भगवान भनेका सुख दुःखका साथी हुन्

भोजराज बराल (सुब्बा)
चैत्र २५, २०७५

मानव सामाजिक प्राणी हो। सामाजिक जीवनकाअतिरिक्त मानवलाई दोस्रो साथीको आवश्यकता पर्छ। ती साथी अर्थात् सखा नै भगवान हुन्। भगवान भनेका खास गरी दुःखका निवारक हुन्। तिनको नाम जे भने पनि चाहे गणेश भनौँ, चाहे शिव, चाहे जे सुकै नामले पुकारे पनि परमात्मा भनेका सुखका हेतु हुन्। गणेशका विविध नाम छन्, कार्यविनायक, जलविनायक, अशोकविनायक, सिद्धिविनायक आदि। जुनसुकै नामले पुकारे पनि भगवान एकै हुन्। नामले केही फरक पर्दैन।

धर्म खुम्चिनु हुन्न। अर्थात खुम्चिएको महसुस गर्नु हुन्न, त्यस्तो अनुभूतिले व्यक्ति, समाज, राष्ट्र र विश्वमै अकल्यण हुन्छ। व्यक्ति बेचैन महसुस गर्न थाल्दछ। भौतिक लिप्साले गर्दा यो समाजमा धर्म खुम्चिदै आएको महसुस गरिरहेको छु। कोही आत्मीय भेटिन्न। ‘सूर्यकोटिसमप्रभ हे देव, कल्याणं कुरु’ सदा वन्दिता सरस्वती मलाई रक्षा गरुन्। पाइन आश्रय कतै भन्ने अवस्था नहोस्।

हामी सदा शिव लोकमा पुग्न सक्यौ भने मनुष्य भएर जन्मनु पर्दैन। भगवान विष्णुको आराधाना गर्दागर्दै नारदमुनी मुक्त हुनुभयो। प्रभुको चिन्तन गरिरहनु पर्दछ। साधुसन्तको संगत गर्नुपर्दछ, गुरुभक्ति, गुरुसेवा, गर्नुबाट चुक्नु हुँदैन। संसारमा भक्ति श्रेय सरिता हो। जो इच्छा गर्यो त्यही प्राप्त हुन्छ। सृष्टिको रहस्य बुझ्ने प्रयास गरौं। यसमा आत्माज्ञानको ठूलो महत्व छ।

भगवानका अनेक तरीकाका लीला हुन्छन्। शरदकालमा पूर्णचन्द्रमाको जस्तो मुहार पार्नुभएको छ। भगवान विरजमान भएको स्थान अत्यन्त आह्लादकारी हुन्छ। भगवानले सदासर्वदा हामीलाई स्वागत गरिरहनुभएको छ। हे भगवान ! माता, पिता भाइ, बहिनी भनेको के नै हो र? तपाईहरुले बाहिरी साथी त बनाउनु हुन्छ तर दिलको साथी भनेको एक भगवान बाहेक अरु हुँदैन। भगवान बाहेक अन्य अल्पकालका लागि मात्र हुन्छन्। दाजुभाइ पनि त्यस्तै हो आफूलाई बाँस न्यूरिएझै न्यूरिने अनि अरुलाई पर्दा वरिपरि नै नपरे हुन्थ्यो जस्तो गर्ने त्यही त हो बन्धुबान्धवको धर्म।

हाम्रो समाजमा धेरै ठाउँमा आफ्ना आफ्नै बन्धुबान्धवहरुलाई निकाला गरेका घटनाहरु सुन्नमा आइरहेका हुन्छन्, ऊ भन्छ मैले निकाले, ऊ भन्छ मैले निकाले। कसैले कसैलाई निकालेर कोही निकालिने हो र? जहाँ निकाले भने पनि पृथ्वी उनै हुन्, एउटै सूर्य तापिरहेका छन्। सबै एउटै चन्द्रमाको चहक माथि रमाइरहेका छन्। हामी के गर्दछौं त भने जब दुःख पर्छ अनि भगवानलाई साथी बनाउँछौं तर सुख भयो भगवानलाई विर्सिदिन्छौं। यदि सुखमा याद गरे दुःख कदापि पर्दैन। भगवान त दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ। सम्पूर्ण मानव आत्मा उही ईश्वरका सन्तान हुन्। हाम्रो आदिदेखि अन्त्यसम्मको सच्चा साथी भनेको एक मात्र भगवान हुनुहुन्छ। जबकि मानव यो कर्मक्षेत्रमा कर्म गर्न आउनु भन्दा पनि अगाडि उसको साथी त भगवान नै हुनुहुन्थ्यो। जब मानवलाई दुःखाइ हुन्छ अनि उसले आफ्नो दुखाइ भगवानसँग पोख्छ।

भगवान भन्दा सच्चा साथी दाजुभाइ इष्टमित्र, बन्धुबान्धवहरु रहेनछन्। किन भने मेरो जीवनमा घटेको एउटा घटना प्रस्तुत गर्दछु। एक दिनको कुरा हो, म आफ्ना नजिकै अर्थात तेह्र दिने दाजुभाइमध्येका एक जनाकहाँ टुप्लुक्क पुग्दा एक ग्लास पानी पनि पिएर जा भन्ने आँट गर्न सकेनन् ती बन्धुले। कसरी तिनलाई बन्धु भन्ने मैले? बन्धुबान्धवको नाता रगतसँग मात्र होइन कि व्यवहारको आधारमा पनि जोड्नु वेश हुन्छ जस्तो लाग्दछ। व्यहार उदार भएन भने हेर्ने आँखा सफा भएन भने के को बन्धुबान्धव के को बन्धुत्व? गाग्री भित्र छिर्न नचाहने तर पानी पिएर आत्मतृप्ति लिन खोज्ने? बगेको पानी सधैँ वगेको वग्यै हुने हो भने के काम? त्यसबाट त चाहिएको बेलामा गाग्री भुड्का भुडकीमा भरेर ल्याउन पाइयोस्।

विगतका तीता मिठा घटना मेरा स्मृतिमा पटक पटक आइ नै रहन्छन्। त्यसकारण भगवान नै सच्चा साथी हुन् भनेको छु मैले। आज संसारमा मानवले धेरै रोगको औषधि निकालेको छ रोगको निवारण त गरेको छ तर दिलको रोगलाई निको पार्ने वा समाधान गर्ने औषधि बताउन सकेको छैन र सक्दैन पनि। दिलको डाक्टर त भगवान नै हुन्। दिलले आरामको महसुस तव गर्छ जब त्यसलाई प्यार र शक्तिले न्यानो स्पर्श गरेको हुन्छ। दिलको सच्चा सहारा नै भगवान हो उसले भगवानलाई सुखमा पनि साथी बनाउँछ।

श्रीमतीले श्रीमानलाई जीवन साथी र परमेश्वर पनि मानेकी हुन्छे तर कुनै दिन उसलाई उसको जीवनमा जब दुःख वा अशान्तिको मोड आउँछ भने त्यसबेला दुःखको आँसु खसाल्दै हे भगवान मलाई यो के आपत्ति आइपर्यो मेरो दिलको सच्चा साथी त हजुर नै हो भन्ने उद्गार व्यक्त गर्दछे। जबकि अर्को देहधारी जीवन साथी पनि सँगै छ। यसप्रकार पतिको पनि सच्चा दिलको साथी भनेको पनि उनै भगवान हुन् दुवै जनाले दुःखको बेला भगवानलाई नै याद गरेका हुन्छन्। त्यसबेला पत्नीले पतिलाई र पतिले पत्नीलाई याद गर्दछन् र?

हामी सदा शिव लोकमा पुग्न सक्यौ भने मनुष्य भएर जन्मनु पर्दैन। भगवान विष्णुको आराधाना गर्दागर्दै नारदमुनी मुक्त हुनुभयो। प्रभुको चिन्तन गरिरहनु पर्दछ। साधुसन्तको संगत गर्नुपर्दछ, गुरुभक्ति, गुरुसेवा, गर्नुबाट चुक्नु हुँदैन। संसारमा भक्ति श्रेय सरिता हो। जो इच्छा गर्यो त्यही प्राप्त हुन्छ। सृष्टिको रहस्य बुझ्ने प्रयास गरौं। यसमा आत्माज्ञानको ठूलो महत्व छ।

निराकार ध्यानमा लागौ। आत्मज्योतिको चिन्तन गरौं। ज्ञान, ज्ञेय, ज्ञानगम्य, त्यो हृदयमै प्रतिष्ठित छ। मणिपुरचक्र र अनाहतचक्र बारे बुझ्ने प्रयास गरौं। हृदय कहाँ अवस्थित छ? त्यो पनि जान्ने प्रयास गरौं। ईश्वरको धाम सबै भन्दा माथि छ। कलियुगका व्यक्तिहरु भोगपरायण भइरहेका छन्। पढेर मात्र ज्ञानी हुँदैन। अपठितको बरु मुक्ति हुन सक्ला तर पठितको मुक्ति नहुन सक्छ।

पृथ्वी, अप, तेज वायु, आकाशको बारेमा जानेर मात्र पुग्दैन तिनीहरुको उत्पति हेतु पनि परमात्मा नै हुन्। भगवानको प्रकटीकरण चर्मचक्षुले गोचरीकृत गर्न सकिन्न। विशेष चक्रको पूजा सजिलै हुँदैन। साकारको पूजा होस् वा निराकारको? पुण्य बटुल्दै जानु पर्दछ। जुनसुकै धर्ममा पनि पूजा हुन्छ। पूजाविधि फरक पर्न सक्छ। जलधारा प्रिय शिव, अलंकारप्रिय विष्णु, भनिएकै छ। शिव भगवानले आगमबारे बताउनु भएको छ। प्रचारमा आएको कुरा एककिसिमको हुन सक्छ। रोगबाट मुक्त हुनुपर्दछ, शारीरिक रोग, मानसिक रोग, भावनात्मक रोग आदि आदि। अध्यात्मशास्त्रले निरोगी रहन बल मिल्दछ।

शिवले असंख्य रुप लिनु भएको छ। आकाशमा भएको गोलीयपन हेरौ न त्यहाँ पानी छ तर बेमौसममा खस्दैन, वरुण पानीका देवता हुनुहुन्छ। तपाईको घरको देवता तपाई आफै हुनुहुन्छ। माता, पिता भनेका पनि भगवान नै त हुन्। माता पिताका लागि सन्तानहरु नै अमूल्य सम्पत्ति हुन्। त्यसरी नै भगवानका लागि पनि सारा सम्पत्ति भनेका मानव र प्रणी नै हुन्। सम्पूर्ण मानव आत्माले आफ्नो सच्चा साथी भगवानमाथि नै छोडेर आएको हो। केही समय त मानिसले वस्तु वैभवलाई नै भगवानभन्दा पनि माथि बनायो तर भगवानका लागि बच्चा भने पनि, साथी भने पनि हामी नै हौँ। तसर्थ मानवको दुःख सुखमा सच्चा साथी भनेकै एक भगवान मात्र हो अरु कुनै हुन सक्दैन।

यो संसार उहाँको हो भने हामी उहाँ देखि टाढा हुन सक्दैनौ। अतः जीवनलाई सार्थक बनाउनका लागि केवल उनै एक भगवानलाई सच्चा साथी बनाउनु पर्दछ तब मात्र हाम्रो जीवन पत्थरबाट हिरातुल्य बन्न सक्छ भन्ने कुरामा दुई मत नहोला। भगवान बाहेक अन्य साथी स्वार्थी एवम् अल्पकालको लागि मात्र हुन्छन्।

ॐ नमः शिवाय

Related News

सम्बन्धित समाचार

hero news full width