नेपालको राजनीति र जनताको अवस्था

बाबुुराम पौडेल
मंसिर २७, २०७६

झुपडीमा बस्नेलाई चुनावमा जिताएर संसदमा पठाइयो। वर्ष दिन नपुग्दै ऊ महलमा पुग्छ, ठाउँठाउँमा बंगला हुन्छन्। जनताको अवस्थालाई हेर्दा कुवाको भ्यागुता कुवामै भनेजस्तै छ। जनतालाई हतियारको रुपमा प्रयोग गर्ने भ्रष्ट्रहरुलाई साथ दिने कति सम्म सम्भव छ। जे गरे पनि जनतालाई परिणाम हात्ती आयो हात्ती आयो फुस्सा बाहेक केही भएको छैन।

राजनीति मेरो बुझाइमा राष्ट्रका जनतालाई नियमित रुपले तितरवितर पार्नु हो। हाम्रो देशको नेताको भुँडीभन्दा सानो देशमा यो अर्थ सत्य सावित हुन्छ जस्तो लाग्छ। वास्तवमा देशका जनता सोझा छन्। जस्ले जता लग्यो उतै जान्छन्। सोझोको फाइदा उठाउन सीमित व्यक्तिले जनतालाई राजनीतिक तवरले उकासेर कमाउने भाँडोको रुपमा लिएका छन्

यसको तस्विर विभिन्न वर्षमा भएका घटनाक्रमले देखाउँछ। अझ भन्ने हो भने म २०६२/६३ सालको जनआन्दोलनको प्रत्यक्षदर्शी हुँ। त्यतिबेला विभिन्न सर्वसाधारण जनताले हरेक नेपालीको जीवनस्तर उकास्न र देशलाई अग्रसर पार्न आफनो जिवन वलिदान दिए। तर हाम्रो देशका अजम्बरी नेताले अहिले आएर राजनितीलाई पेशा बनाइछाडे। त्यति हुँदाहुदै पनि हामी सबै जनता उनीहरुको पछाडि हिँड्न छाडेका छैनौं।

यसैगरी झुपडीमा बस्नेलाई चुनावमा जिताएर संसदमा पठाइयो। वर्ष दिन नपुग्दै ऊ महलमा पुग्छ, ठाउँठाउँमा उसका बंगला हुन्छन्। जनताको अवस्थालाई हेर्दा कुवाको भ्यागुता कुवामै भनेजस्तै छ। जनतालाई हतियारको रुपमा प्रयोग गर्ने भ्रष्ट्रहरुलाई साथ दिने कति सम्म सम्भव छ। जे गरे पनि जनतालाई परिणाम हात्ती आयो हात्ती आयो फुस्सा बाहेक केही भएको छैन।

सरकार प्रमुखको योग्यता कति? जनप्रतिनिधिको योग्यता कति? संसदमा गएर एक शब्द पनि उच्चारण गर्न नसक्ने व्यक्ति पनि पार्टीले टिकट दिएर चुनाव जित्छ। संसदमा गएर आफू चुनावमा हिँड्दाको थकाई मार्दछ र आनन्द लिन्छ। अनि उसैले संसदमा कुर्सी टेवल भाँचेको कुरा जनमानसमा ताजै रहेको छ।

यस्तो असभ्य र भ्रष्ट्रहरुले चलाएको देशमा कहिले पनि विकास हुन सक्दैन। यहाँ राजनिति गनेर्हरुलाई योग्यता चाहिँदैन। यसको मापन जेलमा बसेको आधारमा हुन्छ। सर्टिफिकेट सोझा सोझा जनतालाई मात्र चाहिन्छ। नेताहरुलाई भने जस्ले बढी मान्छे मार्न सक्छ र पटक पटक जेल बस्छ त्यसको आधारमा मापन हुन्छ।

विश्व मानचित्रमा नेपाल सानो छ। देख्न पनि गाह्रो हुन्छ। तर नेताको भुँडीको आकार देखाउन मिल्ने भए हाम्रो देशको नेताको भुँडी स्पष्ट देखिने थियो। त्यो भुँडी सानो मिहिनेतले बनाएको होइन। सोझा–साझा निमुखा जनतालाई शोषण गरेर बनाएको हो।

भ्रष्ट्रचार मौलाइसकेकेा देशमा एक दुई व्यक्ति असल हुँदैमा केही हुँदो रहेनछ। एउटा पत्रकारले भ्रष्टचारीलाई खवरदारी गर्न खोज्दा विभिन्न बहानामा उसलाई जेल चलान गरिन्छ। राम्रो गनेर्लाई प्रोत्साहनको साटो दण्ड सजाय दिने चलन हाम्रो देशमा छ। यसैगरी यहाँ भ्रष्टचार गर्ने र अपराध गर्ने नेताको विषयलाई लिएर अदालतमा वहस गर्नसमेत वकिलहरु डराउने गरेका छन्। अदालत लगायत अख्तियार, आयोग आदि सबै राजनीतिक अपराधी र भ्रष्टचारीको पकडमा छन् कि भन्ने आशंका सबैतिर गरिएको छ। अनि को कसका लागि बोल्ने? यहाँ छाक टार्नै गाह्रो भएका जनतालाई रेलको सपना देखाउनु भनेको लङ्कामा सुन छ कान मेरो बुच्चै भने जस्तै भएन र१

घटना घटित भए पछि छानविन टोली खटाई जनताको अगाडि परिणाम नै नआउने देश त विश्वमा नेपल मात्र हो जस्तो लाग्दछ। के निर्मला पन्तको बुवाआमाले साच्चिकै न्याय पाए? यसैगरी वाइडबडी काण्ड कहाँ हरायो? ३३ किलो सुन काण्ड कहाँ हरायो? क्रसर उद्योग काण्ड कहाँगयो? यो सबै पूरापूर षडयन्त्र हो। वाइडवडी र ३३ किलो अट्ने हाम्रो देशका भ्रष्टहरुको भुँडी छ। कहाँ अदालतका कालो कोट लाउनेले देख्छन्?

चारै तिर समस्याले मात्र घेरिएका जनतालाई अदालत पनि न्याय दिनसक्दैन। उता सरकार जनतालाई कसरी शोषण गर्न मिल्छ भनेर सोच्छ। आफूलाई सुविधा कम भयो भनेर हरेक चीजमा कर लगाएको छ। त्यो करबाट उठेको पौसा देश विकासमा खर्च हुन्थ्यो भने साचिकै जनता खुसी हुन्थे। यसमा कुनै शंका छैन।

नेपाल कृषिप्रधान देश हो। कृषि गर्ने मानिसलाई कर छुट गर्नको साटो ढाड सेक्ने काम भइरहेको छ। तपाईहरुले भन्नुस एउटा सडकको पेटीमा मकै पोलेर बेच्ने महिलाले सरकारले लगाएको कर तिरेर कसरी आफ्नो जीविकोपार्जन गर्न सक्छिन्? यहाँ कुकुर पाल्ने धनीलाई कर छैन तर गाईवस्तु पालेर कृषिलाई प्रोत्साहन गनेर्लाई कर छ। अचानोको पिर खुकुरीले जान्दैन भनेझैँ चिल्लागाडीमा हिँड्ने घुस्याहाहरुले सर्वसाधारणको समस्या करी बुझछन्?

जनताका समस्याभित्र समस्या हुनुमा विभिन्न कारणहरु छन्। जसमा अशिक्षितलाई देश चलाउन दिनु एउटा प्रमुख कारण हो। यस्ता व्यक्तिले वोलिका आधारमा आकाशमा उडेको चरो खसाल्छु भन्छ तर काम चाहिँ एउटा माखो मादैर्न। पटक पटक चोट खाइसकेका हामी सबै जनताले उनीहरुलाई विश्वास गर्नु अर्को कारण हुन सक्छ। शिक्षित व्यक्ति विदेश पलायन हुँदा पनि यस्तो समस्या आउन सक्छ।

अन्ततः राम्रो आचारणले गरेको राजनीति भएको भए देश र जनताको स्तर नै फरक हुने थियो। यसको खबरदारी गर्ने जिम्मेवारी हामी सबैको हो। यसका लागि हामी भ्रष्टाचार गर्ने नेतालाई साथ नदिइकन अगाडि बढ्नुपर्ने देखिन्छ। हातमाथि हात राखी अघि बढिएन भने भ्रष्टहरुले देश नै बेचेर खानेछन् र नेपालीहरुको शान नै खस्ने छ, अस्तित्व नै मेटिने छ।

Related News

सम्बन्धित समाचार

hero news full width