पण्डित दण्डपाणि शर्मालाई सम्झँदा

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०६९

श्री कृष्णगण्डकी र शुक्ला गण्डकीको मध्यभागमा रहेको स्याङ्जा आँधीखोला र ज्याग्दीखोलाले बोक्ने पाँगोमाटाका कारण उर्वर छ। आँधीखोलो आफैमा सभ्यता पनि हो, त्यसैले यहाँको धर्तीमात्र होइन यहाँका आमाहरुको कोख पनि उर्वर छन्। यहाँ अनेक ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलहरु पनि छन्। लामो हिमशृङ्खला अवलोकन गर्न सकिने उच्चशिखरहरु छन्। आलमदेवी, गहौंकालिका, डहरेदेउराली, सतौंकालिकाजस्ता शक्तिपीठका साथै राम्दी, छायाँक्षेत्र र केलादीघाट जस्ता धार्मिकस्थलहरु पनि छन्। प्रकृति निर्मित गुफा-ओडार छन्, लामा सुरुङ् पनि छन्। यसैले यो स्याङ्जा पवित्र तीर्थस्थल पनि हो। विभिन्न कालखण्डमा यहाँको माटोले अनेक प्रतिभाहरुलाई जन्मायो। कसैले प्रशासनिक क्षेत्रमा त कसैले कूटनीति तहमा, कसैले सिर्जनामा त कसैले सां’स्कृतिक क्षेत्रमा हत्वपूर्ण कार्यहरु गरेर अमर भएको पाइन्छ। पण्डित दण्डपाणि शर्मा (१९७३/२०५७) त्यस्तै प्रतिभा मध्ये एक हुनुहुन्थ्यो।

बनारसको क्वीन्स कलेजबाट संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गर्नुभएका दण्डपाणि शर्माको जीवन शैली सरल थियो। भारतको बनारस शैक्षिक र धार्मिक दृष्टिले मात्र अद्वितीय होइन, भाषा साहित्यको लेखन प्रकाशनका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। मोतीराम भट्टदेखि महाकवि देवकोटासम्मका साधकहरुको साधनाको थलो बनेको बनारस शिक्षा-साहित्य र राजनीतिमा नेपालीहरुको लागि केन्द्र भनिन्छ। बनारस सादगीपूर्ण जीवन शैली भएकाहरुको सहर भनेर पनि चिनिन्छ। त्यहाँ विश्वविद्यालयका प्राध्यापकहरु पनि धोती कुर्थामा नै रमाउँछन्। त्यही बनारसको प्रभावले होला पण्डित दण्डपाणि शर्माको खानपान र पोसाक पनि सामान्य हुन्थे।

पण्डित दण्डपाणि शर्मा अध्ययनपश्चात् घर र्फकदा राणाहरुको एकतन्त्री शासनविरुद्ध युद्ध गर्ने मानसिकता बनाएरै नेपाल प्रज्ञापरिषद्का सस्थापकहरुका सर्सगमा गएपछि र्फकनुभएको हो। तर त्यतिखेरको स्याङ्जा अन्धकारले व्याप्त थियो। चेतनाको पहिलो शर्त शिक्षा हो भन्ने बुझ्नु भएका पण्डित शर्माले बृटिश भारतका सेवानिवृत्त लाहुरेहरुलाई साथ लिएर विद्यालयहरु खोल्ने र पढाउने कार्यलाई अगाडि बढाउनुभयो। २००७ साल पूर्व नै स्याङ्जाका केही ठाउँहरुमा आधार पाठशाला र भाषा पाठशाला स्थापना भएपछि २००८ सालको परिवर्तनले अरु तीव्रता ल्यायो। यो प्रस·को उल्लेख वहाँले ‘२००७ पूर्वको स्याङ्जाको शैक्षिक गतिविधि’ शीर्षकको शैक्षिक लेखमा उल्लेख गर्नुभएको छ।

२००७ सालको क्रान्तिमा वहाँ नेपाली काँग्रेसमा क्रियाशील रहनुभयो। राणा शासनको अन्त्य भएपछि २०१६ साल तक स्याङ्जाको राजनीतिको केन्द्रमा रहनुभयो। २०१७ साल पौष १ गतेको घटनासम्म वहाँ स्याङ्जा काँग्रेसको सभापति हुनुहुन्थ्यो। कहिल्यै नरिसाउने, सधैँ मिठो बोल्ने, राजनीतिक भाषण गर्दा होस् वा व्यासासनबाट पुराण वाचन गर्दा होस्, अज्ञानतावस अपनाइएका सामाजिक कुरीतिहरुलाई छोड्न पर्ने र छोड्न नहुने सांस्कृतिक पक्षहरुको समाजशास्त्रीय शैलीमा व्याख्या गर्ने स्वभावले गर्दा पण्डित दण्डपाणि शर्मा त्यो बेलाको पश्चिमा ४ नम्बरभर सबैका प्रिय हुनुहुन्थ्यो।

पण्डित दण्डपाणिले समाज सुधारका लागि नागस्थान नि.मा.वि. किचनाशमा अध्यापन गर्दा एकाड्ढी नाटक पनि प्रदर्शन गर्नुभएको प्रस· मैले थाहा पाएको छु। ‘जेठा बा’ शीर्षकको त्यो एकाड्ढीको भाषा, पात्रहरु र तिनका बीचका सम्वादहरु अत्यन्तै रोचक थिए। हात्तीमार्का कापीमा लेखिएको त्यो नाटक वहाँको मुखबाट सुन्ने अवसर यो पङ्क्तिकारले पाएको थियो।

पण्डित दण्डपाणि शर्मा प्रजातान्त्रिक समाजवाद र कार्लमार्कसको वैज्ञानिक समाजवाद राम्ररी बुझेको व्यक्ति हुनुहुन्थ्यो। रुसको अक्टुबर क्रान्ति, लेनीन, स्टालीन र ट्रटस्कीका भौतिकवादमा आधारित राजनीतिक व्याख्यासँग पूर्ण परिचित हुनुहुन्थ्यो। मार्क्सवादका अनेक पक्षहरु-ऐलेसम्म पनि प्रशंसा गरिने पक्ष र आलोच्य पक्षको विश्लेषण राजनीति शास्त्रकै धरातलमा टेकेर गर्नुहुन्थ्यो। भौतिकवादका कमजोरी र असफलताका बारेमा आफ्ना विचार पोख्नुहुन्थ्यो। इश्वरचन्द्र विद्यासागर, आचार्य विनोवा भावे, आचार्य नरेन्द्रदेव जस्ता भारतीय समाजसुधारक र समाजवादीहरुको जीवन शैलीबाट प्रभावित पण्डित दण्डपाणि शर्मा आदर्शका पुञ्ज र स्याङ्जाका जावल्यमान मणि हुनुहुन्थ्यो।

२००७ सालको जनक्रान्तिबाट १०४ वर्षे राणा शासनको अन्त्य भएपछि सामाजिक क्षेत्रमा पनि क्रान्ति हुनुपर्छ भन्ने मान्यताले जन्म लियो। लामो समयसम्म क्रूर शासन व्यवस्थापका कारण दमित समाज भएकोले सामाजिक परिवर्तनका लागि कुनै सोंच बनाएर सुरु गर्ने कार्यक्रम थिएन। अनि राजनीतिक परिवर्तनका लागि भएका क्रान्तिका संलग्न वर्ग नै त्यसतर्फ क्रियाशील हुनुपर्ने अवस्था रहेकाले सामाजिक परिवर्तनका बाहक पनि तिनै भए। त्यतिखेर पनि पहाडी भेकमा दुर्इ वर्ग थियो।

(क) तालुकदार वर्ष

(ख) रैती वर्ग।

तालुकदार वर्ग भयभीत थियो किन कि अभिभावकीय धुरी अर्थात् सत्ता ढल्यो। रैतीर्वर्ग खुशी त थियो तर सोंच थिएन सामाजिक मर्यादा पाउने आधार थिएन। शिक्षित थिएन, संकल्न थिएन। रसीद-तमसुक लेख्न सक्ने सीप थियो। बहाली पूूर्जी र रसीदकै निम्ति रैतीलाई झुकाउँथे। साउने सँक्रान्ती, जरमष्टी, तीज, दशैँजस्ता परम्परागत साँस्कृतिक चाडवाडमा दूध, दही, केरा तरकारीका ठेकी पोका बोकाउने खाने गर्दथे। केन्द्रीय सत्ता ढलेर पनि गाउँको सत्ता यथावत् थियो । तैपनि तालुकदार वर्गमा अज्ञात भयले बास गरेको थियेा।

त्यतिखेर स्याङ्जामा केवल तीन पार्टीको उपस्थिति थियो। नेपाली काँग्रेस, गोर्खा परिषद् र नेपाल कम्युनिष्ट पार्टी रैतीर्वर्गको ठूलो समूह काँग्रेसमा थियो। थुमथुमका धनी कहलिएको तर जात र धर्मको दुहाई दिने वर्गको सानो समूह गोर्खा परिषद्मा थियो। अपेक्षाकृत पढेलेखेको त्यही तालुकदार वर्गकै बीसदेखि तीस वर्षको अती सानो समूह नेपाल कम्युनिष्ट पार्टीका थियो। काँग्रेसी कार्यकर्ताहरु झण्डा बोकेर पुराना साहू जिम्माल मुखिया वर्गले सुन्ने गरी ‘जग्गा कस्को जोत्नको, घर कस्को पोत्नेको’ जस्ता समाजवादी नारा लगाउँदै फेरो मार्थे। ‘बाँजो कुँजो बाँड्नै पर्छ, सामान्तवर्ग मास्नै पर्छ’ जस्ता नारा पनि सुन्न पाइन्थ्यो। नेपाली काँग्रेसका जुझारु कार्यकर्ताहरु झ्याउरे लयका सामाजिक र आर्थिक सुधारको भावना भएका गीत गाउँदै हिंड्थे।

‘ए शोषक फटाहा जालीझ् देख्लास् तँलाई खतमै नपारी’ गीत यस्तै हुन्थे। समतामूलक समाजको निर्माण गर्नुपर्छ भन्ने भावले भरिएका प्रिय गीतहरुबाट गाउँको निम्न वर्ग साँच्चै आकषिर्त भएको थियो। त्यसैले नेपाली काँग्रेसको संगठन संख्यात्मकरुपमा राम्रो थियो। ‘बोट बैंक’ बनेको थियो।

उता, त्यो बेलाको अपेक्षाकृत बलियो प्रतिपक्षी दल गोर्खा परिषद् भने जात, धर्म परम्परा थाम्नु पर्छ भन्ने नारा लिएर गाउँ पस्थ्यो। उनै साहू महाजन, जिम्माल मुखियाका घर पुग्थ्यो। ‘काँग्रेसले जातपात मान्दैन, परम्परा मान्दैन। बाहुन क्षत्री भएर पनि कुखुराको मासु खान्छ, जहाँ पनि भात खान्छ विश्वेश्वरप्रसाद कोइरालाले जनै लगाएको छैन’ आदि आदि। कम्युनिष्टहरुलाई त झन् त्यो वर्गले ‘सुधि हराएको वर्ग’ भनेर धज्जी उडाउँथ्यो।

नेपाली काँग्रेसभित्र सिर्जनात्मक प्रतिभा भएका मान्छे पनि थिए तर थोरै। पण्डित दण्डपाणि शर्मा, डिल्लीरमण न्यौपाने, धर्मदत्त शर्मा, देवीबहादुर पाण्डे र लीलानाथ रेग्मीहरु झ्याउरे गीता लेख्ने गाउने गदर्थे। पण्डित दण्डपाणि शर्मा त त्यो बेलै शास्त्रीसम्मको अध्ययन गरेर फर्केकाले आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायणका समाजवादी साहित्यको अध्ययन गरेकाले महात्मा गान्धी, म्यादिभिर लेनीन र ट्रटस्कीका सिद्धान्त र दर्शनबाट पनि परिचित भएकाले सैद्धान्तिक निष्ठा उमार्न बढाउन प्रयत्नशील र सक्षम हुनुहुन्थ्यो। पुराण आदि आर्य संस्कृतिको अनुशीलन गर्दै मनुस्मृति पुराण आदिका सूत्ति नीतिहरुका प्रमाण सहित ‘विधवाविवाहको स्वीकृति दिनुपर्छ’ भन्दै २००८ सालमा ‘विधवा विवाह’ नामको पुस्तिका प्रकाशन गरेर नारीमुक्ति र नारी कल्याणको भावना फैलाउनु भएको थियो। ज्योतिष शास्त्रमा पनि पुननिर्वाहको आग्रह पाइन्छ। ‘उमेर पुगेको छैन र बलपूर्वक योनीविद्ध भएको छैन भने अर्को विवाह गर्न हुन्छ’ भन्ने प्रस·मा मुहूतमार्तण्डमा फेरि बिहे गर्न हुन्छ भने भन्ने भनाई छ। त्यस्तो अवस्थाको महिमा त ‘कन्या’ नै भनिन्छे।

स्याङ्जामा बाहुनले हलो जोत्ने अभियान अली ढिलो सुरु भएको हो। पूर्णप्रसाद (गोरखा) श्रीभद्र शर्मा (तनहुँ) ले. शोषकान्त अधिकारी, श्रीकान्त अधिकारी (लमजुङ), पं. मुक्तिनाथ शर्मा र करुणानिधि कोइराला, ऋषिकेशव पराजुली, (कास्की), अच्युतराज रेग्मी, कमलराज रेग्मीले (पाल्पा), काशीनाथ गौतम (गुल्मी-अर्घखाची), खुलै हलो आन्दोलन चलाए। यी सबै बाहुन थिए, संस्कृतक विद्धान थिए। वेद, उपनिषद, पुराण र स्मृति शास्त्रका ज्ञाता थिए। जात जेसुकै होस् यदि कृषक हो भने-उसका हातले चलाउने खेलाउने कृषि औजार हलो कोदालो नै हुन।’कृषक हलेन क्षेत्रम् कर्षति ’ जस्ता संस्कृतभाषाका उक्ति, वाणीहरु कै आधारमा हलो जोत्ने अभियान चालिएको थियो। उपर्युक्त पण्डित ब्राÞमण सबै नै काठमाडौंको रानीपोखरी संस्कृत पाठशालाबाट २००७ पहिल्यै ‘जयतु संस्कृतम्’ को आवाज बोलेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका मान्छे हुन् राजनीतिका शिखर पुरुष हुन्। राजनीतिक परिवर्तन भएर पनि नयाँ संविधानको निर्माण भएर निर्वाचनद्वारा सरकार बन्ने काम नभएको हुँदा राणा शासनकालीन मुलुकी ऐन यथावत् रहेको हुँदा कट्टरपन्थी एवं परम्परावादीहरुको हैकम यथावत् थियो। त्यसैले ‘हलो जोत्ने’ आन्दोलनमा सहभागीहरु धेरै ठाउँमा अपमानित भए, जातपतीत भनिए। कट्टर वादीहरुले सम्धी, ज्वाइँ, ससुराहरुले हलो जोतेका हुन् भनेकै आधारमा बुहारीलाई माइत नपठाउने, छोरीलाई डिलमुनी खानदिने सम्मका कर्महरु गरे। यजमान कहाँ पुरोहित सराद्दे गर्न गएनन्। गैहाले पनि समान भातका यजमान कहाँ भोजन नगरी ‘सिदा’ लिएर हिँडे। जन्ती फर्काइए, बिहे रोकिए। जिउँदाका जन्ती, मर्दाका मलामी टुटे। साँच्चै भन्ने हो भने-विजोग भयो धेरैको। तैपनि पूर्णप्रसाद ब्राÞमण, शेषकान्त अधिकारी, तोयनाथ पण्डित, श्रीभद्र शर्मा, श्रीकान्त अधिकारी, मुक्तिनाथ तिमिल्सिना र काशीनाथ गौतमहरु पछि फर्केनन्। चरैवति चरैवति भन्दै गए। किनकि हलाकर्षण समयसापेक्ष थियो, युगको माग थियो।

गण्डकी र लुम्बिनी अञ्चरभरि फैलिएको त्यो बेलाको हलो क्रान्तिले स्याङ्जामा खासै प्रभाव पारेको देखिएन। यद्यपि पं. दण्डपाणि शर्मा, डिल्लीरमण न्यौपाने, चक्रबहादुर खाँण (किचनाश), मुक्तिनाथ शर्मा लम्साल, शमरबहादुर खड्का (बाँस्तारा), देवीबहादुर पाण्डे, पण्डित कालीभक्त पन्त (पर्वत), ठानबहादुर सिंह (बाहकोट) चिरञ्जीवी शर्मा (म्याग्दी) मोहदत्त काफ्ले (सामदी खोला) र घनबहादुर बोगटी (वालिङ) ले ‘हलो जोतरेर बाहुनको जात जाँदैन’ भन्ने अभियान भने चाइरहेका थिए। ‘बाहुनले हलो जोत्न हुन्छ’ भन्ने प्रस· स्याङ्जामा २००८ सालपछि मात्र चल्यो र यसको प्रसङ्ग चलाउने मूल पुरुष भने पण्डित दण्डपाणि शर्मा नै हुनुहुन्थ्यो। यति हुँदा पनि सबै बाहुनहरुले हलोको अनौं त्यही नै समयमा समाएनन्। कारण पण्डित दण्डपाणि शर्मा पुराणवाचक भएको र त्यो वहाँको त्यो बेला जीवन जिउने र राजनीतिक संगठन गर्ने भरपदो माध्यम भएकाले आफू स्वयंले हलो समाएर ‘होर…आ… फर्की आ…घुम आ… छेउछेउ र कुनाकुन’ भन्नु भएन, तर वहाँका कान्छा भाइ हरिप्रसाद शर्माले भने हलो जोत्नुभयो। हलाकर्षणका लागि अभ्रि्रेरित गरिरहेको आफ्नो भाइलाई हलो जोत्न लगाएको भनेर कट्टरवादीहरुले पण्डित दण्डपाणि शर्मालाई हले पण्डित भनेर निन्दा पनि गरे।

ढिलै भए पनि वहाँको स्मृतिमा ग्रन्थ प्रकाशित हुँदो छ। श्रद्धेय दण्डपाणि शर्माका व्यक्तित्वका विभिन्न पक्षहरुको तथ्यपरक अध्ययन र विश्लेषण हुने छ भन्ने कुरामा आशा गर्दछु। साथै वहाँद्वारा लेखिएका वैचारिक लेखहरु र अन्य सिर्जनात्मक सामग्रीको प्रकाशनमा पनि उहाँको सुयोग्य सन्तानहरुमा क्रियाशीलता बढोस् हार्दिक शुभेच्छा। स्वर्गीय पण्डित दण्डपाणि शर्मामा हार्दिक श्रद्धाञ्जली।

Related News

सम्बन्धित समाचार

hero news full width