‘देवघाट महाकाव्य’

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७०

‘देवघाट’ महाकाव्य

लेखक निराजन पन्त।

प्रकाशन स्वयम्।

प्रथम संस्करण-२०७० गुरुपूणिर्मा

पृष्ठ १६८, मूल्य रु.२००/-

चितवन र नवलपरासी जिल्लाको दोसाधमा पर्ने तनहूँ जिल्लाको दक्षिणी भेक प्रायद्वीपको आकारमा रहेको छ। यो ठाउँको पूर्र्वी भागबाट त्रिशुली नदी क्रमशः बुढी गण्डकी, दरौंदी, मादी, मस्र्याङ्दी र सेती नदी साथमा लिएर प्रवाहित हुँदै देवघाटसम्म आइपुगेको छ भने पश्चिम भागमा कृष्ण -काली) नदी एक्लै प्रवाहित भएर यही देवघाटसम्म आइपुगेपछि त्रिशुली र काली नदी एक आपसमा स·म (भेटघाट) भएर नारायणी नदीको रुपमा प्रवाहित हुँदै ग·ा नदीमा भेटिन पुगेको छ। ग·ा नदीको अन्तिम विश्राम बङ्गालको उपमहासागर हो।

काली नदीको उद्गम स्थल मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ हो भने त्रिशुली नदीको उद्गम स्थल रसुवाको गोसाईं कुण्ड हो। कालीको उद्गम स्थलमा मुक्तिनाथ, विष्णु भगवानको मन्दिर छ भने त्रिशुलीको उद्गम स्थल गोसाइकुण्ड शिवजीको जलाशय हो। विष्णुलाई संस्कृत भाषामा ‘हरि’ र शिवलाई ‘हर’ भनिने हुँदा देवघाटको अर्को नाउँ “हरि-हर क्षेत्र’ पनि भनिन्छ। देवघाटलाई अर्को अर्थमा भन्दा यो सप्त गण्डकी (त्रिशुली, बुढी, दरौदी, मादी, मस्र्याङ्दी, सेती र काली) को पनि स·म स्थल हो। यसैले ‘देवघाट’ अनादिकालदेखिको पवित्र तीर्थस्थल, पुण्यधाम हो।

हरि-हर क्षेत्र अन्तर्गतको नदीहरूमा गण्ड ऋषि, कश्यप ऋषि, काकभुसुण्डी, पुलस्य ऋषि, जडभरत, देवघाट ऋषि, रुख कन्याका साथै शैव, वैष्णव र शाक्त सम्प्रदायका हजारौं सन्त मुनी र तपस्वीहरूले तपस्या गर्दै आएको जनश्रुति पाइन्छ। देवघाटमा सोह्रौं शताब्दीका पाल्पाली राजा मणि मुकुन्दसेन, परमहंश स्वामी गलेश्वर बाबा, परमहंश स्वामी परमानन्द, योगी नरहरिनाथका साथै वर्तमान समय महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी, श्री १००८ स्वामी डा. रामानन्द गिरी र श्री १००८ स्वामी ज्ञानानन्द गिरीले वैदिक धर्मको अनुष्ठान गर्दै मठ, मन्दिर, धर्मशाला महाविद्यालय, पुस्तकालय, गौशाला, यज्ञशाला, वृद्धाश्रम आदि निर्माण गरेर पुष्प वाटिका र पवित्र वनस्पतिद्वारा सुसज्जित गराएर तीर्थयात्रीहरूका निम्ति आकर्षण तीर्थस्थल बनाएका छन्।

माघे सङ्क्रान्तिमा देवघाटमा ठूलो मेला लाग्छ। अन्य समयमा पनि देवता र पितृहरूको पूजा पिण्डदान सप्ताह पुराणको निम्ति भक्तजनको आवागमन भइरहेको पाइन्छ। यहाँ कल्पवास गर्ने र स्थायी रुपमा बसोबास गर्ने भक्तजनहरू पनि छन्।

देवघाटका बारेमा परिचय दिने स्तोत्र, पुस्तकहरू नक्सा र चित्रहरू त धेरै अघिदेखि नै प्रकाशना आएका देखिन्थे। यो २०७० सालमा भने ‘देवघाट’ महाकाव्यको वर्णात्मक पुस्तक पनि प्रकाशमा आएको देखिएको छ। यसका रचयिता निराजन पन्त हुन्। १६ सर्गमा लेखिएको देवघाट महाकाव्य अन्तर्गत कूल १६८ पेज छन्। सुरुमा डा. स्वामी रामानन्द गिरीको आशीवर्चन छ र क्रमशः राष्ट्रकवि माधव घिमिरेको शुभाशंसा, प्रा. राजेन्द्र सुवेदीको ‘देवघाट महाकाव्यः प्राग्दृष्टि’ र लेखकको मन्तव्य छन्। महाकाव्यको नायकको प्रतीक देवघाट हो भने यसका अ·प्रत्य·मा हरि-हर तीर्थका विशेषता दर्शाइएको छ। कृष्ण गण्डकीको शाल्रि्राम महात्म्यका साथै यसमा तपस्या गर्नेहरूले कुण्डलिनी चक्र भेदन गरेर मोक्ष पाएका र पाउन सकिने विश्वास प्रकट गरिएको छ।

एउटा कविता हेरौं :

यी षटचक्र समेत भेदन गरी वग्दैरहन्छिन् सधैं

उठ्छन्, फुट्न भनेर मात्र जलका फोकाहरू दिनदिनै।

यी हुन् कुण्डलिनी गरेर रहने

षटचक्रको भेदन

ब्रह्मानन्द मिठासयुक्त गतिको चाखेर संवेदन।

राष्ट्रकवि माधव घिमिरेको शब्दमा-‘यो काव्य सुन्दा म पुलकित भएँ’ कुन कुराले भने यही भौतिकतालाई टेकेर आध्यात्मिकताको वर्ण जो भएको छ त्यो नै एउटा आर्श्चर्यको कुरा हो’

प्रा. राजेन्द्र सुवेदीका शब्दमा – ‘प्रसाद गुण अवलम्बन भएको प्रस्तुत काव्य सहज र स्वाभिमान पर्न आएका अलड्ढारहरू निकै विशिष्ट रुपमा उपयोग भएका छन्’।

मेरो दृष्टिमा यो महाकाव्यले ‘सत्यम् शिवम् सुन्दरम्’ को जुन मूतरूप लिनु पर्थ्याे त्यो लिन सकेको छैन। हिमाल पहाड र नेपाली कला संस्कृति तथा ऐतिहासिक जनजीवनको सचित्र वर्ण नभएको हुँदा देवघाटमा मात्र केन्द्रित यो महाकाव्यमा हृदय रसाउने सरसता पाउन सकिँदैन। आध्यात्मिक दृष्टिले भने यसको छुट्टै विशेषता छ।

Related News

सम्बन्धित समाचार

hero news full width