प्रतीक्षा

आदर्श समाज सम्वाददाता
फागुन ११, २०६९

प्रतीक्षाको वास्तविक अर्थ पर्खनु वा कसैलाई कुरेर बस्नु भन्ने अर्थ बुभिन्छ। कुनै कुनैको इच्छामा भर गरेर बस्नु पनि प्रतीक्षा नै हो। पर्खार्इ अनगिन्ती प्रकारका हुन्छन्। भोकालाई खानाको, नाङ्गालाई कपडाको, सुकुम्बासीलाई जग्गाको, निर्धनीलाई धनको, विद्यार्थीलाई नतिजाको, चोरलाई मौकाको, रोगीलाई औषधिको, जोगीलाई भिसाको, किसानलाई मौसमको, व्यापारीलाई ग्राहकको, कर्मचारीलाई तलव र भत्ताको, कुल्लीलाई कामको, नेतालाई मञ्च र भाषणको, जनतालाई सुख शान्ति र विकासको प्रतीक्षा, प्रतीक्षै प्रतीक्षामा सारा समय व्यतित भएको छ। जाडोमा तातोघामको, गर्मीमा शीतल छाहारीको निन्द्रामा सुत्नुको, सवारीसाधनहरूलाई यात्रीहरूको यात्रीहरूलाई आ-आफ्ना चाहनाअनुसार साधनकै प्रतीक्षामा बसेका हुन्छन्। लोभका प्रतीक्षाले ठूलो नोक्सान पनि हुन सक्छ। मेरा पनि जीवनको यो घडीमा आइपुग्दा धेरै चोटी प्रतीक्षा गर्नुपर्‍यो। ती कति सफल भएर, मनमा आनन्द हर्ष दिलाए कति बिफल भएर धेरै पिडा दिए। यस्तै यस्तै प्रतीक्षाले कसैलाई मृत्युको मुखमा पुर्‍याउँछ, कसैलाई सुखमय जीवन विताउन सहयोग गर्छ। प्रतीक्षा पनि दुर्इप्रकारका हुन्छन्, निगटम र दुर्गामी प्रतीक्षा निकटमले तुरुन्तै चाहाना पुर गर्छ, भने दुर्गामी प्रतीक्षाले पछाडि धेरै परिश्रम र लगनशीलताले मात्र इच्छा पूरा हुन्छ।

काठमाडौंमा दुर्इ दिवसीय राष्ट्रिय कार्यक्रम थियो। कार्य सम्पन्न भएको भोलिपल्ट पोखरा र्फकनु थियो एकजना आफन्त कार्यक्रममा सहपाठी मित्रको निजी कार रहेछ। र्फकदा हाम्रै गाडीमा सँगै फकौँला भन्ने पूर्व वचनले मनमा गाडीमा भाडा बच्ने लोभ पलायो। कार्यक्रम सम्पन्न भएको बेलुकी सहपाठी मित्रसँग सोधिहालेँ भोलि म पनि यस गाडीमा र्फकन मिल्छ र मित्रले भन्नुभयो हुन्छ हुन्छ तपार्इं एक जनालाई लैजान्छौं। उहाँहरू दुर्इजना श्रीमान श्रीमती हुनुहुथ्यो। म समेत भोलिपल्ट दिनको ठीक १ बजे कलङ्कीबाट सँगै र्फकने सल्लाहा भयो। कारवाला मित्रको भोलिपल्ट १ बजेसम्म मिटिङ भएको कुरा पहिला नै जानकारी गराउनुभएको थियो।

त्यस बेलुकी मेरो आफ्नै भतिजाको डेरामा रात विताएँ। भोलिपल्ट खानपिन गरेर बस चढी ठिक ११:४५ मा कलड्ढी चोकमा आइपुगेँ। छिट्टै आएको हुनाले केही क्षण आकाशे पुलमाथि बसेर पुसको ठण्डीमा मीठो पहार तापेँ पुन तल झरेर बेकामी म दुर्इचोटी तलमाथि बजार हेर्दै ओहोरदोहोर गरेँ। त्यस पछाडि भने ठीक १ बजे छ मित्रको फोनमा फोन गरेँ। हामी आउँछौं तपाईं मकालु पेट्रेल पम्प अगाडि बसिरहनुहोस् धर्ैर्य गर्नुहोस् हामी आउँछौं भन्नुभयो। समय विताउन मुस्किल भयो। पेट्रोल पम्प नजिकैको पसलमा चिया पिउँदै प्रतीक्षा गर्दै गरेँ। चिसो बतास चलिरहेको थियो। मित्रको कार बौद्धबाट आउने हो कि त्रिपुरेश्वरतिरबाट आउने हो थाहा थिएन।

निकैबेर उभिएपछि पेट्रोलपम्प निरबाट बडो होसियारी साथ बाटो काटेर जय गौरीशंकर होटल अगाडि उभिइरहेँ। सम्मेलनमा सहभागी साथीहरू दुर्इरातसम्म त्यही होटलमा सुताइएको थियो। एकरात मैले पनि त्यहीँ बिताएको नाताले होटलको नजिक बस्न मलाई मनले प्रेरित गर्‍यो। प्रतीक्षामा बस्दा बस्दै धन्नै २ बजिसकेछ। मलाई त्यो एक घण्टा विताउनु एक वर्ष विताए जतिकै मुस्किल भएको थियो। म झन उदासिएँ पोखरा जाने गाडीभाडा ४६५ को लोभले बेकाममा प्रतीक्षा गर्नु आफ्नै कमजोरी ठानेँ। साहै पश्चाताप भयो। पुन फोन गरेँ र ‘म माइक्रोबसमा जान्छु तपाईंहरू आउँदै गर्नु होला’ भनेँ, तर उत्तरमा धर्ैर्य गरेर बस्नुहोस् हामी आउँदै छौ भन्नुभयो। त्यस पछाडि एक एक हरियो रङ्गको गाडीतिर मात्र आँखा गाड्न थालेँ हेरेको हेरै आँखा पनि बटारिन पुगे।

प्रतीक्षाकै घडीमा धेरै ठाउँबाट फोन आउँथ्यो म झसङ्ग हुन्थेँ र खुशी हुँदै फोन हेर्थे’ तर अनेत्रबाट आएका खबर हुन्थे। ठीक १ बजे यस्तै मोबाइलमा रिङ्टोन बज्यो पक्कै अब त आउनु भएछ भन्ने लागेर फोन उठाएँ तर फोन भने जनसाहित्यिक मञ्चका केन्द्रीय सदस्य तथा प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष नारायण परिश्रमी सरको रहेछ। उहाँले सँगै जाने कुरा बताउनुभयो तर मलाई ‘नखाउँ भने दिन भरको सिकार खाउँ भने कान्छा बाको अनुहार’ भनेजस्तै भयो। पहिलाको सर्तअनुसार इमान्दार भएर परिश्रमी सरलाई तपाईं जानुहोस् भने र म प्रतीक्षाकै श्रेणीमा उभिन मञ्जुर भएँ।

पट्यार असाध्यै लाग्यो, एकोहोरिएर महाबौद्ध हेर्थे’, घरी उत्तरतर्फ देखिने सेता हिमचुचुरा हेरेर मन बहलाउने धुलो मैलो दुर्गन्ध अति नै थियो। प्रतीक्षा घडीमा ३ जना त अन्धा अपा·, पागलले माग्न हात थापे, अन्धो र अपा·लाई थोरै दिएँ, पागललाई भने खुद्रा पैसा नभएर दिइनँ। प्रतीक्षा वा पर्खाइमा बस्नु भनेको मानसिक यतना नै रहेछ। आफू ले आफैलाई खिन्न मान्दै गाली गर्न थालेँ। ‘लोभले लाभ लाभले विलाप’ भन्ने उक्ति सम्झिएँ। देश र जनताको कल्याण हुने ठाउँमा प्रतीक्षा गर्नुपर्छ, आफ्नो स्वार्थ पूरा हुने कुरामा पर्खनु स्वाभिमानी मानिसका लागि गल्ती रहेछ भन्ने लाग्यो।

प्रकृतिले भविष्यको निस्वार्थ सेवामा दिनरात प्रतीक्षा गरेर बसेका हुन्छन्। लामो पर्खाइ गर्दागर्दै प्रकृतिले प्रकृतिलाई नै विध्वंश गर्न पनि सक्छ, सुन्दर शान्त रमणीय पार्न पनि सक्छ। यी प्रकृतिमै भर पर्ने कुरा हुन। प्रतीक्षा त निहर्य र दुष्टले कुनियत राखेर पनि गर्न सक्छ। म त्यस्तोखाले प्रतीक्षार्थी थिइनँ। तैपनि लामो प्रतीक्षामा तिर्खाएको थिएँ। घरि आकाशमा चिल गिद्धहरू विचरण गरेर दृष्यहरूतिर दृष्टि जान्थ्यो। काठमाडौंका विशाल घरहरू र बाक्लो जनघनत्व देखेर मनमा तर्क वितर्क उठथ्यो। ‘मानिसले प्रकृतिलाई हेप्नसम्म हेपेको हुनाले कतै असह्य भएर प्रकतिले विध्वंश मच्चाउने त होइन भन्ने लाग्थ्यो।’ प्रतीक्षा स्थल वरपर दुर्गन्धित थियो, धुलो बेपत्ता उडेको थियो। समय विताउन घरि सुन्तला किनरे खान्थेँ, घरि फोहोरै भए पनि ठेलागाडीमा पकाएको चियाको चुस्की मार्दै प्रतीक्षाका नयन सडक तिर एकोहोरिरहेका हुन्थे। क्षण क्षणमा फोन गर्‍यो आउँदैछौँ बस्दै गर्नुहोला भन्ने जवाफले केही क्षण मन शान्त हुन्थ्यो। १०-१५ मिनेट पछाडि मन उदासिन्थ्यो। एकलो छु कसैसँग बोल्नु छैन उही दोहोर्‍याइ तेहर्‍याइ फोन गर्‍यो बस्यो। उक्त अवधिमा कम्तीमा पनि १५ चोटी त फोन गरेँ होला उहाँहरूलाई कति नमजा लाग्यो होला थाहा भएन। ‘दुख पाइस् म·ले आफ्नै ढ·ले’ भने जस्तै भएको थियो। अव बीचमा अर्कै बसमा टिकट काटेर जाउँ भने मित्रहरूले नराम्रो मान्नु हुन्छ कि भन्ने लाग्छ, हिँड्न पनि सक्दिनँ। घरिघरि त आफ्नै कमजोरी पनि देखेर आफैसँग रिस उठ्थ्यो। ३ बजे पछाडि अर्धपागलझैं तल माथि बेकामको हिँडाइ हिँड्न थालेँ। मन अति नै खिन्न थियो। उहाँहरू पक्कै आउने कुरामा शड्ढा थिएन, पर्खाइको मात्र मनलाई दुखी हुनुभएको थियो। उहाँहरूलाई पनि विविध प्रकारका प्रतीक्षाले गर्दा ढिलो भएको हुनर्ुपर्छ। मिटिङ सकेर आउनुपर्दा ढिलो हुन्छ। त्यसमा मेरै स्वार्थले गर्दा मलाइ नै दुख दिइएको थियो। दिनको ठिक ३:३० बजेपछि उहाँहरू मेरो प्रतीक्षा स्थलमा आउनुभयो ३ जना हुनुहुन्थ्यो बाहिरबाट नमस्ते गरेँ। प्रतीक्षा गर्नु बडो कठिन रहेछ प्रतीक्षाका बारेमा एउटा लेख लेखुँ भन्दै पछाडिको गाडी सिटमा बसेँ। उहाँहरू पनि दिनभर प्रतीक्षै प्रतीक्षा गर्दा विलम्ब भएको कुरा बताउनुभयो। त्यस पछाडि भने सजिलैसँग करिब चार घण्टामा पोखराको पृथ्वीचोक आइपुगिएछ गफै गफमा।

पर्खाइ वा प्रतीक्षा नियमित वा अनियमित जे पनि हुन सक्छ। दिन हुनाको प्रतीक्षा, रात पर्नाको प्रतीक्षा, धेरै छन्। प्रकृतिको प्रतीक्षा निस्वार्थ र धर्ैर्य हुन्छ। यस धर्तीले अबौर्ं वर्षदेखि कहिले विनाशको प्रतीक्षा त कहिले विकाशको प्रतीक्षामा अडिग छ। पृथ्वीभित्र रहेका अनेकांै प्राकृतिक श्रोत धर्ैर्यवान छन् आज सम्म नगन्यमात्रामा मानिस पनि प्रकृतिजस्तै भविष्यमा सुन्दर भविष्य हेर्ने प्रतीक्षामा बसेका हुन्छन्। उनीहरू विकास, अनुसन्धान, प्रगति, उन्नति सबै चिजको सम्पन्ताका प्रतीक्षामा कडा परिश्रम गरेर बसेका हुन्छन्। तुच्छ सीमित आयुभएका हामी स्वार्थी मानिसलाई पर्खनु वा प्रतीक्षाले अति नै कष्ट दिँदोरहेछ। आज संसार प्रतीक्षै प्रतीक्षाको सङ्घारमा उभिरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width