नयाँ वर्ष २०७५ को राशिफल

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५

श्रीगणेशं गुरुं नत्त्वा नत्त्वाम्बा सुमति प्रदाम्।

अत्रीहरिएकहोरायाः राशिकुर्वे टीका सुवोधिनीम्।।

नमस्तस्मै भगवते बोधरुपाय सर्वदा।

अत्रिहरिएकन्दाय गुरुवे˜ज्ञानध्वंसिने।।

इति स्तुत्वा सुसंहृष्टो मुनिस्तत्त्वविदाम्वरः।

अथादि देश राशि सच्छास्त्रं सारं यज्ज्योतिषां शुभम्।।

स्यान्मध्यमे फलमिदं निखिलं तु मध्यमं स्वल्पं

सुखं स्वजनतो˜पि विवादमाहुः।

स्थानच्युतिर्न च सुखं कृशता शरीरे

भीतिनृपान्मुथशिलो न शुभेन चेत्स्यात्।।

शनिवार यदा पंचजायन्ते रविपंचकम्।

महर्ध जायते धान्यं रोगशोकाकुला पृथ्वी।।

“विरोधकृत” नाम नव विक्रम संवत् २०७५ को प्रवेश चैत्र अमावश्यको समाप्ती २०७४ साल चैत्र ३ गते शनिवार, पूर्वभाद्रपदा नक्षत्रको अन्तिम चरण साँझ ६:३४ बजे -द्विस्वभाव) लग्नमा -कन्या लग्नमा) भएको छ। भद्रा पर किश्तुघ्न करण प्रवेश भएको छ। योगाहरुमध्ये शुभ योगमा जगत लग्न कुण्डलीको निर्माण भएको छ। वर्ष लग्नेश बुध सञ्चार-साधनको प्रत्यक्ष एवम् परोक्ष सम्बन्ध र सप्तम भावमा अवस्थित दाम्पत्य एवम् अन्तर्राष्ट्रिय सम्बन्धका भावमा रहेको छ। बुध ग्रहको साथमा सूर्य चन्द्रमा र शुक्रग्रह रहेका छन्। यस ग्रह अवस्था मालानामक राजयोगको प्रभाव परेको छ। नेपाल देशीय राशि वृश्चिक जगत लग्न कुण्डली अनुसार तृतीय पराक्रम स्थानमा परेको छ। वर्ष प्रवेश राजा सूर्य र मन्त्रि शनि ग्रहहरुले प्राप्त गरेका छन्। जसको प्रभाव देशमा राजनीति नेतृत्व एवम् कुशल प्रशासनमा वृद्धि हुनेछ। देशमा प्रभावशाली योजनाहरु बन्ने छन्। तर कार्यान्वयनको पक्षमा कुटुम्बीया योगको प्रभाव परेको छ। मंगल-शनि युद्धप्रिय ग्रहहरुले बाटो छेकेका छन्। गुप्त शत्रु दृष्टिको प्रभाव परेको छ। जगतलग्न अनुसार सूर्य ग्रह उच्च भएर पनि नीचो स्थानमा अवस्थित भएको हुनाले नेपाल देशमा एवम् विश्वमा पनि अविष्मरणीय घटनाहरु हुन सक्छन्। विश्वमा क्ष्क्क्ष् तथा अन्य आतंकवादी ग्रुपहरुको उदय हुन सक्छ। देश विदेशमा गुप्त रुपबाट अर्थात् छह्म युद्धको रचना हुन सक्छ। विश्वमा अधिकांश देशहरुमा अत्यधिक संहारक हतियारहरुको दौगा मञ्चिन सक्छ। मातृस्थान बिग्रिएको र अदृश्य बाधाको प्रभाव परेको हुनाले विश्वव्यापी आतंकवादको चक्रविउ उत्पन्न हुनेछ। देश देशान्तरमा उच्चस्तरीय व्यक्तिहरुको आर्श्चर्यजनक तथा रहस्यमयी घटना घट्न सक्ने छ। देश देशमा आन्तरिक, सामाजिक एवम् राजनीतिक अवस्था विक्षुब्ध हुनेछ। विश्वमा युद्ध विराम सम्बन्धी प्रयासको वावजूद अशान्ति एवम् अस्थिरताको माहोल बन्ने छ।

शनिवारा यदा पंचपात्ताले कम्पते फणीः।

इशान देश भ·श्च वहणि दाहो महर्धता।।

विश्वमा आतंकवाद उत्प्रेरित बन्न छ। आर्श्चर्यजनक एवम् रहस्यमयी घटनाहरु घट्न सक्दछन्। विश्वव्यापी आतङ्कवादको श्रृङ्खला बढ्ने छ। भारत, नेपाल युरोपीयन मुलुकहरु लगायत मुस्लिम राष्ट्रमा अरिष्ट हुन सक्छ। आर्थिक विचलन हुन सक्छ।

विश्वमा भूकम्प एवम् दैवीक प्रकोपको अवस्था रहेको छ। युरोपियन मुलुकहरुको वर्ष प्रवेशमा सूर्य शनि संयोग रहेको छ भने मुस्लिम देशहरुको वर्ष प्रवेश कालसपयोगको प्रभाव परेको छ।

हाम्रो देश नेपालको २०७५ सालको जगतलग्न कुण्डली ज्यादै प्रभावशाली भएर पनि वर्ष लग्न कुण्डली ज्यादै नराम्रो रहेको छ। आकस्मिक दुर्घटना, भूकम्पादी जोखिम आपसी द्वन्द्व अग्निभय, विष्फोट घटनाहरु हुन सक्ने छन्। नयाँ वर्ष प्रवेश वैशाख १ गते शनिबार पर्नुका साथै पाँच शनिवार, आइतवार र सोमवार परेको हुनाले वर्ष प्रवेशको साइत बिग्रिएको छ। साथै शनि ग्रह वक्रि गतिमा चलेको हुनाले अन्न, अनाज उत्पादनमा कमी, अत्याधिक मह·ो कतै सुखा र कतै दुर्र्भिक्षको सम्भावना रहेको छ। छत्रभंग योगको प्रभावले सत्ता परिवर्तन आतंकको हमला जातीय हिंसा, आकस्मिक विष्फोट, अग्निकाण्ड एवम् आकस्मिक हिसंकका घटना घट्न सक्ने छन्।

“यत्रमासे रविवाराः जयन्ते पञ्चसततम्।

दुर्र्भिक्षं छत्रभंगस्यात दास्ते च महद्भयम्।।”

प्राकृतिक एवम् मौसमी गतिविधि अनुरुप सूर्य र शनिको प्रभावले अनियमितता हुन सक्ने छ। खडेरीको प्रभावले फलफूल एवम् अनाजको उत्पादनमा कमी हुन सक्छ। पशु वस्तु एवम् गाईमा हानी शासक वर्गमा निर्दयीपनको वृद्धि धानको उत्पादनमा कमी, मूल्य वृद्धि, जनतामा उग्र मौसमीको कारण ज्वरोको प्रकोप भएर पनि मधेश शुक्र र रसेश पदमा रहेका देव गुरुको कारण उक्त अशुभ फलमा केही न्युन हुन सक्छ। फलेश शुक्र धनेश चन्द्रमा एवम् दुगेश शुक्रका कारण वेदोक्त धर्म संस्कृति र संस्कारप्रति जनमानसमा झुकाव रहेको छ। यसले आध्यात्मिक जागरणको वृद्धि गर्ने छ।

यो वर्ष नेपालको जगलग्न कुण्डली पृथ्वीको विषुवत रेखादेखि ६० ड्रि्री पार गरी ९० ड्रि्री भित्र अवस्थित रहेको छ। जगलग्न कुण्डलीको मालिक ग्रह नीचो अवस्थामा स्वतन्त्र रुपमा कर्मभावमा बसेका छन्। भाववल राम्रै भएर र पनि नीचो अवस्थामा रहेको हुँदा देशमा प्राकृतिक विपत्तिको परिस्थिति आउने छ। साथै नेतृत्वमा रहेका नेतृत्व पक्ष फितलो रहन सक्छ। बुद्धि भएर पनि विवेकमा न्यूनता रहने छ।

मेष (चू चे चो ला ली लु ले लो अ)

मेष राशिका व्यक्तिहरुलाई यो २०७५ साल ग्रहबल र भावकारक दृष्टिबाट हेर्दा प्रभावकारी रहेको छ। कामप्रतिको लगनशीलता रहने छ। “वसुधैवकुटुम्बकम्” सिद्धान्तको वृद्धि हुने छ। वाषिर्क राजाको प्रत्यक्ष शुभ प्रभाव परेको छ भने फलकारक ग्रहको पूर्ण दृष्टि परेको छ। सद्बुद्धि प्राप्तिको योग परेको छ। पर्ढाई, लेखाई, नीति, नियममा दत्तचित्त रहने छ। अध्ययन अध्यापन एवम् कानुनी र राजनैतिक गतिविधिबाट समाजमा प्रभावित पार्ने छ। उद्योग व्यापार नोकरी एवम् सेवाबाट सोचेजस्तै सफलता मिल्ने छ। दाम्पत्य जीवन सुमधुर रहने छ। देश देशान्तरका काम व्यवहारबाट सफलता मिल्ने छ। साथी स·ती दाजुभाई एवम् चेलाचेलीबीचमा प्रगाढ सम्बन्ध रहने छ। छोरा छोरी एवम् विद्यार्थी वर्गको कार्यबाट सन्तोष मिल्ने छ। भाग्यले साथ दिएको छ। काम गर्ने अवसर राम्रै मिल्ने छ। उपहार कोसेली पुरस्कार प्राप्तिले दाम्पतय जीवन सुखमय बन्ने छ। आत्मा शुद्धि चेतनाको वृद्धि एवम् धर्मवृद्धिले आनन्दरुप लिनेछ। तर वर्षको उत्तरार्धमा समय प्रतिकूल बन्न सक्ने छ। विवादले चिन्ता बढाउन सक्छ। दैवीय दुर्घटना बाढी, पहिरो, भूकम्प भूस्खलन जस्ता परिस्थितिहरु आइलाग्न सक्छन्। काम व्यहवार अस्थिरतापन रहनुका साथै मनोवाञ्छित कार्यमा विलम्बता आउन सक्छ। गर्नपर्ने काम व्यवहारको महत्व बुझ्न नसकिँदा आफ्नो काममा अरुले अधिकार जमाउन सक्ने छन्।

तर जस्तोसुकै अवस्था आइपरे पनि जगतलग्नको एकादश भाव भनेको ज्यादै प्रभावशाली हो। जगलग्न कुण्डली अनुसार नेपाल देशमा मेष राशिलाई आकाश मण्डलमा २४० ड्रि्री देशान्तरबाट २७० ड्रि्रीको नेत्र परेको छ भने पृथ्वीको विषुवत रेखादेखि दक्षिणतर्फ २० बाट २५ अंशसम्म फैलिएको हुनाले मेष राशि २०७५ सालको लागि ज्यादै प्रभावशाली रहेको छ। जोखिम प्रकृतिका कार्यलाई पनि सजिलै सम्पन्न गरी कृति एवम् धनमान आर्जन गर्न सकिने छ।

वृष (इ उ ए ओ वा वी बु वे वो)

वृष राशि बन्नको लागि कृतिका नक्षत्रका द्वितीय चरण हुँदै मृगशीरा नक्षत्रको द्वितीय चरणको क्षेत्र आकाश मण्डलमा वृष राशिको परिधि निर्धारण भएको हुन्छ। यो राशिको स्वरुप गायत्रि देवीको तृतीय आकृतिमा रहेको हुन्छ। यो राशिमा जन्म लिने व्यक्ति एवम् प्राणीहरु शुद्ध आत्म पवित्र दिलका हुन्छन्। घरपरिवार एवम् कुलकुटुम्बका सबैको जिम्मेवारी वहन गर्ने र आफ्नो कर्तव्यको निर्वाहा गर्ने दायित्व सम्झने हुन्छन्। राशि स्वामीको रुपमा शुक्र ग्रहको प्रभुत्व रहेको हुन्छ भने सौर्न्दर्य भोज विलास, सुख आनन्द ऐर्श्वर्य प्राप्तिको आकांक्षा लिन स्वभाव हुन्छ। तर पनि विरोधी नामक संवतसर प्रारम्भसँगै वृष राशिका व्यक्तिहरुलाई अढैया साढे साती रहनुको साथै जगलग्न अनुसार द्वादश स्थानमा राशि पर्नु वर्ष त्यति राम्रो मानिदैन शारीरिक कष्ट, कारोवारमा विवाद पर्न सक्छ। बाध्यताको स्थानमा खर्च गर्न पर्दा पश्चताप लाग्ने छ। तर राशिको मालिकले जगलग्न कुण्डली अनुसार बुद्धि स्थानलाई पूर्ण दृष्टि दिएको हुनाले पर्ढाई लेखाई एवम् प्रतिभाका कार्यमा सफलता हात लाग्दा उत्साह बढ्ने छ। कृषि उद्योग पशुपालन तरल पदार्थ जन्य उद्योग विद्युत् क्षेत्र, दुग्ध जन्य पदार्थबाट अपेक्षित लाभ गरिने छ।

मिथुन (का की कु घ ङ छ के को ह)

यो वर्ष मिथुन राशिलाई जगलग्न स्वामी प्राप्त गरेको छ। सुख र सुखद् अवसर प्राप्तिको दृष्टिले ज्यादै प्रभावशाली रहेको छ। वर्ष राज सूर्य एकादश स्थान र वर्ष मन्त्रि शनि सातै स्थानमा भाववल प्रबल भई बसेको हुनाले यो वर्षमा मिथुन राशिका व्यक्तिले जोखिम प्रकृतिका कार्यलाई पनि सजिलै सम्पन्न गरी समाजमा प्रस्तुत हुँदा मानसम्मान मिल्ने छ। साथी स·ती, इष्टमित्रबाट मानसम्मान गर्दै आर्थिक आर्जन गर्न सकिने छ। काम व्यवहारबाट आकस्मिक लाभ गरी सफलता प्राप्त गर्दा नयाँ उत्साह उम· मिल्ने छ। नक्षत्र स्वामीहरु मङ्गल, राहु र वृहस्पतिहरुको राशि स्वामी बुधसँग घनिष्ठ सम्बन्ध रहेको हुँदा घरपरिवार छरछिमेक एवम्र् इष्टमित्रसँग घनिष्ठ सम्बन्ध रहने छ। सहयोग सद्भावको आदानप्रदान गरिने छ। उपहार कोसेली प्राप्तिको योग परेको छ। देश देशान्तरमा सम्बन्ध विस्तार गर्न सकिने छ। उपहार कोसेली प्राप्तिले नयाँ उत्साह उम· बढ्ने छ। राजनीति एवम् सामाजिक कार्यमा प्रभुत्व बढ्ने छ। घरपरिवार एवम् समाजमा मेलमिलाप हुनुको साथै माङ्गलिक कार्यमा सहभागिता रहने छ। धार्मिक अनुष्ठानका प्रभावले नयाँ सोचाईको वृद्धि गर्ने छ। पर्ढाई लेखाई एवम् प्रतिभाका कार्यमा पुरस्कृति हुने अवसर मिल्ने छ। भौतिक सुख सुविधा प्राप्त भएर पनि वर्ष प्रवेशमा नै राशि स्वामी नीचो प्रवृत्तिले रहेको हुनाले स्वास्थ्य सम्बन्धी समस्याले शारीरिक आलस्यता बढाउन सक्छ। नशा सम्बन्धी एवम् आन्तरिक समस्या उब्जन सक्छ।

कर्कट (हि हु हे हो डा डी डू डे डो)

यो वर्षमा वर्ष प्रवेश कुण्डली कर्कट राशि एकादश स्थानमा रहेर पनि जगलग्न कुण्डलीमा द्वितीय स्थानमा वक्रि ग्रहको साथ रहेको हुनाले यो वर्ष कर्कट राशिका व्यक्तिको स्वभावमा अस्थिरतापन रहने छ। आफ्नो कर्तव्य निर्वाह गर्न नसकिँदा सरोकारवाला व्यक्तिले आलोचना गर्ने छन्। धन कमाउने मात्र सोचाई रहने छ। तर लगानी गर्न पर्ने ठाउँमा ध्यान पुग्ने छैन। क्षणक्षणमा मन परिवर्तन गर्ने प्रविधिले काम व्यवहारले स्थायित्व पाउने छैनन्। सम्बन्ध कार्यमा भन्दा अन्यत्र लगानी गर्दा सञ्चित धनको नोक्सान हुन सक्छ। आशा, लोभ, लालचा देखाई फसाउन खोज्नेहरु सक्रिय हुनेछन्। चलित चक्रअनुसार वक्रि ग्रह रहे पनि आन्तरिक नक्षत्र स्वामीहरु वृहस्पति शनि र शुध ग्रहहरुको प्रभाव परेको छ। जगलग्न कुण्डली अनुसार तपाईको राशिमा प्रत्यक्ष दृष्टि नभए पनि वाषिर्क लग्न कुण्डली अनुसार नक्षत्र स्वामी एवम् वाषिर्क कारक ग्रहको राशि र राशि स्वामि दुवै क्षेत्रमा पूर्ण दृष्टि पुगेको हुनाले “केन्द्रकोणे जीव आये रवै वा लग्ने चन्द्रे वा˜पि वगोर्तिमे वा सर्वदोषा नाशमायन्ति चन्द्रे लाभे तद्धद् मुहूत्ताशदोषा।” भने जस्तै पर्ढाई लेखाई एवम् शैक्षिक कार्यकुशलतामा यो वर्ष ज्यादै प्रभावशाली रहेको छ। कानुनी कार्यमा विशेष उपलब्धी हुनेछ। धार्मिक अनुष्ठानका कार्यमा सफलता मिल्ने छ। देश देशान्तरसम्म जनसर्म्पर्क स्थापित गरिने छ। नयाँ प्रविधिको कार्यमा विशेष सरोकार रहने छ। छोराछोरी एवम् विद्यार्थी वर्गको कार्यमा पुरस्कृत हुने सौभाग्यले नयाँ उत्साह थपिने छ। कर्कट राशिका व्यक्तिहरुको लागि आकाश गंगामा ९० ड्रि्रीबाट १२० ड्रि्रीसम्म क्षेत्र विशेष प्रभावित रहेको छ।

सिंह (मा मी मू मे मो टा टी टू)

राशि वृत्तचक्रमा १२० ड्रि्री अंशबाट १५० ड्रि्रीसम्मको आकाशीय परिधिमा सिंह राशिको प्रभाव पर्दछ। मघा, पूर्वफाल्गुणी र उत्तरफाल्गुणीको प्रथम चरणको सिंह आकृतिले सिंह राशिको स्वरुप बन्दछ। नक्षत्रहरुका स्वामी केतु, शुक्र र सूइृ ग्रहहरु हुन भने राशिको मालिक सूर्य ग्रह नै रहेको छ। यो वर्ष सूर्य ग्रहले नै संवतसरको राजापद प्राप्त गरेको र छायाँ कारक ग्रहको प्रभावबाट मुक्ति पाएकोले सिंह राशि यो वर्षको लागि प्रमुख प्रभावकारी राशि रहेको छ। यो वर्षमा सिंह राशिका व्यक्तिहरुले राजनीति अस्तव्यस्तलाई चिरफार गर्दै नेतृत्व गर्ने सुअवसर प्राप्त गर्ने छन्। प्रशासनिक एवम् कानुनी काम कार्यवाहीबाट विशेष उपलब्धी प्राप्त गर्दा नयाँ कार्य, योजना सोचाईहरुको वृद्धि हुनेछ। मानसम्मान प्राप्तिको योग परेको छ। व्यापार व्यवसायबाट अपेक्षित सफलता हुनेछ। छोराछोरीको विशेष उपलब्धीले सुखी र खुशी हुने वातावरण मिल्ने छ। पुरस्कार एवम् उपहार प्राप्तिको योग परेको छ। शत्रुहरुलाई छायामा पार्दै आफ्नो प्रभुत्व बढ्ने छ। पापीय मनोवृत्ति निरुत्साहित हुँदै जाने छ। धार्मिकताको रुचिले तीर्थाटनको अवसर मिल्ने छ। भाग्यशक्ति सबल रहने छ। नयाँ काम गर्ने अवसर मिल्ने छ। वैदेशिक कार्यमा सफलता हासिल होला। पर्ढाई लेखाई एवम् प्रतिभाका कार्यमा सफलता हासिल गर्दै बौद्धिकस्तर बढाउने वातावरण मिल्ने छ। जगलग्न कुण्डली अनुसार पराक्रम स्थानमा राशिको वासस्थान रहेको छ भने राशिको मालिक मनोकामना भावमा रहेको हुँदा यो वर्षमा ऐतिहासिक कार्य सम्पन्न गरी समाजमा प्रस्तुत हुने वातावरण बन्ने छ। आकस्मिक लाभको योग परेको छ।

कन्या (टो पा पी पु ष ण ठ पे पो)

यो वर्ष लग्न अनुसार कन्या राशिले वर्ष लग्न फेला पारेको छ भने राशिको मालिकका पूर्व सप्तम दृष्टि बुधादित्य योग सहितको प्राप्त गरेको हुनाले वैदेशिक कारोबारबाट आकस्मिक लाभ हुनेछ। नयाँ मित्रहरु बन्ने छन्। दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध रहने छ। प्रेमप्रेमिकाहरुबीच घनिष्ठता रहने छ। रमाइलो यात्राको योग परेको छ। रचनात्मक काम गर्दा विद्वान् प्रतिष्ठित व्यक्तिहरु प्रभावित हुनेछन्। जोश र जाँगरको प्रभावले उत्कृष्ट उपलब्धी फेला पार्न सकिने छ। ज्ञानार्जनमा ध्यान जानाले शैक्षिक गतिविधिमा लगानी गरिने छ। सामाजिक एवम् धर्म संस्कृति धार्मिक कार्यमा सक्रियता साथ लाग्दा धेरै व्यक्तिहरुको समर्थन मिल्नेछ। घर परिवारमा मांगलिक कार्यको आयोजना गरिने छ। सुयोग्य र कर्मठ नेतृत्वको प्रभावले राजनीति एवम् सामाजिक कार्यमा प्रतिष्ठाा मिल्ने छ। लत्ताकपडा, उद्योग धन्दाबाट अपेक्षित उपलब्धी प्राप्त गरिने छ। खेलकुदको क्षेत्रमा ख्याती प्ाप्त गरिने छ। कृषि कार्य र पशुपंक्षी पालनबाट विकासका परियोजनाहरु विस्तार गर्न सकिने छ। राशिमा मालानामक राजयोगको प्रत्यक्ष प्रभाव परेको छ। प्रशासनिक क्षेत्रमा भने राशि मालिक निचो भएको निजामति सेवकहरुबाट खासै उत्तरदायित्व बहन गर्ने छैनन् झण्झटको सामना गर्न पर्ने छ। खाद्यान्नमा महङ्गीको प्रकोपले सताउने छ। अनर्थको सोचाई वृद्धिले नशासम्बन्धी रोग र मानसिक तनाव बढ्न सक्छ। एकोहोरो पन हर्टाई परिवर्तनशील सोचाई राख्दा कल्याण हुनेछ। आकाश मण्डलमा कन्या राशिको प्रभावित क्षेत्र १५० ड्रि्रीबाट १८० ड्रि्री अंशमा विशेष प्रभावित क्षेत्र रहने छ।

तुला (रा रि रु रे रो ता ती तु ते)

पृथ्वीको विषुवत रेखाबाट १२ ड्रि्रीसम्मको सेरोफेरोको स्थान तुला राशिको प्रभावित क्षेत्र रहेको हुन्छ। आकाश गंगामा १८० ड्रि्रीबाट २१० ड्रि्रीसम्म फैलिएको छ। यस राशिको अधिकांश प्रभाव प्रातःकाल र सायकालको थोरै अघि पछिको समयमा पर्दछ। जसलाई शुक्रताराले कहिएको छ। तुला राशिका व्यक्तिहरु सौर्न्दर्यको खोजी गर्ने, आकर्षक स्नेह भावना आत्मविश्वास सुदृढता एवम् सुरुचिपूर्ण आचरण एवम् विशेषता रहेका हुन्छन्। इमानदारी न्यायप्रियता परिश्रमशील, सक्षम तुला राशिको व्यक्तिको चारित्रिक गुण हो। यस राशिका व्यक्तिहरु कर्तव्यपालक एवम् कर्तव्यप्रति सजग रहने स्वभाव हुन्छ। तुला राशिका व्यक्तिहरुको लागि यो वर्ष पराक्रम स्थानमा शनि मंगल द्वितीयमा वृहस्पति, छैटौँ सूर्य बुध भावकारक रहेका छन्। परिस्थिति पहिचान काम व्यवहार गर्दा धेरै व्यक्तिको सहयोग सद्भाव मिल्ने छ। जोखिम प्रकृतिका काम व्यवहारमा पनि सजिलै सम्पन्न गर्दा विपक्षीहरु तर्सिने छन्। शत्रुहरु पनि नाता लगाउँदै आउने छन्। आत्मबल, आत्मविश्वास बढ्ने छ। सहोदरका व्यक्तिको सहयोग महत्वपूर्ण बन्ने छ। भाइचारको व्यवहार हुनेछ। काम व्यवहार गर्दा आँट, शाहस र पराक्रम बढ्ने छ। विद्या, बुद्धि एवम् प्रतिभाका कार्यमा सफलता पाइने छ। इच्छा आकांक्षाहरु बढ्ने छन्। छोराछोरी एवम् कुलकुटुम्बका व्यक्तिको सहयोग सद्भाव महत्वपूर्ण बन्ने छ। समझदारीका कार्यमा सजिलो हुनेछ। तर चतुथ केतु, छैटौँ शुक्र दशौँ राहु अदृष्यबाधको रुपमा खडा भएका छन्। धन सम्पत्ति आर्जन गरेर पनि सुखको अनुभूतिको कमी हुनेछ। स्वप्नदोष अनिन्द्रा बढ्न सक्छ। दुःख स्वभाव बढ्न सक्छ। गनै नपर्ने काम व्यवहारलाई पनि चिन्तनशील हुँदा स्वास्थ्य समस्या बढ्न सक्छ।

वृश्चिक (तो ना नी नु ने नो या यी यू)

वृश्चिक राशिको लागि यो २०७५ वर्षभरि नै शनिको कुप्रभाव परे पनि वाषिर्क कारक ग्रह देव गुरुको अनुकूलता सकारात्मक रहने छ। भाग्यशक्तिमा कमी भएर पनि प्रयत्न गर्दा वातावरण मिलाउन सकिने छ। पर्ढाई लेखाई एवम् प्रतिभाका कार्यमा सफलता मिल्ने छ। प्रतियोगितात्मक कार्यमा सफलता मिल्ने छ। तर झण्झट र तनावले छोड्ने छैन। मुद्दामामिलामा मुछिनु पर्दा मनमा तनाव रहिरहने छ। विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन्। अर्काको काम व्यवहार गर्दा सञ्चित धनको खर्च हुनेछ। आफ्नो राशिको स्वामी वृहस्पतिको घरमा बसेको र देवगुरु वृहस्पति आफ्नो घरमा मित्र दृष्टिले बसेका हुनाले सहयोग सद्भावको आदनप्रदान गरिने छ। व्यापार व्यवसाय एवम् पेशामा प्रयत्न अनुसार सफलता मिले पनि मनमा शंका उपशंका उब्जने छ। आदर गर्नपर्ने व्यक्तिलाई अपहेलना र सरोकार नै नभएका व्यक्तिलाई आदर सम्मान गर्दा सरोकारका व्यक्तिहरुबाट आलोचना हुन सक्छ। हराउने, फस्िसने सम्भावना पनि रहेको छ। कुटुम्बीया योगको प्रभाव परेको छ। कुल कुटुम्बका व्यक्तिको कार्य गर्न पर्ने छ। सञ्चित धनको खर्च गर्नपर्दा पश्चताप लाग्न छ। यात्रा कष्टकरी रहेको छ। सवारी साधनबाट चोटपटक लाग्न सक्छ। विवादले तनाव बढाउन सक्छ। कलझगडा पर्न सक्छ। बोलीवचन आनीबानीमा ध्यान दिन आवश्यक छ। आशा देखाई स्वार्थ लुट्न खोज्नेहरु सक्रिय हुनेछन्। लगानी र खर्च दुःख अनुसार उपलब्धी कम हुँदा मनमा कुरा खेल्ने छ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

धर्मक्रिया पौष्टिक यज्ञविद्या मा·ल्य हेमंवर वेश्मयात्रा रथाश्व भौषम्य विभूषणादि कार्य विद्ध्यात्सुरधर्नुराशे।।

धनु राशिमा शनि ग्रह वर्ष भरि रहने हुनाले साढे सतिको प्रभाव रहने छ। साँढे सातीको अशुभप्रद घटनाको प्रवलता देखिए पनि जगलग्न कुण्डलीमा देव गुरु वृहस्पतिले एकादश दृष्टि दिइरहेका छन्। जोश जाँगर वृद्धिकारक ग्रह साथैमा रहेको हुनाले शनिको कुप्रभावलाई केही कमी बनाई आत्मबल र आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक कारोवारमा आरोह अवरोध विश्वासघात भर पनि पराक्रमको गतिमा कमी हुने छैन। निर्धक्कसँग काम व्यवहार अगाडि बढाउन सकिने छ। तर यात्रा र सहयकार्य एवम् सामूहिक कार्यमा अत्यन्त सचेत हुन जरुरी हुन्छ। कमजोरीको फाइदा उठाउन सरोकारवाला व्यक्ति नै सक्रिय हुने छन्। पशु वस्तुसवारी साधनबाट नोक्सान हुन सक्छ। सवारी साधनको कारोवार, जग्गा र जमिनको लेनदेन गर्दा सावधानी अपनाउन पर्ने छ। आकस्मिक नोक्सान चोटपटकको प्रभाव सहन पर्ने हुन्छ। आर्थिक विचलनले सामाजिक महिमा घट्न सक्छ। पापीय मनोवृत्तिले मनलाई चञ्चलता बढाउन सक्छ। द्वितीय केतुको प्रभावले कुल कुटुम्बका व्यक्तिहरुमा अशुभ निम्त्याउन सक्छ। अशुभ काईमा खर्चर्गर्न पर्ने छ। तर कला गला लय, सङ्गीतको कार्यमा ख्याती प्राप्त हुन सक्छ। एकादश वृहस्पतिको प्रभावले पर्ढाई लेखाई एवम् प्रतिभाका कार्यमा पुरस्कृत हुने अवसर मिल्ने छ। श्रमजिवी वर्गको लागि यो वर्ष घातक बन्न सक्छ। आफ्नो परिश्रम अनुसार मूल्याङ्कन नहुँदा आत्मग्लानी बढ्न सक्छ। दैवीय विपत्ति दुर्घटनाको पनि सम्भावना रहेको छ। आफन्तहरुलाई अनुचित खर्च गर्न पर्दा चिन्ता बढ्ने छ। आडम्बरपनले गर्दा अर्थ विवाद, अभिव्यक्ति विवाद पर्न सक्छ। अहंकारले दुःख दिन सक्ने छ। बोलीवचनमा सिलसिला मिलाउनु नै कल्याणकारी हुनेछ।

मकर (भो जा जी खि खु खे खो गा गी)

मकर राशिमा ग्रहसञ्चार अनुसार केतु ग्रहको वासस्थान रहेको छ। भने अदृश्यवाधाको रुपमा आद्य साढेसाती पनि रहेको छ। बन्न लागेको काममा अवरोध सिर्जना हुँदा मनमा विचलित हुन सक्छ। तर साथको केतुको प्रभाव आध्यात्मिक जागरणमा वृद्धि गर्ने छ। धर्मर्कर्ममा आस्था रहन सक्छ। तन्त्रमन्त्र विधामा सफलता पाइने छ। बौद्धिकस्तरको मजवुतीले अध्ययन अध्यापन लगाएर प्रतिस्पर्धात्मक प्रतियोगितामा जागरण बढाउन सक्छ। लय कला गलाका कार्यमा सफलता मिल्ने छ। एवम् प्रतिभाका कार्यमा लगानी गरिने छ। तर दुःख र लगानी अनुरुपको उपलब्धी नहुँदा आलस्यता बढ्ने छ। पृथ्वीको विषुवत रेखाबाट दक्षिणको १२ अंशबाट २० अंशसम्म यो राशिको विशेष क्षेत्र रहेको हुन्छ। यो राशिमा, सूर्य प्रवेश गर्दा सूर्य उत्तरायाण हुन्छन्। फलस्वरुप रात्रिको अपेक्षा दिनको समय बढ्दै जान्छन्। सूर्यमण्डलमा अभिजित मुहुतको साथै सबै शुभकर्मको शुरुवात हुन्छन्। सरस्वती देवीले प्रकृतिमा प्रवेश गरी सबैमा सद्विचार दिन्छिन् र वसन्त श्रवण गर्दछिन्। जगतलग्न अनुसार यो राशि अष्टम् दृष्टिमा ओझेलमा परेको छ। शनि ग्रह व्यय भावमा रहेको हुनाले मनमा अशान्ति शारीरिक दुर्वलता काम व्यवहारमा समस्या स्वजनबाट धोका, अपमान सहनुपर्ला। मुद्दा मामिला सम्बन्धी सावधानी अपनाउन आवश्यक छ। भोग विलासमा रुचि राख्दा विवाद एवम् अपजस लाग्न सक्छ। राजनीति एवम् सामाजिक कार्यमा समस्या पर्न सक्छ तर साथको केतुको प्रभावले धार्मिक एवम् आध्यात्मिक जागरण बढ्ने छ। धार्मिक अनुष्ठानमा सहभागिता हुने अवसरले आनन्द हुनेछ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

जगतलग्न अनुसार यो २०७५ साल ज्यादै प्रभावशाली रहेको छ। राशिको मालिक एकादश स्थानमा बसेर नयाँ अवसरको खोजि गरिराखेका छन्। साथमा पराक्रमी दृष्टिले मंगल ग्रहले दृष्टि दिई राखेका छन् भने देव गुरु वृहस्पतिको पूर्णदृष्टिले विद्या बुद्धि क्षमताको वृद्धि भई राखेकेा छ। राशि स्वामी शनिले नै मन्त्रि पद ग्रहण गरेको हुनाले कुम्भ राशि यो वर्षको लागि अनुकूलको बनेको छ। जोखिम प्रकृतिका काम व्यवहारलाई पनि सजिलैसँग सम्पन्न गर्दा विपक्षीहरु तर्सिने छन्। अन्तरदृष्टि स्वभावको प्रभावले ऐतिहासिक कार्यको शुरुवात र स्थायित्वको वातावरण बन्ने छ। आफन्तहरुको श्रद्धाभक्तिको कारण धेरै व्यक्तिको माया ममता पाइने छ। धर्मप्रियता राजभक्ति र शक्तिको कारण देश काल परिस्थिति अनुरुपका काम व्यवहारहरु गरिने छ। शान्त प्रकृति गम्भीर स्वभाव विशुद्ध यथार्थवादी सोचाइको कारण राजनीति एवम् सामाजिक क्षेत्रबाट पुरस्कृत हुने सुअवसर प्राप्त हुनेछ। महत्वपूर्ण कार्यसम्पन्न गरी आर्थिक आर्जन गर्न सकिने छ। देश देशान्तरबाट उपहार कोसेली प्राप्तिले उत्साह उम· बढ्ने छ। पर्ढाई लेखाई एवम् प्रतिभाका कार्यबाट पुरस्कृत हुने अवसर मिल्ने छ। कानुनी एवम् न्यायिक कार्यमा सफलता मिल्ने छ। तन्त्रमन्त्र एवम् पुण्यकर्ममा सिद्धि मिल्ने छ। पूजा आज धार्मिक कृत्यमा ध्यान जानेछ।

मीन (दी दु थ झ ञ दे दो चा ची)

मीन राशिको अधिपति देवगुरु वृहस्पति रहेका छन् भने नक्षत्र स्वामीको रुपमा वृहस्पति शनि, बुध ग्रहहरु रहेका छन्। यो वर्ष राशि स्वामी वृहस्पति ग्रहको चाल अनियन्त्रिक रहेको छ। कहिले उल्टोबाट हिँड्दछन् भने कहिले अनियन्त्रित रुपमा ज्यादै श्रि्र रुपले हिड्दछन् तुला राशि हुँदै वृश्चिक र धनु राशिमा समेत एकै वर्ष (३) तीन राशिमा वृहस्पति ग्रहको चाल रहने छ।

पुराणअनुसार मिन राशिलाई समुद्र जलाशय र पवित्र नदीहरु क्षेत्रलाई जनाउछ। सूर्य राशि अनुसार चैत्र महिना मिन राशिमा पर्दछ मीन राशिका व्यक्तिहरु आध्यात्मिक विचारधारका रहेका हुन्छन्। विनम्रता, करुणा, दया, मिठास अभिव्यक्ति, संवेदनशील, शान्त व्यहवार यस राशिका व्यक्तिहरुको विशेषता हो। कलाकृति एवम् आध्यात्मिक कार्यमा सरोकार रहने विशेष गुण रहेको हुन्छ।यस राशिका व्यक्तिहरु समाजमा आदर्श स्थापित गर्ने श्रद्धालु इश्वरभक्ति सामाजिक परम्परालाई अनुसरण गर्ने प्रवृत्तिले गर्दा यो राशिका व्यक्तिहरु प्रतिष्ठित बन्न सवल हुन्छन्। असार २६ गते सम्म यो राशिका व्यक्तिहरुलाई सामान्य अवस्था रहेको छ। असार २६ गतेबाट फाल्गुण २५ गतेसम्म राशिको मालिकको पूर्णदृष्टि पर्ने छ। शैक्षिक गतिविधिमा समर्पित भएका व्यक्तिले विशेष उपलब्धी गरी समाज र देशमा आफ्नो प्रभावपार्न सक्षम हुने छन्। पर्ढाई लेखाई, कला नृत्य एवम् सांस्कृतिक कार्य गरी समाजमा प्रस्तुत हुँदा पुरस्कृत बन्ने सम्भावना रहेको छ। चिठ्ठा पर्ने पुरस्कृत बन्ने अवसरले उत्साह उम· बढ्ने छ। छोराछोरी एवम् विद्यार्थी वर्गको विशेष उपलब्धिले खुशियाली बढाउने छ। फाल्गुण २५ पश्चात् समय मध्यम रहने छ।

Related News

सम्बन्धित समाचार

hero news full width