हरेक वर्षझैं यस वर्ष पनि विभिन्न महिलावादी र अधिकार वादी सङ्घसंस्थाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नो वाषिर्क कार्यक्रमको रूपमा यस कार्यक्रमलाई भव्य रूपमा सफल पार्नको लागि व्यानर तथा प्लेकार्डहरूमा आर्कषक नारासहित तयार पार्नुको साथै अनुमानित खर्च विवरण समेत पास गराई यस वर्ष ‘महिला हिंसा अन्त्य गरौ, कुरा होइन काम गरौं’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरिरहेका छन्।
यसरी विगत १०३ वर्षदेखि हरेक वर्ष एक दिन नारी दिवस औपचारिक कार्यक्रमको आयोजना गरि मनाउँदै आउँदा यस्तो लाग्छ अब सबै महिला अधिका बाट बञ्चित छैनन्। सबै आधारभूत अधिकार सबैले पाउनु भनेको ऊ पक्कै पनि समाजिक, आर्थिक, लैङ्गकि, कानुनी रूपबाट र अन्य सम्पूर्ण पक्षबाट समेत सुरक्षित पनि छन्, तर स्थिति त्यसको विलकुल विपरितमा देखा परेको छ।
दिनदिनैजसो सबैजसो क्षेत्रमा नारी भएर जन्म लिएकै कारण लैङ्गकि हिसाबले, पुरुषसरह बाहिर गएर कमाइ नगरेको कारण र आफ्नो स्वामित्वमा केही नभएको कारण आर्थिक, र समाजका विविध संरचना, संस्कार र धार्मिक स्वरूपको कारण सामाजिक अन्याय र थिचोमिचोमा पर्ने घटनाहरू सार्वजनिक भइरहेका छन्। सञ्चार माध्यमको सुलभता, थोरै मात्रमा भएपनि सचेतनाका कारण र महिलावादी संस्थाको बाहुल्यताको कारण पनि यस्ता घटना सर्वजनिक हुन सहयोग पक्कै भएका हुन्। तर राज्यको प्रभावकारी कानुनको अभाव र भएको कानुनको पनि कार्यान्वयनमा ढिलासुस्तीको कारण पीडितले बचेकुचेका केही कुरा समेत गुमाउनु परेका उदाहरण प्रशस्त भेटिन्छन्। कानुनी उपचारको लागि सहज पहुँच हुन नसक्नु, जसो तसो उपचार केन्द्रमा पुगिहाले पनि विभिन्न तत्वहरूको दबाब हुनु र सबै झेल्दा झेल्दै पनि उपचार प्रक्रिया लामो हुनुले पिडित महिलालाई मानोवैज्ञानिक, आर्थिक, शारीरिक र सामाजिक रूपमा कमजोर पारिने काम हुने गरेको पाइन्छ।
नारी वर्गलाई टेको दिने नाउँमा रक्षक नै भक्षक भएका थुप्रै घटना हाम्रो समाजमा देखिन्छ। ३ महिनाको वालिका देखि ७५ वर्षको वृद्धा समेत बलात्कारको शिकार भएका छन्। नारीवर्गलाई सबै क्षेत्रमा जोखिम भएको भरखर मात्र एक प्रतिवेदनले सर्वजनिक गरेको छ। उनीहरूलाई घर, समाज, विद्यालय, काम गर्ने ठाउँ सबै स्थानमा शारीरिक, मानसिक, आर्थिक र यौनिक दुर्व्यवहार हुने गरेको छ। यसरी दुर्व्यवहार गर्नेमा जन्म दिने बाबु, नजिकका नातेदार, हाकिम, वा मालिक र अन्य सहयोगीको रूपमा आउने व्यक्तिहरू हुने गरेका छन्।
राज्यले यस विषयमा ध्यान नदिए सम्म अन्य सङ्घसंस्थाले जति फलाके पनि यो समस्यामा कमी आउने देखिँदैन। पीडकलाई तत्काल कारवाही र पीडितले चाहेजस्तो पुनस्र्थापना को लागि उचित कानुन बनाएर कार्यान्वयनमा ल्याएमा मात्र यो समस्याको न्यूनीकरण हुने देखिन्छ। अन्यथा वर्षको एक दिन नारी दिवस मनाएर, सुकिला कपडा लगाएर, आकर्षक व्यानर बोकेर, नगर परिक्रमा गरेर, मीठा मीठा शब्दजालको भाषण वाचन गरेर, कार्यक्रममा तस्विर प्रकाशन गरेर र प्रतिवेदन मात्र तयार पारेर नारी अधिकार र सुरक्षा निश्चित हुने कुरामा शड्ढा देखिन्छ।
महिलालाई सम्मान गर्ने, इज्यत दिने, उनीहरूको योग्यता र दक्षताको कदर गर्ने सदुपयोग गर्ने परिपाटीको विकास र वातावरणको निर्माण गरि सबै क्षेत्रमा कुनै पूर्वाग्रहबिना महिलालाई स्थान दिने हो भने अबको केही पुस्ता पछाडि महिला अधिकार र सुरक्षाको लागि लडिरहनु नपर्ला। १०३ औं पटकको अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा नारीलाई सम्मान गर्ने सबै मनलाई हार्दिक शुभकामाना।
Related News
सम्बन्धित समाचार
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१