परोपकार

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७०

परोपकार भन्नु नै मानव प्रेम हो। अको शब्दमा भन्दा लोककल्याणको भावनाले अभ्रि्रेरित भै सम्पूर्ण प्राणीको उपकारको लागि गरिएको सौहाद्रपूर्ण कार्यलाई परोपकार भनिन्छ। भिक्षा, भीख, कृपा, करुणा, दयाभाव, धर्मदान आदि शब्दहरू दक्षिण एसियामा प्रायः उस्तै-उस्तै प्रयोजनको लागि प्रयोगमा आउने गर्दछन्। गहन रूपमा अध्ययन गर्दा परोपकार र भिक्षामा तात्विक अन्तर पाउन सकिन्छ। परोपकार समस्याको मूल कारण पहिचान गर्न उद्दत हुन्छ भने भिक्षा दान वर्तमान दुःखबाट थोरै राहत पाउनमा सीमित हुन्छ, परोपकार एक दीघकालीन समाधान हो भने भिक्षा अल्पकालीन, परोपकार हुने खानेको लागि एक मजबुत आग्रह हो भने भिक्षा सादा दान हो, पैसाको ठूलो राशी कुनै सत्कार्यमा प्रदान गर्नु परोपकार हो भने सानो रकम टीका लगाएर दिनु दान हो। विस्तृत रूपमा हेर्दा परोपकार समाजको जीवन शक्ति रूपान्तरणको लागि समय, स्रोत, साधन र प्रतिभाद्वारा गरिने पवित्र कार्य हो।

भनिन्छ, ‘प्रत्येक भाग्यको पछाडि एउटा अपराध हुन्छ।’ यही लुकेको वस्तुले मानिसलाई परोपकारी कार्य गर्न उक्साउँछ, कसैलाई आफ्नो कमाइको कर घटाउन, कसैले व्यक्तित्व बढाउन, सुन्दर र स्वास्थ्य सामुदायिक जीवन बिताउन, नेतृत्वदायी भूमिका निर्वाह गर्न, शुद्ध हुन र बदनामीबाट जोगिन मात्र। परोपकारलाई यही सीमाभित्र राखेर परिभाषित गर्नु उपभोक्तावादी सोचाइ मात्र हो।

‘परोपकार नै समस्त मानव जातिद्वारा सराहना गरिएको सत्यता हो’ भनेर अमेरिकी लेखक डेभिड हेनरी थारोले १९ सौं शताब्दीमै भनिसकेका हुन्। प्राचीन एथेन्सको कानुन र सोक्रेटस दुवै परोपकारी थिए। अर्काको उपकार, पराइको भलो हुने काम, अनाथ र दीनदुःखीको उपकार गर्ने संस्थाहरू पहिले-पहिले पनि खुलेका थिए। आत्मा, शरीर र भावनाको विकास नै मानव विकास हो भन्ने शास्त्रीय अवधारणाले आदर्श विद्या प्रभावकारी थियो। आकाशदेव जियसको अत्याचार र गुरु पुरोहितहरूको मनोमालिन्यको प्रतिकार स्वरूप मध्ययुगीन धर्मसुधार आन्दोलनले आधुनिक परोपकारको भावना र वातावरण सिर्जना गर्‍यो। प्रोमिथियस मानव अधिकार सम्पन्न बनाउन, जियसको अत्याचार समाप्त गर्न र फिलान्थ्रोफिया बचाउन व्यस्त थिए। विस्तारै-विस्तारै समाज वस्तुगत यथार्थ र आत्मनिर्भरतातिर कोल्टे फर्र्न सुरु गर्‍यो।

मध्यकालीन यूरोपको सामाजिक इतिहासमा नै दखल पार्ने क्षमतावान् विद्वान्हरू जन्मन थाले। सर फ्रान्सिस बेकन जस्ता प्रभावशाली दार्शनिकले समाजमा परिवर्तनको प्रारूप तयार गरे भने मेरियन वियर्डले त परोपकारको परिणामको हिसाबकिताब हुनै सक्दैन भन्ने ठोकुवा गरे। बुद्धिवाद, अनुभववाद र विज्ञानले गर्दा त्यस बखतको साघुँरो परिवेशबाट मुक्त हुन धर्मनिरपेक्षतालाई विकल्पको रूपमा उभ्याइयो। परोपकार नै मानव खुसीको असली कुँजी हो भन्ने भावना जाग्यो, क्याप्टेन थोमास कोरामले टुहुरा र अनाथ बालबालिकाको लागि फाउण्डलिङ्ग अस्पताल खोले, सन् १७४१ मा। यही नै आधुनिक पहिलो परोपकारी संस्था मानिन्छ। लगत्तै जोनास हान्वेले म्यारिन सोसाइटी खोले १७५६ मा सामुद्रिक सुरक्षा र आपतकालीन व्यवस्थाको लागि। हिजोआज विल गेट्स, वारेन बफेट जस्ता धनीमानी अमेरिकीहरू पनि परोपकारी कार्यमा दिलचस्पी दिन थालेका छन्।

सन् १८५४ देखि १८५६ सम्म रुस र मित्रराष्ट्रहरू -ब्रिटेन, फ्रान्स, तुर्की र सारडिनिय) बीच भएको क्रिमिया युद्धमा र्घाईते सैनिकको सेवामा अतुलनीय योगदान गनेर फ्लोरेन्स नाइटिङ्गल जसलाई ‘लेडी विथ द ल्यैम्प’ भन्ने उपाधिले पनि पुकारिन्छ, एउटा उच्च तथा मर्यादित उपचर्या सेवाको गरिमा बढाइन्। यो विश्व प्रशिद्ध इतिहास परोपकारको क्षेत्रमा सुनौला अक्षरले लेखिएको छ भने पेशागत हिसाबमा सवोर्च्च प्रेरणाको स्रोत बनेको छ।

मानवीय धर्म सर्वग्राहृय हुन्छ, सो सार्वजनिक हो, यसले सबैको कल्याण चाहन्छ, सबैसँग मिलेर बस्न सिकाउँछ, भाइचाराको महान् पाठ पढाउँछ, अनि सम्पूर्ण प्राणी-कल्याणको मूलमन्त्र प्राप्त गर्ने बाटो देखाउँछ, यही नै परोपकार हो। वनस्पतिले अरूको लागि काम गर्छ, प्रकृतिले सकेसम्म सहयोग गर्छ, पानी वर्षन्छ, हावा बहन्छ, सूर्य उदाउँछन्, चन्द्रमाबाट शितलता प्राप्त हुन्छ, यो सबै प्राणीको लागि हो, महानता हो। स्व. दयावीर सिंह कंसाकारको नेतृत्वमा खोलिएको नेपालको परोपकार संस्था तथा सन् १९१८ मा संयुक्त राज्य अमेरिकाको सेन्ट लुइस-मिसौरीमा खुलेको जेसिस आफ्नै लागि खोलिएको होइन, यी सार्वजनिक संस्था हुन्।

‘ठूलो प्रेम भावका साथ सानो कुरा गरौं’ भन्ने सोच राखेर सन् २००५ मा स्थापित आशा नेपाल नामक संस्थाले हाम्रो देश नेपालमा मानवताप्रति प्रेम भाव, अशक्त, दीनदुःखी, अभावग्रस्त र निराधार जनतालाई गरेको सहयोग, हिमाल जर्नी नामक संस्थाले यसै क्षेत्रमा पुर्‍याएको योगदानको सर्वत्र प्रशंसा भएको छ।

“बम होइन भोजन” कति मन खाने वाक्य, यो अफ्रिकी बालकहरूको आवाज हो। अझ थप्छन् ‘सेण्ड अ काउ’ गाई पठाउ लागूपदार्थ होइन। कस्को मन छुँदैन यस्ले ? अफ्रेली गरिबीको अनुहार बदल्न विश्व दान, फार्म सहायता, आशावाद, आपत्कालीन पूर्व चेतावनी दिन खुलेको यो संस्था परोपकारको क्षेत्रमा स्थापित छ। यस्तै नेपाल र अमेरिकी सांस्कृतिक जागरुकता बढाउन, सहयोग आदानप्रदान गर्न र नेपालको आर्थिक विकासमा स-साना परियोजना सञ्चालनको क्षेत्रमा दृष्टि दिन नेपाल फाउण्डेशन नामक संस्था पनि स्थापित छ।

ग्रामीण समाजको आर्थिक सुरक्षाको अवधारणा बदल्ने एक प्रयास परोपकारको भावना बढाउने उपाय, नेपालको स्थानीय स्रोत साधनको अत्यधिक प्रयोग, महिला शिक्षा र दिगो विकासको लक्ष्यमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित टेवा नेपाल, महिलाको लागि विश्वकोष, मामा क्यास आदि संस्थाहरूले गरेको सेवाको योग पनि परोपकार सितै जोडिन्छ।

विश्वका केही नाम चलेका परोपकारी संस्थाहरूले विकासोन्मुख देशहरूमा चासो देखाएका छन्। यी मध्य, विल एण्ड मेलिना फाउण्डेशन अमेरिका, स्टिच्टि· आइ एन जि.के.ए फाउण्डेशन नेर्दसर्ल्याण्ड, वेल्कम ट्रष्ट यु.के., हवाई हुगेज मेडिकल इन्स्टिच्युड-अमेरिका, फोर्ड फाउण्डेशन अमेरिका, महिलाको लागि विश्वकोष अमेरिका, मामा क्यास नेदरलैण्डको भूमिका प्रशंसनीय छ।

धर्म र करुणाको संयोग नै बौद्धमार्गी परोपकार हो। यो दयासँग जोडिएको छ। बुद्धले कहिले पनि धर्म प्रचार गरेनन्। परोपकारको पवित्र भावनाले उनको अन्तरआत्मामा प्रेरणा जगायो र बुद्ध सांसारिक बन्धनबाट मुक्त भएर सम्पूर्ण प्राणीको दुःख निरोधको उपाय खोज्न लागे बुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यसँग साक्षात्कार गरेका महामानव भन्ने कुरा बुझिन्छ। बुद्धले दुःख मुक्तिसित सरोकार नराख्ने दार्शनिक विषयलाई महत्त्व दिँदैनथे। उनका सबै मार्गहरू परोपकारमा आधारित छन्।

अरूको मन जित्ने सबैभन्दा ठूलो र बलियो साधन परोपकार भएको छ। यसले आत्मसन्तोष दिलाउँछ। मानवता प्रति प्रेमभाव दर्शाउनुको साथै आत्मनिर्भरताको सर्न्दर्भमा एउटा भरोसालाग्दो सन्देश दिन्छ, विश्वले मानेको छ। १५ नोभेम्बर सन् १९८६ मा प्रथम अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइएको हो। २०१३ को नोभेम्बर १५ मा २८ सौं परोपकार दिवस विश्वभर मनाइँदै छ।

Related News

सम्बन्धित समाचार

hero news full width