नेकपा र राजपाबीचको सहकार्यले ल्याएको तरंग

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७६

राजपाले आफ्नो सिट जोगाउन जोसँग र जस्तोसुकै सम्झौता गर्छ भन्ने तर्क गलत हो । सिट जोगाउने मात्रै कुरा होइन । राष्ट्रियसभा भनेको एउटा सदन हो, त्यसको निर्वाचन संविधानसम्मत तरिकाले हुन्छ । त्यो कुनै राजनीतिक फाइदा भन्दा पनि त्यो सदनमा आफ्नो प्रतिनिधि पठाउन सक्ने कुरा हो । सदनमा लाभ लिनका लागि गइँदैन ।

पछिल्लो समय राजपाले नेकपासँग सामिप्यता बढाउँदै गएकोे सत्य हो । सभामुख निर्वाचनमा पनि राजपाले समर्थन ग¥यो । तर यसको अर्थ राजपाले उपसभामुख पाउन लाग्यो भन्ने होइन । यसबारेमा अड्कलबाजी बढी गरिदैँछ । राजपाले नेकपासँग राष्ट्रियसभामा बराबरीको हैसियतमा चुनावी तालमेल मात्र गरेको थियो ।
अर्को कुरा, प्रतिनिधिसभाको सभामुखको चुनावमा नेकपाबाहेक अन्य कुनै दलले उम्मेदवार नै खडा गरेको थिएन र नेकपाको उम्मेदवारलाई सबैले समर्थन गरेको जस्तो भयो । सहमतिको हिसाबले संसद अगाडि बढ्नुपर्छ भन्ने सन्देश हामीले दिन खोजेका हौं । त्यसले गर्दा नेकपासँग राजपाको कुनै नयाँ समीकरण बनेको छ भन्ने कुरा छैन । राजपा आफ्नो मागमा अडिग छ । मधेश एजेन्डाको सम्बोधनको निम्ति गठित भएको पार्टी हो राजपा । त्यसमा राजपा अलिकति पनि विचलन भएको छैन ।
राष्ट्रियसभाको निर्वाचनमा दुई–दुईटा सिटमा एकअर्काले सघाउने र साथै राजनीतिक विषयहरूमा छलफल भई त्यसमा सहमति कायम हुनसक्यो भने आगामी दिनहरूमा पनि सहकार्य हुने भनेर सहमति भएको थियो । राजनीतिक विषयहरूमा जबसम्म छलफल हुँदैन, जबसम्म नेकपाले राजपाका मागहरू सम्बोधन गर्न अग्रसर हुँदैन तबसम्म सहकार्यको प्रश्नै आउँदैन । त्यसकारणले कुनै नयाँ समीकरण बनिसकेको छैन । राजपाभित्रका केही नेताहरू सरकारमा जानेलाई आफ्नो प्रमुख एजेन्डा ठान्नका छन्, यसलाई अर्कै तरिकाले अथ्र्याइरहेका होलान् ।
चुनावी सहकार्य र सभामुखमा समर्थन गर्नुलाई सरकारमा जाने बाटो खुलेको ठान्नुहुन्न । सरकारमा जाने हाम्रो एजेन्डा नै होइन, कुनै व्यक्तिको एजेन्डा हुनसक्छ तर पार्टीको होइन । मधेश आन्दोलनलाई भजाउनेहरूको यो एजेन्डा हुनसक्छ, तर राजपाको एजेन्डा सरकारमा जाने होइन । राजपाका नेता कार्यकर्ता, नेतृत्वले मधेश आन्दोलनलाई सरकारमा जाने हतियारको रूपमा प्रयोग गर्न सक्दैन । राजपा भनेको नै मधेश आन्दोलनले उठाएको मुद्दाहरूको सम्बोधनका निम्ति गठित भएको पार्टी हो ।
अहिलेसम्म राजपाले उठाउँदै आएका विषयहरूमा छलफल नै भएको छैन । राजनीतिक विषयहरूमा पछि छलफल गर्ने भन्ने कुरा छ । हामी छलफल गर्नका लागि जहिले पनि तयार छौं । हाम्रा राजनीतिक विषय, एजेन्डाहरू सम्बोधन हुनुपर्छ । अहिले परिस्थिति बदलिएकै छैन, त्यसकारणले अहिले छलफल हुन नसकेको हो । राजनीतिक दलले आफ्नो सिट जोगाउन सबैले सबैसँग मत माग्छन्, त्यो सहकार्य निर्वाचनसम्मका लागि मात्र हुन्छ । नेकपालाई पनि सहयोग चाहिएको थियो र हामीलाई पनि सहयोग चाहिएको थियो । त्यो सहयोगको अर्को विकल्प देखा परिरहेको थिएन ।
राजपाले आफ्नो सिट जोगाउन जोसँग र जस्तोसुकै सम्झौता गर्छ भन्ने तर्क गलत हो । सिट जोगाउने मात्रै कुरा होइन । राष्ट्रियसभा भनेको एउटा सदन हो, त्यसको निर्वाचन संविधानसम्मत तरिकाले हुन्छ । त्यो कुनै राजनीतिक फाइदा भन्दा पनि त्यो सदनमा आफ्नो प्रतिनिधि पठाउन सक्ने कुरा हो । सदनमा लाभ लिनका लागि गइँदैन । सदनमा आफ्नो पार्टीको धारणा, जनताको धारणा, जहाँ प्रतिनिधित्व गरिन्छ त्यसको धारणा राख्नका निम्ति जाने हो । अर्को कुरा हामीले यो पनि सिद्ध ग¥यौं कि हामीलाई अराष्ट्रिय, विखण्डनकारी, विरोधी भनेर जसरी नेकपाले पहिला चित्रित गरिरहेको थियो त्यसलाई हटाउन नेकपाले हामीसँग सहमति भयो र एकअर्कालाई सहयोग गरियो । हामीलाई अराष्ट्रिय र विखण्डनकारी भन्ने पार्टीले हामीसँग सहयोग माग्यो, त्यो पनि एउटा राजनीतिक उपलब्धि हो । त्यो सहमति निर्वाचनसम्मका लागि मात्रै थियो । राजपाको एजेन्डा सरकारमा जाने होइन, यदि कोही सरकारमा जाने कुरा गर्छन् भने त्यो मधेशप्रति धोका हो, राजनीतिक बेइमानी हो । अर्को, सरकारमा जानेबारे राजपाभित्र अहिलेसम्म छलफल नै भएको छैन । यो कुरा नेताहरूको बैठक कोठामा मात्रै सीमित छ । सरकारमा जाने कुरा यदि कसैले ल्याए भने त्यसको विरोधमा राजपाका आन्दोलनकारी नेता कार्यकर्ताहरू उत्र्न्छन् ।
राजपाले सरकारमा जाने निर्णय गर्दै गर्दैन । कुनै व्यक्तिले त्यस्तो निर्णय गर्छ भने, त्यो राजपाको मान्छे पनि हुँदैन र मधेश आन्दोलनको प्रतिनिधित्व पनि गर्दैन । उपसभामुखका लागि राजपाभित्र छलफल चलेको छैन । उपसभामुख संवैधानिक पद हो, सरकारी पद होइन । सरकार र संसद फरक–फरक कुरा हो । उपसभामुखको विषयमा पार्टीभित्र अहिलेसम्म कुनै प्रस्ताव आएको छैन । यस्तो प्रस्ताव आयो भने छलफल गरिन्छ । उपसभामुख राजपाको होस् भन्ने चाहना हो । तर, त्यसको निम्ति मरिहत्ते गर्दैन । राजपाभित्र उपसभामुखको कुनै औपचारिक प्रस्ताव आइसकेको छैन ।
राजपाबाट उपसभामुख होस् भन्ने प्रस्ताव आयो भने त्यतिखेर हामी विचार गर्छौं । अहिले कुनै व्यक्ति सम्भावित छैन, हामीसँग उपसभामुखका लागि धेरै सक्षम र उपयुक्त उम्मेदवारहरू हुनुहुन्छ । प्रस्ताव आयो भने त्यसका लागि संसदीय दलभित्र छलफल हुनुपर्छ ।
समाजवादीसँगको सम्बन्धमा कुनै उतार–चढाव आएको छैन । समाजवादीले पनि दूरी बढाउने प्रयास ग¥यो र राजपाका पनि केही व्यक्तिले दूरी बढाउने काम गरे । नचाहिने–नचाहिने कुराहरू अगाडि ल्याएर राजपा र समाजवादीबीचमा दरार ल्याउन कोशिस गरे । कसैले पार्टीभित्र छलफलै नगरिकन एकीकरण हुनै लाग्यो भने, हामी धेरै टाढा छौं पनि भने । ती अपरिपक्क टिप्पणीहरू हुन्, त्यो नेतृत्वलाई सुहाउने टिप्पणी होइन । राजपा र समाजवादीले जनता अगाडि वाचा गरेको छ कि सँगै अगाडि बढ्छौं । त्यो प्रतिबद्धताअनुसार दुवै पार्टी अगाडि बढ्नुपर्छ र सहकार्य हुनुपर्छ ।
जतिखेर समाजवादी सरकारमा जाँदै थियो, हामीले सचेत गराएका थियौं । पहिले संविधानमा संशोधन होस्, त्यसमा हामी पनि बाहिरबाट समर्थन दिन्छौं । त्यतिखेर समाजवादीलाई विश्वास थियो कि सरकारमा गएर अझ ठोसरूपमा आफ्नो माग सम्बोधन गराउन सकिन्छ । समाजवादी सरकारमा रहँदा पनि हामीबीच दूरी बढेको थिएन ।
समाजवादी अहिले सरकारबाट बाहिर आएको छ, हामीबीच कुनै दूरी बढेको छैन । हामीले जनतासामु जुन प्रतिबद्धता गरेका छौं, त्यसमा हामी अडिग भएर उभिनुपर्छ ।
दालभात जस्तो पार्टी एकीकरण होइन । मानसिक, वैचारिक र सैद्धान्तिकरूपमा एकीकरण हुनुपर्छ । अनौपचारिकरूपमा एकीकरणका कुरा भए, व्यक्ति–व्यक्तिका बीचमा एकीकरणका कुरा भए । व्यक्ति–व्यक्तिको पोजिसनको कुरा गरियो । त्यो सिद्धान्त र विचारसँग जोडिएन । त्यस्तो नेतृत्वको बीचमा कुरा भयो, जसले राजपा पार्टी बनिसकेपछि त्यसलाई पनि एउटा पार्टी बन्न दिएन । उसले गुटबन्दी, बाँडफाँडका कुराहरू विकसित गर्न खोजे । अध्यक्षमण्डलका नेताहरूले राजपा नेपाललाई आफ्नो जागिर बुझ्नुभएको छ । उहाँहरूले पार्टीलाई एक हुन दिनुभएको छैन । महाधिवेशन गराउन पनि उहाँहरूको प्राथमिकतामा परेन । नेतृत्व सक्षम देखा परेनन् । त्यो नेतृत्वले पार्टीमा बारम्बार गुटबन्दी, नेता कार्यकर्ताहरूको योग्यताअनुसार मूल्यांकन गर्न सकेन ।
लाल राष्ट्रिय जनता पार्टी नेपाल वरिष्ठ उपाध्यक्ष हुन् ।सं.

Related News

सम्बन्धित समाचार

hero news full width