एसएलसी टिप्स

आदर्श समाज सम्वाददाता
फागुन २९, २०६९

परीक्षा नियन्त्रण कार्यालयको प्रारम्भिक तथ्याड्ढ अनुसार यस वर्षको आगामी चैत १ गतेदेखि १ हजार ७८६ परीक्षा केन्द्रमा सञ्चालन गरिने एसएलसी परीक्षामा ५ लाख ४७ हजार १६५ जस मध्ये नियमित तर्फ ४ लाख ३० हजार ९७ नियमित र १ लाख १७ हजार ६८ एक्जेम्प्टेड परीक्षार्थी सहभागी हुने अनुमानको आधारमा परीक्षा व्यवस्थापनको विभिन्न तयारी त्रि्रगतिमा भइराखेको छ। परीक्षालाई व्यवस्थित गर्न १७ हजार ८६ केन्द्राध्यक्ष २ हजार ६५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८९० निरीक्षक, ७ हजार २९७ सहयोगी तथा १९ हजार ८६० सुरक्षाकर्मी परिचालन गरिने भएको छ। परीक्षाको काउण्ट डाउन सुरु भइसकेको छ। खासगरी विद्यार्थीलाई एक्जामिनेशन फिभरले छोइसकेको छ। फलामे ढोकाको रूपमा चित्रित एसएलसी परीक्षामा अधिकतम अड्ढ ल्याएर उत्कृष्ट स्थानमा हासिल गर्न परीक्षार्थीले आफ्नो अध्ययनलाई घनिभूत पारी राखेका छन्। उनीहरूको परीक्षा तयारीलाई अझ सशक्त र प्रतिफलमुखी बनाउन निम्न केही उपायले टेवा पुर्‍याउन सक्छ।

–      कठिन महसुस गरिएका विषयलाई अलि बढी महत्त्व दिनेगरी सबै विषयलाई समानुपातिक रूपमा अध्ययन गर्ने गरी दैनिक समय तालिका बनाएर नियमितरूपमा अध्ययन र लेख्ने अभ्यास गर्ने।

–      सहपाटीहरूको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाल्ने।

–      पढाइको साथ साथै विगतका प्रश्नहरूको तोकिएको समयमा सक्ने गरी उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर सल्लाह लिन पनि पछि पर्नु हुन्न।

–      एसएलसी परीक्षालाई हाउगुजीको रूपमा नलिई सहज रूपमा दिने मनस्थिति बनाउनुपर्दछ।

–      मानसिक एवं शारीरिक क्षमता भन्दा बढी थकान हुने गरी अनिदो समेत बसेर लगातार पढ्दा स्मरणमा ह्रास आउँछ र आफूले सोचे जस्तो जाँच दिन सकिन्न। त्यसैले बढी थाक्ने गरी नपढ्ने।

–      परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढताको साथै सकारात्मक र उच्च मनोवलको साथ परीक्षाहलमा प्रवेश गर्नुपर्दछ।

–      विषय अनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदिको तयारी घरबाट हिँड्नु अगाडि नै जाँच गरेर बोक्नु पर्दछ।

–      प्रश्नहरू सबै सरसर्ती पढीसकेपछि आफूलाई धेरै आउने प्रश्न पहिला गर्ने र त्यहीक्रममा नआउने प्रश्नहरूलाई पछि गर्दा कतिपय प्रश्नका उत्तर पछि सम्झिन सकिन्छ साथै समयको बचत पनि हुनछ।

–      प्रश्नले मागेको उत्तर यकिन भए पछि प्रश्नको प्रकृति अनुसार मौलिकता झल्किने गरी बुँदागत रूपमा सफा र शुद्धसँग लेख्नु पर्दछ।

–      सबै प्रश्नका उत्तरहरू लेखिसकेपछि बाँचेको अन्तिम समयमा  लेखेको उत्तरलाई सरसर्ती पढेर छुटपुट केही भए सच्याउनुपर्दछ।

एसएलसी परीक्षालाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्त्व रहन्छ। छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरूको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको सहजता प्रदान गर्ने र उत्साह र ढाढस दिएर मर्यादित रूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी हो। जसले विद्यार्थीलाई एक्जामफोविया हुनबाट बचाउँछ। यसमानेमा एसएलसी अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला।

त्यस्तै विद्यालयले पनि विद्यार्थीको रुची क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरूपमा सामना गर्न सक्ने योग्यताको विकास गराउनुपर्दछ। विद्यार्थीको वैयक्तिक विभिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि  उच्च हुने यथार्थता हो। किनकि एसएलसीको नतिजाको आधारमा विद्यालयको छवि सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफनो हैसियत र स्तर उच्च राख्ने सुनौलो अवसर हो। तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन अधिकाधिक सकरात्मक प्रयास गर्नुपर्ने हुन्छ।

प्रश्न पत्र निर्माणमा वैज्ञानिकता, बस्तुनिष्ठता तथा गुणस्तरियताले पनि परीक्षाको नतिजालाई असर पार्द छ। व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्यौर्ल गर्दछ।

एसएलसी परीक्षा प्रत्यक्ष रूपमा विद्यार्थीको लागि मात्र फलामे ढोका भए जस्तो लागे तापनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको नीति नियम तथा कार्यक्रम जाँच्ने कसी पनि हो। त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पुर्‍याए भन्ने कुराको एकिन गर्ने एक  सशक्त सूचक  विद्यार्थीले प्राप्तगरेको प्राप्ताड्ढ र उत्तीर्ण प्रतिशत नै हो। तसर्थ एसएलसी विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायत सरोकारपक्षको पनि परीक्षा हो। एसएलसी असफलताको प्रत्यक्ष क्षतिको भागेदार विद्यार्थी भए तापनि परोक्ष रूपमा अन्तोगत्वा समग्र राष्ट्रलाई पर्छ। मात्र यसको सही विश्लेषण र व्याख्या गरी आ आफनो जिम्मेपारी र जवाफदेहिता बहन गर्न ढिलो भइसकेको छ। एसएलसीलाई मर्यादित एवं अनुशासित रूपमा सञ्चालन गर्न सबै क्षेत्रबाट इमान्दारीपूर्वक आ-आफ्नो भूमिका निर्वाह गर्न सक्यौं भने विद्यार्थी कर र डरले नभइ रहरले परीक्षा दिन उत्साहित हुन्छन्। अनि एसएलसीलाई फलामे  ढोका नभएर स्वणिर्म ढोकाको रूपमा स्थापित गर्न सकिन्छ।

(लेखक नुवाकोटका जिल्ला शिक्षा अधिकारी हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width