अबको हाम्रो बाटो ?

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७०

नेपाली जनताले अन्तिम समयमा आएर अन्य पार्टीकाई भन्दा माओवादी पार्टीकाई विश्वास गरेको यथार्थ उनीहरूले प्राप्त गरेको मतको आधारलाई लिएर स्पष्ट हुन सकिन्छ। मानिसको नयाँ सोच्ने, नयाँ आँट्ने र नयाँ चाहना गर्ने प्रवृत्तिको साश्वत मूत रूप हो पछिल्लो चुनाव। जसमा आम नेपाली जनता चाहे नेपाली काङ्ग्रेस, चाहे नेकपा एमालेलगायत अन्य पार्टीका हिमायतीहरू हुन् जो दशकौंसम्म पनि आ-आफ्नो  पार्टीका स-भक्तिपूर्वक लागि रहे। आफू संलग्न पार्टी चाहे राम्रो काम गरोस् वा नगरोस् त्यसको कत्ति पनि पर्वाह नगरी उनीहरू अन्धभक्त बनेर वषौर्ं वर्षसम्म उनीहरूकै गाथा गाएर बसे। जब माओवादीहरू ज·लबाट एकाएक बाहिर आए तब कतिपय नेपाली जनता यो पार्टी्रति आकषिर्त भए। यो पार्टीप्रति आकषिर्त हुनमा कुनै नौलो र आर्श्चर्य मान्नुपर्ने कुरा केही पनि थिएन। तर अनायस त्यसो भयो किन भने नेपाली जनता परिवर्तन र विकासको पक्षमा हुनु र त्यही समयमा माओवादीमा नयाँ किसिमको तामझाम देखिनुको कारणले सर्वसाधारणहर त्यतातिर लोभिनुलाई स्वभाविक नै मान्न सकिन्छ। फलस्वरूप माओवादीहरूको एकाएक अनपेक्षित विजय प्राप्त भएको घटनालाई कत्ति पनि अस्वाभाविक मान्न मिल्दैन। यो ध्रुव सत्य हो कि जुनसुकै वस्तु, संस्था वा वर्गको एउटा समय आउँछ। यो समयको चक्रलाई एउटा गुड्ने चक्कासँग तुलना गर्न सकिन्छ। जसरी चक्का एउटा निश्चत गतिमा घुम्छ, त्यसरी नै यो संसारमा अवस्थित सबै वस्तुहरू पनि आफ्नो गतिमा अटोम्याटिक रूपमा घुम्दछन्। घुम्दै जाँदा त्यो चक्काको एक भाग माथि पर्दछ त केही समयपश्चात् त्यही भाग तल पर्दछ। तल परेको बेलामा उसको अवमूल्ययन गर्ने र माथि परेको बेलामा उसको जयजयकार गर्ने मानिसहरूको आम स्वभाव हुन्छ नै। यो समयजन्य स्वभावलाई समटेर कतिपय पार्टीहरूले आफ्नो नाजुक अवस्थाको काँचुली फर्र्न सक्छन् भने कतिपयको सर्मनाक हार झ् कतिपय अवस्थामा तत् पार्टीका हिमायतीहरूमा समयको माग अनुसार चल्न नसकेको, आन्तरिक अवस्थामा गुटबन्दीले जरा गाडेका जस्ता विविध आरोप र प्रत्यारोपले तत्कालीन समयमा निकै चर्चा गर्ने गरे तापनि समयको नयाँपनसँगै आएको बाढीलाई कसैले पनि छेक्न सक्दैन। आन्तरिक खिचलो होस् वा बाहिरी, जे भए तापनि समयको बहावसँगै वास्तविक वातावरणलाई आत्मसाथ गर्न नसक्नले आफ्नो विगतको अस्तित्वमा एकाएक तुषारापात गराउँछन्। भनिन्छ, आफ्नो अस्तित्वमा तुषारापात गर्ने काम बाहिरि वातावरणले भन्दा पनि आन्तरिकका विविध कारणले हुने गर्दछ। त्यही भएको थियो माओवादी इतर पार्टीहरूलाई, पछिल्लो पटकको सविधान सभाको चुनावमा। चुनाव हुनु उक्त चुनावको परिणामले कसैलाई विजयको स्थितिमा पुर्‍याउनु वा कसैलाई हारको अवस्थामा राख्नुलाई कुनै अनौठो र अस्वोभाविक कदापि मान्न सकिदैन। यो त एउटा विश्वव्यापी घटना हो। जो अवश्यम्भावी छ र जुन हुनु नै थियो त्यही नै हुन्छ। वास्तविक परिणामको पश्चात हार्नेले डाको छोडेर रुनु पर्ने र जित्नेले हान्ने रागो जस्तो भएर बाटो मिच्दै हिड्नु पर्ने कुनै कारण हुँदैन। यो त एउटा गुड्ने चक्कासरह नै हो। जनताका सारा आकाँक्षाहरू विजेता पार्टीको पोल्टामा आएर थुप्रिन्छन्। हजारौ पूर्व फोस्रा आश्वासनहरू त्यही झोस्सिन पुग्दछन्। लाखौं गरिबलाई बाँडेका कलोकल्पीत दुर्लभ बाचा एकाएक त्यही  बजारिन पुग्छन्। ऊ सरकारमा पनि पुगि सकेको हुन्छ। जहाँ पुगेर सर्वप्रथम उसले आफ्नै खाँचो देख्छ। आफ्नो खाँचो बढ्दै जान्छ। ऊ ऐस, आरामको जिन्दी बिताउनेतिर सोच्न थाल्छ अनि हिजोको  जनताको अगाडि उभिएर गरेका वाइघातका चुत्था, घटिया चुनावि नाराहरू सम्भिm, सम्भिm बिसर्न थाल्छ। कुनै समयमा नेपोलियनलाई ‘पष्लन या भ्गचयउभ भन्ने गरिन्थ्यो’-त्यस्तै ऊ आफूलाई सम्झन्छ। र उसले यति छिटो भुलिसकेको हुन्छ कि ल्भकियल मभकतचयथभम ल्भउयष्यिलुक ाभिभत ष्ल तजभ द्यबततभि या तजभ ल्ष्भि।

वर्तमान परिप्रेक्ष्यमा आम नेपालीहरू निरास, हतास र बिलखमण्डलमा परेका छन्। नेपाली जनताको दुःख, नेपाली जनताको रुवाबासी, नेपाली जनतामा भएको असन्तोषलाई नेपालका नेताहरूले सम्बोधन गर्न नसकेको धेरै वर्ष भइसके। आज, भोलि, आज, भोलि गर्दा, गर्दा दशकां बितिसक्यो तर सुकि दे गाँड भन्दा थपिदे गाँड भएको छ। शिक्षा क्षेत्रदेखि व्यापारिक क्षेत्र, प्रशासनिक क्षेत्र देखि गैर प्रशासनिक क्षेत्र, राष्ट्रिय परिप्रक्ष्य देखि अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, सामाजिक सद्भाव देखि जातिय, धार्मिक एवं सांस्कृकित सद्भाव जताजतै लथालि· भएको अवस्था छ। नेपालका राजनेताहरूको बचकनापनले गर्दा हामी नेपाली हौ भन्न समेत लाज लाग्न थालिसकेको अवस्था छ। देशको कुनै एउटा यस्तो क्षेत्र छैन जहाँ राजनीतिले चुर्लुम्म्म नपारेको होस्। देशमा यस्तो कुनै ठाउँ छैन जहाँ नेताहरू नसँुघेका हुन्। देशमा एउटा यस्तो पनि कुनो छैन जहाँ स्थानिय वा केन्द्रिय नेताहरूले फोहर नबनाएको हुन्। हुँदा, हुँदा हिजो आज त सिक्कीमीकरणको धम्कि सार्वजनिक रूपमै छताछुल्ल हुन लागिरहेको छ। हाम्रा नेताहरूकको चाहना नेपाल नेपालीको भन्दा कसरी के गरेर हुन्छ छिमेकीहरूको हित गर्न पाए हुन्थ्यो भन्ने मनसायमा समर्पित रहेको पुष्टि हुन्छ।  छ-छ महिनामा परिवर्तन हुने र नयाँ बन्ने विभिन्न दलका सरकारहरूबाट देशको कुनै न कुनै स्वरूप विदेशमा लादै दिँदै आउँदै गरेको स्पष्टै छ। कसले कति लान सक्छ भन्ने प्रतिस्पर्धा चलेको छ हाम्रा नेताहरूमा। ‘वर्षौ वर्षसम्मको हाम्रो चाहना, सम्विधान सभाले सविधान बनाएर जनता सम्ोट्ने सम्पूर्ण नेपालिको कामना’ को लागि दोस्रो पटक चुनाव गछौं भन्ने सर्तमा आगामी मङ्सिर ४ गतेको लागि तिथि मितिसमेत तय भएको अवस्थाले जनतामा केहीसम्म शितलता प्रदान गरेको छ भने अर्कातिर ड्यास् माओवादीहरू जसरी भएपनि चुनाव हुन नदिने र देशमा अर्का भयाड्कर वितण्डा मच्चाउने प्रतिज्ञामा दृढ छन्। यस प्रकारको दोहोरो मापदण्डको अस्पष्ठ चक्करको खेलमा भलक्-भलक् उम्लिरहेका छन् आम नेपाली जनता। जनताको मनमा सधँ शान्त, अमन चयन र विकासका उज्याला स्वभावहरूले हराभरा हुनुपर्ने नेपालीहरू कयौं सालदेखि बज्रपातै, बज्रपात सहेर दिन काट्न वाध्य भइरहेका छन्। उनीहरूको माग, निर्देशन र अपेक्षाबमोजिम कुनै पनि सामूहिक समस्याको निराकरण वा हल हुन नसक्ने भएपछि पढे, लेखेका, जाने बुझेका र प्रगतिशील नेपालीहरूको विदेशीने क्रम दिनानुदिन बढ्दै छ। यो दचबष्ल मचबष्ल को अवस्था रहेसम्म नेता भनाउँदाहरूले नेपाल र नेपालीको अस्िमतामाथि राज गर्न सजिलो अवश्य भएको छ। नेपालका केही पार्टीका आवद्ध भएका   मानिसहरूलाई मुलाकाटेझैं काट्यो भने यो देशमा एकदम शान्ति हुन्छ भन्ने पार्टी नेपालका सरकारी कार्यालयहरूमा आगो लगाएपछि एकदमा ठीक हुन्छ भन्ने पार्टी नेपालको खोला नालामा निकालिएको विद्युत गृहमा बोम पड्काएपछि नेपाली जनताले बल्ल स्वाद पाउँछन् भन्ने पार्टी वैदेशिक सहयोगमा सञ्चालित तमाम सर्वसाधारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने विविध सङ्घ संस्थाहरूलाई भूत लखेटैझैं लखेटेपछि देशको शान अर्कै हुन्छ भनी सपना देख्ने पार्टी आफूले कहिलै केही गर्न नसक्ने तर अरुले राम्रो काम गरेकोमा प्रशंसासम्म पनि गर्न नसक्ने संस्कारमा हुकेको पार्टीका हिमायतीहरूको बोलबालाले नेपालमा शान्ति पुनः र्फकेर आउला भन्नेकुरा दिवा सपनामात्र हो। यस्तो विध्वंशकारी संस्कृतिमा मौलाएका, देशको नियम कानुनलाई लोपो खुवाउनमा माहिर महोदयहरूबाट कस्तो प्रकारको अमन चयन देशले प्राप्त गर्ने हो –

पार्टीत्ता, देशको सार्वभौम सत्ता र आम नेपाली जनतासँग सरोकार राख्ने विषयसँगकोको सत्ता सञ्चालन गर्नु भनेको चाने चुने कुरो होइन। तर हाम्रो आदरणीय नेताहरूले शत्ता सञ्चालन गर्ने जस्तो सम्वेदनशील विषयलाई आफ्नो आडको झिँगा धपाए जस्तो गरी आँक्छन्। शक्ति र शत्तामा हुनुपर्ने गाम्भीयता उनीहरूमा रहँदै रहेन। विदेशीहरू देख्नासाथ आगोमा घिउझैं पग्लने, अर्थ देख्नासाथ सारा ब्रह्माण्ड भुल्ने, अरुको कार्यकर्तालाई बेबकूफ सोच्ने र आफ्ना आसेपासे धुपौरेहरूलाई मात्र पोस्नमा राष्ट्रको ढिकुटीको कत्ति पनि माया नगर्ने आदि थुप्रै प्रकारका लम्पट प्रवृत्तिले हाम्रा राष्ट्रिय नेताहरूको खाट्टी चरित्रको उजागर सबैमा भइसकेको छ। यिनै अति तल्लोस्तरको  कर्मकाण्डले गर्दा आज देशको अवस्था बूढी भैसी थला परेजस्तो भएको छ। यस्ता नेताहरूको सक्रियतामा हुने चुनाव वा चुनावको परिणामाले हामीजस्ता सर्वसाधारणले के आशा गर्न सकिएला र ? हाम्रा नेताहरूको बानी, आचरण र चरित्र पार्टीको नाम अनुसारको हुनुपर्नेमा कसैको पनि पार्टीको मेनीफिस्टो अनुसार मिलेको देखिँदैन। सर्वहारा वर्गको नेतृत्व गर्न पार्टीका नेता सबैभन्दा विलासी बनेको र समाजवादमा विश्वास गर्ने पार्टीका हिमायतीहरू भ्रष्टाचारमा चुर्लुम्म मुछिनुले उहाँहरूको अनुहार जनताका समक्ष हिलो छयापिएको जस्तो छ। यति हुँदाहुँदै पनि जनता भनेको बोका हुन्, हामीले भ्रष्टाचार गरेको थाहा पाएका छैनन् भनेर भोट माग्न ती नै आउँदैछन् रे हाम्रो घर दैलोमा भन्ने सुनिन्छ।

चुनावमात्रले पनि नेपाली जनता आश्वस्त हुन सकिरहेका छैनन्। सरकार जसरी जुनसुकै हथकण्डा अपनाएर  चुनाव गराउने मनसायमा भए पनि कानुनका जानकार जस्तै भिमार्जुन आचार्यलगायतका व्यक्तित्वहरू सरकारको संविधानसभाको चुनावको कुनै अर्थ छैन भन्ने मत राख्नु हुन्छ। यति मात्र होइन उहाँहरू संविधानसभाको लागि यसप्रकारको दुर्इपटक चुनाव भएको इतिहास पनि नभएको व्यक्त गर्नुहुन्छ। मानां अर्बा खर्च गरेर चुनाव भइहाल्यो भने पनि यसले आफ्नो लक्ष्यअनुसारको काम गर्छ भन्ने द्विविधा जीवितै छ। त्यसो हो भने हिजो आज बैद्य महोदयले भने जस्तो गोलमेच-टकमा सबैलाई संम्लग्न गराएर त्यसले निर्धारण गरेको सर्तहरूको आधारमा नेपालको  सविधान लेख्ने हो भने छिटो, छरितो र कम खर्चमा संविधान बनाउन सकिन्छ कि ? हुन पनि नेपालजस्तो आर्थिक विपन्न राष्ट्रको लागि पटकौ पटकको गन्तव्यहीन गन्तव्यको लागि थुप्रो रकम खर्च गर्नु, राम्रो होइन कि ?

हामीलाई थाहै छ एउटा बोरामा कुहेको एउटामात्र आलुले अरु असल आलुहरूलाई कुहाउन ठूलो मद्दत गरिरहेको हुन्छ। त्यस प्रकारको कुहेको आलुलाई चिन्ने र फाल्ने भनेको हामी सर्वसाधारणको काम हो। उनका आसेपासे र भरौटेहरूले आफ्नो बलबुताले भ्याएसम्म उनीहरूको गुणगान गर्नमा हरदम प्रयत्न गर्छन्। उनीहरूको देश द्रोही कार्यको पनि ढाकछोप गर्नमा अलिकति पनि लाज, सरम र घिन मान्दैनन्। त्यसैले हामी आफैले विगतका दिनमा उनीहरूको सकारात्मक वा नकारात्मक पक्षको गहन मूलाड्ढन गरेर अगाडि बढ्नु सर्वथा उचित र राष्ट्रप्रतिको सच्चा माया र उच्च सम्मान गरेको ठहरिने छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै