पोखरा सहरलाई सडक बाल समस्यामुक्त कसरी गर्न सकिन्छ ?

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७०

पोखरा सहर पर्यटकीय नगरी भनेर देशविदेशमा प्रचार-प्रसार भएको छ। पोखरा पर्यटकीय सहरको रूपमा प्रख्याती पाउनुको सबभन्दा प्रमुख कारण, पोखराको प्राकृतिक सुन्दरता हो। त्यो प्राकृतिक सुन्दरतालाई अझै उचाईंमा पुर्‍याउन पोखराको वातावरणलाई स्वच्छ र मनमोहक बनाउनु हो, भन्ने कुरा सबैले स्वीकार गरेको छ। त्यस्तो स्वच्छ र मनमोहक वातावरण बनाउने अभियानमध्ये पोखरालाई सडक-बालकबालिका रहित सहर बनाउनु एक महत्त्वपूर्ण कार्य हो।

पोखराको सडक बाल-समस्याले अझै त्यस्तो विकिराल वा काठमाडौंको जस्तो ठूलो रूप लिएको छैन। सुन्नमा आएको छ, पोखरामा लगभग २०० सडक बालकबालिका मात्र छन्। त्यसमध्ये अधिक सङ्ख्यामा बालक नै छन्। यिनीहरूको जीवन सडकमै चारा खोज्ने, सडकमै खेल्ने, सडकमै सुत्ने र सडकमै रमाउने भएको छ। यसरी सम्पूर्ण सडक नै यिनीहरूको संसार भएको छ। यद्यपि यिनीहरूको बारेमा सङ्ख्यात्मक तथ्याड्ढ लिइन्छ, तर यिनीहरू कसरी सडक बालकबालिका बन्छन्, किन मगन्ते बन्छन्, किन फोहोरमा जीवन खोजेर हिँड्छन्, भनेर, प्रत्येक बालकबालिकाको बारेमा खोजतलास गर्ने काम कुनै पनि निकायले अहिले सम्म गरेको थाहा छैन।

करिब दुर्इ दशकअघि, श्री हेरम्बप्रसाद कोइरालाको अध्यक्षतामा, म जिल्ला बाल-कल्याण कार्यकारी समिति, कास्कीमा छँदा, यस सर्न्दर्भमा समितिको ध्यानाकर्षण गर्ने प्रयास गरेको थिएँ। सडक बालकबालिकाको बारेमा केवल गोष्ठी, सेमिनार, अन्तरक्रिया, सभा, सम्मेलन मात्र गरेर, नेपाली समाजको सर्न्दर्भमा, यस्तो क्रियाकलापले प्रचार-प्रसार त हुन सक्छ, तर कार्यान्वयन हुँदैन, सडक बाल-समस्या समाधान हुँदैन। कार्यान्वयनको लागि केही वर्ष कार्यगत अभियान अगाडि बढाउनुपर्छ। यस अभियानअन्तर्गत प्रत्येक सडक बालकबालिकाको बारेमा, उनीहरू सडकमा आउनुको कारण खोज्ने, बाआमाको नाम र ठेगाना पत्ता लगाएर उनीहरूकहाँ पुग्ने र सोधपूछ गर्ने गर्नुपर्छ। जुन-जुन बालकबालिकाको बाआमा -परिवार)को आर्थिक अवस्था विपन्न छ र छोराछोरीलाई पालनपोषण गर्ने आर्थिक हैसियत छैन, त्यस्ता बाआमालाई आयआर्जनको तालिम दिएर काम पनि दिनुपर्छ। जुन-जुन बालकबालिकाको बाआमा -परिवार) सम्पन्न छन्, तर छोराछोरी-भाइभतिजालाई उचित हेरविचार र मायाममता नदिएर निरास बनाएका छन्, जसको कारणले केटाकेटी घरमा नबसेर सडकमा आएका छन्, तिनीहरूका आमाबाबु-संरक्षकलाई सम्झाईबुझाई तिनीहरूको केटाकेटीलाई घरमै पुनस्र्थापना गर्ने र भविष्यमा फेरि ती बालकबालिका सडकमा आए भने आमाबाबु-अभिभावकलाई सजायँ गर्ने गर्नुपर्छ। तर जुनजुन केटाकेटीको बाआमा भेटिँदैन वा छैनन् वा टुहुरा छन्, तिनीहरूलाई बालगृहमा राख्ने वा अन्य अनाथालयजस्तै एसओएस, चिल्ड्रेन नेपाल, सिविन, सहारा क्लव जस्ता बालसरोकार समाज-संस्थालाई जिम्मा दिने भन्ने मेरो आग्रह थियो। तर त्यसबेला जिल्ला बालकल्याण समितिले मेरो आग्रहलाई किञ्चित चिन्तनमनन पनि गर्न खोजेन। सायद मेरो विचार त्यतिखेर समितिको लागि धेरै अग्रगामी थियो कि, जसले गर्दा मेरो आग्रह त्यस बेला रद्दीको टोकरीमा फालेजस्तै बेवास्ता गरियो। त्यस बेला सडकमा आएका बालकबालिका आजको जस्तो त्यति धेरै सङ्ख्या पनि थिएन।

अहिले पनि उपरोक्त सडक बालकबालिकाको सङ्ख्या काठमाडौं सहरमा भएको जस्तो त्यति धेरै होइन। पोखरामा अहिले बाल समस्यासँग सरोकार राख्ने सङ्घसंस्था पनि पहिलेभन्दा धेरै छन्। सबैको सहयोग र सरोकारले सडक बालसमस्यालाई उपरोक्त अभियानद्वारा समाधान गर्न सकिन्छ। त्यस बेला मेरो कुरा अरुहरूको लागि ‘एड्भान्स’ विचार भए पनि आजको अवस्थामा, यो त्यस्तो एड्भान्स भएको छैन। अतः माथि छलफल गरिएको अभियानद्वारा निकट भविष्यमै हामीले पोखरामा भएको हालको सडक बालसमस्यालाई सधैँका लागि पूर्णतया समाधान गरी देशको लागि नै बालसडक समस्या नभएको वा बालसडक समस्याबाट मुक्त नमुना सहरको रूपमा पोखरालाई स्थापित गर्न सक्छौँ र पोखराको सुन्दरतालाई मानवीय हैसियतले पनि झन् सुन्दर बनाउन सक्छौँ।

Related News

सम्बन्धित समाचार

hero news full width