तीज हाम्रो संस्कृति हो, फेशन होइन

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७०

भनिन्छ, ‘ नारी आमा हुन् नारी घरकी देवता हुन्’ नेपालमा नारीहरूले मनाउने चाडवाडमध्ये तीज सबैभन्दा महत्त्वपूर्ण र ठूलो चाडको रूपमा लिइन्छ। साँच्चै तीजलाई एउटा आफन्तको बीचमा मीठो सम्बन्ध साथै नारीहरूको सम्मान अनि उनीहरूको भावना, विचार, खुसी, एकअर्कामा आदान-प्रदान गर्ने पर्वको रूपमा पनि लिन सकिन्छ। परापूर्वकालमा तीजलाई एउटा विवाहित नारी पराईघरमा गइसकेपछि जुनसुकै बेला माइतमा आउने अवसर नमिल्ने हुँदा र दिदीबहिनीको बीचमा एकैचोटी आपसमा भेटघाट नहुने हुँदा त्यस कुरालाई ध्यानमा राखी पराईघरबाट माईत आउने मौकाको रूपमा तीजलाई मनाउने परम्पराको थालनी भएको हो। एक आपसमा मीठो माया, स्नेहता, भेटघाटको महत्त्व बोकेर सुरुवात भएको तीज आज आएर एउटा फेशन र विलासिताको चाडको रूपमा दिन प्रति दिन विकास भइराखेको छ। नारीहरूको पीर-व्यथालाई सबै सामु साटासाट गर्ने र सबै दुःख अनि समस्यालाई भुलाई खुसी ल्याउने चाडको रूपमा अगाडि बढ्नुपर्ने हो, तर आज ठीक त्यसको उल्टो भएको छ। आफूसँग भएको धन-सम्पत्ति, सुन-चाँदी, रूपैया-पैसा अनि फेशन प्रदर्शनको रूपमा विकास हुँदै गइरहेको कुरा हामी सबैको अगाडि प्रष्ट भएको कुरा हो।

यो चार्डपर्वको एकपल्ट एक निश्चित समयमा आउने र जाने गर्दछ। यसको एउटा ठीक समय तिथि तोकिएको हुन्छ। त्यही समय, तिथिमा मान्ने परम्परा भए पनि आज आएर यो चाडको खिल्ली उडाइराखिएको छ, यसको बहूमुल्य महत्त्वलाई अवमूल्यन गरिँदैछ, यसको मान-सम्मान हैन अपमान गरिँदैछ, दिन-दिन तीजको नाम अनि पर्वको कुरालाई लिँदै नारी-नारीबीचको विभेद समाजमा फैलाउने अनि धनी र गरिब परिवारको बीचमा नारीको अन्तरभेद देखाउने काम हुदैँ गइरहेको छ। सुख सम्पत्तिमा सौखिनताका साथ जीवन विताउने सम्पन्न परिवारको नारी र सधैँ दुःख, कुटो-कोदालो, दाउरा, घाँस, बनिबूतो गरेर आफ्नो जीवन चलाउने नारीको खिल्ली र अपमान गर्ने प्रचलन अहिले तीजले निम्त्याएको छ।

त्यतिमात्र हैन एउटा मानव समाजलाई नै २ भागमा विभाजित गरी र·भेद गरिँदैछ, विश्वसामु नेपाली नारीहरूको अन्तरभेद ना·ो पारिदैछ। त्यसैले यसले विकृति र विस·तिका रूपमा हाल विकास हुँदैगरेको यो खालको पर्व र प्रचलनलाई सदाको लागि अन्त्य गरी खास त्यसको अस्तीत्व बुझेर जोगाइराख्नु आजको एक आवश्यकता हुनेछ। यदि बेलैमा यस्ता कुराप्रति नेपाली नारी र नेपाल सरकार सचेत नहुने हो भने हाम्रो राष्ट्र र राष्ट्रियताको पहिचान झल्कने चार्डपर्व सबै भोलि हराई जानेछन् त्यसलाई फेरि विदेशबाट खोजि ल्याउनुपर्ने अवस्था सृजना हुनेछ।

चार्डपर्व जहिले पनि एउटै किसिमको हुन्छ। समय र अवस्थामा हाम्रो संस्कृति परिवर्तन हुँदैन तर आज-भोलि नेपाली नारीहरूले मनाउने यो चाड एउटा रिमिक्स, आफ्नै तालको पर्वको रूपमा देखा परिराखेको छ। किनभने ती कुनै पर्व आउनु भन्दा १ महिना अगाडिदेखि त्यसलाई पर्वको रूपमा मनाउने प्रचलन आउनु यसलाई पर्वको रूपमा लिन सकिँदैन, त्यसलाई त पर्वको नाममा खिल्ली र अपमान गरेको ठहरिने छ। अब खास तीज तोकिएको समयलाई मान्ने कि एक महिना अगाडिदेखि मान्ने प्रचलनलाई मान्ने – यो जटिल प्रश्न छ। सबै नारीको तीज पर्व त यहाँ एउटै हुनु पर्ने हो किन यसो भएन ? हुने-खानेको लागि १ महिनाभरि तीज पर्व हुने र नहुनेको लागि १ दिन तीज पर्व हुन्छ यो कुरा समाजमा स्पष्ट हुनु आजको माग हो। कुनै पनि पर्व १ महिना अगाडिदेखि मानिँदैन यो कस्तो विकृति छाएको हाम्रो समाजमा यसको सही बाटोको पहिचान राज्यले गर्नुपर्‍यो भन्ने भनाइ मेरो रहेको छ।

‘ नानी जन्मनु कता हो कता पहिले कोक्रो बुनी झुन्ड्याएर हल्लाउनु जस्तै भएको छ यो हाम्रो तीज पर्व, न्वारन नगरी बच्चाको नाम राखेझैँ गरिरहेका छन्। आज तीजलाई हाम्रा नेपाली धनी र सौखिनतामा जीवन विताइरहेका नारीहरूले, यस्तो प्रवृत्तिको सदा अन्त्य हुनुपर्दछ, सबै नारी र पर्वलाई एउटै सुत्रमा बाँधिनुपर्दछ अनि मात्र सच्चा पर्वको रूपमा लिन सकिन्छ। आज ठूला-ठूला होटल र पार्टीप्यालेसमा धेरै धनराशि खर्च गरेर तडक-भडक झल्कने गरी फेशन, गर-गहना शो गरी मान्न थालिएको छ। यसरी मान्ने पर्वले के हाम्रो संस्कृति झल्किन्छ कि त्यसलाई मेटाउने काम गर्छ – यो मेरो प्रश्न। यसरी एकदिन पनि राम्ररी मान्न नसक्ने नारीहरू पनि यही हाम्रो समाजमा घाम जस्तै र्छल· छ, अब तिनीहरूलाई कस्तो लाग्छ, उनीहरूको हृदयमा विभेदको खाडल खनिन पुग्छ, खर्च गरेर मान्न नसकेपछि त्यो पर्वलाई मान्न छाड्छन् किनभने उनीहरूसँग धनराशी र सौखिनताको कमी हुनेछ। त्यसैले यस्तो कारणबाट भोलिका दिनमा हाम्रा पर्वहरू गरिब मानिसबाट हराउँदै जाने र धनी मानिसमा मात्र सीमित हुन जानेछ, त्यसैले यस्तो कुराबाट बचाउन र सबैको हैसियतमा समान तरिकाले पुर्‍याउन भड्किदो पर्वलाई कानुनले नै रोक्नुपर्दछ। एउटा नारीले अर्को नारीको जहिले पनि मान-सम्मान गर्ने गरौँ, धनको हिसाबले कसैलाई विभेद नगरौँ भन्ने कुरा हाम्रा सबै नेपाली नारीलाई म भन्न चाहन्छु।

हाम्रा अनेकौं चार्डपर्व छन्। जस्तै; दसैँ-तिहार, माघे-सङ्क्रान्ति जसरी एउटा निश्चित समयमा मान्ने गछौर्ं त्यसरी नै यो तीजलाई पनि एक तोकिएको समयमा सबै वर्गका नारीलाई समेटेर एउटा सार्वजनिक स्थलमा तीजको कार्यक्रम आयोजना गरी त्यहाँ हरेक वर्गका नारीहरूको सुख-दुःख, पीर-व्यथा, खुसी साट्ने काम गरौँ र सदा-सदा यो पर्वलाई जोगाई राख्ने सन्देशमुलक कार्यक्रम मार्फत् यसको जगेर्ना र प्रवर्द्धन गर्नु आजको आवश्यकता हो। धेरै खर्च गरी मनाउँदैमा गर-गहना र राम्रा लुगाले सजिदा मात्र चार्डपर्व मानिदैन, सबैको लागि पर्व एउटै हो। यसमा विभेद ल्याउने काम मानिस आफैले गरेका हुन्।

कुनै पनि धर्मशास्त्र वा पुस्तकमा तीजमा रातो साडी लगाउनुपर्ने गर-गहनाले सजिनुपर्ने, अनेकौं सोखिनताका बहुमूल्य गर-गहना पहिरन लगाई सजिनुपर्ने, पर्व आउनुभन्दा अगाडिदेखि त्यसलाई एउटा फेशनको रूपमा मानिनुपर्ने कुरा कुनै पनि पुस्तकमा मैले चाहीँ आजसम्म पढ्न पाईन त्यसैले वषेनी फेरिँदै नयाँ-नयाँ चलनको थालनी कहाँबाट कसले यहाँ भित्र्याउँछ यसको गहिरो अध्ययन गरी देश, समाज र वर्ग सबैलाई सुहाउँदो पर्वको रूपमा विकास गर्नु र विकृतिलाई रोक्नु राज्य र सरकारको मूल दायित्व हुनेछ। जहिले पनि हामीले आफ्नो देशको भूगोल सुहाउँदो र समाजमा रहेका हरेक वर्गका स्तरका मानिसलाई सुहाउँदो परिवेशमा हिँड्नु र चल्नु मानव जीवनको सही पहिचान झल्कने छ।

अन्तमा, म के भन्न चान्छु भने, हाम्रो संस्कृति र पर्वलाई सबैको आँखामा सुहाउँदो गरी मनाउँदै यसलाई बचाई राखौँ। एउटा नारीले अर्को नारीको जीवनमा विभेद र र·भेद ल्याउने गरी कुनै पर्व मनाउने काम नगरौँ। सबै चाड र सबै नारी एकै हुन् भन्ने भावनाको विकास हाम्रो व्यवहारमा देखाउने काम गरौँ। धनी र गरिबको खाडल मानव समाजमा खन्ने हैन त्यसलाई पुर्ने कामको विकास गरौँ सदा आफूलाई सानो र अरुलाई ठूलो ठानी एकले अर्काको अस्तित्वको रक्षा गर्ने बानीको विकास गरौँ, कुनै पनि उत्सव, चार्डपर्वलाई तोकिएको समय र दिनमा नै सुधारिएको मानव समाज झल्कने खालको सन्देश दिँदै मनाउने गरौँ, बोलीले मात्र होइन, हाम्रो हरेक व्यवहारमा समानताको पाठ सिकाउने काम गरौँ।

बाहिर भेष-भूषा र गर-गहनाले सजिएर सुन्दर हुनु भन्दा भावना, विचार, कर्म, दया र स्नेहताको, समानताको भावनाले सुन्दर र राम्रो सजिने काम गरौँ, बाहिर बोक्रा सुन्दर हैन भित्रको हृदय, भावना र मन सुन्दर हुनु मानवसमाजको लागि साँच्चैको सुन्दर हुनेछ। हरेक हाम्रा चार्डपर्वलाई खिल्ली उडाउने काम नगरौँ, सदा यसको जगेर्ना र अस्तित्व जोगाउने विचार र भावना बोकी अगाडि बढौं।

Related News

सम्बन्धित समाचार

hero news full width