भगवान् शिवको गोपनीय साधना

विष्णुप्रसाद श्रेष्ठ
फागुन २०, २०७५

वैदिक सनातन धर्मको महान पर्व मध्ये शिवरात्रि पनि एक हो। फाल्गुण कृष्ण पक्ष चतुर्दशीको रात्रि कालमा भगवान् शिवको शिवलिङ्ग उत्पत्ति भएको हुनाले त्यस दिनलाई शिवरात्रि भनिएको हो। रात्रिकालमा उत्पत्ति भएकाले शिवरात्रिको उपासना रात्रिकालमा गरिने प्रावधान छ। भगवान् विष्णु र भगवान ब्रह्मका बीचमा श्रेष्ठताको बारेमा विवाद भएको समयमा अकस्मात शिवलिङ्ग उत्पत्ति भएको र ब्रह्मा र विष्णुले शिवलिङ्गको पुछार र टुप्पो पत्ता लगाउन धेरै प्रयत्न गर्दा पनि नसके पछि भगवान् शिव प्रत्यक्ष उत्पत्ति भई शिवलिङ्गको महिमा बताउनु भएको कुरा पुराणहरूमा वर्णन गरिएको छ।

भगवान शिवलाई साकार र निराकार दुवै रूपमा उपासना गर्न सकिने प्रावधान छ। देवाधिदेव महादेवको मूर्ति साकार रूप हो भने शिवलि∙ निराकार रूप हो। भगवान् पशुपतिनाथलई नेपालका राष्ट्रदेवता को रूपमा उपासना गरिँदै आएको पाइन्छ। गोपाल वंशावलीमा पशुपतिनाथको ज्योतिर्लि∙को पत्ता लागेपछि हरेक काल खण्डमा राजा र जनताले पशुपतिनाथको उपासना गर्नुका साथै पशुपतिनाथको मन्दिरको निमार्ण गर्नमा होस् वा परिसर निमार्णमा होस् वा वागमतीको घाट निमार्ण गर्नमा योगदान पुर्याउदै आएको पाइन्छ। स्वस्थानी कथामा भगवान महादेव र पार्वतीको क्रीडा स्थलका रूपमा पशुपति क्षेत्रलाई लिएको छ।

नेपालमा प्रायजसो सबै जिल्ला शहर र ग्रामीण भेगमा पनि शिवालयहरू निर्माण भई उपासना हुँदै आएका छन् जहाँ शिवालय हुन्छ त्यहाँ प्रायः साधुसन्त पनि रहने गरेका छन् र शिवालय निर्माणकर्ताले निरन्तर पूजा चलिरहोस् भनेर जग्गा गुठी राखिएको पनि पाइन्छ। नेपालका प्रसिद्ध शैव मन्दिरमा हलेसी महादेव, पिण्डेश्वर महादेव र वैद्यनाथ महादेव पनि हुन्। यस्तैगरी सतीदेवीको अङ्ग पतन भएका स्थानहरूमा पनि शिवलिङ्ग उत्पत्ति भएको ती शिवलिङ्ग जागृत रूपमा हुने हुनाले भक्तालुहरूको आराधनाबाट छिटै खुसी हुने बताइएको छ। हलेसी महादेव हिन्दुहरूका साथै बौद्ध धर्मावलम्वीहरूको पनि आस्थाको केन्द्र रहिआएको छ। धरानमा रहेका पिण्डेश्वर शिवलिङ्ग दानवले समुद्र मन्थन गर्दा निस्केको अमृतको थोपाबाट बनेको भनिन्छ। त्यसकारण पिण्डेश्वर महादेवको ठूलो महत्व छ।

भगवान् महादेवका १२ ओटा ज्योतिर्लिङ्गको ठूलो महत्व छ। यी सबै भारतमा पाइन्छन्। १२ ज्योतिर्लिङ्गमा सोमनाथ, मलिकार्जुन, महाकाल, ओँकारेश्वर, वैद्यनाथ, भस्मेश्वर, रामेश्वर , केशवनाथ, नागेश्वर, भीमशंकर, त्र्यम्वकेश्वर, विश्वनाथ रहेका छन्। यी १२ ज्योतिर्लिङ्ग को दर्शन गरेतापनि भगवान् पशुपतिनाथको ज्योतिर्लिङ्ग दर्शन नगरेसम्म त्यो साधना अपूरो हुने बताइएकेा छ।

शिवरात्रिको उपासना पवित्र अवसर हो। यो पर्वमा आनो रुचि अनुसार विभिन्न तरीकाले साधना गर्न सकिन्छ। भगवान्लई केवल जल, गाईको दूध र वेलपत्र अर्पण गरेर भक्ति भाव प्रकट गर्न सकिन्छ भने समय र स्वास्थ अनुकूल भए निराहार रही भगवान् को पञ्चाक्षरी मंत्र ओम नम शिवाय को मंत्र जप गरी रातभर जाग्राम वस्न पनि सकिन्छ। शिवरात्रिको उपासना रात्रिकालीन उपासना भएकाले पँचाक्षरी मंत्र जाप गरेर वा ध्यान गरेर वा भजन कीर्तन गरेर रात्रिकालमा साधना गर्न उपयुक्त हुन्छ भनिएको छ।

भगवान् शिवसँग सम्बन्धित हजारौ मंत्र छन् तर तिनमा ओं नम शिवाय रूपी पँचाक्षरी मंत्र प्रायः लाग्ने र छिटो फल दिने मंत्रका रूपमा लिने गरिएको छ। शिव पुराणमा बताइए अनुसार यो मंत्र मोक्षदायक छ। मनोकामना पूरा गनेर्वाला छ। यो वेदको सारतत्व हो। यसले मनलाई निर्मल तुल्याउँछ। यो मंत्र सम्पूर्ण मन्त्रहरूको मूल हो। प्राणीहरूको कल्यणका लागि भगवन् शिवबाट नै यो मन्त्र प्रकट भएको हो। यस मंत्रको जप गर्नाले भव बन्धनबाट मुक्त भै मोक्ष प्राप्त हुन्छ। त्यसकारण जीव कल्याणका लागि यो श्रेष्ठ मंत्र मानिन्छ। भगवान् राम, भगवान नारायण सदा यही मंत्रको अनुष्ठान गर्ने गर्नु हुन्छ भनिन्छ। यस मंत्रले यस जीवनमा सुख शान्ति धर्म ऐश्वर्य प्रदान गर्छ र अन्त्यमा मोक्ष प्रदान गर्छ। त्यसकारण यस शिवरात्रि पर्वमा बढी भन्दा बढी सँस्थामा यस मंत्रको जप गर्नु राम्रो हुन्छ। प्रलय कालमा सम्पूर्ण लोक विलय भएतापनि समस्त देवता र मंत्रहरू यसै मंत्रमा लीन भएर बसेका हुन्छन्।

पुराणहरूमा शिव पुराण, पुराणहरूमा उत्तम मानिन्छ। शिव पुराणमा भगवान् शिव सम्बन्धी विभिन्न कथा र घटनाका साथै जीवनलाई सार्थक बनाउने साधनहरू वर्णन गरिएका छन्। साधना गर्न प्राय कठिन हुने भएकाले मानिसहरू कथा प्रसँग बढी मन पराउने र कथा वाचकहरूले पनि साधनालाई भन्दा कथा प्रसँगलाई जोड दिने गरेको पाइन्छ। शिवपुराणको उमासंहितामा अदभूत साधना बताइएको छ। यो साधना गर्दा गर्दै सिद्धि प्राप्त गर्न सक्ने र कालले पनि स्पर्श गर्न नसक्ने बताइएको छ। यो साधना गर्नाले साँसारिक दुःख सन्तापबाट मुक्ति मिल्ने र अन्त्यमा शिव स्वरूपमा लीन हुने बताइएको छ यस संहितामा वर्णन गरिएका केेही साधना निम्नानुसार छन्।

१) प्रणव ध्वनि श्रवण

रातको समय जव वातावरण शान्त हुन्छ तव बत्ती निभाएर यो साधना गर्नु पर्छ। तर्जनी (चोर औंला) ले दुवै कानको प्वाल बन्द गरी २ घडीसम्म कान भित्रबाट आउने ध्वनि सुनिरहनु पर्छ। यस साधनाबाट शारीरिक रोग निवारण हुन्छ र संकट नाश हुन्छ। यसरी ध्वनि सुन्ने क्रममा घण्ट बजेकेा, विणा, वाँसुरी, शङ्ख वजेको आवाज आउन सक्छ। यो ध्वनिलाई शब्दब्रह्म भनिन्छ। यसलाई अनाहत नाद भनिन्छ। यो साधना परम हितकारी परम कल्याणकारी छ र यो छिटो सफल हुन्छ।

२) ज्योति ध्यान

यो साधना पनि रात्रिकालीन साधना हो। सकेसम्म शुद्ध वस्त्र लगाएर शुद्ध स्थानमा आसन लगाएर पद्मासन वा सजिलो आसनमा वस्नुपर्छ। यस पछि दुवै आँखा बन्द गरी दुवै आँखाको बीचको भागमा हेरिरहने प्रयास गर्नु पर्छ। शुरुका पाँच मिनेटबाट प्रारम्भ गरी आधा घण्टासम्म यो साधना गर्न सकिन्छ। यसो गर्नाले कूटस्थमा भगवान्को ज्योति स्वरूपको दर्शन हुन थाल्छ। यसरी ज्योति स्वरूपको दर्शर्न हुन थालेपछि साधकमा विभिन्न अनुभूति आउन थाल्छ। इच्छाअनुसार रूपधारण गर्न सक्ने, टाढाको कुरा सुन्न सक्ने, अदृष्य हुन सक्ने आदि विभिन्न प्रकारका सिद्धि आउन सक्ने कुरा शिव पुराण उमा संहितामा उल्लेेख गरिएको छ। यस साधनाले जन्म मरणको चक्करबाट छुट्कारा पाउने कुरा उल्लेख छ।

३. प्राणायाम साधना

प्राणायाम धेरै किसिमका हुन्छन्–त्यस मध्ये एक कागीमुद्रा प्राणायाम हो। यो प्राणायाम पद्धतिमा मुखबाट जिब्रो वाहिर निकाली कागको जस्तो चुच्चो बनाउनु पर्छ। चुच्चो परेको जिव्रोबाट विस्तारै सास भित्र लिनु पर्छ। विस्तारै सास लिएर विस्तारै छाड्नु पर्छ। यस किसिमबाट सास लिँदा जिव्रोमा शीतल अनुभव हुन्छ जसलाई अमृतस्वरूप मानिन्छ। यसको निरन्तर अभ्यासबाट साधकलाई भोक प्यास लाग्दैन, शरीर तेजीलो र हलुका हुन्छ भनिएको छ। त्यो साधकको कपाल कालो हुन्छ र विस्तारै कपाल आउन थाल्छ। यसरी नै विभिन्न सिद्धिहरू उसमा आउन थाल्छन् भनिएको छ।

४. खेचरी मुद्रा साधन

खेचरी मुद्रा साधना अन्य साधना भन्दा केही कठिन छ। तैपनि साधना गर्दै गएमा सम्भव हुन्छ। यस साधनामा आनो जिब्रोलाई माथि उठाएर तालुको प्वालमा लगाउने गर्नुपर्छ। यो अभ्यास गर्दै जाँदा जीब्रो पातलो हुँदै जान्छ र लामो हुन्छ। यसरी जिव्रो पातलो र लामो हुदै गएपछि जिब्रो भित्रसम्म पुग्छ। यो साधना सफल भएमा घाँटीबाट जीब्रोमा अमृत बुँदा टप्कन्छ र व्यक्ति निरोगी हुन्छ।

माथि बताइएका साधनाहरू शिव पुराणमा वर्णन गरिएका प्रमाणिक साधना हुन। यी साधनाहरू अत्यन्त सरल छन् र थोरै समय भित्रै गर्न सकिन्छ। यी साधनाबाट भुक्ति र मुक्ति दुवै प्राप्त हुन्छ। भुक्ति भन्नाले यस जीवनमा सुख र आनन्द प्राप्त हुन्छ भने मुक्ति भन्नाले जन्म मरणको चक्रबाट मोक्ष प्राप्त हुन्छ। शिवपुराण र लिङ्ग पुराणमा शिवको कृपा प्राप्त गर्न सकिने विभिन्न साधना वताइएका छन्। आफुलाई मन पर्ने र अनुकूल हुने कुनै पनि साधना गर्नाले ईश्वरको कृपा प्राप्त हुन्छ। शिवरात्रि जस्तो विशेष पर्वमा भगवानको विशेष अनुकम्पा हुने हुँदा यस्ता अवसरमा पवित्र स्थानमा वसी साधना गर्न सके जीवन धन्य धन्य हुने कुरामा शंका गर्नु पदैर्न।

Related News

सम्बन्धित समाचार

hero news full width