दुईदलीय व्यवस्थामा राजनीतिक दल

तिलकप्रसाद आचार्य
फागुन २७, २०७५

राजनीतिक दलहरुको शुरुआत वेलायतबाट भएको हो वेलायतमा राजालाई अधिकार दिने कि नदिने कुरामा विवाद भएको थियो। दुईओटा पार्टीको व्यवस्थाको शुरुआत भयो। राजालाई अधिकार दिनुपर्दछ भन्ने कन्जर्भेटिभहरुको कन्जर्भेटिभ पार्टी र राजाको अधिकार घटाउनु पर्दछ भन्नेहरुको लिवरल पार्टी वन्यो। हाल लिवरल पार्टीभन्दा लेवर पार्टी वलियो छ।  लिवरल पार्टी तेश्रो स्थानमा छ। कन्जरभेटीभ र लेवर पार्टीले आलोपालो सरकार संचालन गर्दछन्। दुई दलीय प्रणाली संचालित छ। अमेरिकामा पनि धेरै पहिले देखि दुई दलीय व्यवस्था कायम छ। दक्षीण पन्थीको रुपमा रिपव्लिकन पार्टी छ। उदारवादी पार्टीको रुपमा डेमोक्रयाटिक पार्टी छ। सयौ वर्ष देखि यी दुई पार्टीमध्ये कहिले कुन पार्टीको कहिले कुन पार्टीको राष्ट्रपति हुन्छन्। हाल रिपव्लिकन पार्टीको राष्ट्रपति छन्। प्रतिनिधि सभामा डेमोक्रयाट पार्टीको बहुमत छ।

भारत १९४९ मा अंग्रेजी शासनबाट मुक्त भै स्वतन्त्रता प्राप्त गरेपछि लामो समयसम्म भारतीय काँग्रेसको एकलौटी प्रभुत्व थियो। भारतीय संविधान बनेपछि संविधानप्रति असन्तुष्टि जनाउदै श्यामाप्रसाद मुखर्जीले जनसंघ भन्ने पार्टी खोले। त्यसपछि समाजवादी दल जनतादल अदि पार्टी खुले। प्रदेशहरुमा छिटफुट अन्य पार्टीहरुले सरकार बनाएपनि केन्द्रमा भारतीय काँग्रेसको सरकार बन्ने गर्थ्यो। काँग्रेसमा फुट भएपछि इन्दिरा काँग्रेस र संगठन काँग्रस बनाइए। इन्दिरा गान्धीकै पालामा जन संघ जनता दल अदि पार्टी मिलेर चुनावमा सरकार वनाएका थिए। सवै पार्टीहरु मिलेर भारतीय जनता दल बनाए मोदीको प्रधानमन्त्रित्वमा हाल सो पार्टीको सरकार छ। केही महिना अघि ५ प्रदेशहरुमा भएको निर्वाचनमा काँग्रेश आईले बढी स्थानमा विजय हासिल गरी सरकार समेत बनाएको छ। सानासाना क्षेत्रीय पार्टीहरुले प्रदेशमा सरकार वनाउने केन्द्रमा काँग्रेस आई र भारतीय जनता पार्टीको रस्साकस्सी छ। भारतीय राजनैतिक क्षेत्रमा दुई दलीय प्रणालीले अग्रता हसिल गर्दै गएको छ।

अष्ट्रेलियामा दुई दलीय प्रणाली दिगो हुँदै अएको छ। जर्मनमा दुई दलीय प्रणाली रहेको छ। मेक्सिकोमा दुई दलीय प्रणाली छ। दक्षिण अफ्रीकामा सरकारमा एकदल रहेता पनि अर्को दल पनि विकसित हुँदैछ। स्पेनमा दुई दलीय प्रणाली छ दुईओटा दलहरु सशक्त रुपमा रहेका छन्। वेल्जियममा वामपन्थी दक्षिणपन्थी दुई थरी पार्टीहरु छन्। स्वीटजरलैण्डमा स्वीस पार्टीको सरकार छ’ अरु पार्टी पनि छन्। सर्वदलीय सहमतिका आधारमा सरकार संचालित हुन्छ। रुसमा युनाइटेड डिमोक्रयाटिक संयुक्त प्रजातन्त्र पार्टी सत्तामा छ। विपक्षीमा कम्युनिष्ट पार्टी छ राष्ट्रपति शक्तिशाली हुन्छ। रुसको संविधान अनुसार दुई भन्दा वढी समय राष्ट्रपति हुन नपाउने व्यवस्था गरिएको छ। दुई पटक राष्ट्रपति भई सकेको पुटिनले वीचमा एक पटक अर्को व्यक्तिलाई राष्ट्रपति वनाई पुन राष्ट्रपति भएका छन्। अन्य राजनीतिक पार्टीको विकास भएको छैन। पाकिस्तानमा लामो समय देखि दुई दलीय प्रणाली चल्दै आएकोमा हाल मात्र तेश्रो इमरान खानको दल सत्तामा पुगेको छ। विश्वमै दुई दलीय व्यवस्था संचालित हुने संभावना वढ्दै गएको छ।

नेपालको सन्दर्भमा २००७ सालसम्म राणाहरुको अधीनमा सत्ता चलेको त्यसपछि २००७ साल देखि २०१७ सालसम्म दुईभन्दा बढी राजनैतिक दल रहेका थिए। २०१७ पौष देखि १ देखि २०४७ सालसम्म राजनैतिक दलहरु माथि प्रतिवन्ध लगाइयो। ३० वर्षसम्म निर्दलीय पंचायति व्यवस्था कायम रह्यो। राजा महेद्र र राजा विरेन्द्रको शासन कायम रह्यो २०४७ सालमा बहुदलीय व्यवस्था स्थापित भयो। नेपाली काँग्रेस र ऐ.मा. ले. कम्युनिष्ट पार्टी प्रमुख दुई दल मुख्य दलको रुपमा स्थापित भए। अन्य राजनीतिक पार्टीहरुले झिनो रुपमा संसदमा प्रतिनिधित्व गरे।

२०४८ को निर्वाचनमा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस पार्टीले बहुमत प्राप्त गरयो। २०५१ को निर्वाचनमा ए .मा.लेः. सवैभन्दा’ ठूलो दल वन्यो। २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरयो र ए.मा.ले. दोस्रो पार्टी भयो। २०६४ मा सम्पन्न संविधान सभाको निर्वाचनमा माओवादी पहिलो, दोस्रो काँग्रेस र तेस्रो ए.मा.ले. बन्यो। २०७० को संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेस पहिलो ए.मा.ले. दोस्रो र माओवादी तेस्रो पार्टी वन्यो। ऐ.मा.ले. र माओवादी मिलेकाले सिंगो नेपाल कम्युनिष्ट पार्टीको रुपमा २०७४ सालको निर्वाचन लडेकोले ने.क.पा. ले करिव दुई तिहाई मत प्रप्त गरयो। काँग्रेस झिनोमत प्रप्त गरी प्रतिपक्षी पार्टीको रुपमा रहेको छ। रा.प्र.पा. वैधानिक पार्टी पनि बन्न सकेको छैन। २०४८ सालदेखि हालसंम्म भएको निर्वाचनमा दुई दलीय प्रणालीको रुपमा राजनीतिक विकास क्रम अघि बढेको छ।

दक्षीणपन्थी राजवादी राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो दोश्रो पार्टी बन्न सक्ने संभावना न्यून छ। नेपाली काँग्रेसको देशव्यापी संगठन हुँदा अहिलेको दोश्रो पार्टी भन्दा तल झर्ने संभावना कम छ। वाम एकताको पक्षमा गत २०७४ सालको आम निर्वाचनमा व्यापक जन लहर थियो। वर्तमान वाम सरकारले निकै राम्रो काम गरेको दावी गर्ने गरेता पनि विपक्षी पार्टी र वौद्धिक जगतले सरकार असफल भएको भनी आलोचना गर्ने गरेका छन्। आगामी दिनको काम कारवाहीबाट सरकारको परीक्षण हुने छ। ने.का.प. को वर्तमान पोजिसन भविष्यमा रहने नरहने कुरा भविष्यमा उनीहरुले गर्ने कामले निर्धारण गर्ने छ।

अन्य राजनैतिक पार्टी मध्ये राजावादी पार्टी रा.प्र.पा. को दुईओटा दल छन्। दुवै पार्टी एक भएमा तेश्रो पार्टीको रुपमा स्थापित हुन सक्छ। सशस्त्र १० वषे माओवादी जनयुद्धका नायक बाबुराम भट्टराईले कस्तो मार्कसवाद पढे। उनलाई के भन्ने ? वामपन्थी की दक्षिणपन्थी उनको वैचारिक विचलन भएको हो। काँग्रेसको सहयोगमा एक संसदीय र प्रदेशमा दुई सिटमात्र जित्नु उनका लागि ठूलो पराक्रम हो। उनी वामपन्थी वैचिरक घेरा भित्रै रहेवसेको भए उनको प्रतिष्ठा हुन सक्थ्यो। उनी घर न घाटका भएका छन्। उनको राजनीतिक अस्तित्व समाप्त प्राय भएको छ। उनको जनशीक्त पार्टी पनि अस्तित्वहीन हुँदै आएको छ। प्रसिद्ध पत्रकार रविन्द्र मिश्रले विवेकशील पार्टी खोलेका र उज्वल थापा संग मिलाए रन्जु दर्शनालाई काठमाण्डौ उपमेयरमा उठाएर राम्रै भोट पाए। तर पार्टी अघि वढ्छ कि भन्ने अवस्थामा विवेकशील टुक्रिएर दुई पार्टी बनेर अस्तित्व गुमाएको छ।

नेपालमा पनि वेलायत अमेरिका भारत आदि देशहरुमा झैँ दुई दलीय प्रणाली नै उपयुक्त हुँदै गएको छ। दुईओटा पार्टीहरु मिलेर वामपन्थीहरुको एउटा पार्टी प्रजातन्त्रवादीहरुको अर्को पार्टी दुई पार्टी प्रणाली विकिसत हुँदै जानु राम्रो कुरा हो। दक्षिणपन्थी पार्टीमा लाग्ने वाहेक अन्य राजनैतिक बौद्धिक व्यक्तिहरु साना साना टुकडीमा विभाजित हुनभन्दा यी दुई ठूला राजनीतिक समूहमा प्रवेश गरेर राजनैतिक चिन्तन र जनसेवाको काम अघि बढाउनु आजको नेपालको अवश्यकता हो। अन्य नेपालमा खोलिएका सानासाना राजनीतिक पार्टीहरुको कुनै अवश्यकता छैन र क्षेत्रीयतावादी मधेशवादी पार्टीहरुको अस्तित्व पनि घट्दै गएको छ। सरकारमा रहेको र प्रतिपक्षीमा रहेका मिलेर देशलाई देशलाई पूर्ण विकसित र समृद्ध बनाउनु अभियानमा लाग्नु आजको आवश्यकता र कर्तव्य हो।

(लेखक वरिष्ठ अधिवक्ता हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width