प्रागैतिहासिक मानव र संविधान भित्रका मानव

झपट बहादुर थापा
श्रावण २२, २०७६

हाल विश्वमा १५२ भन्दा बढी राष्ट्रहरूमा मानव जाति विभक्त छन्। उनीहरूले आफ्नो चाहना बमोजिम सविधान मूल कानून अनुसार राष्ट्र संचालन गर्दै विकासमा उच्चता प्राप्त गरिरहेका छन्।

प्रागैतिहासिक मानवको पालादेखि हिऊँ युग र ढुङ्गे युगको ऐतिहासिक वर्णन अनुसार मानव जाति चराहरूको अण्डा खाने, वनजंगलको फलफूल खाने, कन्दमूल खाने, वीउ विजन खाने, माछा मासु काँचै खाने र नाङ्गै हिँड्ने गर्दथे। चारलाख वर्ष पहिले आगोको उत्पत्ति भनिएको छ, वैज्ञानिकहको भनाई बमोजिम रूखहरू आपसमा रगडिएर आगोको उत्पत्ति भएको मान्दछन्।

आगोको उपयोगिता बुझेपछि पकाएर वा सेकेर खाने कुरा स्वादिलो मान्न थाले। साथै आफू बस्ने ओडारलाई आगोद्वारा न्यानो पार्न पनि सिके। आगोले गर्दा उनीहरूको जीवनमा सहजता आयो। जंगली जनावरसंग बच्न पनि सहज भयो। पृथ्वीमा आगोको विकासले गर्दा विकास प्रारम्भ भएको हो। आगो जीवनभर र जीवन पछि पनि आवश्यक पर्ने प्रकृतिको देन हो। हिन्दु धर्ममा आगोको ठूलो महत्व छ। नरनारी प्रणय सूत्रमा बाधिँदा अग्निको अगाडि सपथ खाने चलन पनि छ। आगोको महत्व धेरै छ। मानव जातिले दुःख कष्ट सहेर पनि आगो (अग्निलाई) कहिले छाडेन। पिढी दर पिढी साथै लिएर आयो।

नयाँ ढुँगे युग देखि आदि मानवको पहिलो नोकर कुकुर हो। भेडा बाख्रा तथा अन्य घरपालुवा पशुपालनले मानव जातिको पहिचान वनायो। घोडा खच्चरले यातायातको महत्व बढाईदियो। लेखपढ गर्न नजान्ने व्यक्तिले खेतीपाती गरेर खाद्यान्न बढायो। आफ्नो बढ्दो समूहलाई भरण पोषण गर्न जान्यो। जुन आजको वैज्ञानिक युगमा पनि महत्व राख्दछ।

खाद्यान्नको जुन हामी खेती गर्दछौं यो अहिलेको होइन। यो आठ हजार चार सय वर्ष पुरानो हो। मानव जातीलाई खेतीपाती अन्न पानीले एकै ठाउँमा स्थिर हुन बाध्य गरायो। जसले गर्दा गाऊँ शहरको निर्माण भयो। रहँदा बस्दा राज्यको सीमा निर्धारण सहित राष्ट्रहरूको उदय भयो। जहाँका वासिन्दाहरूलाई नियम कानून अन्तरगत रहन बाध्य गराइयो। राजा रजैटाहरूको जन्म भयो। सरकारहरू गठन भए। मानव जाति संगठित हुँदै शक्तिशाली बन्यो। विस्तारवादी भएर ठूला राष्ट्रहरूको जन्म भयो। राष्ट्रको विकास निर्माण तथा नियन्त्रणको लागि संविधान भन्ने राष्ट्रको मूल कानून बन्न थाल्यो। जुन मानव जातिको ठूलो उपज मानिन्छ। मानवजाति दुःखदायी चिसोबाट आफूलाई बचाउँदै यहाँसम्म आइपुग्यो। उसलाई शान्ति र सुरक्षाको महसुस भयो र संविधान वनाईयो।

अहिले पृथ्वीमा ४ विलियन मानव जाति बसोवास गर्दछन्। सात महादेश मध्ये ६ महादेशमा मानवजातिको वस्ती छ। मानवजातिले भौतिक तथा आफ्नो संस्कृतिको भरपुर विकास गरेको छ। आदिमानव देखि वर्तमानको सभ्य मानवले हरेक कुरामा फड्को मारेको छ। हाल विश्वमा १५२ भन्दा बढी राष्ट्रहरूमा मानव जाति विभक्त छन्। उनीहरूले आफ्नो चाहना बमोजिम सविधान मूल कानून अनुसार राष्ट्र संचालन गर्दै विकासमा उच्चता प्राप्त गरिरहेका छन्।

हाम्रो देश नेपालका प्राचीन एवं मध्यकालीन युगका शासकहरू अंशुवर्मा, जयस्थिति मल्ल, शाहवंशका द्रव्यशाह, रामशाह, यक्षमल्ल र नेपालको आधुनिक इतिहास बमोजिम राष्ट्रका एकीकरण कर्ता पृथ्वीनारायण शाहले पनि संविधान दिन सकेनन्। नेपाल आमाका वीर सपुत भीमसेन थापा एक जल्दो बल्दो व्यक्तिले संविधान दिन भ्याएनन्, जंग बहादुर कुँवरले आफ्नो ३१ वर्षको लामो शासनकालमा नेपोलीयन महानको आधार संहिता (सिभिल कोड) जस्तै ऐन संग्रह सबभन्दा ठूलो उनको उपलब्धि मानिन्छ। जुन एक हजार चार सय पृष्ठको हस्तलिखित नेपालको सबभन्दा पहिलो लिखित ऐन थियो। त्यो बेलाको नेपालको संविधान भने पनि हुन्छ।

वि.सं. २००४ सालको बैधानिक कानून, वि.सं. २००७ सालको अन्तरिम शासन विधान, वि.सं. २०१५ सालको नेपाल अधिराज्यको संविधान, वि.सं. २०४७ को नेपाल अधिराज्यको संविधान, वि.सं. २०६३ सालको नेपालको आन्तरिक संविधान, वि.सं. २०४६ सालमा घोषणा भएको २६ वर्ष पश्चात दोश्रो संविधान मार्फत नेपाली जनताको ६५ वर्षदेखिको चाहाना नेपालको संविधान २०७२ अनुसार भाग – २ नागरिकताको महल ११ मा भनिएको छ। नेपालको नागरिक ……

(१) यो संवधान प्रारम्भ हुँदाका वखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग वमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरु नेपालको नागरिक हुनेछन्।

(२)    यो संविधान प्रारम्भ हुनु भन्दा अघि वंशजको आधारमा नेपालको नागरिक ठहर्ने छः

क)    यो संविधान र प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति

ख)    कुनै व्यक्तिको जन्म हुँदाको वखत निजको बाबु वा अमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति।

(७)    यस आधारमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशी नागरिकसँग विवाह गरेको नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोवास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेन्छ भने निजले संघीय कानून वमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ। तर नागरिकता प्राप्त गर्दाका वखत निजका आमाबाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ।

पोखरा – १८ को कार्यालयको सिफारिसमा सरु थापामगरले २०७६ जेठ २६ गते तासीआङ्गो थापामगरले आषढ ६ गते नागरिकता लिई पासपोर्ट पनि लिई सकेको वारे संचारकर्मी रवी लामिछानेद्वारा जानकारी प्राप्त गरिएकोले म के पनि सुझाव दिन चाहान्छु भने सम्वन्धित निकाय वा व्यक्ति विशेषले संविधानको मर्म तथा अधिकारवारे अध्ययन गर्नुभएन भने संविधानको भावना र महत्व नरहने एवं मन्द विषले राष्ट्रघाती कार्य हुने हुँदा सबै सचेत हुन जरुरी छ।

लेखकः तत्कालीन साराङ्गकोट गा.वि.स.को पूर्व अध्यक्ष हुन्। सं

Related News

सम्बन्धित समाचार

hero news full width