नेपालको समृद्धि कसरी ?

गजेन्द्रबहादुर पाँडे
माघ ९, २०७६

सरकारले देशमा प्रचुर मात्रामा उद्योगहरु खोली प्रत्येक घरघरमा रोजगारीको अवसर दिनुपर्दछ । देशका स–साना, मझौला, घरेलु तथा ठूला उद्योगहरु खोल्न सरकारले नियम कानून सरल बनाउनुपर्दछ ।

जबसम्म देशमा आर्थिक समृद्धि हुँदैन, तबसम्म देशले प्रगति हासिल गर्न सक्दैन । देश विकासको मेरुदण्ड भनेको आर्थिक विकास नै हो । देशको आर्थिक विकास गर्नको लागि देशमा उद्योगधन्दाको विकास हुनुपर्छ । अन्यथा देशको आर्थिक विकास सम्भव छैन । अझैसम्म देशमा ५÷७ हजार श्रमिकले काम गर्ने उद्योग कलकारखाना देशमा खुलेका छैनन् । यो दुःखलाग्दो कुरा हो ।
विदेशीले बनाएका केही उद्योगहरु बाँसबारी छालाजुत्ता कारखानाले देशमा राम्रै छालाका जुत्ता उत्पादन गरी सर्वसाधारण नेपाली जनताले सो जुत्ता लगाउँथे । राम्रो गुणस्तर पनि थियो । सो उद्योगबाट उत्पादित जुत्तामा सबै नेपाली सन्तुष्ट थिए । सो उद्योग पनि कौडीको मूल्यमा त्यस बेलाको सरकारले बेच्यो । त्यसैगरी भृकुटी कागज कारखाना, गैंडाकोटबाट पनि देशलाई चाहिने कागज उत्पादन भइरहेको थियो । सो उद्योग पनि कौडीको भाउमा निजी क्षेत्रलाई बिक्री गरियो । आज सो उद्योग बन्द भयो । सो कारखानाको जग्गा हाल आएर घडेरीमा बेचिएको छ ।
त्यसैगरी, हेटौँडा कपडा कारखानाबाट राम्रो राम्रो कपडा उत्पादन गरी रहेको थियो । सो पनि निजी क्षेत्रलाई त्यसबेलाको सरकारले कौडीको मूल्यमा बेच्यो । वीरगञ्ज कृषि औजार कारखानाबाट कृषिमा प्रयोग हुने औजार उत्पादन हुन्थे । राम्रै नाम चलेको थियो । राम्रै कृषि औजारहरु उत्पादन भएका थिए । सो उद्योग पनि बन्द भयो । यसरी देशमा खुलेका केही बचे खुचेका अन्य उद्योगहरु पनि बन्द भएका छन् ।
देशमा भएका केही पुराना उद्योगहरु पनि विगतका सरकारले संरक्षण गर्न सकेनन् । नयाँ उद्योगहरु संचालन गर्नेतर्फ विगतका सरकारले ध्यान दिएनन् । बचेखुचेका केही उद्योगहरु पनि माओवादीले ध्वस्त पारे । केवल राजनीतिक चलखेलमात्र भयो । आ आफ्नो पार्टीहरु आ आफ्नो पार्टीको विकास र आ आफ्ना पार्टीको कार्यकर्ताको भरण पालनपोषणमै सीमित भए । आफ्नो पार्टी सरकारमा कसरी जाने को मन्त्री बन्ने, कसलाई प्रधानमन्त्री बनाउने, कसरी आफू प्रधानमन्त्री बन्ने लगायत चलखेलमात्र भयो । देशको विकासतर्फ कसैले ध्यान दिएनन् ।
देश र जनताको भलाईको सट्टा पार्टीहरु कसरी सरकारमा जाने आफू लागेको पार्टीलाई बलियो कसरी बनाउने, आ–आफ्ना पार्टीका कार्यकर्तालाई भरणपोषण गर्ने र आफू र आफ्ना मान्छेलाई कसरी प्रधानमन्त्री, मन्त्री बनाउने भन्नेमा नै पार्टीहरु सीमित भए । देशको भलाईभन्दा पार्टी र व्यक्तिको भलाईतर्फ लागे । ठूला पार्टीहरु देशभन्दा पार्टीको भलाईमै सीमित भए । पार्टीहरु धेरै राजनीतिक चलखेलमै सीमित भएको र देश र जनताको भलाई गर्नुभन्दा आफू र आफ्नो मानछे बनाउनमै नेता र कार्यकर्ता सीमित रहे । हुनुपर्ने पार्टी र कार्यकर्ताभन्दा देश र जनताको सेवा र भलाई गर्नुपर्ने हो । सो हुन सकेन ।
देशमा उद्योगको विकास हुन नसकेर देशका युवा वर्गहरु बेरोजगार भई विदेशी भूमिमा रोजगारीको लागि जानुपर्ने बाध्यता रह्यो । काम गर्न सक्ने युवा जनशक्ति रोजगार खोज्न विदेश गएको कारण ग्रामीण समाजमा रोगी महिला, वृद्धवृद्धा, केटाकेटीमात्र बसोबास गरेका छन् । जबसम्म देशमा प्रचुर मात्रामा उद्योगहरु खुल्दैनन्, तबसम्म देशका युवाले रोजगारी पाउन सक्दैनन् । देश आर्थिक समृद्धितर्फ लम्कन सक्दैन । अहिले देशमा महिला वृद्ध वृद्धा मात्र देखिन्छन् । काम गर्न सक्ने युवा जनशक्ति विदेशमा, यहाँ वृद्धवृद्धा र महिला मात्र रोगी बालबालिका मात्र रहन्छन् । ती विचरा रोगी बालबालिका वृद्धवृद्धा महिलाले देशमा केही विशिष्ट योगदान दिन सक्दैनन् ।
नयाँ बनेको बाम सरकारले देशमा प्रचुर मात्रामा उद्योगहरु खोली प्रत्येक घरघरमा रोजगारीको अवसर दिनुपर्दछ । देशका स–साना, मझौला, घरेलु तथा ठूला उद्योगहरु खोल्न सरकारले नियम कानून सरल बनाउनुपर्दछ । विदेशबाट आयात गरिने कच्चा पदार्थ सरल तरीकाले आयात गर्न पाउने व्यवस्था गरिनुपर्छ । उद्योग, व्यवसाय गर्न खोज्ने उद्योगीहरुलाई बिना धितो ऋण प्रवाह गरिनुपर्छ । नयाँ खोलिने उद्योगलाई कँही कतैबाट चन्दा माग्ने, जबर्जस्ती चन्दा असुल गर्नेमाथि कडा भन्दा कडा कारबाही गरिनुपर्छ ।
देशमा नयाँ खुल्ने उद्योग र भएका पुराना उद्योगहरुलाई सरकारले पूर्णरुपमा सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ । विदेशी उद्योगहरुलाई स्थापित गरी देशमा प्रचुर मात्रामा साना ठूला उद्योग खोलिनुपर्छ । देशमा जथाभावी सडक जाम चक्काजाम, उद्योग बन्द गर्नेलाई सुरक्षा निकायले खोजी खोजी जेल राखी कडाभन्दा कडा कारबाही गर्नुपर्छ । पुराना उद्योगलाई सरकारले पूर्ण सहयोग र संरक्षण गर्नुपर्छ ।
केपी ओली नेतृत्वको पालामा बनेको बामसरकार प्रधानमन्त्री तथा अन्य मन्त्रीहरु जिल्ला जिल्लामा जाने र राजनीतिमा रमाउने, उद्घाटन र शिलान्यास गर्ने, रिबन काट्ने काम मात्र समय नबिताई देशमा आर्थिक वृद्धि गर्नतर्फ सबै सक्रिय भएर काम गर्नुपर्छ । देशमा उद्योगहरु खोली प्रत्येक घरघरका युवाहरुलाई रोजगारी दिई देश विकासमा लम्कनुपर्छ ।
तत्कालीन एमाले–माओवादी गठबन्धनको नेकपा सरकारले उही पुरानो शैली अपनाई, तामझामको साथमा मन्त्रीहरुले फूलमाला लगाउने, भाषण गर्ने, उद्घाटन गर्ने, आफूमात्र बन्ने, आफ्नो बाम पार्टी र कार्यकर्ताको भरणपोषण र विदेश भ्रमणमा रमाए भने अर्को चुनावमा पत्ता काटिन सक्नछ । फेरि आउने चुनावमा कम्युनिष्ट पार्टी नै पलायन भएर पञ्चायत पार्टी पलान भए जस्तै पत्तासाफ हुन सक्छ । सरकारले बेलैमा होस पु¥याउनुपर्छ ।
जनताका इच्छा, आकांक्षा पूरा गरी नयाँ समृद्ध नेपाल बनाउनुपर्छ । चुनावमा वाचा गरे अनुसार देशको विकास गरी आर्थिक समृद्धि गरेर जनताको आशा आकांक्षा पूरा गर अनिमात्र अर्को चुनावमा फेरि जनताले पत्याइ पुनः सरकारमा जाने अवसर दिनेछन् । अन्यथा कम्युनिष्ट सरकार रुसबाट खारेज भएजस्तै नेपालबाट पनि सरकार ढल्नेछ, बेलैमा होस पलाओस् ।

Related News

सम्बन्धित समाचार

hero news full width