिनाथको दर्शन गरेपछि नेपालका आन्तरिक र भारतीय तीर्थयात्रुको भीड र चाप अत्यधिक बढ्दै गएको छ। लुम्बिनीको पनि यात्रा र दर्शन गर्ने भनिएकोमा प्राविधिक कारणले हुन सकेको थिएन। विश्वका धेरै देशहरूमा हिन्दूत्वको आदर्शलाई फैलाउन र हिन्दू मन्दिर बनाउनका लागि मोदीले चाल्दै आएका कदमका कारण भारतमा मात्र नभई भारत बाहिरका हिन्दूहरूमाझ पनि उनको लोकप्रियता बढ्दै गएको देखिन्छ। भारतीय जनता पार्टी सत्तासीन प्रधानमन्त्री ऋषिमन भएका नरेन्द्र मोदी त्यतिबेला चार पटक नेपालमा आउँदा नेपाली संसद्लाई सम्बोधन गर्दा पहाडबाट बगेको पानी र जवानी फकेर्र आउँदैन भनेका थिए।

बुद्ध पनि नेपालमै जन्मेका हुन्। सीता पनि नेपालकै छोरी हुन्। भारतमा समुद्र र नेपालमा सगरमाथा रहेसम्म दुवै देशको सम्बन्ध अमर रहनेछ भनेर सम्बोधन गरेका थिए। नेपालमा भुइँचालो जाँदा ३ घण्टाभित्रैमा अबौर्को राहत सामग्री लिएर विदेशमन्त्री मार्फत सहयोग गरेका थिए र एक खर्बको सहयोग गरेका मोदी ५ महिना लामो नाकाबन्दीको बेला त्यत्ति धेरै कठोर किन बने त?

भारतको एक पक्ष कर्मचारीतन्त्र नेपालमा कार्यरत मिसनले मोदीको सुरुको कार्यकाल र त्योभन्दापहिले नेपाल र नेपाललाई हेर्ने दृष्टिकोणमा हेपाहा मिचाहा प्रवृत्ति र नाकाबन्दी जस्ता दमनकारी नीतिको पालनागर्दै आएकाछन्। त्यत्तिबेला नेपालमा मधेशवादी दलको भारतीय नेतासँग गुहार र नेपालका लागि कार्यरत भारतीय राजदूत तथा गुप्तचरको रिपोर्टिङका आधारमा मोदीले चुप्पी साँधेर नेपालीको प्रमुख चाड विजयादशमी र दीपावलीको समेत वास्ता नगरी मधेशवादी दलको गुहार र माग पूरा गराउने क्रममा संविधान संशोधन गराउनका लागि थियो कि?

नेपालको संविधान जारी गनेर्क्रममा धर्म निरपेक्षतालाई मन नपरेर हिन्दू राष्ट्र र सनातन हिन्दू धर्म हुनु पर्ने भनेर अदृश्य नियतका कारण नाकाबन्दी गरियो कि? त्यो रहस्य नेपाली जनताले अझै जान्न सकेका छैनन्। मोदीको पुनरागमन नेपालीका लागि चासोको विषय बनेको छ। सदियौँ कालदेखि छिमेकी देश भारतका अधिकांश जनता र नेताहरू नेपाल र नेपालीहरूप्रति आपसी सद्भाव सहयोग, मित्रता र असल छिमेकीको व्यवहार र उदारभाव राख्दछन् र नेपाल र नेपालीले पनि भारत र भारतीय जनता नेताको लागि चौतर्फी विकास समृद्ध राष्ट्र र उत्तरोत्तर उन्नति तथा प्रगति भएको देख्न चाहन्छन्। नेपालमा भारतीय जनताका लागि पर्यटकीय र धार्मिक तीर्थस्थलको रूपमा उच्च प्राथमिकतामा रहेको बुझिन्छ। सदियौंकालबाट नेपाल र नेपालीका लागि पनि भारत देश सदावहार बगैँचा र प्रमुख धार्मिकस्थलको रूपमा परिचित रहेको छ।

हाम्रो छिमेकी देश भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनको ५ सय ४२ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवार ३ सय ५३ सिटमा विजयी भएसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः संसदीयदलको नेतामा चुनिएका छन् र यही मे ३० मा प्रधानमन्त्रीको शपथ लिएर ५ वर्षको लागि काम गर्ने बाटो खुलेको छ।

नरेन्द्र मोदी पुनः सत्तामा आउँदा उनको विदेश नीति छिमेकी देशहरू र नेपाल भारत सम्बन्ध आगामी दिनमा के कस्तो प्रभाव पर्ला के कस्तो उतार चढाव आउला भन्ने विषयमा विचार र अड्कलवाजी गरिन थालेका छन्। त्यसो त भारतीय राजनीतिमा फेरि पनि मोदीकै हालीमुहाली हुँदा नेपालको कुटनीतिक मामिलाका जानकारहरूले नेपाललाई खासै फरक नपर्ने उतारचढाव मोदीले उच्च प्राथमिकता दिने नेताका रूपमा हेर्ने अनुमान र अड्कल गरेका छन्। यस पटकको निर्वाचनमा मोदी र उनको पार्टी झन् सशक्त र बलियो हुन गएको छ। २०१४ को चुनावमा उनको दल भाजपाले एक्लै संसदमा २ सय ८२ सिट र उनको एनडीए गठबन्धनले ३ सय ३६ सिट जितेको थियो तर यसपटक २०१९ को लोकसभा चुनावमा एक्लै भाजपाले ३ सय ३ सिट र गठबन्धनले ३ सय ५३ सिट जितेको छ। यो असाधारण जित र बहुमत ल्याउन बढी श्रेय प्रमुख भूमिका नरेन्द्रकै लोकप्रियता र उनको विगतमा सरकारमा रहँदा गरेका लोकप्रिय नीति र कार्यक्रमको प्रभावले बढाएकोले बहुमत आएको हो भन्ने ठम्याइ र बुझाइ छ।

भारतको लोकसभा निर्वाचनमा जवाहरलाल नेहरू र इन्दिरा गान्धी पछि निरन्तर दुई पटक पूर्ण बहुमत ल्याउने नेतामा मोदी बनेका छन्। अहिलेको निर्वाचनमा मुख्य प्रतिष्पर्धी पार्टी भारतीय राष्ट्रियकाँग्रेसका राहुल गान्धीको दलले ५२ सिट र अन्य महागठबन्धनले ८७ स्थानमा जित हासिल गरेका छन्। नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जस्ता त्यागी राजनेता हाम्रो देश नेपालले पनि पाउन सके कति वेश हुन्थ्यो होला?

भारतीय नाकाबन्दी विरुद्ध दह्रो अडान लिएर आफ्नो राजनीतिक प्रभाव र लोकप्रियताको शिखर चढेका नेपालका तत्कालीन प्रधानमन्त्री के.पि. शर्मा ओली गतचुनावमा बाम गठबन्धन गरेर दुई तिहाइको हाराहारीमा बहुमत ल्याएर पुनःप्रधानमन्त्री बनेका हुन्।

संयोग नै भनौ भारतमा पनि तेस्रो कार्यकालको लागि भएको संसदीय चुनावमा नरेन्द्र मोदीको दल र उनको सहयोगी दल अरु शक्तिशाली बनेर नयाँ सरकारको गठन र शपथग्रहणको क्रम जारी छ। विगतमा भारतीय कर्मचारीतन्त्रको नेपालप्रति रहँदै आएको उपेक्षापूर्ण व्यवहार र कुटनीतिमा मोदीले आमूल सुधार गर्दै ल्याएजस्तो बुझिन्छ। अबको कार्यकालमा दुवै जना प्रधानमन्त्री केपीशर्मा ओली र नरेन्द्र मोदीको पहलमा अझ आउनेछ भन्ने अड्कल गर्न सकिन्छ।

अन्त्यमा, दुवै देश नेपाल र भारतको युगौंदेखिको भौगोलिक धर्म संस्कृति, रोटीवेटीको सम्बन्ध, व्यापार आदिमा दृश्य र अदृश्य रूपमा आइपर्ने असमझदारीको अन्त्यसँगै मित्रता र विश्वास बढ्दै जान्छ र त्यस्ता नाकाबन्दी नदोहोरिन नेपाल पनि सधैँ परनिर्भर नभई आत्मनिर्भर बन्दै जानुपर्छ। दुवै देशका प्रधानमन्त्री र सरकारले दीर्घकालीन सन्धि र सम्झौता तथा सीमा विवाद सुस्ता, कालापानी, लिपुलेक र नदी कटान, डुवान, बाढी, दैवीप्रकोप भविष्यमा आइपर्ने आदि समस्याका समाधान गर्दै दुवै देशका जनताको सुखीयाली र सम्पन्नता बढ्दै जाओस् भन्ने आशा र विश्वास गर्दछु।

Related News

सम्बन्धित समाचार

hero news full width