नेपाल–चीन सम्बन्ध र सीको भ्रमण

तिलक पराजुली
कार्तिक १, २०७६

अहिलेको हावा राष्ट्रवादको हो। आ–आफ्नो राष्ट्र केन्द्रित आर्थिक समृद्धि आजका प्राथमिकता हुन्।

चीनका राष्ट्रपति सी चिनफीङ्गको भ्रमणले एउटा नयाँ उत्साह सृजना गरेको छ। बहुप्रतीक्षित यो भ्रमणको उपलब्धि आर्थिक, राजनीतिक र सांस्कृतिक समेतका हाम्रा राष्ट्रिय जीवनमा पछिसम्म देखिनेछन्। यस हप्ताको सोमबार २७ गते का सवै छापाका संपादकीयमा सी छन्।

नेपाल–चीनबीच गहिरो र विश्वासपूर्ण सम्बन्ध हुनुपर्छ भन्ने कुरामा एक किसिमले राष्ट्रिय सहमति जस्तै छ– नेपालमा। नेपालका कम्युनिष्टहरुले मात्र होइन नेपाली काँग्रेसका नेताहरुले पनि चीनसंगको संबन्धलाई उच्च महत्व दिएको पाईन्छ।

नेपाली काँग्रेसका नेता बी.पी. कोइरालाले २००८ देखि २०१३ साल भित्र लेखेको डायरी हालै, अर्थात २०७६ भाद्रमा प्रकाशित गरिएको छ। २०११ सालमा नेपाल चीन दौत्य सम्बन्ध कायम गर्ने संझौता सम्बन्धमा लेखिएको उनको डायरी यस्तो छ। ू१ अगस्त १७ श्रावण काठमाडौं : आज चीनसंग नेपालले एउटा संझौतामा हस्ताक्षर गर्यो। यो चीनसंग दौत्य सम्बन्धको सुरुआत मात्रै थिएन। यो नेपाली राजनीतिमा एउटा नयाँपक्षको प्रवेश पनि थियो। यो चीनले प्रतिनिधित्व गर्ने विचारधाराका लागि ढोका खोल्ने काम पनि थियो। जे होस्, यस नयाँ सम्बन्धलाई नेपाली राजनीतिक वृत्तका सबै अवयवले स्वागत गरे”।

चीनसंग नेपालको दौत्यसम्बन्ध कायम गर्ने सन्धि टङ्क प्रसाद आचार्य प्रधानमन्त्री हुँदा भएको हो। यतिबेला काँगे्रसको भूमिका प्रतिपक्षको थियो। दौत्यसंबन्धको संझौतालाई वी.पी.ले नेपाली राजनीतिमा एउटा अर्को पक्षको प्रवेश मानेका छन्। भारत त एउटा स्थायी तत्व छँदै थियो यसमा अब चीन पनि थपिन आयो भन्ने वी.पी.को भनाई हो। र, दौत्यसम्बन्ध पछि चीनले अंगिकार गरेको विचारधारा अर्थात कम्युनिज्म त्यसमा पनि माओ विचारधाराले नेपालमा प्रभाव पार्न सक्ने आँकलन गरेका थिए सायद उनले।

नेपालमा कम्युनिष्ट विचार र यसमा आधारित संगठनात्मक शक्तिको प्रवर्धन गर्न चीनले संस्थागत तवरमा कुनै प्रयत्न गरेको त पाईदैन तर माओको विचारधाराको भने याहाँ निकै वलशाली उपस्थिति रहयो। माओका भनाईहरुको छोटकरी उद्धृत गरिएका राता किताबहरुले निकै करामत देखाएका हुन् नेपालमा। सन् १९६० को दशकमा चीनमा चलेको “सर्वहारा संस्कृतिक क्रान्ति” को प्रभावले भारतमा नक्सलवाद जन्मायो। र, नेपालको सीमावर्ती जिल्ला झापामा त्यो प्रकट पनि भयो। अर्थात, चीनको माओवाद चीनबाट सिधै नेपाल नआएर भारतको पश्चिम बंगाल हुँदै नेपाल प्रवेश गरकेा हो। जसरी राष्ट्रपति सी हिमाल नाघेर नेपाल आएनन, अहिले पनि। भारतको चेन्नईबाट काठमण्डौं आए।

जहाँसम्म दुई देशको सरकारबीचको संबन्ध छ त्यो सँधै उच्च विश्वासमा आधारित छ। २०१५ सालमा भएको आम निर्वाचनले दुई–तिहाई बहुमत दिएको संसदीय दलका नेता प्रधानमन्त्री वी.पी कोइरालाको चीन भ्रमण र उनकै निमन्त्रणामा नेपाल आएका चिनियाँ प्रधानमन्त्री चाउएनलाई बीचको विश्वासको संबन्धका संबन्धमा धेरै विश्लेषण गर्नुपर्ने छैन। नेपाल चीन बीचको सीमा विवाद यी दुई भ्रमण कै अवधिमा करिब टुङ्गोलागि सकेको थियो। उद्यपि सीमा संझौता हस्ताक्षर भने राजा महेन्द्र र चीनका तत्कालीन राष्ट्रपति लिउ साओ ची बीच भएको हो।

माओ–चाउएनलाई कालीन चीन सिद्धान्तका कुरा हुने युग हो। माक्र्सवाद – लेनिन वाद के हो, के होइन निकै सैद्धान्तिक बहस हुन्थे। सोभियत (रुस) पक्ष र चीनपक्ष भन्ने कम्युनिष्टका दुई ध्रुव थिए। तत्कालीन अमेरिकी विदेशमन्त्री किसिङ्गरको अन चाईना पुस्तकमा शीतयुद्धको समाप्तिमा चीनले अमेरिकालाई सघाएको लेखेका छन्।

अहिलेको युग, चीनको मात्रै होइन, समग्र विश्वकै, सिद्धान्तको कुरा गौण भएको छ। अहिलेको हावा राष्ट्रवादको हो। आ–आफ्नो राष्ट्र केन्द्रित आर्थिक समृद्धि आजका प्राथमिकता हुन्। सी जिनपिङ्गको ूचीनको विशिष्टतामा आधारित समाजवाद” भनेको पनि त्यही हो। उनले कुनै नयाँ राजनीतिक सिद्धान्त वा त्यस्तो कुनै नयाँ थेसिसको प्रतिपादन गरेका छैनन्।

बरु, विश्व वजारलाई जोड्ने पुरानो चिनियाँ सृजना “क्षेत्र र मार्ग (वेल्ट एण्ड रोड)” र रेशमी मार्गको पुनरुत्थान जस्तो कल्पनाशील र उपयोगी पहलमा उनको योगदान एक उल्लेखनीय महत्वको विषय हो। यसले न्यायपूर्ण आर्थिक साझेदारीलाई विश्वव्यापी बनाउने छ। र, विश्व भूराजनीतिलाई पुनः परिभाषित गर्ने काम गरेको छ। राष्ट्रपति सीको योगदान हो यो।

सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनमा पार्टीको महासचिव र तत्पश्चात देशको राष्ट्रपति बनेका सीका विभिन्न अवसरमा दिएका भाषणहरुको संगालोलाई चिनियाँ शासन व्यवस्था नाम दिएर छापिएको छ। यसैलाई सी विचारधारा भनिएको हुनुपर्छ। तर यसमा सिद्धान्तको प्रतिपाद्य विषय केही छैन।

राष्ट्रपतिको नेपाल आगमन अगाडि चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभाग प्रमुखको नेतृत्वमा एक बौद्धिक समूह काठमण्डौं आएको थियो। यसले सरकारी कम्युनिष्ट पार्टीका नेताहरुसंग गरेको आपसी छलफल र अन्तरकृयालाई नेपालमा सी विचारधारा पैठारी गरिएको रुपमा विश्लेषण गरियो। यस किसिमको विचारको अनुभवको आदान प्रदान कम्युनिष्ट मात्र नभएर नेपाली काँग्रेस लगायत अन्यदलका बौद्धिक व्यक्तित्वसंग पनि गरिएको भए कुनै फरक पर्ने थिएन।

नेपाली काँग्रेस संग चिनिया सम्बन्ध पुरानै हो। २०६२–६३ को परिवर्तन पछि उपेन्द्र यादव नेतृत्वको मधेश जनअधिकार फोरमको वीरगञ्ज सम्मेलनमा भाग लिन चिनियाँ कम्युनिष्ट पार्टीको ठूलै टोली आएको थियो। त्यसैले सी विचारधाराको पैठारी भन्ने कथन चियाको प्यालामा आँधी बहाउने” उखान जस्तै हो।

राष्ट्रपति सीको गृह प्रान्त शान्सी नेपालको नजिक रहेको प्रान्त मध्ये एक हो। नेपाल सम्बन्धमा उनको जानकारी गहिरो छ भन्ने ठानिन्छ। चीन एउटा विश्वशक्तिको रुपमा उदय हुनु नेपालीको लागि खुसीको कुरा हो। हामो लागि यो छिमेकी, विकासको साझेदारमात्र होइन, हाम्र्रो मुलुकको स्वतन्त्रता एवं सार्वभौमिकताको रक्षाको लागि एक भरपर्दो सहयोगी मित्र पनि हो। किनभने दक्षिणको छिमेकी भारतले हाम्रो देशको स्वतन्त्रता एवं सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतालाई कुण्ठित गर्ने गरी कदम चाल्दा उत्तरको चीन सँधै नेपालको पक्षमा उभिंदै आएको छ। इतिहासको कुनै कालखण्डमा चीन पहिल्यै पनि एक विशाल शक्ति रहेको थियो। तर, त्यो विशालतालाई औपनिवेशिक हस्तक्षेपमा अनुवाद गर्ने काम चिनियाहरुले कहिल्यै गरेनन्। नेपालसंग चीनको युद्ध पनि भएको थियो। तथापि यी कुरा अस्थायी प्रकृतिका हुन्। स्थायी कुरा भनेको नेपाल र चीनबीच भाइचराको संबन्धको हो, सौहार्दता र सहयोगको संबन्ध हो।

सीको भ्रमणले दक्षिण एसियामा चीनको नयाँ कुटनीतिक आयाम थप्ने छ। तेइस वर्षपछि यो तहको भ्रमण चीनबाट हुँदा नेपाल–चीन ट्रान्स हिमालयन कनेक्टिभिटीमा संख्यात्मक मात्रै होइन गुणात्मक फड्को मार्नेछ भन्ने कुरामा नेपाली जनताको विश्वास छ। किनभने यो नेपाली जनताको बहुप्रतीक्षित चाहना हो। र, चीनले पनि नेपाललाई दक्षिण एसियामा प्रवेश गर्ने द्धार ठान्दछ।

भ्रमणको महत्व खासमा त्यतिवेला प्रमाणित हुनेछ जब दुई देशबीच भएका बीस बुँदे समझदारी र संझौता कार्यान्वयनको चरणमा पुग्नेछन्। कागजका संझौता जमीनमा साकार नहुँदासम्म के नै अर्थरहन्छ र। यो त फगत एउटा प्रोपोगण्डा वा हौवा मात्रै ठहर्नेछ।

राष्ट्रपति सीले नेपाललाई के दिएर गए? अहिले यसको लेखाजोखा मानिसहरु गर्दैछन्। उनले सवैभन्दा महत्वपूर्ण एउटा सन्देश छाडेर गएका छन्। स्वच्छता र सुशासनविना राष्ट्र र समाजको विकास हुँदैन। जनतालाई डेलिभरी (सेवा) दिन नसक्ने हो भने शासनाधिकार रहँदैन। यो नेपाली सचेतजनले भनि आएकै कुरा हो। तर, सीले भनेपछि उनी फकेर्को भोलिपल्ट के.पी. ओली र प्रचण्ड भेट भएर पार्टी र सरकार संचालनमा स्वच्छता र सुशासन कायम गर्ने सहमति गरेको भन्ने समाचार प्रकाशमा आएको छ। हेरौ के गर्छन्?

Related News

सम्बन्धित समाचार

hero news full width