पोखराको वास्तविक एउटा इतिहास

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७०

खास पोखराका पुराना केही बुझने खालका व्यक्तिहरू यदाकदा कोही जीवित हुनुहोला जसलाई उमेरका कारणले पुरा स्मृति नहुन पनि सक्छ तापनि ‘पं. ऋषिकेशव पराजुली’ लाई नजान्ने हुनुहुन्न होला। सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा पहिले केही काम गरेका व्यक्ति पोखरा मात्रका नभएर कास्की जिल्लाभरका जो हुनुहुन्छ होला उहा“ले पं.ऋषिकेशव पराजुलीलाई अवश्य चिन्नुभएको होला भन्ने म ठान्दछु।

वास्तविक व्यक्ति जीवित छ“दैका वखत उनको अगाडि ‘यो यस्तो कार्य मैले गरेको हू“’ भन्ने हिम्मत गर्न नसक्ने अको व्यक्तिले वास्तविक व्यक्तिको मृत्यु पश्चात ‘सो कार्य गरेको हू“’ भनेर वास्तविक व्यक्तिको नामलाई ओजेलमा पार्न खोज्दछन्। त्यस्ता खाल्का मानिसलाई अगाडि पारी आफ्नो केही निहित-स्वार्थपूर्र्तिको लागि काम गर्ने मानिस पनि आज आफूलाई बुद्धिजीवी भनाउन र विशेष खोजको अग्रसरताको रूपमा अर्थात् अनुसन्धानको रूपमा परिचित हुन चाहना राख्ने पनि कोही हुन सक्छन्। त्यस सम्बन्धमा यहा“ कुनै बढी चर्चा गर्नु उपयुक्त नहोला। यो लेखकले पनि आत्म प्रशंसालाई प्रश्रय दिनु उचित ठान्दैन तापनि वास्तविकतालाई सर्वसमक्ष प्रस्तुत गर्नु र इतिहासलाई मेट्न नदिनु जस्ता कुरालाई आत्म प्रशंसाको कुरा हो भन्ने सोचाई जो कसैले नलिइदिउन भन्नेमा पनि अनुरोध गर्दछ।

जस्ले ब्रह्मलाई जान्दछ त्यो नै ब्राह्मण हुन्छ। पं.ऋषिकेशव पराजुली -ऋषि राम पण्डित वा पण्डित बाजे) बाहुन नभएर ब्राह्मण थिए। ब्राह्मण कूल वर्गमा जन्मेको र ब्रह्मज्ञानका पक्षधर थिए। पुराण एवं सप्ताहका वाचक पनि र कर्मकाण्डका प्रखर ज्ञाता थिए। ‘ब्रह्म’ को मूल अर्थ ‘ज्ञान’ नै हो। ज्ञान स्रोत हो र विद्या ज्ञानको भण्डार हो। आ-आफ्नो ठाउँमा प्रस·वस विभिन्न अर्थ लागे पनि ब्रह्म भन्नु ज्ञान नै हो। ‘वेद’ लाई पनि ज्ञान नै मानिन्छ भने त्यस्तो ‘वेद’ प्राप्त गरेपछि सृष्टिकर्ता प्रजापति ‘ब्रह्मा’ नै हुन पुगेका थिए। उनै ब्रह्मज्ञान प्राप्त ब्रह्माका सन्तति कुल नै ब्राह्मण हुन्। ब्राह्मणले ज्ञान -शिक्षा) दिनुपर्छ भन्ने बुझेका ऋषि केशवले आफूले प्राप्त गरेका ज्ञान विद्याको अवस्थालाई बुझी नया“ पिंढीकालाई नया“ ज्ञान दिनुपर्छ, अन्तराष्ट्रसँग सम्बन्ध हुनुपर्छ भन्ने अभ्रि्रायबाट नै पं.ऋषिकेशवले पोखरामा अङ्ग्रेजी स्कुल स्थापना गर्न जोड दिएका थिए। विद्याबाट सर्वसाधारणले आफ्नो जीवनलाई उज्यालो पार्न सकुन र जीवनका पूर्वाधारलाई बुझन सकून् भन्ने दृढ चाहना पं.ऋषिकेशवको थियो भने चाहना मात्र भएर हुँदैन कार्यक्षेत्रमा नै उत्रनुपर्छ र व्यवहारिक बन्नुपर्छ भन्ने दृढ इच्छा अर्थात अठोट गरेर आफै अग्रसर बनी राणा शासनकाल छ“दैका वखत सर्वसाधारणले विश्वमा छाएको भाषा अङ्ग्रेजी जान्न सकून् भनेर पोखरामा २००६ सालमा अङ्ग्रेजी स्कुल स्थापना गर्ने अग्रणी भूमिकाको निर्वाह पं.ऋषिकेशवले गरे। त्यतिबेला पोखराको विन्ध्यवासिनी मन्दिर नजिक मिरुवाका पण्डित देवी रमण पराजुलीको विशेष पहलबाट रेग्मी, पराजुली र पौडेल थरका ब्राह्मण समाजका पण्डितहरूबाट खोलिएको संस्कृत वा भाषा पाठशाला र पं. मुक्तिनाथ शर्माको अथक प्रयासबाट बाटुलेचौरमा आधार स्कुल स्थापना भइसकेर समान्य संस्कृत र नेपाली भाषा शिक्षा प्रदान गर्ने कार्य भइसकेका थिए। व्यक्तिगत केही व्यक्तिले मात्र पढ्ने गरी प्राइभेट पढाइ कता कति त सुरु भएका पनि थिए तर सर्वसाधारणले खुलेर अङ्ग्रेजी पढ्न पाउने व्यवस्था संस्थागत भएको भने २००६ सालमा मात्र हो। पं.ऋषिकेशवले अङ्ग्रेजी स्कुल स्थापना गर्नु अगाडि सामान्य संस्कृत भाषा शिक्षा आफ्नै घरमा पढ्न इच्छुकहरूलाई आफैले पनि पढाउने गर्नुहुन्थ्यो। पोखरामा २००६ सालमा खुलेको अङ्ग्रेजी स्कुलको पहिलो नाम ‘पोखरा पव्लिक मिडिल स्कुल’ भन्ने थियो। यो स्कुल पोखराको नदीपुर पाटन नजिक सेती नदीको किनारमा नारायण स्थानको पाटी पौवामा सुरु भएको थियो। यही स्कुल ‘नेशनल हाई स्कुल’ नामबाट २००८/०९ सालमा नदीपुर पाटनमा स्थानान्तर भयो र यही ‘नेशनल हाई स्कुल’ नदीपुर पाटनबाट २०१४/०१५ सालमा ‘मल्टिपपस नेशनल हाई स्कुल’ नामबाट पोखराको पुरानो टु“डिखेलमा स्थानान्तर भयो। ‘मल्टिपर्पस नेशन हाई स्कुल’ पछि फेरि ‘व्यावसायिक राष्ट्रिय माध्यमिक विद्यालय’ नामले नेपाली भाषामा परिणत भयो। पछि गएर व्यावसायिक शिक्षा हटाइएर ‘राष्ट्रिय माध्यमिक विद्यालय’ मात्र भनिन गयो र आज अहिले आएर ‘राष्ट्रिय उच्च माध्यमिक विद्यालय’ नामले सञ्चालित छ। यसरी पोखराको पहिलो अङ्ग्रेजी स्कुलको सामान्य परिचय स्वरूप यो लेख पनि हुन पुगेको छ। ‘नेशनल हाई स्कुल’ हुने अवस्था सम्ममा पं.ऋषिकेशव पराजुलीले सुरुमा सेक्रेटरी र तत्कालिन पोखराका राणा बडा हाकिम मे.ज.धन सम्शेर जं.व.राणा पछि स्कुल सञ्चालक समितिको अध्यक्ष भएर २००७ सालदेखि २०१४ सालसम्म काम गरे।

पं.ऋषिकेशव पराजुली २०१४ सालमा पोखराको नदीपुर पाटन स्थित श्री ५ रत्न राज्य लक्ष्मी कन्या हाई स्कुलको संस्थापक सहायक सेक्रेटरी, २०१६ सालमा पोखराको गैह्रापाटनस्थित नवीन विद्यालयको संस्थापक सेक्रेटरी, २०१७ सालमा पोखराको भीमकाली बगरमा स्थित पृथ्वीनारायण कलेज -केही समय नारायण स्थानमा सुरु भई नदीपुर पाटनस्थित श्री ५ रत्नराज्य लक्ष्मी कन्या हाइस्कुलको भवनमा रात -नाईट) मा पढाइ हुने गरी स्थापना भएको थियो।) स्थापना समयमा कलेज संचालक समितिमा सदस्य अर्थात पी.एन. क्याम्पसको संस्थापक सदस्य पनि थिए। संस्थापकको हैसियतमा पी.एन. क्याम्पसले उहा“ जीवित छ“दै उहा“को सम्मान पनि गरेको थियो। हालको ‘अमरसिंह नमुना उच्च माध्यमिक विद्यालय’ -अमरसिंह माध्यमिक विद्यालय) हुँदाका वखत उक्त विद्यालयमा दृष्टिविहीन विद्यार्थीहरूको लागि पुरस्कार दिने र हौसला बढाउने एवं अरुको लागि पनि प्रेरणा जगाउने अभ्रि्रायले पं.ऋषिकेशव पराजुलीले ‘सु. हित्मान शेरचन स्मृति पुरस्कार’ को लागि त्यतिबेला रु. २१०००।- को पहिले अक्षयकोष स्थापना गरिदिएका थिए।

पं.ऋषिकेशव पराजुलीले २०५५ सालमा आफ्नो देहावसान हुनुभन्दा ७ वर्ष अगाडि देखि नै पोखरामा असहाय वेवारिसी वृद्धवृद्धाको साझा घर वृद्धाश्रम स्थापना गर्ने इच्छा प्रकट गरेका  थिए। वृद्धाश्रमको नाम ‘पोखरा वृद्धाश्रम’ राखी सञ्चालन व्यवस्था मिलाउन आफ्नो जेठो छोरा यो लेखकलाई अभिभारा सौंपि पोखराको महेन्दपुल नजिक शोभाभगवती मन्दिर प्रा·णमा बसेको भेलाबाट गठित ‘पोखरा वृद्धाश्रम’ को संस्थापक समिति अर्थात तदर्थ समितिमा पं.ऋषिकेशव पराजुली अध्यक्ष र यो लेखक छोरा वसन्त केशव पराजुली सचिव भएर वृद्धाश्रमको २०५३ सालदेखि सञ्चालन सरु भयो। समितिमा अन्य पदाधिकारी एवं सदस्यहरू पनि थिए। यहा“ विशेष पं.ऋषिकेशव सँग सम्बन्धित कुराहरू मात्र उल्लेख गरिने हुँदा अन्यको सम्बन्धमा यहा“ कुनै खास चर्चा गरिएको छैन।

पं.ऋषिकेशव पराजुलीले पोखरामा सामाजिक एवं शिक्षाको क्षेत्रमा मात्र काम गरेनन् उनले विभिन्न धार्मिक संस्थाहरूमा पनि आफ्नो सक्दो योगदान दिएका थिए। विशेष गरी धार्मिक क्षेत्रमध्ये एउटा उल्लेखनीय कुरा पोखराको चिसाखोला स्थित् वेद विद्याश्रमको स्थापनामा पनि ऋषिकेशवको प्रमुख अग्रणी भूमिका थियो। मठ मन्दिर निर्माणभन्दा धर्म रक्षाको लागि आवश्यक भूमिका निर्वाह गर्ने उनको स्वभाव थियो। आफू वैदिक धर्मको अनुयायी भए पनि अन्य धर्मप्रति पनि उनको श्रद्धाभाव थियो। अन्य धर्मको प्रतिकार वा प्रतिशोधतर्फ कहिल्यै मन लगाएनन्। वैदिक धर्म र वुद्ध धर्म सँगसँगै अगाडि बढ्दै जानुपर्छ भन्ने मूल धारणा उनको थियो। धर्मशीला बुद्धविहार नदीपुरकी संस्थापिका धर्मशीला अनागरिका पोखरा मात्र नभएर नेपालकै एउटा विशेष व्यक्तित्व भएकी महिला थिइन्। ऋषि केशव र धर्मशीलाको बीचमा अत्यन्त पवित्र सौहाद्र सम्बन्ध थियो। उनीहरू झण्डै एकैसाथ जस्तै शैक्षिक र धार्मिक क्षेत्रमा जुटिरहने गथे भने सामाजिक एवं राजनीतिक क्षेत्रमा पनि उत्तिकै गहिरो सम्बन्ध उनीहरूको विचमा थियो। धर्मशीलाको बौर्द्धधर्मप्रतिको अगाध आस्थाले ऋषि केशवलाई पनि बुर्द्धधर्मप्रति आस्थावान बनाएको थियो तापनि ऋषि केशवले आफ्नो सनातन धर्मलाई कायम नै राखेर बुद्ध धर्मसँगको प्रगाढ मित्रतालाई बगाडि बढाएकै थिए। पोखरामा तत्कालीन ठूलाबडा भनिने केही व्यक्ति जो समाजमा कहिल्यै सामाजिक र राजनीतिक क्षेत्रमा रुचि नराख्ने खालका थिए त्यस्तालाई सामाजिक क्षेत्रमा विशेष जिम्मेवारी दिएर कार्य क्षेत्रमा उतार्नपर्छ भन्ने चाहना ऋषि केशवको थियो।

पं. ऋषि केशवले पोखरामा नया“ शिक्षाको लागि मात्र सुरु गराएनन् नेपालको २००७ सालको प्रथम जनक्रान्तिको लागि पोखरामा मुख्य भूमिकाको निर्वाह पनि गरेका थिए र प्रमुख अग्रसरता उनको थियो। हो साथ दिने अरु व्यक्तित्वहरू पनि हुनुहुन्थ्यो। जीवनको अन्त्यसम्म नै पनि उनी विशुद्ध एवं तत्कालिन स्वार्थरहित प्रजातन्त्रवादी नै रहे। उनी कसैको नराम्रो बनेको अवस्था थिएन। उनी आफ्ना विपक्षीप्रति पनि उदार विचार राख्ने व्यक्ति थिए र कसैको रिसइवी र प्रतिशोधको भावना उनले कहिल्यै लिएनन्। उनलाई पोखराको उच्च ओहदाको -बडाहाकिम) पद लिनलाई पार्टीका प्रमुख नेता एवं तत्कालीन प्रधानमन्त्री विश्वेश्वर कोइरालाले आग्रह गर्दा पनि त्यसलाई स्वीकार गरेनन्। ‘मैले पेशा पदको लागि पार्टीको काम गरेको होइन जनसेवाको लागि र प्रजातन्त्रको लागि काम गरेको हूँ’ भन्ने भनाइको जवाफ नेतालाई दिएका थिए। राजनीतिक पीडितलाई प्रदान गरिने जग्गाको सहुलियतको लागि बरु अरु साथीहरूलाई सिफारिस गरिदिए तर आफ्नो दाबी त्यसमा उनको कहिल्यै रहेन।

आजको लोकतन्त्र भन्ने शब्द हिजोको प्रजातन्त्र भन्ने शब्दको नया“ पर्यायवाची शब्द हो। राजा भएका वखत जनतालाई प्रजा भनिने गथ्यो र राजा भएका वखत प्रजाले पाएको स्वतन्त्रताको नाम प्रजातन्त्र थियो। अहिले राजा नभएका हुँदा जनता प्रजा नभएर जनता नै भएका छन्। अहिलेको जनताको स्वतन्त्रतालाई जनतन्त्र भनिनु थियो तर लोकतन्त्र भनिएको छ। लोकमा धेरै राष्ट्रहरू पर्न सक्छन् मात्र हैन स्र्वर्गलोक, मर्त्यलोक, ब्रह्मलोक, वैकुण्ठलोक, शिवलोक, गोलोक, नरकलोक आदि सबै प्रकारका ब्रह्माण्डका भूमि वा क्षेत्र लोकभित्र पर्दछन्। नेपालको लोकतन्त्र कस्तो लोकको लोकतन्त्र हो बुझन बा“की छ। जे भएपनि ऋषि केशवको आज दिवंगत आत्माले कुनै एक लोकको लोकतन्त्र देखेका होलान् तर नेपालमा खास कुनैपनि प्रजातन्त्र, लोकतन्त्र वा जनतन्त्रको रूप उनले देख्न पाएका छैनन् भन्ने लाग्छ। नेपाल बरु कतै ‘नरकलोक’ को ‘लोकतन्त्र’ त बन्न पुग्दैन भन्ने डर आशंका उत्पन्न हुन लागेको छ। गणतन्त्र पनि भनिने गर्छ भूत प्रेत गण, राक्षस गण, देवगण, मनुष्य गण कसको गणतन्त्र होला यहा“ कुन्नि – ऋषि केशवको आत्माले के देखेको छ र हामीले के देख्न पाउने हौं विषय गौण नै रहेको छ।

सामाजिक तथा शिक्षा क्षेत्रमा पं.ऋषिकेशव पराजुलीले गरेका कार्यमध्ये पोखराको पहिलो अङ्ग्रेजी स्कुल राणाकालमा २००६ सालमा स्थापना हुँदाका वखत तत्कालिन नेपाल सरकारको ‘नेपाल शिक्षा विभागको मासिक मुख पत्रिका’ को ठेली २, २०ख०६ साल चैत्र १५ गते संख्या ७ मा प्रकाशित ‘श्रद्धाञ्जली’ शीर्षकको ऋषि केशवले लेखेको एउटा लेख र ऋषि केशवको आफ्नै हस्ताक्षरको एउटा अको कपिको पानामा फेला पारेको लेखको खेस्रँ पनि यहा“ हुबहु उदृत गर्नु प्रास·कि होला कि भन्ने ठानेर एउटा सानो जमको गरेको छु पनि। पाठक वर्गले जे ठान्नुहोला त्यसमा मैले कुनै सिकायत गर्नपर्ने ठाउँ नहोला।

-लेखक पोखरा वृद्धाश्रमका अध्यक्ष हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width