धर्म र संस्कृति राष्ट्रका धरोहर हुन्

झपट बहादुर थापा
असाेज २८, २०७६

आन्दोलनको पछिल्ला दिनहरूमा राजसंस्थालाई विस्थापित गरेपनि देश र जनताको मायाको खातिर शुभकामना दिनु भनेको राष्ट्र एकीकरणको सन्तान हुनाको नाताले सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिनु खुसीको विषय हो।

हाम्रा चाडपर्वहरू साउने संक्रान्ति, जनै पूर्णिमा, शिवरात्रि, श्रीस्वस्थानी, छठ पर्व, बुद्ध जयन्ती, क्रिसमस र इद हुन्। नेपाली हिन्दु नारीहरूको महान मौलिक चाड तीज हो। सोह्र श्राद्ध, ईन्द्रजात्रा, गाईजात्रा आदि हाम्रा धेरै चाढ पर्व र मौलिक संस्कृतिमा पर्दछन्। सोह्र श्राद्धमा आफ्ना पितृहरूको सम्झना स्वरुप पिण्ड नदिए सम्म विजयादशैं मनाउन हुदैन। देवता रिसाएमा केही हुन्न तर पितृ रिसाएभने घरमा बेढङ्ग आई लाग्दछ भन्ने विश्वास छ। त्यसपछि दशैंको पहिलो दिन घटस्थापना देखि देवीहरूको पूजा अर्चना हुन्छ। यस विषयमा हिन्दुहरूले देवीको रुपमा स्त्री जातिको पूजा गरेका होलान्। स्त्रीलाई शक्ति रुपमा मान्यता दिएको जस्तो लाग्दछ।

हिन्दु धर्मावलम्बीहरू दशै, तिहार र छठलाई खुबै मान्दछन्। नेपालीहरू सात समुद्र पार भएपनि आफ्नो मान्यजनहरूबाट आशिर्वाद थाप्न आतुर देखिन्छन्। जहाँ भए पनि कोजाग्रत पूर्णिमासम्म भए पनि आफ्नो गन्तब्य स्थानमा उपस्थित हुन्छन्। नेपालीहरूले एक आपसमा शुभकामना आदान प्रदान गर्छन्। यसमा अन्य धर्मावलम्बी मित्रहरूबाट पनि शुभकामना आउँछ।

राष्ट्र अध्यक्ष, राष्ट्र प्रमुख पूर्व राष्ट्र प्रमुखबाट शुभकामना दिने चलन छ। आन्दोलनको पछिल्ला दिनहरूमा राजसंस्थालाई विस्थापित गरेपनि देश र जनताको मायाको खातिर शुभकामना दिनु भनेको राष्ट्र एकीकरणको सन्तान हुनाको नाताले सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिनु खुसीको विषय हो।

आशीर्वाचन

आयु द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राधवे

ऐश्वर्यं नहुषे गतिश्च पवने, मानञ्च दुर्योधने

शौर्यं सान्तन्वे बलंहलधरे सत्यं च कुन्ती सुते

विद्वानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे

माथिको संस्कृत श्लोकमा के उल्लेख गरिएको छ भने मान्यजनबाट टीका लगाईदिने कार्य हुँदा महिलाको लागि महाकाली भद्रकाली …… भनेर आशिर्वाद र टीका सहित जमरा दिईन्छ, तर पुरुषलाई द्रोणाचार्यको छोरा अश्वत्थामा झैँ दीर्घायु अर्थात दीर्घजीवी भए। राजा दशरथले जस्तै प्रशस्त धन सम्पत्ति कमाए। भगवान रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सके। राजा नहूषको बराबर ऐश्वर्य होस्। सन्तनुको छोरा भीष्म पितामह जस्तो पराक्रमी बने। बलरामको जस्तो बल रहोस्। कुन्तीको छोरा युधिष्ठिरको जस्तै सत्यता रहोस्। विदुर जस्तै नीतिवान बने। भगवान् नारायणको जस्तो सुनाम रहोस्। यो आशीर्वाचन महाभारतको युद्ध पछि चलनमा आएको हो।

अब यस लेखमा हामी हिन्दु धर्मावलम्बीहरूको धर्मसंग तुलना गर्न खोजिएको छ। यहाँ पहिलो प्रसँग जापानीहरूको धर्म बारे लेख्दै छु। जापानीहरू आफ्नो राष्ट्रप्रति समर्पित हुन्छन्। यीनिहरू देशलाई घात प्रतिघात गर्दैनन्। दोश्रो विश्व युद्धमा बर्माको जंगलमा शत्रु पक्षले घेरा हाल्यो भने हारा किरो गरेर आफ्नो पेट आफैले राईफलका संगिनले चिरेर मर्दथे। काखीमा बम भिरेर कुशल विमान चालक शत्रुको पानीजहाजको चिम्नीमा पसेर ध्वस्त गरी आफ्नो जीवन राष्ट्रको लागि बलिदान दिन्थ्ये।

जापानी आफ्नो प्यारो राष्ट्रलाई निपोन पनि भन्ने गर्दछन्। यो धेरै पुरानो शब्द हो। त्यसको महिमा उदाईरहेको सूर्य भन्दछन्। जापानीहरूको त्यो पुरानो आस्था र विश्वास हो। सूर्य देवीले आफ्नो नातीलाई जापानको पहिलो वादशाह बनाएकी हुनाले अहिले सम्म पनि जापानी राज संस्थाले आफूलाई सूर्य वंशीको सन्तान मान्दछन्।

छैटौ सताब्दीमा बुद्ध धर्म कोरिया र जापानबाट फैलियो। जापानको पुरानो धर्म सिन्तो हो। जापानीहरूले बुद्ध धर्म अंगिकार गरेपनि सिन्तो धर्मलाई निरन्तरता दिए। आदिमकाल देखि अहिले सम्म जापानीहरू प्रकृतिका पूजारी हुन्। उनीहरू पनि शिला र चट्टानमा शक्ति हुन्छ भनेर विश्वास गर्दछन्। जापानीहरू दिवंगत बहादुरहरूको आत्मा र आफ्ना पुर्खाहरूको आत्माको पूजा गर्दछन्। हाम्रो र जापानीहरूमा यती मात्र फरक छ की हामीहरू आफ्नो ४ पुस्ता सम्मका पितृहरूलाईश्रद्धा प्रकट गर्दछौ भने उनीहरू बहादुर र पुर्खाहरूको आत्मालाई सम्झेर श्रद्धा प्रकट गर्दछन्। यो विषय जापानीहरूको प्राकृतिक पूजा जस्तै हामीहरू ढुंगाको पनि पूजा गर्दछौं।

जापानीहरूको विद्यमान अवस्थामा चलेका पर्वहरू यस प्रकार छन्।

हाट्सु मोड (नयाँ वर्षको दिन मन्दिर जाने)

ओसो गाट्सु (नयाँवर्ष जापानीहरूको महत्वपूर्ण दिन)

हिना माटसुरो (खेलौना तथा केटीहरूको उत्सव)

साकुरा (पैयूँको फूल फुल्दा रमाउने पर्व)

टेक (विशेष गुण भएको लचकदार बाँस पर्व)

कोइतो पुरीः (परम्परा अनुसार माछाको आधारमा ध्वजापताका भएका युवाहरूको पर्व आकाशमा उडाउने।

टायुः (जापानीहरूको धान रोपाई)

रानावाटाः (लुनार पात्रो सम्बन्धी पर्व)

माटसुरीः (भोज खानु र खुवाउनु)

किमोनोः (नयाँ वर्षमा केटीहरूले सप्तरङ्गी कपडा लगाउने)

साराको कोवाचीः (सुन्दर तरीकाले वनाईएका टेवुलमा सजाउने माटाका भाडाहरू)

नेकोः (जनावरप्रति माया)

चान वाराः (केटाकेटीले तरवार चलाउने पर्व)

सुमोः (जापानीहरूको कुस्ती खेल)

क्राईस्ट जन्मनु भन्दा ५५१ वर्ष पहिले चीनका विश्व प्रसिद्ध गुरु कुङ्गको मृत्यु पछि उनको ठूलो गुनगान भयो। एक जना वादशाहले कुङ्गले लेखेका पुस्तकहरू चीनको धर्मको जग मान्नु पर्दछ भनेर झ्याली पिटेपछि लगभग २, ००० वर्ष सम्म उनका लेख तथा रचनाहरू विद्यालयका पाठ्यपुस्तकहरूमा समावेश भए। तर उनलाई ईश्वर भनेर पूजिएन। उनका लेख तथा रचनाहरूलाई पवित्र मानियो। उनका पवित्र उपदेशहरू अनुरुप प्रत्येक व्यक्तिले आफ्ना बाबुआमा, बाजेबजै र अन्य पुर्खाहरूलाई पुज्नु पर्छ भनेका थिए। आजसम्म पनि हाम्रो हिन्दु धर्मले त्यही विषयलाई निर्देशित गरिरहेको छ। हामीले हाम्रा पूर्वजहरूको योगदान र अनुभवहरूलाई आत्मसात गरेनौँ परम्परा र धर्म संस्कृतिको संरक्षण गरेनौ भने हामी कुहिरोको काग हुनेछौं।

लेखकः तत्कालीन सराङ्गकोट गा.वि.स. का पूर्व अध्यक्ष हुन्। सं.

Related News

सम्बन्धित समाचार

hero news full width