अस्ताउन लागेका दुई युग पुरुष

दिल प्रसाद अधिकारी
भाद्र १८, २०७७

वर्तमान समयमा चर्चामा रहेका २ युग पुरुषमध्ये नेपाली जनताको मनमुटुमा बसेका, नेपाली जनता अन्धकारलाई हटाई उज्यालो प्रदान गर्ने व्यक्ति कुलमान घिसिङ र विश्व खेल जगत्का महारथी लियोनी मेस्सी यी दुवै पात्रले आ–आफ्नो क्षेत्रमा गरेको योगदान न त विश्व फुटबलले बिर्सन सक्दछ न त नेपाली जनताले नै यही त्यो नेपालमा व्याप्त १४ घण्टे लोडसेडिङ्को अन्त्य गरेर होस् वा एकै सिजनमा ३ वटा उपाधि जिताएर होस् यी दुई व्यक्तिको आफ्नो कार्यक्षेत्रबाट वा आफ्नो करियर बढाएको क्लवबाट बाहिरिने कुरा अहिले विश्व सञ्चार माध्यम र नेपाली सञ्चार माध्यमका समाचारमा टेडिङ्मा परेका छन् ।

कुलमान जसलाई नेपालको उज्यालो भन्न थालिएको छ । जसको कार्यकाल नेपाल विद्युत प्राधिकरणको प्रमुखबाट यसै महिनाको अन्त्यतिरबाट सकिन लागेसँगै उनलाई पुनः नियुक्ति दिनुपर्छ भन्ने आवाज तीव्र रहेको छ । कुनै समय कुलमानको भाग्य र उनको व्यवस्थापकीय कुशलताको प्रशंसनिय भूमिका रहेकोमा कुनै दुई मत छैन तर वर्तमान अवस्थामा प्राधिकरणले प्रशारण लाइनमा गत आर्थिक वर्षमा शून्य उपलब्धी देशको गौरवको आयोजना नेपालको विद्युतीय आयोजनाको सबैभन्दा ठूलो अपर तामाकोशी आयोजना र केही त्यस्ता आयोजना रहेका छन् । जसका प्रसारण लाइनको उचित प्रबन्ध गर्न नसक्दा पूर्ण क्षमतामा उत्पादन गर्न सकिरहेका छैनन् कुलमानको नियुक्तिलाई लिएर नेपालका सञ्चार माध्यम, सामाजिक सञ्जाल तरङ्गित भइरहेका छन् कति सञ्चार माध्यमले त उर्जा मन्त्रालयबाट नियुक्तिको प्रस्ताव, मन्त्रिपरिषद्मा नजाँदै ४ वर्षका लागि नियुक्ति पाइसकेको समाचार प्रकाशन र प्रशारण पनि गरे तर यो कुराले केलाई संकेत गर्दछ कि नेपाली जनता कुलमान घिसिङ प्राधिकरणमा निरन्तरता चाहन्छन् । एउटा कुरा अत्यन्तै महत्वपूर्ण छ कि नेपालमा कुलमान जत्तिका व्यवस्थापकीय क्षमता भएका कुनै पनि व्यक्ति हुँदैनन् र अब नेपाल भित्र जन्मदैनन् भन्नु अत्यन्तै गलत कुरा हो । कुलमान आफैले भन्ने गरेका हुन् कि आज प्राधिकरण जुन स्थानमा छ त्यसमा म र मेरो टिमको समग्रको कार्यसम्पादनको प्रतिफल भएको र कुलमान आफै पनि समूहमा काम गर्न रुचाउने व्यक्ति भनिन्छ ।

प्राधिकरणको सफलतामा एउटा कुलमान बाहेक अरु कसैको हात छैन भन्नु व्यक्तिको व्यक्तिवादी कुरा हो । अहिलेसम्मका कार्यकारी प्रमखुले प्राधिकरणमा कुलमान जत्तिको कार्यसम्पादन गर्न सकेनन् तर अब आउने कार्यकारी प्रमुखले कुलमानको समान वा त्यसभन्दा बढी प्रतिफल प्राधिकरण, जनता र नेपाल सरकारलाई दिनुपर्ने नैतिक दबाब पर्ने कुरामा दुईमत नहुने देखिन्छ ।

यसैगरी विश्व फुटबलका महारथी रेकर्डमाथि रेकर्ड बनाउन सफल पात्र लियोनी मेस्सीको विश्व सञ्चार माध्यम र सामाजिक सञ्जालमा उनी १३ वर्षको अनुवन्दन भएको क्लब विश्वको चर्चित क्लव वार्सिलोनाबाट बाहिरिने कुरालाई लिएर सञ्चार जगत् तरंगित भएको । मेस्सीले आफ्नो व्यवसायिक खेल विशेष समय यसै क्लबमा व्यतित गरेका छन् भने यसै बीचमा उनले क्लव र आफ्नो नाममा विभिन्न नयाँ नयाँ रेकर्ड बनाएको कुरा आम खेलकुदप्रेमी वर्गमा थाहा भएको कुरा नै हो । यसै सन्दर्भमा लेख्दै गर्दा वर्तमान अवस्थाका मेस्सी र उनको करियर बनाउन सहयोग गर्ने सारथि क्लब बार्सिलोना एक अर्कोलाई आफ्नो आवश्यकताको बारेमा आम सञ्चार माध्यमहरुमा विभिन्न टिकाटिप्पणी आइरहेका छन् ।

मेस्सीले बार्सिलोनामा लामो समय बिताएका छन् त्यस अवधिमा उनले वार्सिलोनालाई र वार्सिलोनाले उनलाई विभिन्न उपाधि र अवसर प्रदान गरेको र यिनी दुवैको मिलनले नै मेस्सी र बार्सिलोना विश्व खेल इतिहासमा खेलाडी र क्लबमा पहिलो नम्बरमा नपर्लान भन्न सकिँदैन । तर वर्तमान अवस्थामा बार्सिलोनाले यो सिजन नै सबैभन्दा खराब प्रदर्शन गरिएको र कुनै उपाधि प्राप्त गर्न नसकेको कुराले गर्दा बार्सिलोनामा मेस्सीको औतित्यको बारेमा विभिन्न बहस र मेस्सीले पनि आफ्ना विभिन्न असन्तुष्टी राख्दै आइरहेका छन् । फुटबल आफैमा समूहमा खेलिने खेल भएको सफल खेलाडीले जस्तोसुकै राम्रो खेल खेले पनि टिमलाई जित दिलाउन नसक्ने कुरामा कुनै दुई मत भएन ।

मेस्सीले पनि प्रशिक्षक राम्रो नभएको र क्लब भित्रका खेलाडीले पनि प्रशिक्षकको कुनै सम्मान नगर्ने र उनले भनेका कुराहरुलाई कुनै वास्ता नगर्ने समाचार बाहिर आइरहेको बेलामा क्लब नै गतिलो खेल प्रदर्शन गर्न सकेन र यो सिजनको अन्तिम खेल त निकै लज्जास्पद रुपमा हार व्यहोर्नुपर्यो । यसै बीचमा क्लबमा नयाँ प्रशिक्षक आएका छन् र बढी उमेर भएका राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीको बहिरगमन गरेका कुराहरु सञ्चारमाध्यममा आइरहेका छन् यसै सिलसिलामा मेस्सी उमेरले ३३ वर्षका भैसकेका छन् खेल जगत्मा नयाँ–नयाँ युवा खेलाडीको प्रवेश गरेका उनीहरुको प्रदर्शन पनि लोभलाग्दो गरिरहेका छन् हुन त क्लबलाई उपाधि हासिल गर्न उपयुक्त खेलाडी आवश्यक पर्दछ ।

अन्य क्लबको अवस्थालाई हेर्दा स्पेनको राम्रो क्लब हो रियल मेट्रिट कुनै समय क्रिस्टियानो रोनाल्डो हुँदा उपाधि जितेको रियललाई रोनाल्डोको बहिरगमनपछि जित हासिल गर्न सक्दैन होला भन्ने आम खेलकुद पे्रमीलाई लागेको कुरा थियो । तर गत सिजनमा ला लिगमा रियलले उपाधि हासिल गरेको यसबाट पनि के कुरा प्रष्ट हुन्छ भने क्लबले उमेर पुगेका खेलाडी हटाउँदै जाने र नवउदयमान खेलाडीबाट प्रवेश गर्दै जादा क्लवले राम्रो खेल प्रदर्शन गर्न सक्ने र उपाधि हासिल गर्न सक्ने देखिन्छ । त्यसैले बार्सिलोनाले मेस्सीलाई क्लबबाट बहिरमगन गरेर नयाँ युवा खेलाडी भित्र्याएर क्लबको सफलतातर्फ लैजानुको कुनै विकल्प छैन । अन्त्यमा यी दुई युग पुरुष दुवैका वर्तमान उपलब्धीलाई उच्च सम्मान गर्दै समय अनुसार अगाडि बढ्नु वर्तमानको माग हो ।

Related News

सम्बन्धित समाचार

hero news full width