गणतन्त्र नेपालमा सभासद बन्नको लागि न्यूनतम ‘स्नातक’

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७०

नेपाल सरकारले नयाँ नेपालमा आउँदो मङ्सिर ४ गते दोस्रो संविधानसभा चुनाव घोषणा गरेको छ। नेपालमा राजनीतिक दलको दर्ता संख्या एक सय ३९ पुगेको छ। राजनीतिक दल राजनीतिक पार्टीको लागि मात्र कि देश र जनताको लागि यो बहसको विषय बनेको छ। नेपालमा राजनीति दलमा भाग लिनको कुनै निश्चित मापदण्ड छैन। नेपालमा गणतन्त्र आएपछि राजनीतिक छताछुल्ल भएको छ। ‘पुरानो कोट लगाऊ नयाँ पुस्तक किन’ भन्ने प्रसिद्ध दार्शनिक थोरोको भनाइ हामीले पनि अनुसरण गर्दै किताब, पुस्तक पढेर ज्ञान आर्जन गरेका शिक्षित सभ्य युवा वर्ग ज्ञानको भण्डार हो। त्यसैले लुगा पुरानो लगाए पनि किताब नयाँ हुनुपर्छ। डाक्टर, इन्जिनियर, पत्रकार, वकिल, कवि, कलाकार, लेखक, साहित्यकार, शिक्षक, राष्ट्रका गहनाहरु हुन्। उक्त राष्ट्रका गहनाहरुभन्दा पनि उच्च राजनीतिक गोर्खाको लिगलिग दौडमा जो दौडमा प्रथम हुन्थ्यो, उही राजनेता बन्ने चलन पनि थियो। त्यस्तै हाम्रो प्राकृतिक सुन्दर नेपालमा राज्य सत्तामा जानको लागि र राजनीति दल खोल्नको लागि होडबाजी नै चलेको छ। अब हुने ०७० मङ्सिर ४ गतेको चुनावमा प्रत्येक राजनैतिक दलले न्यूनतम योग्यता स्नातक गरेको हुनुपर्ने प्राब्धान बनाउनुप आवश्यक छ । विभिन्न विषयबाट स्नातक गरेको सक्षम, योग्य, दक्ष, कार्य कुशलता हाँसिल गरेको व्यक्तित्वले आफ्ना कला, प्रतिभा, सिर्जना अध्ययन अनुसन्धान, अन्वेषण, आविष्कारजस्ता राष्ट्रिय गहन जिम्मेवारीपूर्ण कार्यहरुको सोधपूर्ण, खोजमूलक कार्य गर्न निपूर्ण हुन्छ।

स्नातक गरेर शिरमा ताज पहिरिएका व्यक्तिहरुलाई राज्य सञ्चालन, राष्ट्र निर्माण कार्यमा जिम्मा लगाउनु हामी देशबासी नागरिकको जिम्मेवारी हुन्छ। आज राष्ट्रमा राजनीतिक वितृष्णा, विकृति फैलिनु भनेको राजनीतिक असमक्षता गैरजिम्मेवारी, राज्यप्रति अनुतरदायी आदि इत्यादि विविध कारणले देशबासी नागरिकले बेहार्नु परेको राजनैतिक विकृति विसंगतिको कारणले यस वर्षको एस.एल.सी. परीक्षामा कूल ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राजनैतिक खिचातानीले धमिलो पानीमा माछा मार्ने मौका पाए। वितृष्णा पैदा भयो। देशका कर्णकार विद्यार्थीको लागि उच्च शिक्षा हाँसिल गरेर यहाँ कुनै अवसर छैन। अभिभावकहरुले शिक्षा आर्जन गरिसकेपछि आफ्ना छोराछोरीको सुनौलो भविष्यको आशा गरेका हुन्छन्। त्यो आशा निराशामै परिणत भयो। हाम्रा देशका उच्च शिक्षा हाँसिल गरेका युवा वर्ग रोजगारीको लागि विश्व बजार चाहल्नुपर्ने अवस्था छ। यो हाम्रो देशको राजनीतिक विकृति विसंगतिले हो। नेपाल र नेपालीको लागि दुर्भाग्यपूर्ण र आघातपूर्ण कार्य हो। यस कारण विभिन्न विषयबाट स्नातक गरेका शिक्षित युवावर्गहरुलाई देश निर्माण कार्य गर्नको लागि प्रत्येक राजनीतिक दलले स्नातकको शैक्षिक योग्यता भएका शिक्षित युवा वर्गलाई राजनीतिमा समेटेर प्रत्यक्ष उम्मेदवार वा समानुपातिकबाट सभासद् बनाइ राष्ट्र निर्माणको योजना तर्जुमा गर्ने कार्यमा संलग्न गराउनुपर्दछ। स्नातकको शिक्षा हाँसिल गरेको शिक्षित वर्गले अध्ययन अनुसन्धान, अन्वेषण आविष्कार गर्न सक्षम हुन्छन्। रोमनको प्राचीन सभ्यता जस्तै नेपालका युवा वर्गका सपना र मतदाताहरुको सपना साकार हुने थियो। आफ्नो देशलाई सबल र सक्षम बनाउनुपर्नेमा विदेशमा ज्यालादारीमा श्रम गर्न बाध्यता परिरहेको छ। चार वर्षसम्म संविधान बनाउन असक्षम पुरानै नेपालको सोचलाई परिवर्तन गरी दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गरी अब त सबैका बुद्धि, सिङ जुरो पलाए भनेझैं मूलमन्त्रलाई सर्वोपरी ठानी गणतन्त्र नेपालमा सभासद बन्नको लागि न्यूनतम ‘स्नातक ९न्चबमगबतभ० गरेको प्राज्ञिक व्यक्तित्व भएको उमेदवारलाई सभ्यताको विकास गरौं यही हामी मतदाताहरुको शुभकामना छ।

(लेखक : पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीका अध्यक्ष हुन् । -सं.)

Related News

सम्बन्धित समाचार

hero news full width