कोरोना कहर भित्र चियाउँदा

रुद्र सन्देश मगर
असार ४, २०७७

पृष्ठभूमी:

करिब हरेक एक सय बर्षको फरकमा देखा पर्ने भाईरस महामारीहरु जस्तैः एच.आई.भि., सार्स तथा ईबोला भाईरसहरु जस्तै यति बेला कोरोना भाईरस (कोभिड १९) देखा परेको छ । दोश्रो विश्व युद्ध पश्चातको सबै भन्दा ठुलो महामारीका रुपमा आएको कोरोना भाईरस महामारी शुरुमा चीनको बुहान शहरमा ३० डीसेम्बर, २०१९ मा देखा परेको थियो । कोभिड १९ नाम दिईएको यस कोरोना भाईरसको महामारीले क्रमशः चीन हुंदै विश्वका अधिकांश देशहरुमा आफनो प्रभाव क्षेत्र विस्तार गर्दै लग्यो । यस महामारीले अति विकसित कहलाईएका देशहरु जस्तै: ईटाली, जर्मनी, अमेरिका, जापान, अष्ट्रेलिया, स्पेन तथा स्वीडेन आदि देशहरुलाई शिथिल बनाई रहेको छ भने विकाशोन्मुख देशहरुमा पनि यसले प्रभाव पार्दै गईरहेकोछ । करिब ७ अर्बको हाराहारीमा जनसंख्या रहेको विश्व मानव समुदायलाई कोरोना भाईरसले तर्साई रहेको छ । अधिकांश देशहरुमा कोरोना भाईरसबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या अस्वाभाविक रुपमा बढ्ने क्रममा रहेको छ । भने नेपालमा पनि दिनहुं संक्रमित हुनेहरुको संख्या गुणात्मक रुपमा बृद्धि भईरहेको छ ।

लकडाउनमा कुंभकर्ण झैं निदाई रहेको बुहान, नयां उर्जा र जांगर लिएर संभावनाको खोजी गर्दै ब्युझिई रहेकोछ । रात पछि दिन अवश्य आउंछ त्यसैले त बुहान यति बेला विश्व सामु कोरोना महामारीलाई जितेर विजय उत्सव मनाई रहेकोछ । यही अनुभवको धरातलमा टेक्दै चीनले अन्य कोरोना प्रभावित देशहरुलाई कोरोना बिरुद्ध लड्न सहयोग गरिरहेकोछ । यसर्थ, कोरोना महामारी पश्चात नेपालमा पनि थुप्रै संभावनाका झिल्काहरु देखिएको कुरालाई नकार्न सकिंदैन । नेपालमा कोरोना कहर पश्चात रहेका संभावनाहरु निम्न प्रकार उल्लेख गर्न सकिन्छ ।

नेपाल सरकारले कोरोना महामारी फैलिन नदिन द्रुत गतिमा काम गरिरहेकोछ । यस महामारीबाट बच्न बचाउनका लागि नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि पटक पटक निर्णयहरु गरी देशै भरी लकडाउन गरेकोछ । साथै कोरोना महामारीको संक्रमण फैलिन नदिनका लागि विभिन्न सचेनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । कोरोना महामारी फैलिन नदिनका लागि लकडाउन अबधिभरी घर भित्रै सुरक्षित रुपमा बस्ने, छिमेकी देशका सीमा नाकाहरु बन्द गर्ने, सामाजिक दूरी कायम गर्ने, आफनो ब्यक्तिगत सरसफाईमा ध्यान दिने, पटक पटक मिचि मिचि हात धुने, हातमा स्यानिटाईजर लगाई रहने, हाछ्यु गर्दा वा खोक्दा कुहिनाको भित्री भागले नाक र मुख छोप्ने, भिडभाडमा नजाने, मास्क लगाउने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना भाईरस संक्रमित बिरामीको उपचार गर्ने, स्याहार गर्ने ब्यक्तिले ब्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) लगाउने, प्रयाप्त मात्रामा तातो पानी पिउने, बेसार तथा अदुवाको सेवन गर्ने, नुन पानीले घांटी कुल्ला गरिरहने, चिया तथा कफी सेवन गर्ने र गेडागुडीको झोल पिउने आदि उपायहरु अपनाउन विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना तथा जानकारीहरु प्रवाह गरिरहेकोछ ।

कोरोना महामारीका कारण यति बेला विश्व आक्रन्त र आतङ्कित बनिरहेकोछ । विश्व भरीका मानिसहरु लकडाउनका कारण घर बाहिर निस्किएर आय आर्जनका कामहरु गर्न सक्ने अवस्थामा छैनन । धमाधम उद्योग, कलकारखाना तथा ब्यवसायहरु बन्द हुने क्रममा छन् । फलस्वरुप बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु बेरोजगार हुने अवस्थामा पुगेका छन् । जसको प्रत्यक्ष असर नेपालको सिंगो अर्थतन्त्र र मानव जीवनमा पर्ने निश्चित प्राय छ । कोरोना महामारीकै कारण विश्व अर्थतन्त्रमा समस्या पर्ने भविष्यवाणी अन्तरराष्र्टि«य मुद्रा कोष तथा विश्व विकाश बैंक आदि संघ संस्थाहरुले गर्न थालेको छ । विश्व अर्थतन्त्रमा प्रभाव पर्ने भएपछि हाम्रो देश नेपाल पनि अछुतो रहने अवस्था पक्कै रहंदैन । कोरोना महामारीका कारण नेपालको अगाडि थुप्रै चुनौतीहरु आउन सक्ने भविष्यवाणी संबन्धित क्षेत्रका विज्ञहरुले बताएका छन् । कोरोना महामारीकै कारण नेपालमा देखिन सक्ने चुनौतीहरुलाई निम्न अनुसार उल्लेख गर्ने प्रयत्न गरिएको छ ।

चुनौतीहरु:

१. लकडाउन पश्चात सम्पूर्ण नेपालीहरु घर भित्रै सिमित भईरहेको अवस्थामा विभिन्न सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरु मार्फत कोरोना महामारीले गर्दा विभिन्न देशमा मानिसहरुको ठुलो संख्यामा भएको मृत्युका खबरले गर्दा मानसिक रुपमा तड्पिई रहेको अवस्था हुनाले मानसिक रुपमा विचलित हुने अवस्था रहेको छ ।

२. कोरोना महामारी नियन्त्रण भन्दा बाहिर गई फैलिन गएमा नेपालको स्वास्थ्य सेवा प्रदायक संघ संस्थाहरुले उपचारका लागि बिरामीहरुको भर्ना लिन सक्ने अवस्था रहंदैन ।

३. यदि लकडाउनको अबधि लम्बियो भने आर्थिक रुपमा विपन्न परिवारका सदस्यहरुलाई सांझ, विहानको छाक टार्नका लागि समस्या हुने देखिन्छ ।

४. आर्थिक रुपमा विपन्न परिवारहरुलाई स्थानीय सरकारद्वारा दिईने गरिएको राहत कार्यक्रमहरुको प्रकृति हेर्दा संबन्धित राहत प्राप्त गर्ने ब्यक्तिको मनोबल नै गिर्ने गरी फोटो खिच्ने, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गरिएकोले आर्थिक रुपमा विपन्न परिवारहरुको आत्म सम्मानमा चोट पुग्ने देखिन्छ ।

५. राहत वितरणकै क्रममा चुस्त ब्यवस्थापन हुन नसक्दा भिडभाड हुन गई त्यहां नै कोरोना भाईरसको संक्रमण फैलिन सक्ने चुनौती रहेको देखिन्छ ।

६. हरेक नेपालीहरु कोरोना महामारीका कारण लकडाउनमा रहनु पर्दा उनीहरुको दैनिकी नै अबरुद्ध हुन पुगेको छ । यसर्थ, लकडाउनको समाप्ति पश्चात पनि उनीहरुलाई सामान्य दिनचर्यामा फर्कन कठिन अवस्थाको सिर्जना हुने देखिन्छ ।

७. हरेक सरकारी संघ संस्था, गैर सरकारी संघ संस्था तथा वित्तीय संघ संस्थाहरुको बार्षिक कार्य तालिका तथा योजनामा राखिएका कार्यहरु पुरा हुने कुरामा चुनौती रहने देखिन्छ भने अर्को तर्फ बार्षिक कार्य योजना नै पछाडि धकेलिने देखिन्छ ।

८. लाखौंको संख्यामा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको रोजगारी धरापमा पर्ने देखिन्छ । जसले गर्दा नेपालको रेमिट्यान्समा ह्रास आउने देखिन्छ साथै संबन्धित ब्यक्तिहरुको घरको आर्थिक अवस्थामा पनि संकट उत्पन्न हुने देखिन्छ ।

९. कोरोना महामारीका कारण आर्थिक आम्दानीका क्रियाकलापहरु ठप्प प्राय रहेकाले सिंगो देशलाई थप ऋण भार थपिने देखिन्छ ।

१०. नेपाली जनताहरुले उपभोग गर्ने दैनिक उपभोग्य वस्तुहरु अधिकांश छिमेकी देश भारत तथा चीनबाट आयात हुने र चीन भारत समेत कोरोना महामारीमा परेकाले ती देशहरुबाट आयात हुने वस्तुहरु सहज रुपमा उपलब्ध नहुन सक्छ ।
११. कोरोना भाईरसको संक्रमितको संख्या बढ्ने क्रम रहेमा दिर्घ रोगीहरु, अपाङ्गता भएका ब्यक्तिहरु तथा जेष्ठ नागरिकहरुमा थप जोखिम बढ्न सक्ने चुनौती रहेकोछ ।

बादल भित्र चांदीको घेरा हुन्छ भनेझैं करिब ४ महिना कोरोना महामारीको चपेटामा पिल्सिएको चीनको बुहान यति बेला बौरिन थालेकोछ । लकडाउनमा कुंभकर्ण झैं निदाई रहेको बुहान, नयां उर्जा र जांगर लिएर संभावनाको खोजी गर्दै ब्युझिई रहेकोछ । रात पछि दिन अवश्य आउंछ त्यसैले त बुहान यति बेला विश्व सामु कोरोना महामारीलाई जितेर विजय उत्सव मनाई रहेकोछ । यही अनुभवको धरातलमा टेक्दै चीनले अन्य कोरोना प्रभावित देशहरुलाई कोरोना बिरुद्ध लड्न सहयोग गरिरहेकोछ । यसर्थ, कोरोना महामारी पश्चात नेपालमा पनि थुप्रै संभावनाका झिल्काहरु देखिएको कुरालाई नकार्न सकिंदैन । नेपालमा कोरोना कहर पश्चात रहेका संभावनाहरु निम्न प्रकार उल्लेख गर्न सकिन्छ ।

संभावनाहरु:

१. कोरोना महामारीले गर्दा हुंदा खाने र हुने खाने वर्ग बीचको दुरी कम हुने देखिन्छ । कोरोना संक्रमण रोक्नका लागि सबै बर्ग एक जुट भएर लागेको देखिन्छ । यसले गर्दा भविष्यमा अन्य समस्याहरु आई पर्दा पनि संगसंगै लड्न तयार हुने अवस्थाको सिर्जना गरेकोछ ।

२. वि.सं. २०५२।०५३ ताका देशमा भएको शसस्त्र द्वन्दताका सरकारी पक्ष र बिद्रोही पक्ष बीच भएको लडाईंको दोहोरो चपेटामा परी गाउं छोडेर आफनो र परिवारका सदस्यहरुको ज्यानको सुरक्षाका लागि शहर पसेर सिमित क्षेत्रफल भएको जग्गामा घर बनाएर सांगुरो घेरामा बांचिरहेका ब्यक्तिहरुलाई यो महामारीले शहर भन्दा गाउं हरेक दृष्टिकोणबाट सुरक्षित छ भन्ने सन्देश दिएको छ । यसर्थ, तत्कालीन समयमा विस्थापित अधिकांश नेपालीहरु गाउं फर्किएर बांझो रहेका खेतबारीमा खेतीपाती शुरु गर्न सक्ने संभावना रहेको देखिन्छ ।

३. वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुका लागि नेपाल सरकारबाट कृषिमा आधारित उद्योग तथा ब्यवसाय गर्नका लागि अनुदानको समेत ब्यवस्था गरेको अवस्था रहेको र यति बेला कोरोना महामारीका कारण अधिकांशको रोजगारीमा समेत समस्या हुन सक्ने हुनाले आफनै गाउंमा बांच्नका लागि केही गर्न अग्रसर हुने देखिन्छ ।

४. यदि कोरोना संक्रमितको संख्या अहिलेकै अवस्थामा स्थिर रह्यो र संक्रमित बिरामीहरुलाई स्वास्थ्यकर्मीहरुले उपर्युक्त सेवा प्रदान गरी उनीहरुको ज्यान जोगाउन सकियो र कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको खण्डमा विश्वभरी नेपालका बारेमा सकारात्मक सन्देश जानेछ र नेपाल, पर्यटकहरु घुमफिरका लागि सुरक्षित गन्तब्य हुने कुरालाई नकार्न सकिंदैन ।

५. लकडाउनका कारण लामो समय देखि बन्द रहेका शैक्षिक संघ, संस्थाहरुले बैकल्पिक उपायका रुपमा अनलाईन शिक्षण बिधि मार्फत बिद्यार्थीहरुलाई अध्यापन गर्न थालेकोछ । संभवत यस शिक्षण विधीलाई भविष्यमा आवश्यकता र श्रोत साधनको उपलब्धता हेरी वैकल्पिक शिक्षण विधीका रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।

६. लकडाउनको अवधिमा नेपालमा संबन्धित मन्त्रालयको पहलमा विभिन्न स्थानहरुमा राष्ट्रिय गौरवका आयोजनाहरुमा विकाश निर्माणका कार्यहरु भईरहेकाछन भने सडक पिच गर्ने र रंगरोगन गर्ने काम पनि भएको देखिन्छ । यो हुनु नेपालका लागि सकारात्मक कुरा हो ।

७. लकडाउन हुनु अगावै अधिकांश बालबालिकाहरु शहरबाट आआफनो गाउंमा पुगेको अवस्था छ । यस लकडाउनको अवधिमा गाउंमा बालबालिकाहरुले गाउं घरमा सामाजिक संस्कार र संस्कृतिका बिषयमा बोध गर्ने अवशर प्राप्त भएकोछ भने त्यहांको ढुंगा, माटो, बोट बिरुवा र जीवजन्तुहरुसंग साक्षात्कार हुने मौका प्राप्त गरेका छन् । वास्तवमा बालबालिकाहरुका लागि यो अवसर अति नै सुनौलो अवसर मान्न सकिन्छ ।

८. लकडाउन अवधिमा आफनो गाउं घर तर्फ पैदल हिंडेर फर्किएका ब्यक्तिहरुलाई विभिन्न ठाउंमा त्यहाँका स्थानीय क्लब, समुह तथा संघ संस्थाहरुले पिउने पानी, खाना, खाजा, आवास तथा हिंड्दा लगाउने जुत्ताहरुको समेत ब्यवस्था गरी सहयोग गर्नुले आपसी भाईचाराको संबन्धलाई झनै बलियो बनाउन सहयोग पुगेको देखिन्छ ।

९. लकडाउनका कारण सम्पूर्ण यातायातका साधन तथा कलकारखानाहरु बन्द हुंदा ती साधनहरु तथा उद्योगहरुबाट हुने प्रदुषण कम हुन गई वातावरणमा स्वच्छता कायम भएकोछ । जसले गर्दा पृथ्वीको सिंगो ओजन तहमा समेत सकारात्मक वातावरणीय प्रभाव पर्न गएको देखिन्छ । जुन सम्पूर्ण मानव समुदायका लागि खुशीको कुरा हो ।

१०. विशेष गरी शहरी क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरु आफनो ब्यवसासयक कामको शिलशिलामा मेशिन जस्तै ब्यस्त रहंदा घरका अन्य सदस्यहरुसंग सुख दुःखका कुराहरु आपसमा बांड्न नपाउंदा परिवारका अधिकांश सदस्यहरु बीच सुमधुर संबन्ध कायम हुन नसकेको र कतिपय बेला केही ब्यक्तिहरु उदासिनता संबन्धी मानसिक समस्याको जालोमा पनि फंसेको देखिन्थ्यो । यो कोरोना महामारी पश्चात देश लकडाउनमा गईसकेपछि घरमा रहंदा उनीहरुले परिवारका सदस्यहरुसंग प्रयाप्त भलाकुसारी गर्ने र मनका कुराहरु भन्न पाउने अवसर प्राप्त भएकोछ ।

यस कोरोना महामारीको संक्रमणका कारण विश्व अर्थतन्त्र र नेपालको अर्थतन्त्रमा ठुलो असर पर्न सक्ने विज्ञहरुले बताई रहेका छन् । विश्व विकाश बैंकले यो कोरोना महामारीका कारण विश्वमा धनी र गरीब बीच रहेको खाडल झन ठुलो बन्ने कुरा बताएकोछ । यस महामारीकै कारण विश्वका सबै देशहरुको आम्दानीमा गिरावट आउने कुरा विश्व विकाश बैंकले आंकलन गरेकोछ । त्यस्तै नेपालको बार्षिक औषत आम्दानी पनि घट्ने देखिन्छ । यसरी महामारीले गर्दा नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर पर्ने देखिन्छ । कोरोना महामारीका कारण विश्वका शक्तिशाली राष्ट्रका रुपमा कहलिएका देशहरु जस्तैः अमेरिका, ईटाली, स्पेन, जापान, जर्मन र चीन जस्ता देशहरुले समेत यस घटनाबाट पाठ सिक्नु पर्ने अवस्था आएकोछ । प्रकृतिको दोहन गरेर गरिएको विकाश दिगो विकाश हुन सक्दैन भन्ने कुराको सन्देश यस महामारीले प्रवाह गरेकोछ । विज्ञान पनि प्रकृति सम्मत भयो भने मात्र त्यसले दिने उपलब्धी मानव जगतका लागि हितकर हुन्छ नत्र त्यस्ता विकाशले विकाश होईन विनाश मात्र निम्त्याउंदछ ।

यसर्थ, भोलिका दिनहरुमा वैज्ञानिकहरु, नीति निर्माताहरु, योजनाकारहरु तथा राजनैतिक पार्टीहरुले देश विकाशको योजना बनाउंदा, खाका कोर्दा प्राकृतिक नियमलाई समेत अनुसरण गर्दै अगाडि बढनु पर्दछ र विकाश निर्माणका कार्यहरु गर्नु पर्दछ भन्ने सन्देश यस कोरोना (कोभिड १९) महामारीले सबै मानव जातिलाई शिक्षा दिएको कुरालाई नकार्न सकिंदैन । यसर्थ, विकाश निर्माणका नाउंमा यदि प्रकृतिको दोहन गर्न छोडेनौं भने फेरि अर्को ठुलो गल्ती हुनेछ । जसका लागि मानव जातिले फेरि अर्को ठूलो मूल्य चुकाउनु पर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width