नेपाल पर्यटन वर्ष २०२० भव्यताकासाथ मनाऔँ

राम प्रसाद भट्टराई
मंसिर ११, २०७६

पर्यटन वर्ष सन् २०२० सफल पार्नका निम्ति पर्यटक प्रवर्धन गर्न हामी सम्पूर्ण नागरिक समाज, राजनितिक दल, शौक्षिक संस्था, बौद्धिक जगत सबैको काँधमा जिम्मेवारी आएको छ।

अत्यन्त निकट आइरहेको पर्यटनवर्ष सन् २०२० मा पर्यटकीय नगरी पोखराको पर्यटन प्रवर्धन गर्न र शहरको आकर्षण बढाउन सर्वप्रथम सडकलाई स्तरोन्नत र सफासुग्घर तुल्याउनु पर्दछ। पर्यटन प्रवर्धनका निमित्त हामी पोखरेली नगरवासीहरुले पनि पर्यटनयोग्य वातावरणको सिर्जना गर्नु पर्दछ। प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा उपत्यकालाई मानवीय सिर्जनाद्वारा थप आकर्षणको केन्द्र बनाउनु पर्दछ। प्राकृतिक वरदानस्वरुप प्राप्त पोखरालाई रमाइलो पोखरा बनाउने राम्रो अवसर हाम्रो हातमा रहेको छ।

अन्तराष्ट्रिय पर्यटकहरु प्राकृतिक पोखराको मनै लोभ्याउने मनमोहक दृश्य अवलोकन गर्न देश विदेशका अन्तराष्ट्रिय पर्यटकहरुले पोखरालाई पहिलो गन्तव्यको रुपमा तथा पहिलो प्राथमिकतामा राख्दछन्। प्राकृतिक सुन्दरताबाटै सिंगारिएको मनमोहक पोखरालाई हेरेर दङग पर्दछन्। तर यात्रुहरुको भिडभाड, मुख्यशहरका भित्री–बाहिरी सडकहरुमा खाल्डा–खुल्डी तथा सवारीसाधनको अव्यवस्थित र अनियन्त्रित अवस्थाका कारण यात्रुहरुलाई आवत–जावत गर्न कठिनाई परिरहेका कुरातर्फ जिम्मेवार निकायको ध्यान पुग्न सकेको देखिँदैन। ठाउँ ठाउँमा पिचबाटो मरामतको पर्खाइमा रहिरहेको छ।

पृथ्वीचोक र सभागृहको सडकसंग जोडिएको शिवालयचोक शिवालय र्माग १–२ लगायत भित्री गल्लीको मरम्मतको कार्य राम्रोसँग हुन सकिरहेको छैन। लामो दूरीबाट आएका सवारी साधनहरु पृथ्वीचोकमा आइपुग्दा आफ्नो गन्तब्य स्थानमा पुग्नका लागि चारै दिशातिर विभाजित हुँदा सवारी साधनको भिडभाड हुने कारण सडकमा भएका खाल्डा–खुल्डीले गर्दा सवारी साधन र यात्रुवर्गको आवत–जावतमा कठिनाई भोग्नु परेको हुँदा तत्काल सडक मरम्मत गर्नु आवश्यक देखिन्छ।

पर्यटन वर्ष सन् २०२० सफल पार्नका निम्ति पर्यटक प्रवर्धन गर्न हामी सम्पूर्ण नागरिक समाज, राजनितिक दल, शौक्षिक संस्था, बौद्धिक जगत सबैको काँधमा जिम्मेवारी आएको छ। यस कारण मुख्यशहरका भित्री बाहिरी शहरका मुख्य सडकहरुमा वृक्षारोपण गरी हराभरा पारेर पोखरालाई अझै सुन्दर र झकिझकाऊ बनाउन सकिन्छ। यात्रुहरु अधिराज्यभरबाट पूर्वपश्चिम राजर्माग मध्यपहाडी लोकर्माग (रिङ्ग रोड) हुलाकर्माग हुँदै सवारी साधनहरुबाट पर्यटकीय नगरी पोखरा आइपुग्न आतुर छन्।

विद्यालयहरुको शौक्षिक भ्रमणका लागि तथा शौक्षिकजागरण अभियानका लागि विद्यार्थीहरुले पहिलो प्राथमिकतामा र पहिलो रोजाईमा पोखरालाई नै उच्चमूल्यांकनमा राख्दछन्। विभिन्न जिल्ला प्रदेशबाट, पोखराका विद्यालयका विद्यार्थीहरुबीच विद्यार्थीमैत्री बन्नु पर्दछ र बनाउन पर्दछ। सामुदायिक र संस्थागत विद्यालयहरु बीच समन्वय गरी पोखराका विद्यार्थीहरुका सृजनात्माक सृजनाहरु कला कौशलयुक्त वातावरण दुवै विद्यालय बीच मैत्री समन्वयकारी भूमिका आदान प्रदान मैत्री निर्वाह गर्नु पर्दछ। साथै शौक्षिक भ्रमणका विद्यार्थीहरुलाई पर्यटकीय नगरी पोखरालाई एउटा ऐतिहासिक रचनात्मक सृजनाथलोको रुपमा निबन्धलेख्न सहयोग पुर्याउने छ।

आन्तरिक र बाह्यपर्यटकलाई प्राकृतिक पोखराले नै स्वागत गर्दै मनमोहक सुन्दरताले लोभ्याइरहेको छ। पोखरेली सुन्दरताका दृश्यहरु अनगिन्ती छन्। फेवाताल (लेक साइड) पुगे पछि यूरोपको झल्को लाग्न सक्छ। संसारका पर्यटकहरुको आफ्नो–आफ्नो भेषभूषा सुन्न र देख्न सकिन्छ। पोखराको क्रमिक दृश्यावलोकन र प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा फेवातालदेखि साततालको शहर वेगनास तालको दृश्यावलोकन गर्ने सराङ्गकोट, काहुँ डाँडा, स्तुपा, महेन्द्र गुफा, डेभिडफल, गुप्तेश्वार गुफा, विन्ध्यवासिनी मन्दिर, भद्रकाली, दर्शनीय स्थालमा पर्यटकहरुको लागि सवारी सुविधाको लागि पर्यटन कार्यालय पोखराबाट अध्ययन, अनुसन्धान अन्वेषणकार्यको पर्यटकीय नगरी पोखराको विविध स्थानको मानचित्र उपलब्ध हुनुपर्दछ।

यात्रुहरु भिडभाड आऊ–जाऊ गर्ने मुलसडकबाट शाखा सडकमा सुरक्षाका दृष्टिकोणले गर्दा जेब्राक्रसको रेखाङ्कनको स्थापना गरौँ। पोखरा महानगरपालिका–८ स्थित शिवालय र्माग–१ देखि पृथ्वीचोकको कुन्तीमल जाने मूल सडकमा सवारी साधन बढी जाम भएको र उक्त बाटो भएर आदान–प्रदान गर्ने मूलमा सडक र यात्रु वर्गहरु पनि उक्त क्षेत्रमा बाटो काट्न धेरै कठिनाई परिरहेको छ। उक्क्त मेन रोड काटेर यात्रुहरु कुन्ती मलमा जाने ग्राहक वर्गहरुलाई पनि आवत–जावत गर्दा सवारी दुर्घटनाबाट बच्नका निम्ति पनि उक्त स्थानमा जेब्राक्रसको नितान्त आवश्यक भएको छ।

हामी नागरिक समाज विद्यार्थी वर्ग यात्रु वर्ग जेब्राक्रस स्थापनाको लागि जोजससंग सम्बन्धित छ उक्त सम्बन्धित पोखरा महानगरपालिका शहरी क्षेत्र भित्रका मुख्य बजार क्षेत्रमा जेब्राक्रसका (सेताधर्काका रेखाङ्कन) लाई स्तरोन्नति गरेमा हामी यात्रु वर्ग तथा सवारी चालक सबैको लागि सहज हुने थियो। विकसित मुलुकतिर फर्केर हेर्यौँ भने हामीलाई अनौठो लाग्नु पर्ने कुरै छैन। त्यसकारण जेब्राक्रसको स्तर उन्नत गरौं। हामी पनि देखासिकी गरौं जेब्राक्रसको स्तर उन्नत गरी यात्रुहरुलाई दुर्घटनाबाट बचाआंै। सडकको आकर्षण बढाऔं।

नेपाल पर्यटन वर्ष २०२० भव्यताका साथमनाउन हामी सम्पूर्ण राजनैतिक दल नागरिक समाज बुद्धिजीवी वर्ग राष्ट्र सेवकलगायत हामी सम्पूर्ण देशवासी पर्यटक नगरी पोखरावासी कर्मचारी, पर्यटन व्यवसायी हाम्रो सम्मुख आइरहेको पर्यटनवर्ष आन्तरिक पर्यटक र बाह्य पर्यटकहरुलाई स्वागतका साथपर्यटन वर्ष सन्व २०२० भव्यताकासाथ मनाऔं। यही छ हाम्रो गण्डकी प्रदेशको राजधानीका पोखरेली नगरवासीहरुको शुभकामना।

Related News

सम्बन्धित समाचार

hero news full width