ताकाशी मियाँहारा, विकास र विचौलिया

झपट बहादुर थापा
कार्तिक १, २०७६

विचौलियाहरू नै देश विकासका बाधक हुन्

आदर्श समाजको २०७६ श्रावण २ मा प्रकाशित लेखमा ‘को हुन् पर्यटनविद् ताकाशी मियाहारा’ को बारे लेखिएको जानकारी अनुसार विश्वभ्रमण गरेका, सगरमाथाको चुचुरोबाट नेपाली भूमिको अवलोकन गर्न सफल सच्चा तथा कर्मठ नेपालीको पर्यटन ब्यवसायमा अमूल्य योगदान दिने पर्यटनविद् व्यक्तिको मूमिका बाध्यावश न्यून हुन दुर्भाग्य मानिन्छ। उहाँ फटाहा र विचौलियाहरूको घेराउले गर्दा पछिल्ला दिनहरूमा कामगर्ने इच्छा हुँदा हुँदै पनि निराश जीवन विताई रहनुभएको आफ्नो जन्म भूमि नागानो जापानमा सन १९३४ अर्थात विक्रम सम्वत् १९९१ सालमा जन्मनुभएका बरिष्ठ इन्जीनियर ताकाशी मियाँहारा पेटको अबुर्द रोग जस्तो घातक विमारबाट पिडित भएर आफ्नो मातृभूमि जापानको एक अस्पतालमा औषधोपचारको क्रममा भर्ना हुनुभएको छ।

अंगिकृत नेपाली नागरिक ताकाशी मियाँहाराले आफ्नो कर्मभूमिको विकासको लागि लेखनुभएको पुस्तकको पहिलो आवरणमा माछापुच्छ्रेको फेदीमा अवस्थित सुन्दर नगरी पोखराको विकासको झलक प्रस्तुत गर्नुभएको छ।

नेपालले अंगिकार गर्नुभन्दा पूर्व लेखिएको पुस्तकमा विकेन्द्रीकरणको लक्ष सहितको ७ प्रदेशको प्रस्तावमा भनिएको छ ‘प्रदेशको संख्या कम भयो भने त्यति प्रभावकारी हुँदैन, प्रदेशको संख्या धेरै भयो भने धान्न गाह्रो हुन्छ तथा प्रत्येक प्रदेशको आय व्यय सकभर बराबर हुनु पर्ने कुरा पनि विचार गरी मुलुकलाई ७ प्रदेशमा विभाजन गर्नु उचित देखिन्छ भन्नेछ। ’ उहाँले ती ७ क्षेत्रको राजधानी पनि तोकनुभएको छ।

मेची–कोशी–(इटहरी), सगरमाथा–(वर्दीवास), नारायणी–(काठमाण्डौ), गण्डकी–(बुटवल), डोल्पा–राप्ती–(घोराइ), भेरी–कर्णाली–(वीरेन्द्रनगर) तथा सेती–महाकाली–(अत्तरिया) प्रत्येक प्रदेशमा एउटा एउटा स्तरीय विश्व विद्यालय र अस्पताल हुनु पर्दछ। हरेक वर्ष सात प्रदेश वीच आपसमा आलो पालो गरी विभिन्न किसिमका खेलकुद र लोक तथा परम्परागत संस्कृतिमा प्रतियोगिता गराएर राष्ट्रियताको भावना जगाउने र युवा युवतीको शारीरिक तथा मानसिक अवस्थामा अभिवृद्धि गर्ने जस्ता विचारहरूको आफ्नो कल्पना प्रस्तुत गर्नुभएको छ।

उहाँले नेपालमा रेल मार्गको आवश्यकता छ भनेर पनी लेख्नुभएको छ। रेल मार्गको उपादेयता बारे भनिएको छ। सडक मार्गको तुलनामा १/७ सात भागको एक भाग मात्र उर्जा खपत हुन्छ। नेपाललाई आवतजावत गर्न सजिलो भएर मानिस र देशलाई समेत फाईदा हुने कुरा छ। नेपालमा नयाँ प्रविधिको विकास हुने र काँकडभिट्टा देखि महेन्द्रनगर सम्म ५ घन्टामा आवतजावत गर्न सकिने हुनुपर्छ। भनेर लेख्नुभएको छ।

पर्यटनविद् ताकाशी मियाँहाराले कोशी, गण्डकी र कर्णाली नदीको उपयोगिता बारे पनि विचार दिनुभएको छ। पानी जाहाजको अवधारणा बारे पनि यस्तो लेख्नुभएको छ। पानी जाहाजलाई क्यानल प्रविधिद्वारा माथिल्लो पानीको सतहमा ल्याई देशको भित्री भागसम्म पानी जहाज चालाउने भन्ने उहाँको कल्पनालाई अहिलेको सरकारले पनि जोड गरिरहेको छ। पोखरा र तराईमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्न पनि सल्लाह दिनुएको छ।

पर्यटनविद् ताकाशी मियाँहाराले विश्वको ऐतिहासिक परिवेशबारे पनि लेख्नुभएको छ। जसमा पौराणिक काल, प्राचीन दर्शनको युग, विश्वासको युग, पुनर्जागरण आधुनिक समाज र वर्तमान समाज सम्मको परिवेशलाई प्रकाश पार्नुभएको छ। दर्शनशास्त्रको रङ्गभूमि जर्मनी हो भनेर धेरै दर्शन शास्त्रीहरूको नाम मध्ये अन्तिममा कार्लमाक्र्सले (सन् १८१८–१८८३) हेगेलको तर्क शास्त्र र फियूएरबाखको भौतिकवादलाई समायोजन गरी तार्किक आदर्शवादको प्रतिवादन गरे।

यिनले मजदूर वर्ग नामक नयाँ वर्ग पत्ता लगाएर यिनै वर्गको लागि दर्शनको खोजी गरे। पछि सन १८४८ मा फ्रेड्रिक एन्गेल्स (सन् १८२०–१८९५) सित मिलेर साम्यवादी घोषणापत्र प्रकाशित गरे। मजदूर वर्गको स्वतन्त्रताका लागि संसारका मजदुरलाई ‘एक हुन्’ आवाज उठाए। विभिन्न कालखण्डमा विश्वको जनक्रान्तिले गर्दा विश्व समाजमा परिवर्तन ल्याउन मदत् पुगेको विचार पनि लेख्नुभएको छ।

सामाजिक कार्यतर्फ ताकाशी मियाँहाराको दृष्टि अनुसार “विकासका लागि राजनीति” भन्ने लक्षका साथ ‘राष्ट्रिय विकास पार्टी’ ब्यापक तवरबाट जापानमा स्थापना गरेर नेपाललाई चिनाउनु भयो। उहाँका थुप्रै लेख रचनाहरूको प्रकाशन र प्रवचन आदिले हिमाली क्षेत्रको नेपाललाई चिनाउनु, वातावरण संरक्षण, संकटमा परेका पर्वतारोहीहरूको उद्धार गर्नु आदिको विचारहरू पस्कनुभएको वयोवृद्ध ८५ वार्षीय ताकाशी मियाँहाराले अर्को झमेला झेल्नु पर्यो।

वि.सं. २०६९ मा पोखरा–१८ सराङ्गकोट कास्कीमा राष्ट्रिय गौरवका २ पर्यटन उद्योगहरू मध्ये पहाडमा अवस्थित दक्षिण एशियाकै पहिलो एक सय कोठा भएको पाँचतारे होटेलमा लगभग २ सय करोड रुपैया लगानी भएको र सराङ्गकोटका धेरै स्थानीय व्यक्तिहरूको जीवन स्तरमा परिवर्तन भैरहेको बेला र उक्त होटल आफ्नो जग्गामा निर्माणाधीन थियो। त्यसै बेला पोखरा–१८ सराङ्गकोट बस्ने खडानन्द तिमिल्सीनाकी श्रीमती उजेली तिमिल्सीनालाई वादी बनाउदै होटेलले लिएको जग्गामा दावा गर्न विचौलियाहरूले मुद्दालाई उचाल्दै उच्च अदालत पोखरा सम्म पुर्याए।

उच्च अदालत पोखराको मिति २०७५/०२/२९ को फैसला वमोजिम कि.नं. २५६ समेतको जग्गाको हकमा सर्वोच्च अदालतबाट जग्गा दर्ता मुद्दामा मिति २०५१/०६/१२ मा भएको फैसलालाई आधार गरिएको छ। दर्ता मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसला बमोजिम कि.नं. २५६ दर्ताको निर्णय भएको नदेखिएको अवस्थामा पुनः प्रस्तुत मुद्दाको फिराद पत्रमा विभिन्न निर्णयहरू लिखित बदर गरी कि.नं. २५६ जग्गा वादीको नाममा दर्ता गरी पाउँ भन्ने दावी लिएको पाइन्छ।

वादीको पतिले दायर गरेको जग्गा दर्ता मुद्दाकै कि.नंं २५६ को जग्गा दर्तासंग सम्बन्धित हुन सक्दैन। सम्मानित सर्वोच्च अदालतबाट मिति २०५१/६/१२ बाट नापी सम्बन्धी विशेष अदालतबाट मिति २०३३/५/३० र पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति २०४४/९/१३ को निर्णय वदर गरी पुनः निर्णयको लागि यी पुनरावेदिकाको पति वादी खडानन्द तिमिल्सीनालाई तारेख तोकी मालपोत कार्यालयमा पठाएको मा सो कानुनी प्रकृयामा वादी खडानन्द कायम नरही सो कानुनी प्रक्रियानै परित्याग गरी आपूmले दावी लिएको कि.नं. २५६ को जग्गा मध्येबाट कित्ता फोड भएको कि.नं. ५५० को जग्गामात्र सुकुम्वासी समस्या समाधान आयोगबाट लिई चित्त बुझाई वसिसकेको अवस्था देखिन्छ।

यसरी आफ्नो पति खडानन्दकै पालामा कि.नं. २५६ समेतको जग्गा कित्ता फोड भई अन्य वयक्तिहरूले समेत दर्ता गरेको सोही वखत मौकैमा थाहा पाएको देखिएकोले पतिको स्वर्गवास भएपछि पतिले आफ्नै जीवनकालमा प्रक्रियानै छाडेको दर्ताको विषयलाई हालै थाहा पाएको भनी पत्नीले मुद्दा गरेको देखिँदा हाल मात्रै थाहा पाएको भन्ने भनाई पत्यारलायक देखिँदैन। यसरी सम्मानित अदालतबाट प्रतिवादी प्रति विवेक पुर्याएको फैसलाले स्थानीय विचौलियाहरूको उद्देश्य पुरा हुन सकेन। तसर्थ ताकाशी मियाँहारा भन्नुहुन्छ देशमा विचौलियाहरूको हाली मुहाली भए सम्म देश विकास सम्भव छैन भनी भविष्यवाणी गर्नुभएको छ।

पोखरा–१८ सराङ्गकोटको महत्वलाई मध्यनजर राख्दै होटेल अन्नपूर्ण भ्यूतर्फबाट प्रतिवादी रहेका ताकाशी मियाहाराले होटेल अन्नपूर्ण भ्यू (प्रा) लि. अन्नपूर्ण केवलकार (प्रा) लि. तथा सराङ्गकोट इन्भेस्टमेण्ट कम्पनी (प्रा)लि. जस्ता संस्थाहरूको पर्यटनविद्को नाताले परिकल्पना गर्नुभयो। उहाँको सपना पूरा हुन धेरै समय नलाग्ने भैसकेका बेला रोगबाट ग्रस्त भएर जापानको एक अस्पतालमा वेहोसी अवस्थामा भर्ना गरिएको थियो।

विशेष जानकारी पाए अनुसार अहिले अस्पताल छोड्नु (डिसचार्ज) भएता पनि किमो थेरापीले गर्दा विश्राम गरिरहनुभएको छ। केही दिन पछि काठमाण्डौं फर्कदै हुनुहुन्छ। लामो जीवनमा आफ्नो बुद्धि र विवेक प्रयोग गर्नुभएका वयोवृद्ध नेपाली नागरिक वरिष्ठ इन्जीनियरको कल्पना साकार होस्। हामी सबै पोखरा–१८ सराङ्गकोट वासीहरूको तर्फबाट उहाँको शीघ्र स्वास्थ्य लाभको लागि पनि ईश्वरसंग प्रार्थना गर्दछौं।

(लेखक तत्कालीन सराङ्गकोट गा.वि.स.का पूर्व अध्यक्ष हुन्। सं)

Related News

सम्बन्धित समाचार

hero news full width