आदिवासी, जनजाति र ब्राम्हण क्षेत्री

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७०

कुनै खास क्षेत्र वा ठाउँमा आदिमकालदेखि बसोबास गर्दै आएका त्यस क्षेत्रको विशेषता बोकेका मानिसहरुलाई आदिवासी भनिन्छ। जसको आफै मातृभाषा, रिती-रिवाज, परम्परागतसमेतको छुटै सांस्कृतिक पहिचान छुटै सामाजिक संरचना हुन्छ।

आफै इतिहास हुन्छ। बृहद नेपाली कोषका अनुसार आदिवासी भन्नाले कुनै निश्चित ठाउँमा वसोवास गर्ने अन्य जात जाति भन्दा पहिला सो ठाउँमा जंगल फाडेर खनी खोस्री अथवा जंगलका खाने वनका पदार्थ गीठा, भ्याकुर, कडुस आदि खाने नागा, कोचे, कुसुण्डा, राउटे, चेपाङ, जिरेल, दरै, कुमाल, दनुवार, ताजपुरिया, मेचे, बोटे, आदी सभ्यता शिष्टता नभएका पछौटेहरु आदिवासी हुन्। संयुक्त राष्ट्रसंघको नागरिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १६ डिसेम्वर १९६६ आदिवासीलाई इन्डिजिनस भनिएको छ। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय श्रमिक संगठनद्वारा अमेरिकामा रेड इण्डियन र क्यानाडाका एस्किमोजस्ता जातिहरुको अवस्था हेरेर आदिवासी समुदायको परिभाषा गरिएको छ।

आफैले आफूलाई आदिवासीको रुपमा घोषित भएका नेवार, गुरुङ, मगर, राई, लिम्वु, थकालीहरु आदिवासी होइनन्। यिनीहरुले आदिवासीजस्तो पद्धतिको जीवनयापन गरिरहेका छैनन्। आर्थिकरुपले सम्पन्न छन्। राज्यको सेवासुविधा उपयोग गरिरहेका छन्। सुरक्षा निकायमा अत्यधिक रुपमा राई लिम्वु गुरुङ मागरहरु भर्ति हुने गर्दछन् र सेना र पुलिसको उच्च पदमा यिनीहरु नै पुग्ने गर्दछन्। देश विदेशमा रोजगारी प्राप्त गर्ने यिनै जातिहरु हुन्।

व्यापार व्यवसाय गर्न सबैभन्दा योग्य जाति नेवार र थकाली हुन्। हरेक किसिमको व्यापार व्यवसायमा नेवार एक नम्वरमा छन्। शहर बजारका समृद्ध व्यक्तिहरुमा यिनीहरु एक नम्बरमा पर्दछन्। सरकारी सेवा पाउनेहरुमा शिक्षित योग्य क्षमतावान् व्यक्तिहरुमा नेवार सबैभन्दा बढी छन्। थकालीहरु होटल व्यवसायमा अग्रगण्य स्थानमा छन्। थकाली खाना नेपालीहरुका निमित्तमात्र होइन, विदेशीहरुका निमित्त पनि अत्यन्त प्रसिद्ध छ। राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापारबाट पनि थकालीहरु समृद्ध भएका छन्। नेपालका समृद्ध शिक्षित जातिभित्र पर्ने नेवार र थकाली नेपालका आदिवासी हुन सक्तैनन्। नेवारहरु हिन्दु जात र संस्कृतिभित्र पर्दछन्। अन्य हिन्दूहरु आदिवासीभित्र नपर्ने नेवारमात्र पर्ने कुरा मान्न मिल्दैन। नेवारहरुको चेहरा संस्कृति, भाषाशैली हिन्दूहरुसँग हुवहु मिल्दछ। थकालीहरु मंगोलियन नस्लभित्र पर्ने भए पनि आदिवासीभित्र पर्दैनन्। आदिवासीहरुको आर्थिक, सामाजिक, अवस्था यस्तै मगर, राई लिम्वु, गुरुङ शेर्पा आदि जातिहरु नेपालमा हिन्दू वर्ण्र्ााव्यवस्थाभित्र नपर्ने जातिहरुलाई जनजाति भनिने हुँदा यिनीहरु जनजातिभित्र पर्दछन्। तर यिनीहरु आदिवासी हुन् भन्ने प्रमाणिक आधार छैन। संयुक्त राष्ट्रसंघद्वारा गरिएको परिभाषाअनुसार पनि यिनीहरु शिष्ट, सभ्य, खानदानी, योग्य क्षम्य हुँदा आदिवासी भन्न मिल्दैन। छुटै भाषा संस्कृति भएको जंगल फोडेर खोरिया खनजोत गरेर खाने जाति नभएकोले यिनीहरुले आदिवासी हौं भन्ने कुरा कही कतैबाट प्रमाणीत हुन आउँदैन। आदिवासी हौं भनी आफूहरुले घोषणा गर्दैमा आदिवासी हुन् भन्न मिल्दैन। मगर, गुरुङ, राई लिम्वु, शेर्पाहरु विदेशी बृटिस, भारतीय सेनामा नोकरी गर्ने विदेशमा रोजगार गर्ने र स्वदेश विदेशमा बन्द व्यापार गरी सम्पन्न जीवनयापन गरी रहेका छन्। राज्यबाट सुविधा प्राप्त गर्ने हेतुले आदिवासी हौं भनेका हुन्।

थकाली र शेर्पा नेपाल प्रवेश गरेको पाँच सय वर्ष भन्दा बढी भएको छैन। झापाको सतार जाति जस्तालाई आदिवासी भनिएको छ। सतार भारतबाट नेपालमा आएको तीन सय वर्ष नाघेको छैन। अघिदेखि अथवा परापुर्वकालदेखि नेपालमा बसेको आधारमा आदिवासी मान्ने हो भने प्राचीनकालमा अथवा त्रेतायुगमा कर्णालीको खसान क्षेत्र खसहरुको राज्य थियो। नेपालमा खस क्षेत्रीहरु जति छन् र ठकुरी गिरी पुरी वैश्य शुद्र तराइका विभिन्न जाति बहुमतभन्दा धेरै बढी जनसंख्या भएको जाति हो। खसान राज्यबाट फैलिएर सुदूरपश्चिम र मध्यपश्चिम १६ जिल्लामा खस क्षत्रीहरुको बहुमत छ। तराई पहाड हरेक ठाउँ क्षेत्रीहरुको बहुमत छ। तराई पहाड हरेक ठाउँमा क्षेत्रीहरुको बाहुल्यता छ। पहिल्यैदेखि बसिआएको कारण आदिवासी भान्ने हो भने क्षेत्री ब्राम्महणहरु सबैभन्दा पहिला नेपालमा बसोबास गर्ने जाति हो भन्ने कुरा वेद पुराण र इतिहासबाट सिद्ध भएको छ।

संसारको सबैभन्दा पहिलो दस्तावेज वेद हो। पश्चिमाहरुले पनि वेदको उत्पत्ति १५ हजार वर्ष पहिला भएको हो भनी मान्दछन्। वेदका रचनाकार याज्ञवल्लक ऋृषी थिए उनी ब्राम्हण हुन्। वैदिक कालमा अत्री, वामदेव, गौतमआदि ऋषिहरु ब्राम्हण थिए। हिमालय श्रृंङ्खलामा श्रृषिहरुको निवास स्थान थियो। नेपालका ब्राम्हण क्षेत्रीहरु यिनै ऋषिमुनिहरुका सन्तान हुन्। १५ हजार वर्षदेखि यिनीहरु यहाँ वस्दै आएका हुन्। विन्धाचल र हिमालय क्षेत्रभित्र आर्यावर्त क्षेत्र पर्दछ। यही आयावर्त क्षेत्र नै वेदको निर्माण भएको ठाउँ हो। प्राचीन ब्राहमणहरुको बासस्थान पनि यही क्षेत्र हो। नेपालका नदीहरुको किनारमा ऋृषिमुनिहरुले तपस्या गरेको देखिन्छ। कोशीको किनार वराह क्षेत्रमा कौसिक ऋृषिले तनहुँ दमौलीको मादीनदीको किनारमा वेद व्यासले र चितवनको त्रिवेणीमा वाल्मिकी ऋृषिले तपस्या गरेका थिए। यिनै बाल्मिकीले रामायण लेखेका थिए। करिब पाँच हजार वर्ष पहिला भारत उत्तर प्रदेश अयोध्याका राजा दशरथको छोरा रामचन्द्रको जनकपुरको राजा महर्षी जनककी छोरी सीतासँग विवाह भएको थियो। सीताका बहिनीहरु तीन जनाको रामका भाइहरु लक्ष्मण, भरत र शत्रुध्नसँग विवाह भएको थियो। जनक राजाका पुर्वजहरु कैयौं हजार वर्षदेखि जनकपुरमा बसिआएका थिए। जनकपुरका मैथिल ब्राहमणहरु दशौं हज्जार वर्षदेखि जनकपुरमा बस्दथे। तिनीहरु नेपालमा मूलबासी हुन्। हजारौं वर्ष पहिलेदेखि विदेही मिथिला क्षेत्रमा जंगल फडानी गर्ने जग्गा जमीन खनजोत गरी जीविका चलाउने ब्राहमण क्षेत्री हुन्।

मुगल साम्राज्यमा हिन्दूहरुको जनै फ्याँक्ने, हिन्दू धर्म नष्ट गर्ने, हिन्दूहरुलाई मुस्िलम बनाउने अत्याचारबाट बच्नका निमित्त तिकै ब्राहमणहरु दिल्लीबाट गडवाल हुँदै नेपाल प्रवेश गरेर दार्चुला, बैतडी हुँदै हुम्ला, जुम्ला, दैलेख, सुर्खेत, बसोबास गरेका ब्राहमण क्षेत्री आदि तागाधारी जाति हुन्। तर सोभन्दा धेरै वर्ष पहिला नै नेपालमा ब्राहमण क्षेत्रीहरु बसोबास गर्दैआएका थिए। ऋृग्वेदमा उल्लेख भएअनुसार १५ हज्जार वर्षदेखि यहाँ ब्राहमण क्षेत्रीहरु बसोबास गर्दैआएको कुरा सत्य तथ्ययुक्त देखिन्छ। यिनीहरु नेपालका मूलवासी हुन्। जनजातिका नेता हौं भन्ने कृष्ण भटृचन र ओम गुरुङ आदिले ब्राहमण क्षेत्रीहरुले हाम्रो धर्म संस्कृति, भाषालाई पछाडि पारे भन्ने भनाई झुठो हो। नेपालका राजा र राणाहरुले जनजातिको धर्म र संस्कृतिलाई पछि पारेको हुन सक्दछ। पञ्चायतकालमा राजाहरुले एउटै भाषा एउटै भेष, एउटै धर्म एउटै संस्कृति भनेर जनजातिको भाषा, भेष, संस्कृति, उत्थानमा अवरोध गर्ने कार्यं गरेका थिए। धेरै जनजातिले हिन्दू धर्म र केहीले बुद्ध धर्म मान्दछन्। यसमा अको कसैले बाधा पुर्‍याएको छैन। जस्तै उदाहरणको लागि नेपालमा ६% मगर छन् ३% भन्दा बढिले मगर भाषा बोल्न जान्दैनन्। त्यस्तै २.३९% गुरुङ छन् १.२५% भन्दा बढिले गुरुङ भाषा बोल्न जान्दैनन्। यो मगर गुरुङको आफ्नै कमजोरी हो। आफ्नो भाषा नबोल भनेर अरु कसैले भनेको छैन। त्यस्तै नेवारी भाषा अन्य जनजातिको भाषाको उत्थानमा अरु कसैले बाधा अवरोध पुर्‍याएको छैन। ब्राहमण क्षेत्री, गिरी बैश्य, शुद्र आदि ३७% भन्दा बढी जातजातिलाई अन्य जातिको लिष्टमा राखेर राजनैतिक दलका नेताहरुले ठूलो गल्ति गरेका छन्। अन्य जातिको लिष्टबाट हटाएर नेपालको मूलजातिको रुपमा राखिनु पर्दछ। ब्राहमण क्षेत्रीसमेतको अन्य जातको लिष्टबाट हटाउने माग अत्यन्त जायज छ। सो माग राज्य पक्षबाट पूरा गरेर मूल जातिको सूचीमा राखिनु पर्दछ।

(लेखक वरिष्ठ अधिवक्ता हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width