पोखरा विश्वविद्यालयलाई शुभ-कामना ∕

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७०

कविशिरोमणि लेखनाथको जन्म स्थान, शालिन हिमशृङ्खला, निर्मल ताल र मनोरम डाँडाका“डाको काखमा वि.सं. २०५४ सालमा स्थापित पोखरा विश्वविद्यालय तीव्र गतिमा बढ्दै गएको विश्वविद्यालय हो। यसको मूल दृष्टि नेपालका कुनाकप्चरा, गाउँ, शहरमा हुकेका नेपालीलाई सुलभ तरिकाले प्राविधिक र वैज्ञानिक शिक्षाले दीक्षित गर्दै राष्ट्र विकासमा टेवा पुर्‍याउन उच्च गुणस्तर, सक्षम र ज्ञानले भरिपूर्ण नागरिक उत्पादन गर्नु नै हो। राष्ट्र र अन्तराष्ट्रमा गरी ४२ भन्दा बढी विश्वविद्यालयहरूसँग सम्बन्ध रहेको पोखरा विश्वविद्यालयको ४ वटा आङ्गकि र ४९ वटा सम्बन्धन प्राप्त क्याम्पसहरूमा २६ स्नातक र १९ मास्टर प्रोग्रामहरू चलिरहेका छन्।

१६ संघर्षका वर्ष पार गर्दै १७ वर्षमा प्रवेश गरेको पावन अवसरमा विश्वविद्यालयलाई केही शुभकामनाका मेरा शब्दहरू ………. मानिसमा चेतना र साक्षरता भएमा मात्र समाज र राष्ट्रको विकास सम्भव छ, अन्तरनिहित रचनात्मक र सिर्जनात्मक प्रतिभाको उजागर सम्भव छ। यो सबैको आधार स्तम्भ शिक्षा हो, क्वालिटी एजुकेशन र टेक्नोलोजीकल नलेज हो। तसर्थ पोखरा विश्वविद्यालयले “समुन्नत समाज, परिष्कृत संस्कारः साक्षरता र शिक्षा विकासको आधार” भन्ने मर्म कहिल्यै नभूलोस्।

इराकको मिसो पोटानियाबाट सुरु भएको साक्षरताको अभियानलाई कवि र रवि दुवैको लागि दुगम ठानिएका क, ख, ग, र, … सम्म सुन्ने अवसर नपाएका गाउँका वासिन्दादेखि अक्सफोर्ड हावर्ड जस्ता विश्वविद्यालयको सपना देख्ने बालबालिकालाई पोखरा विश्वविद्यालयको नीतिले समेट्न सकोस्।

शिक्षा विकासको मेरुदण्डमात्र होइन यो त मानवता, भद्रता, सत्यता र स्वतन्त्रताको अभिन्न अ· पनि हो। शैक्षिक, प्राज्ञिक र सम्वृद्धिका लागि सबैमा शिक्षाको महत्त्व वोध भइरहेको वर्तमान अवस्थामा सभ्य र सुसंस्कृत समाजको निर्माण तथा जीविकोपार्जनको महत्त्वपूर्ण आधार विश्वविद्यालय शिक्षा नै हो भन्ने तथ्य विश्वविद्यालयले सदा मनन् गरोस्।

सात तालको वाटिका शहर पोखराको पुष्प बनोस्, बाराही दैवी लाग्दा नि मास्न नसक्ने क्रुर जलकुम्भी नबनोस्, डढेलोले पनि निमिट्यान्न पार्न नसक्ने भाइरस वनमारा नबनोस्। विश्व समूदाय नै यसको सौन्दर्यतामा रम्न हरपल लालायित होस्। यसकै सुवासमा आनन्दित हुन क्षण-क्षण आतुर होस्। विश्वमै हेर्दा अत्यन्त नाजुक र दयनीय अवस्थामा पुगेको छ नेपालको शिक्षाको गुणस्तर। यस्तो समयमा पोखरा विश्वविद्यालयले नेपालको शिक्षा नीति उकास्न उदाहरणीय योजना र कार्य नीतिका साथ अगाडि बढ्न नै विश्वविद्यालयको निर्विकल्प नीति हुनुपर्छ। सीमित स्रोत र साधनको साथ डेरामा चलेको विश्वविद्यालय आज नेपाल ढाकी सक्न लाग्यो, पदाधिकारीको विदेश भ्रमण देख्दा त लाग्छ यसले विश्व नै ढाक्न खोज्दैछ। अत्यन्त खुशी लाग्ने कुरा हो यस्तो फस्टाउने गति देख्दा तर फस्टाउँदै र फक्रँदै गर्दा यसले आफ्नो सीमा ननाघोस् काम, कर्तव्य र अधिकार नभूलोस्, आफ्नो आधार स्तम्भ र धरातललाई सधैं सम्मान गरोस्। हावामा उड्न होइन धर्तीमा जम्न सिकोस्, विनाशकारी सुनामी होइन, सहनशील र शालीन सगरमाथा बनोस्, विश्व समुदायमा आफ्नो गरिमाको उच्च सम्झनाको छाप पार्न सकोस् विद्यार्थीभित्र त्रासको क्यान्सर होइन आत्म सम्मानको फरमूला बन्न सकोस् हाम्रो पोखरा विश्वविद्यालय।

गुणस्तरीय शिक्षा खोज र अनुसन्धानसँग गा“सिएको हुन्छ, समयसापेक्ष करिकुलम जोडिएको हुन्छ, भौतिक पूवाधार समानान्तर गतिमा प्राध्यापक, कर्मचारीको विकास पनि जोडिएको हुन्छ। चारवषे पदाधिकारीको क्रियटिभ र कन्स्ट्रक्टिभ योजना र लगनशिलताले विश्वविद्यालयमा नवीन परिवर्तन ल्याउन सक्छ। राजनैतिक पार्टीहरू त निकासको माध्यम हुनुपर्छ कतै पनि निकास र विकासको डेडलक बन्नु हुँदैन। विश्वविद्यालयका जिम्मेवार विद्यार्थी, प्राध्यापक र कर्मचारी साथीहरू वि.वि. र यो सँग सम्बन्धित पक्षहरूको ओभर अल प्रगतिको मार्ग बन्न सक्नुपर्छ। कहिल्यै विनाशको राजमार्ग नबनुन्। विश्वविद्यालयका सम्मानित पदाधिकारी शिक्षाको चरु बनेर अग्नि कुण्डमा होमिन तयार हुनुपर्छ। आफ्नो महत्त्वपूर्ण भूमिका र उपस्थितिलाई हृदयङ्गम गरी राजनीतिक स्वार्थ र आस्थाभन्दा माथि उठी राजनीति र देशलाई नै उचित दिशा दिन सक्नुपर्छ। पदीय दायित्व वोध गर्नुपर्छ। विश्वविद्यालयको उच्च गरिमालाई कतै केहीसँग सम्झौता गर्नु हु“दैन। खबरदार ∕

वि.वि. स्वच्छ प्रतिस्पर्धामा चल्न सकोस्, राजनीतिक र गुण्डागर्दी, भ्रष्टाचार र गञ्जागोलमा कहिल्यै नफसोस्। पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक र शुभचिन्तक बीच विश्वासको सुमधुर सम्बन्ध जोडियोस्। एक अर्काको सहयोगी बनुन् कोही कसैको तगारो नबनोस् विश्वविद्यालय सदा खुल्ला रहने सरस्वतीको पवित्र मन्दिर हो, यो सधैं पूजा गर्न मिल्ने स्थान बनोस् यो हड्ताल र बन्दबाट सदाका लागि मुक्त हुन सकोस्।

पोखरा वि.वि. तिमीलाई मेरो धेरै धेरै शुभकामना। अतः पदाधिकारीले आफ्नो मर्म, प्राध्यापक, कर्मचारीले आफ्नो कर्म र विद्यार्थीहरूले आफ्नो धर्म विश्वविद्यालयप्रति कहिल्यै पनि नकरात्मक नराख्नु विश्वविद्यालयको उच्च गरिमालाई कोही कसैसँग सम्झौता नगरुन्। यही छ पोखरा वि.वि. तिमीलाई १७ वर्षको शुभकामना । शुभकामना। तिमी आफ्नो वयस्क उमेरमा सम्हालिए हाम्रो भविष्यमाथि नखेल। सदा हाम्रो आत्म सम्मानको फर्मूला बनी बस हाम्रो हृदयमा। जय पोखरा विश्वविद्यालय ∕ जय विद्यार्थी ∕ जय नेपाल ∕

(लेखक नेपाल विद्यार्थी संघ केन्द्रीय समिति, पोखरा विश्वविद्यालयका सभापति हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width