तीज र विकृति

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७०

तीज हिन्दू नारीहरुकेा महान पावन पर्व हो। धेरै वर्षसम्म माइतीघरमा नगएका ८०/८५ वर्ष उमेरका बृद्वा महिलाहरुसमेत तीजमा लठ्ठी टेकी माइतीघरमा गई भाइ, भतीजा, बुहारी, माइतीलाई भेटी आफ्ना दाजुभाइ, भतीजा, बुहारी, माइतीलाई भेटी आफ्ना दाजुभाइ, दिदीबहिनीसँग दुःख-सुख बिसाउँछन्। बावुआमाले पनि विवाह भएका छोरीलाई तिनीहरुको घरमा गइ तीजमा बोलाउने चलन छ। ती विवाहिता छोरी पनि माइतीघरमा गई आफ्नो घरको राम्रो नराम्रो दुःख सुःखका कुरा आफ्ना बाबुआमा, दाजुभाइसँग बिसाउँने चलन छ।

माइतीघरका बाबुआमा दाजुभाइले आफ्ना-आफ्ना छोरी, नातिनातिना, भाञ्जाभान्जी, दिदीबहिनी, फुपू तथा अन्य नातेदारहरुलाई वर्षदिनको एकपटक घरमा बोलाइ दही, दूध, घीउ, माछा, मासु, काँक्राको अचार विविध परिकारहरु बनाइ दर खुवाउने चलन छ। दर खां’दा साँझ नपर्दै एकपटक, राति उजेलो नहुँदै एकपटक गरी दुर्इपटक आफूसक्दा मीठो बनाइ खुवाउने चलन छ। जुन कुरा हाम्रो समाजमा सबैलाई थाहा भएकै कुरा हो। तीजमा माइतीघरमा गइ आफूले बाल्यकालमा खेलेको घर आँगनमा बसी माइतीसँग दुःख-सुखका कुरा राख्दा चेलीहरुलाई मनमा शान्ति र आनन्द हुन्छ। तीज आनन्दपूर्वक मनाउने चाडका साथै हिन्दू नारीहरुको महान पावन चाड पनि हो।

तीजमा दर खाई ब्रत बसी पञ्चमीका दिनमा भगवान शिवको पूजा गर्ने र आफूखुशी दर खाने चलन पनि हाम्रो समाजमा प्राचीनकालदेखि चली आएको छ। यस पर्वको बेलामा चेलीहरुले गाउने चलन पनि छ। बाजेबजैबाट गरिएका दुर्र्व्यवहार पनि तीजको गीतमा धार्मिक परम्पराअनुसार ब्रतालु महिलाले भगवान शिवजीको व्रत बसी विवाह नभएका महिलाले योग्य पढे-लेखेको अखाद्य बस्तु नखाने, कूल घरानाको असल चालचलन भएको आफूले भनेको मान्ने वर मिलोस् भनी भगवान शिवसँग वर माग्छन्। विवाहिता महिलाले भने तीजमा निराहर महादेवको व्रत बसी आफ्ना पतिदेवको आयु लामोहोस् र घर परिवारको निरोगी बनी घर सम्पत्ति घरमा आओस् भनी भगवानसँग प्रार्थना गर्दछन्।

एक अर्थमा तीज खुसीयाली र मानी मनाई आफ्ना दाजुभाइ माइती भेट्ने दाजु भाइको घर बसी दर खां’दा चेलीहरुको मन आनन्द हुन्छ। आफू जन्मेहुर्केको माइती घरमा चेलीबेटी गई आफू खाएखेलेको घर-आँगनमा दरखाइ माइतीघरमा बाबुआमासँग दुःख-सुखका बच्चयनदेखिका कुरा गर्दा ती माइत गएकी चेलीलाई स्वर्गीय आनन्द हुने पर्व पनि तीज हो। तीजभन्दा ठूलो चाड हिन्दु नारीहरको निम्ति कुनै चाड नै हुँदैन। घरमा जति ठूलो काम भए पनि छाडी चेलीबेटीहरु तीजमा माइती घरमा जान्छन् र माइतीसँग दुःखसुखदका कुरा गर्छन्।

तीजमा माइतीघरमा गई माइतीसँग  मनका दुःखसुखका कुरा पोख्दा आनन्द आउं’छ। माइतीको घरआँगनमा बस्दा बाल्यकालमा खाएखेलेको चेलीलाई सम्झना आउँछ र आत्मीय आनन्द पनि हुन्छ। तीजमा बाबाआमा, दाजुभाइले आफ्ना दिदीबहिनी, भाञ्जाभाञ्जीलाई आफू सक्दो दूध, दही, माछा, मासु, दाल, भात, कां’क्राको अचार तथा अन्य विविध परिकार बनाइ पर्षको एकपटक घरमा बोलाइ आफ्ना चेलीलाई दर खुवाउं’दा ती माइतीलाई पनि आनन्द लाग्छ। डाँकेको चेली नआए ती बाबुआमा, दाजुभाइ, माइती, मावली पनि रिसाउँछन्। तीजजस्तो हिन्दू नारीहरुको महान पर्वमा प्राचीन संस्कृतिभित्र विकृति भित्रिएको छ। तीजजस्तो पावन पर्वमा विकृति भित्रिनु वडा दुःखलाग्दो कुरा हो।

प्राचीन परम्पराबाट मनाउने तीज पर्वमा लाखौं लाख पर्ने साडी कपडाहरु लगाउने भै अझै ऋण काढेर पनि २०/३० लाखको सुन, हिरा लगाउने, छड्के तीलहरि लगाउने, फेसन सो गर्ने कु-संस्कृति भित्रिएको छ। यस्तो कुसंस्कार भित्रिदा गरिब नेपाली बिहान बेेलुका छाक र्टार्न नसक्ने समाजमा कसरी तीज मान्ने पुगीसरी आउने। केही घनाढ्य वर्गसासु कसरी मुख देखाउने – यस्तो समाजमा कुसंस्कृति भित्रिनाले सर्वसाधारणको इज्ज्त नै राख्न नसक्ने अवस्था छ। साधारणले नयाँ चोलो पटुका फरिया वर्षमा एकपटक किन्न नसक्ने समाजको लागि यो ठूलो भयावह विकृति हो। यस्तो विकृतिलाई सबै मिली हटाउनु पर्छ। अहिलेको तीज फेसन शो जस्तो देखिएको छ। आफ्ना मान्यजन अगाडि लगाउनै नहुने आङ् नढाक्ने कपडा लगाइन्छ। त्यस्तो बढ्दो विकृतिलाई समाजले निस्तेज पार्नु पर्छ।

अको विकृति हो, महिना दिनअगाडि धनाढ्य व्यक्तिले ठूला-ठूला होटेल, पार्टीयालेसमा हजारौं जनालाई दर खुवाइन्छ। नेपाली समाजमा नसुहाउं’दो कुरा हो। महिनादिन दर खुवाउने, खानेजस्तो कुचलन बन्द गर्नुपर्छ। जबकि सर्वसाधारणले १०/१२ जना दिदीबहिनी, छोरी, नातिनातिना बोलाइ साधारणदर खुवाउन नसक्ने अवस्था अकोर्तिर छ। हजारौं जनालाई पार्टीप्यालेस र ठूला होटलमा महिनादिन भोज दर खुवाउँदा समाजमा नकारात्मक असर पर्छ। त्यसैले त्यस्तो समाजमा नसुहाउने कुप्रथाको दर खुवाईलाई समाजबाट हटाउनुपर्छ। महिना दिनअगाडि देखि टिभिमा देखिन व्यक्तिगत हजारौं रुपैयाँ खर्च गरी डिस्को डान्स, दोहोरीगीत गाउने, आफ्नो संस्कृति छाडी हिन्दी फिल्म गीत गाएर त्यही गीतमा गाउने नाँच्ने गर्दा हाम्रो प्राचीन संस्कृति ना“चगान समाप्त हुन्छ।

त्यसैले त्यस्तो डिस्कोडान्स, दोहोरी गीत गाउने तथा अस्लील गीत टिभिमा देखाउन बन्द गरिनुपर्छ। अहिलेका महिला पढी शिक्षित भइसकेका छन्। समाजको यस्तो नचाहिँदो कुसंस्कार बढेकोले समाज, राष्ट्रमा नकारात्मक भावनाको बृद्वि हुँदै गएको छ। प्राचीनदेखि चलिआएको तीजको प्रतिष्ठा यथावत् बचाउनु शिक्षित महिलाको प्रमुख जिम्मेवारी हो। स्वदेशमा कुनै उद्योगधन्दा, कलकारखाना नभएको कारण आज नेपाली मुद्राहरु अरब, कोरिया, भारतमा गएको छ। घरपरिवा मात्र नभै समाज, राष्ट्रसमेत विदेशी रेमिट्यान्सको भरमा देश चलेको छ। अलि पढेलेखेको र अलिअलि खर्च गर्ने युवाहरु अमेरिका, बेलायत, जापानमा गई घरर्खर्च तथा साहूको ऋणको साँवाव्याज तिरेका छन्। हाम्रो हैसियत के छ – र हजारौं हजारका सारी कपडा किन्ने १०/२० लाखका सुनका गहना किन्ने छड्के तीलहरि लगाउने हामी नेपाली त्यति ठूलो आम्दानि र त्यस्ता तडकभडकका गहना कपडा किनी समाजमा फेसन शो गहना सो गर्ने हैसियत नेपाली महिलाले कहां’बाट ल्याए – पेटभरी दालभात तरकारी नपाउने लाज छोप्ने कपडा ढाक्ने कपडा ग्रामीण महिलाले पाएका छैनन् भने फाटेको टोपीको घेरोमात्र लगाएर च्यातिएको कमिज, च्यातिएको कछाड लगाउने थुप्रै गरिब नेपाली ग्रामीण समाजमा बसेका छन्। साउदी अरबबाट छोराले पठाएपछि दाल, तेल, चामल, नून, मट्टतिेल किनेर बल्ल-बल्ल हातमुख जोड्ने थुप्रै गरिब नेपाली समाजमा बसेका छन्। तीज मनाउन साहूसँग सयकडा दुर्इका दरले व्याज लिएर तीज मनाउन पर्ने अवस्था ग्रामीण समाजमा अझै थुप्रै नेपाली छन्। राम्रो कपडा लगाउन माछामासु मिठोमसिनेा दशैमा मात्र खान पाउने नेपाली पनि थुप्रै छन्। तीजमा कपडा किन्न नसकेर उनै पुराना कपडा धोएरै तीज मान्न पर्ने अवस्था छ। देशमा पढेलेखेका सहरका सम्पन्न शिक्षित महिलाले एकफेर सोचौं विचार गरौं।

हाम्रो देशको आयस्तर कस्तो छ। लाखौं लाखका गहना कपडा लगाई फेसन सो गर्दा ग्रामीण महिला समाज र तीनका परिवारको दशा कस्तो होला। महिना दिनसम्म पार्टीप्यालेस सभा दर खाइरहँदा समाजमा के असर पर्ला। विरामी भई सिटामोल किन्न खान नसक्ने नेपाली समाजमा भड्किलो तीज खर्चले कस्तो असर पर्ला। त्यसैले तीजमा शहरबजारमा नचाहिँदो भड्किलो गहना कपडा सो प्रदर्शन नगरौं। तडकभडक गरी महिनौंअगाडि डिस्को डान्स नाँच्ने, दोहोरीगीत गाई तीज संस्कृतिमा विकृति भित्राउनु नेपाली समाजमा सुहाउँदैन, पच्दैन। साधारण लवाइखवाइले पनि तीज पर्व मनाउन सकिन्छ। त्यसैले प्राचीनकालदेखि मानीआएको तीज संस्कृतिमा नाचौं, गाऔ, रमाऔं। पाश्चात्य विद्वान म्याथु अनोर्ल्डका अनुसार समाज र राष्ट्र परिचित हुने कुनै पनि राष्ट्रको उपलव्धि संस्कृति हो।

महिनादिनसम्म दोहोरी गाउने, महँगा कपडा लगाउने, लाखका सुन, हिरा गहना लगाउँदा नेपाली समाज राष्ट्रको इज्ज्यत हुँदैन। नारीले प्राचीनकालदेखि चलिआएको फरियाचोलो, पछ्यौैरा राष्ट्रियता  झल्कने कपडा लगाउनुपर्छ सक्नेले त एक महिनासम्म दर खुवायो। नसक्ने अको भाइले १०/१२ जना फुपू दिदी बहिनीलाई डाँकी एकदिन पनि खुवाउन सक्दैन। त्यसैले सबै नेपालीले प्राचीनकालदेखि चलिआएको संस्कृति तीज पर्व दिदीबहिनी, छोरीचेली डाँकी दर खां’दाका दिनमा दर खाने र सामान्य कपडा लगाऔं। हाम्रो प्राचीन संस्कृतिलाई जोगाउं नचाहिंदो तडकभडक खर्च नगरौं। हाम्रा सामान्य नेपालीको खर्चले धान्न सक्ने साधारण खर्च गरी परिवार समाज देशको इज्ज्यत धान्ने गरी प्राचीनकालदेखि मानी आएको तीजपर्व मनाऔ।

दिनभरी हजारौंहजारको सारी फेशन शोका कपडा नलगाऔं। दाजुभाइ, बाबा तथा मान्यजनको अगाडि लाज हुने कपडा नलगाऔ। साधारण नेपाली ड्रेसको चोली फरिया पटुकाजस्ता साधारण कपडा लाए पनि हाम्रो प्राचीन चाड मनाउन सकिन्छ। महिना दिनसम्म घरघरमा हजारौंहजार संकलन गरी पार्टीप्यालेशमा भोज नगरौं। यसले समाजमा नकारात्मक असर पर्छ । तीजको नाममा महिनादिनसम्म दोहोरीगीत नगाऔं।  डिस्कोडान्स बजाइ ननाचौं। यस्ता विदेशी फिल्म गीत डिस्कोडान्स क्याब्रेडान्समा महिनौं दिन गाउँदा, हिड्डा प्राचीनकालदेखि मानीआएको तीजको महिमा अन्त्य हुन्छ।

अन्तमा तीजमा उत्ताउलो फेसन नलगाऔं, लाखौखका गहना कपडाको प्रदर्शन समाजमा फेशन सो प्रदर्शन नगरौं। समाजमा नकारात्मक असर नपारौं। विश्वमा गरिब देश भनेर चिनिएको नेपालका चेलीले सम्पन्न राष्ट्र अमेरिका, बेलायतजस्ता सम्पन्न देशका नागरिककको जस्तो खर्च नगरौं। अहिलेका पढेलेखेका महिलाले एकपटक सोचौं। हाम्रो देशको आर्थिक हैसियत कति छ। हाम्रो नेपाली समाज आयस्तर के छ। कतिसम्म खर्च गर्न सकिन्छ भनी पटकपटक नेपाली समाजतर्फ हेरौं। सोको विचार गरौं। आफू पनि बा“चौं, समाजलाई पनि बचाऔं। तीजमा साधारण खर्च गरेमा परिवार समाज राष्ट्रको कल्याण हुनेछ।

कुनै पनि राष्ट्रको संस्कृतिको निर्माण एवं विकास एक्कासी हुँदैन। बरु त्यस देशका बासिन्दाको हजारौंहजार वर्षको त्यागतपस्याको क्रमवद्व इतिहासबाट हुन्छ। हाम्रो पवित्र सांस्कृतिक चाड तीज पर्व हजारौं हजार वर्षपछिको त्याग र तपस्याबाट निर्माण भएको पर्व तीज हो। पार्वतीले महादेव पति पाउँ भनी वर तपस्या गरेकोले महादेव खुशीभै महादेव पति पाउनुभएको हो भन्ने हाम्रा पौराणिक ग्रन्थको कथन छ।  भोकै व्रत बसी पञ्चमीमा महादेेवको पूजा गरी अविवाहिता महिलाहरुले योग्य पढेलेखेको योग्य वर पाउँ भनी महादेवको पूजा गर्ने र विवाहिता महिलाले पति र घर परिवारमा सुखशान्तिको कामना गर्दै वर माग्ने चलन छ। यस्ता पवित्र शास्त्रीय पर्व तीजमा जे मन लाग्यो त्यही गाउने, नाँच्ने, डिस्कोडान्स, क्याफेडान्सजस्तो जे पायो त्यही गाउने नाँच्ने र जस्तापायो त्यस्तै गहना कपडा लगाइ फेसन शो गरी तीजलाई खिल्लीमा नउडाऔँ। तीजलाई प्राचीन परम्पराअनुसार साधारणरुपमा प्राचीन परम्पराअनुसार नै मनाऔं।

Related News

सम्बन्धित समाचार

hero news full width