पुस्तकालय नजाने बानी

आदर्श समाज सम्वाददाता
फागुन ९, २०६९

एउटा औपचारिक कार्यक्रममा शिक्षाविद् डा.वीरेन्द्रसिंह गुरुङले पुस्तकालय जाने बानी किन छैन भन्ने बारे एक प्रस·मा भन्नुभएको थियो-’हामीहरूको एकै ठाउँमा लामो गफ गरेर बस्ने बानी छ, पुस्तकालयमा त्यो वातावरण हुँदैन, तसर्थ हामी पुस्तकालयमा एकान्त अध्ययन गरेर बस्नै सक्दैनौं।’ सूर्यचन्द्र विकास समाज, सहिद स्मृति पुस्तकालयले प्रकाशित गरेको पुस्तकालय विशेषाड्ढ स्मारिक विमोचन समारोहमा प्रमुख अतिथिका तर्फबाट डा.गुरुङले व्यक्त गरेको त्यो भनाइ मलाई सम्झनामा छ।

चेतना अभिवृद्धि गर्ने, सूचना सड्ढलनका दृष्टिले तथा बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय हाम्रो समाजका लागि धरोहर हुन्।सामान्य साक्षरदेखि दिक्षान्त वर्गलाई पुस्तकालयको महत्त्व त्यति नै छ भन्दा अत्युक्ति नहोला।समग्रमा समाजलाई समृद्धि समुन्नतितर्फ डोर्‍याउन पुस्तकालयले खेल्ने भूमिका उल्लेखनीय रहन्छ। पुस्तकालय प्रयोगले पठनपाठनमा अभिरुचिमा सहयोग पुर्‍याउँछ। राष्ट्र निर्माणमा जागरूक बनाउँछ।

लामो समय निरड्ढुश जहानियाँ, अप्रजातान्त्रिक शासन रहेको हाम्रो देशमा विशेषतः राजनीतिक परिवर्तन, त्यसमा पनि ०४६ पछि केही सार्वजनिक पुस्तकालय, वाचनालयहरू खुल्न थालेका हुन्।राज्यको तर्फबाट योजनाबद्ध पुस्तकालय खोल्ने र सञ्चालन गर्ने परको कुरा छ भने नागरिक वा गैसस संस्थाबाट खोलिएका पुस्तकालय पनि व्यवस्थित रूपमा सञ्चालन गर्न नसकिएको तीतो यथार्थ हाम्रो सामु छ।यस लेखमा खासगरी पुस्तकालय नजाने बानी के कारण हुन सक्छ भन्ने विषयमा चर्चा गर्न खोजिएको छ।

पुस्तकालय नजाने बानीका पछाडि धेरै विषय जोडिन सक्छ।पुस्तकालय सञ्चालन व्यवस्थापनका कमजोरी पनि पुस्तकालय नजाने बानी हुन सक्छन्।पुस्तकालय खुल्ने समय अवैज्ञानिक हुँदा पनि पुस्तकालय जाने बनी नहुन सक्दछ।पुस्तकालयमा कार्यरत कर्मचारी लाइब्रेरियन वा कुनै पनि तहको सेवकको उचित भूमिका नहुँदा पनि पुस्तकालय जाने वातावरण बन्न नसकेको देखिन्छ।ठोस रूपमा भन्दा पुस्तकालयमा किन जाने ? यसले व्यक्तिको जीवन पद्धतिमा कति परिवर्तन ल्याउन सक्छ। पुस्तकालयबाट कति लाभान्वित हुन सकिन्छ भन्ने अनुमान गर्न नसक्दा पनि पुस्तकालय नजाने कारण हो। अध्ययन गर्ने समय कम हुनु समयलाई अध्ययन गर्ने मौकाका रूपमा नलिनु पनि पुस्तकालय जानी बानी नहुनु हो।कतिपय ठाउँको हकमा पुस्तकालय वस्तीको बीचमा वा साधनश्रोतका दृष्टिले लामो दुरी वा खर्चिलो हुने कारण पनि पुस्तकालय नजाने बानी हुन सक्छ।पुस्तकालय वैज्ञानिक रूपमा सञ्चालन नगरिनु, सरसफाई वा पाठ्यसामग्री दुरुस्त अवस्थामा राख्न नसक्नु, कोलाहल वा अरु कुनै प्रदुषणयुक्त वातावरण रहनु पनि पुस्तकालय आकर्षणको थलो नहुन सक्छ।समयसापेक्ष पुस्तक, पत्रपत्रिका वा विद्युतीय इन्टरनेट सेवा सामग्री कम्प्युटर आदि इत्यादिको अभाव पनि पुस्तकालय जाने बानी बस्न नसकेको हुन सक्छ।विषय, इतिहास, तथ्य, तथ्याड्ढ, वा पत्रपत्रिकाका कुनै अड्ढ अभाव वा भनेको बेलामा सूचना सामग्री नपाउनु जस्ता समस्या पनि कारक हुन सक्छ।विजुली, पानी, फोटोकपी व्यवस्था जस्ता सामग्री अपुग पनि पुस्तकालय जाने बानी नबस्नुमा प्रमुख कारण हुन सक्दछ।कतिपय ठाउँमा बाहिरी राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोग रहने तर स्थानीय क्षेत्रको कुनै पनि योगदान नभएको अवस्थामा अपनत्व नहुन पनि केही हद्सम्म पुस्तकालयप्रति अनाकर्षण हुन सक्छ।

बालबालिकालाई सानै उमेरदेखि विद्यालयजस्तै पुस्तकालय जानु पर्छ भनेर नसिकाउनु, विद्यालय, क्याम्पसहरूमा पुस्तकालयको महत्त्व, यसबाट मानव जीवनमा पर्ने खालका पाठ्यपुस्तक, लेख सामग्री नहुँदा पनि पुस्तकालय जाने बानी बस्न सकेन।

अभिभावकले मेलामा, महोत्सवमा वा चार्डपर्वमा सँगै रमाउँदै सपरिवार हिँडेजस्तो गरी पुस्तकालय जाने बानी बसाउनुपर्दछ। पुस्तकालयले पनि धेरै पढ्न आउने, धेरै पुस्तक पढ्ने पाठकलाई पुरस्कृत गर्नुपर्दछ।सूचना पार्टी व्यवस्था गर्ने, प्रकाशित भएका चर्चित ताजा प्रकाशन तत्काल पुस्तकालयमा प्राप्त भएको जानकारी राख्ने वा पढ्ने व्यवस्था गर्ने तथा पुस्तकालय सञ्चालन  गर्ने संस्थाले पढ्ने संस्कृतिको विकास गर्न सृजनात्मक तवरका कार्यक्रम साहित्यिक, साँस्कृतिक, नाटक, साङ्गीतिक कार्यक्रम गर्न ध्यान पुर्‍याउनुपर्दछ। त्यसरी नै नगरका टोल, गाउँ तहका वडा वडामा पुस्तकालयको महत्त्व विषयमा सार्वजनिक रूपमा मेला, सचेतना प्रवचनजस्ता अभियान पनि चलाउन सकिन्छ। समुदायमा आधारित सङ्घसंस्था एवं आमा समूहहरू, विभिन्न बालसमूहलाई पुस्तकालय जान प्रेरणा मिल्ने खालका कार्यक्रम चलाउन लगाएर पनि पुस्तकालयप्रति आकर्षण बढाउन सकिन्छ।पुस्तकालय जाने बानी बसाल्न आजैबाट प्रयास थालौं।

Related News

सम्बन्धित समाचार

hero news full width