पोखरा उपत्यकाको परिदृश्य र यसको भविष्य

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७०

राजधानीबाट २०० किलोमिटर पश्चिममा रहेको प्राकृतिक विविधताको भण्डार प्राकृतिक सुन्दरताको खानी यस पोखरा नगरीको दक्षिण पश्चिम तर्फ हरियालीको आभाभित्र अवस्थित छ मट्टखिान, निर्मलपोखरी, भरतपोखरी सो ठाउँबाट पूर्व उत्तरतर्फको दृश्य अवलोकन गर्दा सुरम्य उपत्यका पोखराको पूरै भाग देख्न सकिन्छ। पोखरा वरिपरिका रमणीय वन प·लले भरिएका पहाडी भाग र कुमारी हिमाल माछापुच्छ्रेको मनोरम दृश्य। जति पिए पनि पट्यार नलाग्ने पोखरा र यस वरिपरिका हरियाली डाँडाहरू अवलोकनको तिर्खामा मिठासपूर्ण स्वाद छ। नेपालको पर्यटकीय विकासमा पोखराले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

विछ्यौनामा सुतीसुती झ्यालबाट हिमालको तरेली हेर्न पाएका पोखरेलीले हिमाल पनि अति नजिक आखैमा टाँसिन आइपुग्छन्। पोखरा समुन्द्र सतहबाट ९०० मिटर उचाईंमा छ। मट्टखिान, निर्मलपोखरी र भरतपोखरीको उच्चा पहाडी भाग करिब ११०० मिटर उचाइमा अवस्थित छ। यहाँदेखि हिमाल करिब ३० कि.मि. दूरीमा अवस्थित छ तर नजिकै देखिन्छ। क्यामराको पर्दा र मनको क्यानभासमा हिमाललाई सजाउँछन् विदेशी स्वदेशी पर्यटकहरूले।

चुचुरो माछाको पुच्छरजस्तो भएकोले माछापुच्छे्र नाम पाएको चुचुरामा अहिलेसम्म कोही पुग्न सकेको छैन। विदेशीले माछापुच्छे्र चढ्न प्रयास गरे तापनि माापुच्छे्र कसैलाई चढ्न नदिने कुमारी नै राख्ने हेर्ने मात्र पोखरेली जनमतको प्रवल इच्छ भएकोले कोही पनि चढ्न पाएका छैनन्। माछापुच्छे्रदेखि पूर्वपट्ट अन्नपूर्ण हिमाल छ। पहिलोपटक संसारमा आरोहण गरेको ८००० मिटर भन्दा अग्लो अन्नपूर्ण प्रथम हिमाल हो। सगरमाथा क्षेत्रमाभन्दा पहिले नेपालको पर्वतीय पर्यटन पोखराबाट नै सुरु भएको हो।

पोखरा जस्तो अनुपम ठाउँ संसारमा कहीँ छैन। पोखरा उपत्यकामा ९ वटा ताल छन्, फेवा कमल ताल पोखरा उप-महानगरपालिकामा र वेगनास, रूपा, खास्टे, दिपाङ, गुँदे, मैदी र न्यूरेनी सात ताल लेखनाथ नगरपालिकामा छन्। यसलाई सात तालको सहर भनिन्छ। फेवातालको आँगनमा माछापुच्छे्रको छायाँ हेर्न पर्यटक निकै लोभिन्छन् फेवातालका बीचमा अवस्थित ताल बाराहीको दर्शन गर्न हजारौं पर्यटक र दर्शनाभिलासी प्रतिदिन डुङ्गाबाट आउने जाने गर्दछन्। डु·ाको शयर गर्दै तालकै आडमा रहेको रानीवनका चराहरूको चराङचुरुङ सुन्दा स्वदेशी विदेशी पर्यटक मन्त्रपुग्ध हुन्छन्। कमलताल पोखरका नगरपालिकाको पूर्र्वी भेगमा पर्दछ। यो ताल कमलका फूलले पूरै ढाकिएको हुन्छ। नागपञ्चमीमा मेला लाग्दछ। फेवातालमा दसैंपछिको कोजाग्रत पूणिर्मामा ठूलो मेला लाग्दछ। नेपालमा आउने पर्यटक फेवाताल देखि पूर्र्वी भेकमा रहेको बैदाम एरियामा झुम्मिइ रहन्छन्। फेवाताल विदेशीको आकर्षणको केन्द्रको रूपमा रहेको छ। पर्यटन विकाशमा आकर्षणको केन्द्र रहेको छ।

लेखनाथ नगरपालिकालाई सात तालको बगैचा भनिन्छ। सवभन्दा ठूलो फेवाताल हो भने दोस्रो ठूलो वेगनास ताल हो। यो अत्यन्त रमणीय छ। पानी सफा छ। यो ताल हेर्न टिकट काट्नुपर्दछ। रूपातालाई पनि र कमलका फूलले ढाकेको छ। खास्टे, दिपाङ, गँुदे र न्युरेनी, मैदी समेतका सातै ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छन्। स्वदेशी विदेशी पर्यटकका निमित्त आकर्षण केन्द्रको रूपमा रहेका छन्। डेभिजफल पोखराको दक्षिण पश्चिममा पर्दछ जमिनको सतहबाट १५० मिटर तल छाँगो खसेर पातालिँदै गएको ठाउँ विश्वमा कही छैन। छागो हेर्न हजारौं पर्यटक आउँछन् र रमाउँछन् र यसको आम्दानी छोरेपाटन उच्च माविमा जान्छ।

पोखरामा साना ठूला धेरै गुफा छन्। गुफाहरूको दर्शनको क्रममा पर्यटनको निकै विकास भएको छ। महेन्द्र गुफा पो.उ.म.न.पा. वडा नं. १६ बाटुलेचौरमा छ। अर्को चमेरे गुफा पनि सोही वडामा पर्दछ। चमेराहरू प्रशस्त मात्रामा बस्ने हुँदा यसलाई चमेरे गुफा भनिएको हो। पो.उ.म.न.पा. वडा नं. १७ छोरेपाटन डेभिजफलदेखि तल्लो भागमा गुप्तेश्वर गुफा छ। गुफाको डिलबाट ५० मिटरको दूरी तल ओर्लेपछि गुप्तेश्वर महादेवको भव्य मूर्ति छ। त्यहाँ सदा पूजाआजा चलिरहने गर्दछ गुप्तेश्वर महादेव भगवानको दर्शन गर्न प्रतिदिन हजारौं पर्यटक र भक्तजन आउँदछन्। मन्दिरभित्र घुम्नको लागि दोस्रो भागमा जानुपर्दछ। दोस्रो भागमा अलिकति हिँडेपछि पानीको छहरा देख्न सकिन्छ। छहराको प्वालबाट सूर्यको किरण फैलिएको दृश्य अत्यन्त रमणीय देखिन्छ। फेवातालको पानी फेवा बाँधबाट झरेर पार्दीखोलो हुँदै डेभिजफलदेखि अदृश्य भएको खोला गुप्तेश्वर गुफाभित्र देखिन्छ र फुस्रेखोलामा गई मिसिन्छ। हिउँदको समयमा पानी सुकेपछि भित्री गुफामा घुम्न सकिन्छ। सो भित्र १० घण्टा घुमे पनि यसको सबै भागमा पुग्न सकिँदैन। यो ज्यादै ठूलो गुफा हो। यस गुफा परिसरमा प्रवेश गर्न निकै पर्यटक आउँदछन्। गुप्तेश्वर गुफा समितिको वाषिर्क करोडौं आम्दानी हुन्छ। यस्को आम्दानीबाट गुप्तेश्वर बहुमुखी क्याम्पस सञ्चालन गरिएको छ। यस गुप्तेश्वर परिसरदेखि पश्चिमतर्फ रहेको सडकबाट फुर्सेखोला पुगिन्छ। फुसे्रखोला दुर्इ घण्टा ठाडो पैदल उकालोपछि मट्टखिानको डाँडोमा पुगिन्छ। त्यस डाँडोभन्दा पश्चिमतर्फ लागेपछि मट्टखिान कालिकाकोट मन्दिर आउँछ। सो मट्टखिानको पूर्वतर्फ निर्मलपोखरी गाविसमा अर्को कालिका मन्दिर छ। मट्टखिान, कृस्ती, निर्मलपोखरी, भरतपोखरीको विकासका निमित्त कुभिण्डे भञ्ज्याङको डाँडोको उच्चा भाग हुँदै पूर्व पश्चिम दुवैतर्फ देखिने चोटीमा पर्यटकको यात्राका लागि पक्की पैदल मार्ग सो ठाउँबाट भरतपोखरीसम्म बनाउनुपर्दछ। कुभिण्डेभञ्ज्याङबाट भरतपोखरी हुँदै उत्तरतर्फ पक्की मोटरबाटो निर्माण गर्नुपर्दछ।

हाल बसुन्धरा पार्कबाट अनदूस्थित बुद्ध मन्दिरसम्म केबुलकार लैजान चितवन कोर्इको कम्पनीलाई सरकारले स्वीकृति दिइसकेको कुरा समाचारमा आएको छ। सो केबुलकार शान्ति स्तुप बुद्ध मन्दीर परिसरबाट छोरेपाटनसम्म ल्याउने र छोरेपाटन बाट मट्टखिान पुर्‍याई मट्टखिान उच्च पहाडी भागबाट भरतपोखरी पुर्‍याई गगनगौडा झार्ने होभने पहाडी मार्गबाट केबुल कारमा चढी दृश्यावलोकन गर्दा पर्यटक पुलकित हर्षविभोर हुन सक्दछन्। विदेशीको घुइँचो लाग्न सक्दछ।

नेपालको एक मात्र पाराग्लाइडिङ सञ्चालन केन्द्र पोखरामा रहेको छ। नाकले माछापुच्छ्रे हिमाल ठोकिने जस्तो लाग्ने सुन्दर पर्यटकीय स्थल सराङकोटमा पाराग्लाइडिङको स्टेशन अवस्थित छ। ग्लाइडरमा एक जना पाइलट र एक जना यात्रु बस्न मिल्दछ। यो पाराग्लाइडिङ पर्यटकको आकर्षणको केन्द्रको रूपमा रहेको छ। अर्को पोखरा विमान स्थलबाट फूर्रर्र्र उडेर हिमालसम्म यात्रु बोकेर लैजाने पावर ग्लाइडर छ यो लगातार तीन घण्टा आकाशमा उड्न सक्दछ। यो पनि पोखराको आकर्षण हो। जैविक विविधता र पर्यावरणीय दृष्टिकोणले पनि पोखराले महत्त्वपूर्ण स्थान ओगटेको छ।

फेवातालको बीचमा अवस्थित बाराही मन्दिर उकालो चढेर पुग्ने थुम्किलामा रहेको विन्धवासिनी मन्दिर त्यस्तै अझ अग्लो थुम्कीमा रहेको भद्रकाली मन्दिर विभिन्न ठाउमा रहेका बौद्ध गुम्बाहरू हिन्दू मन्दिरहरू पनि पोखराका पर्यटकीय आकर्षणका केन्द्र हुन्। त्यस्तै कास्की कोट, रोयल ट्रेक, पञ्चासे, माछापुच्छ्रे, फेदी, पिपर, घान्दु्रक, पुनहिल, डाफे, मुक्तिनाथ स्वदेशी विदेशी पर्यटकहरू आकर्षण केन्द्र हुन। पोखरालाई फिल्म निर्माणको केन्द्र स्थलको रूपमा विकास गर्ने योजना छ भन्ने सुनिएको छ यस्ले पनि पोखराको आकर्षणलाई बढाउदछ। पोखरा विश्वको अत्यधिक मनोरम दृश्यहरूले भरिपूर्ण सुन्दरतम उपत्यका हो यहाँ पर्यटकको आकर्षण दिन प्रतिदिन बढिरहेको छ। मटिखानदेखि पूर्व भरतपोखरीसम्म फैलिएको उत्तर हिमालतर्फ फर्किएको डाँडा पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ र पोखरा उपत्यकाको भविष्य अत्यन्त उज्ज्वल छ।

(लेखक वरिष्ठ अधिवक्ता हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width