तीज, नारी र विकृति

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७०

भित्र बाहिर गरे पनि रुचाउँदिनन् सासूले

रूँदा रूँदै पछयौरी यो भिज्यो आँसुले।

…………

यो घरको भाँडाकुँडा होटेलकै छ चाल

घाँस काट्न वन जाँदा कोरें कपाल।

विशेष गरी हिन्दू नारीले आफ्ना पतिको दीर्घायुको कामना गरेर ब्रत बसी पूजाआजा गरी तीज पर्व मनाउने गर्छन्। यस पर्वमा विवाह भएका छोरी चेलीलाई माइतबाट लिन जाने, तीजको अघिल्लो दिन सबै बसेर मीठा(मीठा परिकारहरू ‘दर’ खाने र भोलिपल्ट निराहार बसी ब्रत गर्ने परम्परा रहिआएको छ। नेपाली नारीले भोग्नुपरेको अभाव, पीडा, व्यथा, अन्याय आदिका आवाजहरू तीजमा गुन्जने गर्दछन्। आफ्नो घरका पीडा र व्यथाहरू माइतीमा गएर साथी-साथी जम्मा भई थपडी बजाएर गाउने र कम्मर मर्काउँदै घुमी-घुमी नाच्ने यस पर्वले नारी जातिलाई ठूलो स्वतन्त्रता प्रदान गरेको महसुस हुन्छ। तर तीजमा नाममा केही हुनेखाने सम्भ्रान्त परिवारबाट भित्रिएको भड्किलो संस्कारले लाखौँ चेलीबेटीलाई दुःख दिएको छ।

गएको भदौ ८ गतेका एउटा राष्ट्रियस्तरको पत्रिकामा क्षत्री महिला समाजका तर्फबाट दर खाने भन्दै चन्दा उठाएको समाचार पढ्न पाइयो।चन्दा दिनेमा पूर्वप्रधानसेनापति र प्रहरी महानिरीक्षकजस्ता विशिष्ट व्यक्तिहरू पनि रहेछन।  नाच्न र दर खानका लागि मात्र झन्डै सात लाख रूपैयाँ खर्च लाग्ने अनुमान थियो। तीजका नाममा सहरी महिलाहरूबाट केही वर्षयता नाचगान र भोजका लागि राजधानीका होटल र पाटी प्यालेस प्रयोग गर्ने क्रम बढ्दो छ। भने आधुनिकताका नाममा छाडा शैलीमा तीज मनाउने र यौन उत्तेजनात्मक गीत गाएर संस्कृति परिवर्तन सम्भव छैन। बरु यस्तो चलनले समाजलाई विस·तितिर उन्मुख गर्दै अस्वस्थ प्रतिस्पर्धा, आडम्बरी र भड्किलो जीवनशैलीलाई प्रोत्साहन गर्दछ। एक-दुर्इ महिना अगाडिदेखि पर्वको महत्त्वलाई ओझेलमा पारेर केही सीमित र सम्भ्रान्त वर्गबाट भित्रिएका यस्ता चलनले समाजमा वर्ग विभेद ल्याउनुका साथै पति गुमाएका महिलाहरूमा त झन् ठूलो पीडा थपेकोे छ। जस्तो-एउटै समाजभित्र एकथरि महिला सशक्तीकरण  र लैङ्गिक समानताका नारा बोक्दै परिवर्तन खोजेर हिँडेका छन् भने अर्काथरि पितृसत्तात्मक सोचलाई निरन्तता दिँदै असल पति प्राप्त वा पतिको दीर्घायुका लागि कठोर ब्रत गर्नुले नारी पर्व तीज विरोधाभासपूर्ण बनेको छ।

यसरी नारीको महान् पर्व तीज विस्तारै विकृतिको जालोमा फसिरहेको छ। अरुको देखासिकीमा परेर कम आर्थिक अवस्था भएका महिलाहरू पनि मह·ो शुल्क तिरेर भए पनि तीज मनाउन बाध्य छन्।  वास्तवमा तीज पर्वलाई देवी पार्वतीको महादेवसँग मिलन भएको दिनका रूपमा लिइन्छ। धार्मिक ग्रन्थहरूका अनुसार, देवी पार्वतीले १०७ औँ जन्मसम्म पनि महादेवलाई आफ्नो पतिका रूपमा पाउन नसक्दा कठोर तपस्याको फलस्वरूप १०८औँ जन्ममा उनलाई पतिका रूपमा प्राप्त गरिन्। पार्वतीले महादेव पति पाउन भनी दरका रूपमा रातमा एक अञ्जुली पानी मात्र पिएर भोलिपल्ट निराहार ब्रत गरेको किंवदन्ती छ  यसर्थ, तीजको दिनलाई ाफ्नो इच्छा पूरा हुने मान्यताका साथ वैवाहिक सुख वा आदर्श पतिका लागि तीन दिनसम्म महिलाहरूले शुभ दिनको रूपमा लिन्छन्। आफ्नो पतिको दीर्घायु र सुस्वास्थ्यको रूपमा ब्रत बसी महादेवको पूजा-आराधना गर्दै यो पर्व मनाइन्छ। हरेक चेलीबेटी आ-आफ्नो अघिल्लो रात मीठो-मीठो खानादरका रूपमा खाने प्रचलन छ। ब्रतका दिन सम्पूर्ण हिन्दू नारीले आफ्नो पतिको दीर्घायुको कामना गर्दै राता चुरा, टीका, पोते र सारी लगाई नाचगान गर्छन। गीतकै माध्यमबाट आफ्नो वैवाहिक जीवन भित्र भएका सुखदुःख अभिव्यक्त गर्ने गर्दछन्।

तीज सबै नारी जातिको सम्मान हुने चाड हो। चाहे त्यो धनी परिवारकि नारी होस् या गरिब सबै नारीले आफ्नो पतिको दीर्घायुको कामना गरी शुभलाभ प्राप्त गर्नु हो। हाम्रो समाजमा चेलीबेटीहरू हरितालिका तीजको अवसर पारेर माइती घर जाने प्रचलन छ। उनीहरू वर्ष दिनभरि आफ्नो घरमा भोगेका सुखदुःखहरू आफ्ना बुवाआमा, दाजुभाइसित दिदीबहिनीले पोख्ने हाम्रो नेपाली समाजको चलन  छ तर हाम्रो सहरी समाज भने आधुनिकताको नामा नारीमा घोर अन्याय गरिरहेको पाइन्छ। कान्तिपुर दैनिकले भदौ ८ गतेको समाचारमा क्षेत्री समाजका महिलाहरूले तीज कार्यक्रममा दर खुवाउने भनेर चन्दा उठाएको पढ्न पाइयो भने पूर्व प्रधानसेनापति तथा प्रहरी महानिरीक्षकहरूले चन्दा दिएर ७ रुपैयाँ सड्ढलन भएछ। देशका ठूला प्रशासनमा रहेका व्यक्तिहरूबाट नै यस्तो कार्यमा सहयोग प्राप्त हुन्छ भने देशको संविधान र देशका नागरिकको अवस्था कति दयनीय र कठिन हुँदै जान्छ  सहजै अनुमान गर्न सकिन्छ।

अहिले पनि तीजको नाममा एक महिना अघिदेखि नै नेपाल र बिश्वको हरेक कुनामा छरिएर बसेका नेपाली समुदायमा तीज एउटा उत्सवको रूपमा मनाउने चलन बनेको छ। महिनौं दिनसम्म डीजे को तालमा , नाना थरिका गीतहरूमा नाचेर, खाएर यस्तो फलदायी समय खेर फल्ने गरिएको छ। यो एउटा होड बाजी नै बनेको छ नेपाली समाजमा,  अहिले पनि तीज हुने खाने र सहर र विदेशमा बस्ने उच्च आर्थिक स्रोत भएकाहरूलाई रमाइलो र दुर्गम र आर्थिक रूपमा बिपन्न भएका नेपाली महिलाहरूलाई अभिसाप बनेको छ। अहिलेको मह·ाईमा के नेपालका हरेक नेपाली महिलाले तीज महिनौ दिनसम्म ताम झामको साथ मनाउन सक्छन् – एक छाक जुटाउन गाह्रो भएका महिलालाई तीज मनाउन रहर छैन होला र ? के चाड पर्व, जात्र, उत्सव भनेको हुने खानेलाई मात्र हो ?  हुँदा खानेले कसरी मनाउने एक एक महिना सम्म तीज को रमझम ? के यस विषयमा कुनै सङ्घ संस्था वा नारी उत्थानमा काम गर्ने महिलाहरू स्वयंले सोचेका छन् होला त ? अब तीजलाई देश काल र परिस्थिति अनुसार सुहाउँदो  तारिकमा मनाउन सक्नुपर्छ जसले सामाजिक मूल्य मान्यता र गरिमालाई बचाइराख्न सकोस न कि एक अर्काको देखासिकी गर्दै प्रतिस्पर्धाको भावनाले ऊभन्दा म के कम उसले यस्तो गर्छ भने म उस्तो गर्छुभनेर गर्नु हुन्न, सामूहिक हित हुनेखालको हुनुपर्छ अब हाम्रो चाड पर्व र संस्कृतिहरू। वास्तवमै अहिले तीज नारी मुक्ति, नारी स्वतन्त्रता वा नारी अधिकारको लागि नभएर नारीमा कुण्ठा हीनताबोध बढाउनतिर अग्रसर त भइरहेको छैन ? के वास्तवमै यो चाड सही रूपमा मनाइँदै छ त ? यो सब सोच्ने बेला आएको छ नत्र यसले समाजमा धेरै विकृति र विस·ति भित्र्याउन सक्ने निश्चित छ।

अझ महत्त्वपूर्ण कुरा हो भने नारी पर्व तीज संस्कृतिका बारेमा  हामीले हाम्रा विदेशमा हुर्किंदै गरेका सन्तानलाई सिकाउनुपर्छ तर सिकाउँदा जहिले पनि राम्रो कुरा र राम्रो ज्ञान दिन जरूरी हुन्छ, यो चाड एउटा फेसन होइन नकि सुन्दरी प्रतियोगिता नै यो त नारीहरूले मनाउने एउटा पवित्र र गरिमामय चाड हो। नारीले वर्षदिनमा एक दिन मनाउने स्वतन्त्रतापूर्वक र सङ्गीतमय चाड हो।

२१ औं शताब्दीमा आएर पनि विश्वले नारी पुरुषलाई समानताको अधिकार दिएको अवस्थामा नेपालमा भने रूढीवादी र पुरातनवादी सोचका कारण नेपालको तथ्याड्ढ अनुसार ५१.५ प्रतिशत सङ्ख्या ओगटेको नारीहरू अहिले पनि ज्यादै तल्लोस्तरमा बाँच्न विवश छन्। केही नारीले समानता र अधिकार पायो भन्दैमा रमाइहाल्ने स्थिति छैन। अहिले पनि महिला दिदीबहिनीका दुःख, पीडा, वेदना र मर्मलाई उजागर गर्न निकै कसरत गर्नुपर्ने अवस्था रहेको छ। वास्तवमा महिला भएकै कारण कतिपय कुराबाट बन्चित हुनु नेपालको परिपेक्ष्यमा गाउँमा मात्र होइन सहरमा पनि एउटा दुःखदायी कुरा हो। यसपालीको (हरितालिका) तीजले सम्पूर्ण नरनारीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने छ।

Related News

सम्बन्धित समाचार

hero news full width