विश्वको इतिहासमा मानिसले करिब ५ सय वर्ष यता पैसाले बाँचिन्छ भन्ने भ्रम पालेको देखिन्छ । करिब ४० वर्षदेखि कृषि क्रान्तिको नाउँमा कृषि उत्पादनलाई विशाक्त बनाउँदै आएको छ ।
मानिसको लागि स्वस्थ्य भएर जिउनलाई स्वच्छ भोजन पहिलो शर्त हो । हावा, पानी, जमिन, जंगल र जैविक विविधता जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । हावा र पानीविना जीवनको परिकल्पना गर्न सकिदँैन । यही जमिनमा भोजनको उत्पादन हुन्छ । जंगलले शुद्ध हावाको उत्पादन गर्दछ । यि सवै कुराहरुलाई समग्रमा पर्यावरण भनिन्छ । यी सबैलाई सन्तुलनमा राख्नु आवश्यक छ ।
विश्वको इतिहासमा मानिसले करिब ५ सय वर्ष यता पैसाले बाँचिन्छ भन्ने भ्रम पालेको देखिन्छ । करिब ४० वर्षदेखि कृषि क्रान्तिको नाउँमा कृषि उत्पादनलाई विशाक्त बनाउँदै आएको छ । आधुनिक कृषिको नाउँमा प्राकृतिक कृषिलाई लत्याएको छ । प्रविधिको विकास र प्रयोगको बहानामा प्राकृतिक कृषि समाप्त गरिदैँछ ।
२१ औं शताव्दीको सबैभन्दा ठूलो व्यापार खाद्य पदार्थको हुने गरेको छ । कृषि उत्पादनलाई व्यापार र नाफाको कोणबाट कसरी प्रचुर उत्पादन गर्ने ? भन्ने धुनमा परम्परागत कृषि प्रणालीलाई विस्थापित गरिएको छ । जहाँ, अन्तर्राष्ट्रिय कर्पोरेट कम्पनीहरुबाट उत्पादित प्रविधिले राज गरेको छ । हाइब्रिड विउ विजन, युरीया मल, केमिकलयुक्त विषादीजन्य पदार्थको उत्पादन र वितरण भइरहेको छ । यसलाई घरको गमलादेखि खेतबारीसम्म प्रयोग गर्न बाध्य पारिएको छ ।
आजको मानिसले कृषि उत्पादन र वितरण प्रणालीको सिष्टमलाई बुझ्न सकेको छैन । परम्परागत कृषि प्रणालीमा निर्भर बन्न सकिंदैँन भन्ने बुझाई छ । किसानले आफ्नो श्रम, पसिनाको उचित मूल्य पाउन सकेका छैनन् । तिनका उत्पादन दलाल र विचौलियाको माध्यमबाट कर्पोरेट मालिकहरुको कव्जामा पुग्ने गर्दछ । समान वितरणको अभाव छ । जसको कारण गरीव जनताहरु अनिकालको भोकमरीमा पर्ने गर्दछन् ।
‘कृषि व्यापार होइन, जीवन रेखा हो’ मावन जीवनलाई बचाउने आधार हो । जीवन अमूल्य छ भन्ने कुरा बुझ्नु जरुरी छ । करिव ४ हजार वर्षदेखिको हलो र प्राकृतिक खेती प्रणाली लोप भएको छ । गएको १ सय वर्षदेखि मानिसले कृत्तिम मेसिन र मलबाट कृषि उत्पादन गर्न लागिपरेको छ । कृषि बालीमा वंश परिवर्तन (जीएम)को प्रविधिको प्रयोग गरिएको छ । यस्तै, अवस्था रहेमा अबको २० वर्षमा मानिसहरु बिहेनै नगरी मर्नुपर्ने कृषि वैज्ञानिकहरुको विश्लेषण छ ।
नेपालमा कृषिको अवस्था
सन १९५० देखि नेपालमा विषादीको प्रयोग हुन थालेको देखिन्छ । तथ्यांकले देखाएअनृुसार तराईमा ३२ प्रतिशत, पहाडमा ९ प्रतिशत र उच्चपहाडी क्षेत्रमा ७ प्रतिशत विषादीको प्रयोग भएको देखिन्छ । नेपालमा ६३ प्रतिशत मानिस कृषिमा निर्भर छन् । देशको ८० प्रतिशत उद्योगधन्दा कृषिमा आधारित छन् । अझैसम्म सरकारले ४ प्रतिशत भन्दा बढी बजेट कृषिमा लगानी गरेको देखिदैँन ।
‘जहाँ समस्या, त्यहाँ उपाय’ अर्थात ‘जहाँ प्रश्न, त्यहाँ उत्तर’ भनेभैंm नेपालमा प्राकृतिक कृषि संभव छ । राज्यले उचित वातावरणको व्यवस्था मिलाउनु आवश्यक छ । अनुभवी र विषय विज्ञहरुलाई स्थान दिनुपर्दछ ।
नेपाललाई कृषि प्रधान देश घोषणा कितावमा मात्र सीमित राखिएको छ । कृषिसम्वन्धी प्रभावकारी नीति कार्यक्रम बन्न सकेको छैन । सरकारले नीति, कार्यदिशा, अवसर, चुनौतीको पहिचान गरी प्राकृतिक कृषि प्रविधिलाई व्यवहारमा लागु गर्न सकेको छैन । सरकार १० वर्षमा अर्गानिक राज्य बनाउने संकल्पमै सीमित छ । अहिलेसम्म नेपाल कुनैपनि उत्पादनमा आत्मनिर्भर बन्न सकेको अवस्था छैन ।
राज्यले सामान्य किसान मजदुरलाई उपेक्षा र अवहेलना गर्ने प्रवृत्तिको कारण आज उनीहरुको विदेश पलायन हुने क्रम बढ्दो छ । शिक्षित, पौरखी युवा वर्गका लागि स्वदेशमा श्रम पसिनाको सदुपयोग गर्ने वातावरण बनेको छैन । आफ्नो भविष्य सुनिश्चित छ भन्ने कुराको उनीहरुले महशुस गर्न सकेका छैनन् । देश प्रादेशिक संरचनामा गएपछि कर्णाली प्रदेशले भने पूर्ण अर्गानिक कृषि प्रदेश घोषणा गर्दै नीति समेत पारित गरेको छ । जहाँ, प्रकृति–मानव केन्द्रीत जनअभियान नेपालसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।
प्राकृतिक खेती, अबको कृषि क्रान्ति
कृषिलाई नाफा कमाउने र भाडा असुल्ने माध्यम बनाइएको छ । युरीया र विषादी प्रयोगको मात्रा जवर्जस्त बढाइएको छ । यसरी, खेती गर्दा प्रशस्त उत्पादन र मुनाफा हुने कुरा प्रशिक्षित गराइएको छ । जसको कारण किसानले प्राकृतिक कृषिलाई बिर्सिएको छ । जसले गर्दा किसानको जमिन उज्जड र रुखो बनेको छ । माटोको उर्वरा शक्ति क्षीण बनी खेती हुन छाडेको छ । विषादी प्रयोगबाट आज समग्र मानव स्वास्थ्यमा मात्र होइन अन्य प्राणी र पर्यावरणमा समेत असर पारेको छ ।
आज हामीले खाने खानाको स्वाद हराएको छ । त्यस्तो खानाले मानिसहरुमा विभिन्न खाले रोगहरु सुगर, प्रेसर, युरीक–एसिड, ग्याष्ट्रिक, अल्सर, क्यान्सर, उच्च रक्तचाप, मुटुलगायत ठूला रोगहरुका सिकार बनिरहेका छन् । मानिसको प्रजनन क्षमतामा ह्रास, वाँझोपनामा बृद्धि र बालबालिकामा अस्वाभाविक शारीरिक वृद्धि जस्ता समस्या देखिन थालेका छन् ।
अबको सोंच प्राकृतिक खेती
अर्गानिक कृषि भन्नु नै प्राकृतिक खेती हो । यसलाई जैविक खेती पनि भनिन्छ । यस किसिमको खेती गर्ने पद्धति र उत्पादन पर्यावरणमैत्री हुन्छ । मानिसको स्वास्थ्यमा कुनैपनि हानी गर्दैन । यस्तो उत्पादन स्वादिलो र पोषिलो हुन्छ । मानिसले ‘धन पैसा मात्र विनिमयको माध्यम हो, स्वस्थ्य जीवन नै पुँजी हो’ भन्ने कुरा बुझ्नुपर्दछ ।
‘जहाँ समस्या, त्यहाँ उपाय’ अर्थात ‘जहाँ प्रश्न, त्यहाँ उत्तर’ भनेभैंm नेपालमा प्राकृतिक कृषि संभव छ । राज्यले उचित वातावरणको व्यवस्था मिलाउनु आवश्यक छ । अनुभवी र विषय विज्ञहरुलाई स्थान दिनुपर्दछ । नकि, राजनीतिक आस्था, नातावाद, कृपावादको आधारमा भर्तिकेन्द्र बनाइनु हुँदैन । गल्तीलाई सुधार्दै विवेकले काम गर्नुपर्दछ । यसको लागि इच्छाशक्ति हुनुपर्दछ । वन, जंगलविना यो खेती संभव हुँदैन । तर, नेपालको ४० प्रतिशत क्षेत्रफल जंगलले ढाकेको छ । यहाँ पहाडी र समथर भू–बनोट छ । प्राकृतिक खेतीको लागि भौगोलिक हिसावले पनि उपयुक्त छ ।
प्राकृतिक कृषिको लागि सरकारले गर्नुपर्ने कुराहरु:
अवको विकल्प भनेकै प्राकृतिक खेती हो । सरकारले यो क्षेत्रमा नीति र कार्ययोजना बनाउनु पर्दछ । हाम्रो प्रकृति–मानव केन्द्रीत जनअभियान नेपालका अभियानकर्ताहरुमा प्राकृतिक खेती कसरी गर्ने भन्ने विज्ञता हासिल गरेका कृषि विज्ञहरु छन् । यदि, आवश्यक परेको खण्डमा सरकारसँग सहकार्य गर्न तयार छ । प्रकृति–मानव केन्द्रीत जनअभियान नेपाल सधैं प्रकृति र जैव–जीवनको पक्षमा रहेको छ ।
Related News
सम्बन्धित समाचार
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता
hero news full width
मुख्य समाचार
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
वैशाख ८, २०८१हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१