खाम भाषा : एक टिप्पणी

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७०

म्याग्दी जिल्ला र पर्वत जिल्लाको उत्तरी भेकमा बसोबास गर्ने पुन जातिहरूको उदगम स्थल पनि हो। पुन जातिहरूको गाउँ घरमा बोलिने भाषा आफ्नो छुट्टै पहिचान बोकेको भाषा हो। जसको नामाकरण अहिलेसम्म छैन। हाम्रा बूढापाकाहरूले हाम्रो भाषा यही हो भन्दथे। हाम्रो गाउँ घरमा बोलिने यो भाषा अरुहरूले बुझ्नै सक्दैनन् र भन्ने गर्दछन्-‘यो तिमीहरूको ‘पुन’ भाषा हो हामी भन्ने गर्दछांै पुन भाषा हो।’ आधुनिकरणको सँगै विभिन्न जिल्लामा बसाईं सराईको क्रममा गई बसोबास गरेका पुन जातिहरूको बोली भाषा अझै पनि शैलीमा फरक आएको छैन। गाउँ घरमा बोलिने शैली भाषामा बोल्दछन्। कलिला उमेरमा बृटिश सेना र भारतीय सेनामा भर्ती भई लामो समय नोकरी गरी फकर्ंदा पनि यी भाषा फरक र भिन्नता आएको पाइँदैन। आफ्नो विभिन्न व्यापार, व्यवसाय, अध्ययन, अध्यापनको सिलसिलामा देश विदेश गए तापनि यसमा केही फरक रूपान्तरण आएको पाइँदैन। बरु यी गाउँ घरमा बोलिने भाषा पो बढी प्रभाव पाउँछौं। यसैले हामीले बोलिने भाषा नै ठेट भाषा हो।

हाम्रो गाउँ घरमा बोलिने भाषा र हाल विभिन्न जिल्लामा पढाइने गरिएका खाम भाषा मिल्छ, मिल्दैन। हामीले बोल्ने भाषा खाम भाषाभित्र पर्छ, पर्दैन। यदि खाम ‘पुन’ जातिको भाषा हो भने गाउँ घरमा सिकाइनु, पढाइनुभन्दा नेपाल सरकारको पाठ्यपुस्तकमा समावेश गरी पाठ्यक्रमकै रूपमा शिक्षा दिइनु अझ प्रभावकारी हुने थियो कि – यसलाई शिक्षा नीतिमा लागू गर्नु बढी सान्दर्भिक देखिन्छ। गाउँ घरमा बोलिने र बोल्दै आएको आफ्नो मौलिक पहिचान बोकेको भाषा लोप हुने त होइन। यसले गर्दा आफ्नो ‘पुन’ जातिको पहिचान पनि गुम्ने त होइन ? यहाँनेर सोचनीय कुरा छ। हामीले बोलिने भाषा परम्पराबाट आएको भाषा हो र कालान्तरसम्म पनि यो भाषा बोलिनै रहनेछन्।

खाम भाषा हाम्रो पुन जातिको होइन, यसलाई सिकाइनु, पढाइनु हुन्न भनेको होइन। यति मात्र भन्न खोजेकमो हो। खाम भाषा पुन जातिको प्रमुख भाषा हो वा होइन ? जुनसुकै भाषा जानेमा सिकेमा हानी होइन ज्ञान हासिल हुने हो। भाषामा निपूर्णता पनि हुने हो। यसमा कसैको दुर्इमत छैन। रह्यो कुरा गाउँ घरमा बोल्दै आइरहेको भाषालाई संरक्षण र सर्म्बर्द्धन गरी पाठ्यक्रमको रूपमा तयार गरी प्रकाशन गर्न सकेमा पुन जातिहरूको अझ अरु पहिचानमा टेवा पुग्न थियो कि ?

भाषा लिपिबिनाको हुँदैन। खाम भाषा कुन लिपिअन्तर्गत पर्दछ ? भाषा सिकाइनुका साथसाथै लिपिसँगै सिकाइनु, पढाइनुमा बढी प्रभावकारी आइ छिटो भाषा सिक्ने वातावरण तयार हुने थियो कि ? भाषामा लिपि पनि हुनु नितान्त आवश्यक पर्दछ। कसैले जानकारी लिन खोजेमा हामी कुन लिपिअन्तर्गत पर्दछ भनेर भन्ने – म भाषाको ज्ञाता पनि होइन र भाषा सम्बन्धित ज्ञान पनि छैन। यतिमात्र थाहा छ लिपिबिनाको भाषा हुँदैन। चित्तरन्जन नेपालीका अनुसार प्यूठानदेखि पश्चिम बर्दियाको माथिल्लो भागदेखि उत्तर जुम्लासम्मको मगर क्षेत्रलाई खाम मगरात भनिन्छ। उल्लेखित कुरालाई हेर्दा म्याग्दी जिल्ला खाम मगरातमा पर्दैन। यसैले पुन जातिको खाम होइन भन्ने निक्यौर्लमा पुग्न सक्छौं।

पुन जाति आफ्नो छुट्टै पहिचान बोकेको जाति हो। हामी गौरव गर्न सक्छौं, संसारको जुनसुकै ठाउँमा पनि र त्यहाँका नागरिकलाई कुनै हिचकिचाहट पुन हूँ भनेर सजिलै आफ्नो पहिचान दिन सक्छौं। यो गौरवको गाथा यही म्याग्दी जिल्लाको एउटा सानो तर रमरणीय भूमिमा जन्मेर बृटिश सेनामा भर्ती भई विश्वयुद्ध लडी विभूषित भि.सी. स्व. तुलबहादुर पुन, जसले एउटै व्यक्तिले पुन जातिको मात्र होइन, आफ्नो देशको मात्र होइन, बृटिश राज्यको समेत गौरवको गाथा लेखाइदिन सके। यी सपुत वीर योद्धा हामीबीच छैनन् तापनि उहाँ सदा जीवित छन्। यसता वीर योद्धाका उत्पत्ति हाम्रो म्याग्दी जिल्ला।

यहाँ चिन्ताको विषय हाम्रो गाउँ घरमा के शिक्षित, के अशिक्षित, के बूढापाका, के युवा तन्नेरी, के केटाकेटी सबैको मुखबाट मुखरित हाम्रो हामीले बोलिने भाषा ओझेलमा पर्ला कि ? हाम्रो जनज्रि्रोमा टाँसिएको भाषालाई छोडेर भिन्न भाषातिर जान ठीक कि बेठीक ? मैले माथि नै उल्लेख गरिसकेँ। हामीले हाम्रो पहिचान गुमाउन खोज्यौं भने अवश्य पनि लामो समयसम्म हामीले आर्ज्याको इतिहास पनि र गौरव पनि गुमाउने छौं। व्यक्तिगत स्वार्थमा लागी पुन जातिको पहिचान नै गुमराहमा पारिदिनेहरू पनि नभएका होइनन्। बेलैमा सचेत होऔं र उच्च धरोहर बोकेका, विश्वसामु पहिचान दिन सकेका पहिचानलाई समाप्त नपारौं। हाम्रो भाषालाई घृणाको दृष्टिले नहेरौं। हाम्रो भाषालाई आफै घृणा गर्दछौं र अरुहरूको बोलीमा भाषा मिलाइ बोल्ने गर्दछौं। आखिर हामीले हाम्रो भाषा नबोली धरै छैन।

विद्वत वर्गहरू, बुज्रुक वर्गहरू, शिक्षित वर्गहरू, यसतर्फ एक नजर लगाइ सबैले आ-आफ्नो क्षेत्र, ठाउँ स्थानबाट सहयोग प्रदान गरौं। पुन जातिको टेवा पुग्ने एउटा स्तम्भ खडा गरौं। यसमा हाम्रो इतिहासमाथि नै अर्को इतिहास रचिनेछ। हामी कसैको लहलहैमा नलागौं। कसैको पछाडि नहिँडौं। कसैको उक्साहटमा नपरौं। हामीमा विचलनको स्थिति सिर्जना नगरौं। एकजुट भएर अगाडि बढौं। सबैलाई चेत्न्या भया।

‘जय करपाके बाबा’

Related News

सम्बन्धित समाचार

hero news full width