जी ट्वाण्टी बैठक : एक समीक्षा

तिलक पराजुली
असार २०, २०७६

ट्रम्पले आगामी वर्ष हुने आफ्नो दोस्रो कार्यकालको राष्ट्रपतीय पद सुरक्षामा अर्जुन दृष्टि लगाएका छन्। उनको पहिलो कार्यकालको विदेश नीतिको उपलब्धि देखाउने विशेष कुरा केही छैन।

यो लेखको परम उद्देश्य जापानको औद्योगिक एवं सुन्दर शहर ओशाकामा सम्पन्न जी २० मुलुकहरुको शिखर बैठक चर्चा गर्नु हो। सर्वसाधारण पाठकलाई जी २० को कुरा थाहा नहुन पनि सक्छ। यसको परिचय पनि आवश्यक छ।

के हो जी २० अर्थात जी ट्वाण्टी?

जी २० अरु केही नभएर विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको एक समूह हो। ठूलो अर्थात् अंग्रेजीको ग्रेट शब्दको पहिलो अक्षर जी नै यसको नाम राखियो। २० देश यसका सदस्यहरु छन्। त्यसैबाटजी २० (जी ट्वाण्टी) नाम रहेको हो। यसको स्थापना सन् १९९९ मा भएको हो। सुरुमा आठ सदस्य राष्ट्र हुँदाजी ८ (जीएट्) नामथियो। थप देशहरु औद्योगिक क्षेत्रमा अगाडि बढेपछि र आर्थिक समृद्धि हासिल गरेपछि उनीहरु पनि सदस्य राष्ट्र भए। अनि “जी २०” नामाकरण भयो।

जी २० समूहको मुख्य उद्देश्य विश्वमा आर्थिक स्थायित्व स्थापना गर्नु रहेको थियो। यसैले अर्धवार्षिक रुपमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखका साथै ती राष्ट्रका केन्द्रीय बैठकका गभर्नर पनि भेटघाट, सरसल्लाह गर्ने गर्दथे। सन् २००९ देखि यसले आफ्नो कार्य क्षेत्र विस्तार गर्यो। यो मञ्चमा विश्वका पेचिला सबै समस्यामाथि छलफल गरिने भयो। त्यसै हुनाले सम्मेलनमा सरकार प्रमुखका साथै तत् देशका विदेशमन्त्री र अर्थमन्त्रीले पनि भाग लिन थाले।

विश्वका ठूला देश कुन हुन्? यसको पहिचानको आधार के हो? यो पनि रोचक छ। जान्न पर्ने कुरा छ। अजेर्न्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेशिया, इटाली, जापान, मेक्सिको, रुस, साउदीअरेबिया, दक्षिणअफ्रिका, दक्षिणकोरिया, टर्की, बेलायत र अमेरिका यसका सदस्य राष्ट्र हुन्। यी १९ देशहरु बाहेक युरोपियन युनियन पनि सदस्य भएकोले २० पुगेको हो। युरोपियन युनियनको एक छुट्टै केन्द्रीय बैंक रहेकेा, युरो मुद्रापनि रहेको तथा युरोपियन कमिसनको भूमिका अहं देखिएकोले यसका अध्यक्षले प्रतिनिधित्व गर्दछन्। पहिचानको आधार त प्रष्टै छ–देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) उच्च, आर्थिक प्रभाव पार्न सक्ने, अन्तराष्ट्रिय व्यापारमा नेतृत्वदायी भूमिका लगायत नै हुन्।

भनिन्छ, जी २० का सदस्य राष्ट्रहरुको कुलउत्पादनले विश्वको ९० प्रतिशत उत्पादन ओगट्छ। र, ८० प्रतिशत अन्तराष्ट्रिय व्यापार यिनीहरुकै कब्जामा छ। साथै विश्व जनसंख्याको दुई तिहाइ जी २० राष्ट्रमा बस्छन्। त्यसैले यत्रो ठूलो प्रभाव पार्ने विश्वको एक प्रभावशाली संगठनको बैठकको महत्व नहुने कुरै भएन।

ओशाका जमघट : एक मूल्याङ्कन

अहिले जी २० समूहको अध्यक्ष जापानका प्रधानमन्त्री सिन्जो आवे हुन्। जुन अध्यक्ष हुन्छ प्रायः बैठक त्यही देशमा हुने गर्दछ। त्यसैले यसपटकको बैठक जापानमा आयोजित भएको हो। यो शिखर बैठकको सफलता असफलता लेखाजोखा गर्नु अघि यी राष्ट्रका हस्तिहरुले बैठकको पूर्व सन्ध्यामा गरेका कूटनीतिक अभ्यासको विश्लेषण हुनु आवश्यक छ।

केही अगाडि चीनका राष्ट्रपति सी जिनपिङ्ग रुसका राष्ट्रपति पुटिनलाई भेट्न मस्को पुगेका थिए। यिनीहरुको बीच भएको कुराकानी सबै त बाहिर आएन तर दुई देशको रणनीतिक साझेदारी झन् मजबुत भएको कुरा बुझ्न भने कठिन छैन। मस्कोमा सी र पुटिनबीच वार्ता चलिरहँदा पुटिनका प्रमुख सल्लाहकार उशाकोभको भनाइ भन्दै संचारजगतमा के आएको थियो भने–‘रुस र चीनको अन्तराष्ट्रिय मुद्दाहरुमा समानधारणा छ । र, उत्तरकोरियाको आणविक हतियार सम्बन्धमा हाम्रा धारणा एउटै छन्। ’

सी र पुटिन भेटको केही दिन पछि नै उत्तरकोरियाली नेता किमजोन उन पुटिनलाई भेट्न मस्को पुगे। किमको स्वागतको भव्यता र गरमजोशपूर्ण अभिव्यक्तिले यो भ्रमणको महत्व आंकलन गर्न सकिन्छ। यति मात्रमा कुटनीतिक सरगर्मी टुंगिदैन। ओशाका बैठकको पूर्व सन्ध्यामा चिनिया राष्ट्रपति सि जिनपिङ्ग किमलाई भेट्न उनको देश उत्तर कोरियाको राजधानी प्योङ्गयाङ्गपुगे। एक दशक पछिको चीनिया राष्ट्रपतिको भ्रमणले सबैको ध्यान आकृष्ट गरेको हो। आश्चर्य त यो रह्यो कि जापान उड्नु अगाडि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत पत्र नै पठाए। पत्र पढेपछि किमले मख्ख हुँदै प्रतिक्रिया दिए–“पत्र सुन्दर छ ”।

जापानको ओशाकामा जी २० को बैठक चलिरहेको बेला ट्रम्पले आफ्नो ट्वीटरमा पोष्ट गरे : यसै बेला मेरा साथी किमलाई भेट्न पाए प्रसन्न हुने थिएँ। नभन्दै ट्रम्प जापानबाट दक्षिण कोरियाको राजधानी सोल पुगे। ट्रम्प र किमको भेट पनि भयो। दुवै कोरियाको असैन्य क्षेत्र (डीमिलिटराइज्ड जोन) मा। यो उत्तरकोरियाको भूभागहो। ट्रम्प उत्तरकोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति भएर एउटा इतिहास रचेका छन्। र, हनोईमा असफल भएको आणविक निशस्त्रीकरण वार्ता पुनः सुरु गर्ने सहमति गरेका पनि छन्।

माथि लेखिएको त कुटनीतिक सरगर्मीको एउटा शब्दचित्र मात्रै हो। यो सरगर्मीको चुरो कुरा यसको अर्थ र अन्तर्यमा प्रवेश गर्दा के देखिन्छ भने किम जोन उन एउटा अनमोल हिरो बनेका छन् शक्ति राष्ट्रका यी हस्तीहरुको लागि। चीनको लागि त अमेरिकासंग बागेर्निङ्ग चिप्स। यसको कारण अरु केही नभएर आ–आफ्ना स्वार्थ पनि छन्। ट्रम्पले आगामी वर्ष हुने आफ्नो दोस्रो कार्यकालको राष्ट्रपतीय पद सुरक्षामा अर्जुन दृष्टि लगाएका छन्। उनको पहिलो कार्यकालको विदेश नीतिको उपलब्धि देखाउने विशेष कुरा केही छैन। उत्तरकोरियालाई सके आणविक अस्त्र विहीन बनाउने नभए पनि वार्तामा इङ्गेज गराईरहन सके भने यो अमेरिकी जनतालाई देखाउन, मत बटुल्न उनलाई सहज हुनेछ। सि जिङ्गपिङ्गको कुरा अमेरिकासंगको व्यापारिक युद्ध समाप्त गर्ने हो। उनले किम जोन उनलाई ट्रम्पसंग मित्रता गराई दिने तर ट्रम्पले चीनिया सामानामा लगाएको भन्सार कम गराउनको साथै चीनको मोवाईल उत्पादक कम्पनी हुवावेमाथिको अमेरिकी प्रतिबन्ध हटाउने हो। त्यो त जापानमा छँदा नै सि–ट्रम्पवार्ता पछि परिणाम प्रकट भईसकेको छ। पुटिनले गत अमेरिकी चुनावमा ट्रम्पवार्ता पछि परिणाम प्रकट भईसकेको छ। पुटिनले गत अमेरिकी चुनावमा ट्रम्पलाई जिताउन हस्तक्षेप गराए भन्ने आरोप अहिले पनि अमेरिकामा सेलाएको छैन। हुनसक्छ पुटिन पनि उत्तरकोरियाको आणविक अस्त्र उत्पादन रोकाएर ट्रम्पलाई पुनः राष्ट्रपति बनाउने रणनीतिमा छन्। ट्रम्प जस्ता भँडुवा व्यक्ति अमेरिकाको राष्ट्रपति भएभने अमेरिका पहिलो त हुँदैन बरु विश्वमा रहेको उसको वर्चस्व अलगथलग हुनेछ भन्ने पुटिनले नबुझ्ने कुरै भएन।

तर, ट्रम्पलाई दोस्रो कार्यकालको लागि Þवाइटहाउस प्रवेश त्यति सजिलो छैन। आणविक अस्त्र उत्पादन गर्ने, जापान र दक्षिणकोरियासम्म क्षेत्रप्यास्त्र परीक्षणका छिटा पुर्याउने उत्तर कोरियालाई तानाशाह किमसंग वार्ता र सन्धिको लागि व्यग्रता देखाउने ट्रम्पले इरानसंग सम्पन्न आणविक सन्धिबाट किन अलग हुने घोषणा गरे? यो प्रश्न अमेरिकी बौद्धिक समाजमा मात्र होइन युरोपमा पनि ब्यापक बहसको विषय बनेको छ। एकजना फ्रान्सेली कुटनीतिज्ञको लेख मै पढेको थिएँ। उनी २० वर्ष संयुक्त राष्ट्रसंघ र अमेरिकामा फ्रान्सको राजदूत रहेर सेवानिवृत्त भएका हुन्। उनले आफ्नो लेखमा के कुरा उठाएका छन् भने चीन र रुसको बीच रणनीतिक साझेदारी भयो भने अमेरिकाले त्यसको सामना गर्न सक्ने छैन। ट्रम्पका नीतिले त्यही गराएको छ। अमेरिकाले मित्र गुमाउदैं गएको तर्फ ती कूटनीतिज्ञले चिन्ता पनि व्यक्त गरेका छन्।

जी २० बैठक : मानवीय पक्षमा असफल

त्यत्रो ठूलो समिट विश्वभरका मानिस मात्रै होइन प्राणी जगतले झेल्नु परेको समस्याको समाधानमा भने पूरै असफल देखियो। चारवर्ष अगाडि अर्थात सन १९१५ मा पेरिसमा सम्पन्न जलवायुसंबन्धी झण्डै २०० राष्ट्रहरुको भेलाले पारित गरेको संझौता अहिले वेवारिस भएको छ। यसको मुख्य कारण अमेरिकाले यसबाट हात झिक्नु हो। अमेरिका अलगिए पछि ब्राजिल तथा साउदी अरव पनि संझौताबाट विमुखभए। यिनीहरु बढी कार्वन उत्सर्जन गर्ने देश हुन्। विश्व वातावरण संतुलन राख्न यी देशले लगानी गर्नु पर्ने प्रतिबद्धताबाट अलग भएपछि उत्पन्न विवाद यथावत् छ। विश्व जलवायु कति विग्रेको छ भन्ने कुरा जी २० को बैठक चलिरहँदा युरोपमा असैह्य गर्मी बढेकोले फ्रान्समा त मानिसकै ज्यान गयो। अर्को, यी ठूला राष्ट्रका प्रमुखहरु ओसाका शहरमा भोज खाँदै थिए। यता मेक्सिकोबाट अमेरिका छिर्न नपाएपछि छोरी बोकेर रियोग्राण्ड नदी तर्न पसेका रेमिरेज र उनी २३ महिने छोरी मलेरियाको शव नदी किनारमा तैरिएको तस्वीर विश्वव्यापी भाइरल भईरहेको थियो। आप्रवासी समस्यामाथि जी २० समिटमा गहन छलफल र सार्थक निष्कर्ष निकाल्ने अपेक्षा थियो। त्यो पनि भएन। लाग्छ, मानवीय समस्या यी नेताहरुको सरोकारको विषय होइन। यसमा जी २० समिट पुरै असफल देखियो।

Related News

सम्बन्धित समाचार

hero news full width