अबको पर्यटनमा होमस्टेको महत्व

के.वी. मसाल
वैशाख २३, २०७७

अहिले सम्मको महामारीको इतिहास अध्ययन गर्ने हो भने महामारी पछिका दिनमा धेरै कुरा परिवर्तन भएका छन् । राजनीति, आर्थिक र सामाजिक कुरा त छदैछ, गरि रहेका पेशाको धार पनि परिवर्तन भएका छन् ।

कोरोनाभाइरस (कोभिड–१९) का कारण अहिले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र बनेको छ । अहिले पर्यटन क्षेत्रका कैयौँ श्रमिक बेरोजगार हुनुपरेको छ । कोरोनाको प्रभावले धेरै देशको अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको छ । नेपालमा वार्षिक ८० अर्ब विदेशी मुद्रा आर्जन पर्यटन क्षेत्रबाट हुने गरेको थियो । पर्यटन विकासको लागि १५ खर्ब जतिको लगानी भएको थियो । नेपालमा करिब १० लाख मानिस पर्यटन क्षेत्रबाट रोजगार भएका थिए ।

पर्यटन क्षेत्रमा अहिले होटल व्यवसाय ठप्प भएको छ । नेपालमा रहेका तारे होटल, रिसोर्ट, होमस्टे लगायत सबै होटलहरु पूर्ण रुपमा बन्द भएका छन् । यसबाहेक होमस्टे, पर्यटक स्तरका होटलहरु सबै ठप्प भएका छन् । खासगरी वाह्य पर्यटकहरुका लागि तारे होटल, होमस्टे एवम् रिसोर्टहरुका ग्राहक पर्यटक हुन् । तर लकडाउनमा भएपछि सबै उडानहरु स्थगित भएको र मानिसहरुको आवागमन ठप्प भएपछि होटल व्यवसायमा अर्बौको नोक्सानी भएको छ । लकडाउन भएपछि होटल व्यवसायमा नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढने भएको छ । होटल व्यवसायी लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै चौपट भएको छ ।

कोरोना भाइरसको अहिलेको महामारी भन्दा पनि ठूलो महामारी स्पेनिश फ्लू थियो । सन् १९१८ देखि १९२० को महामारी फ्लूले विश्वको जनसख्याको एक तिहाइ मानिसहरुलाई मृत्यु गरायो । त्यसबेला विश्वको जनसख्या १.८ अर्ब थियो । पहिलो विश्वयुद्ध सकिँदै गर्दा स्पेनिश फ्लू भाइरस फैलिएको थियो । तर महामारीमा विश्वयुद्धमा मारिएका भन्दा धेरै मानिसको ज्यान गयो । जुन महामारीलाई मदर अफ अल प्यान्डेमिक अर्थात् सबै महामारीको आमा भन्ने गरिएको छ । स्पेनिश फ्लूको महामारी भएको एक सय वर्ष भयो । त्यस पछि पनि साना ठूला महामारी हुदै समाधान हुदै गयो । कोरोना भाइरसको अहिलेको महामारीले सबैलाई त्रास बनाएको छ । सबै ब्यवसाय चौपट भएको छ ।

पर्यटन ब्यवसायमा लागेका मानिसहरु झन आत्तिएका छन् । अब यो ब्यवसाय के होला ? हिजोको जस्तो के अब लकडाउन फिर्ता भएपछि नेपालमा वाह्य पर्यटकहरु आउलान् ? पर्यटन ब्यवसायीहरु पुन आफ्नो ब्यवसायमा फर्कन सक्लान् ? यस्ता प्रश्नहरु सबैको मनमा उब्जिन्छ । अहिले सम्मको महामारीको इतिहास अध्ययन गर्ने हो भने महामारी पछिका दिनमा धेरै कुरा परिवर्तन भएका छन् । राजनीति, आर्थिक र सामाजिक कुरा त छदैछ, गरि रहेका पेशाको धार पनि परिवर्तन भएका छन् । अहिलेको कोरोना भाइरसको महामारीले बिश्वलाईनै त्रास बनाएको छ । प्रत्येक बर्ष घुमफिरमा रमाउने देशका मानिसहरु अहिलेको अवस्थामा घुमफिर नगर्न सक्दछन् । तर आन्तरिक पर्यटनलाई यसले रोक्दैन । नेपालमा पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो छ । नेपालमा पर्यटनको विकासका कुरा गर्दा सन् १९९८ को भ्रमण वर्षदेखि नै आन्तरिक पर्यटन सुरुवात भएको हो । त्यो समयमा विदेशी पर्यटकको गाइड, पोर्टरभन्दा भिन्दै घुमफिरको लागि निस्कने नेपाली पनि बढेका थिए । पछिल्लो समय भएका महोत्सवले पनि आन्तरिक पर्यटनलाई सघाएका थिए । पछिल्लो समय पर्यटकहरुको मुख्य गन्तव्य क्षेत्र ग्रामीण पर्यटन नै हुने गरेको छ । ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्नको लागि अहिले होमस्टे खोल्ने लहर नै चलेको छ । ग्रामीण क्षेत्रमा पुगेका पर्यटकहरुलाई राम्रो सेवा प्रदान गर्ने मान्यताको साथ अघी बढाइएको होमस्टे निर्माणप्रति मानिसहरुको आकर्षण बढदो छ । सबैभन्दा पहिले नेपालीले नै आफ्नो देश चिन्नुपर्छ, त्यसपछि मात्र अरुलाई चिनाउन सकिन्छ । विदेशीको मात्र भर परेर मात्र पर्यटन विकास हुँदैन । अब आन्तरिक पर्यटकलाई नै लक्षित गरेर प्याकेज बन्नु पर्दछ ।

नेपालको पर्यटन एक ठाउँका मानिस अर्को ठाउँमा जाने निकै पुरानो चलन हो । हिमाली क्षेत्रका बासिन्दा जाडो महिनामा हिउँ छल्न र जडीबुटी बेच्न तराई झर्ने प्रचलन नेपालीको पुरानो हो । त्यस्तै, तराईका मानिस पनि व्यापारका लागि पहाड जाने पनि पुरानो चलन हो । घरमा पुग्ने पाहुना देउता हुन् उनीहरुसँग पैसा लिनुहँुदैन भनेर आन्तरिक पर्यटन हँुदैन । पर्यटन सित्तैमा हुने कुरा होइन । कुनै आन्तरिक पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न हजाराँै खर्च गर्ने पर्यटकले जनजातीहरुको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ । पर्यटक भएर कुनै ठाउँमा पुग्नु त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन प्राप्त गर्नु हो । घुमफिरमा जान चाहने आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्न र आन्तरिक पर्यटन व्यवसाय गरेर पनि आम्दानी गर्न सकिन्छ भन्नकालागि प्रचार–प्रसारको खाँचो छ ।

नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताले पर्यटन विकासको सम्भाव्यता आफैमा लुकेको छ । प्राकृतिक सौगातले नेपालीको भविष्यलाई कायापलट गराउने सम्भावना त्यसै लुकिरहेका छन् । छाँगा, छहरा, झरना, ताल तलैया, मठ मन्दिर, कृषि विकासका क्षेत्र, गुराँसे मैदान जस्ता प्राकृतिक वातावरणसँग यी सम्भाव्यता रहेका छन् । मुलुकमा अनगिन्ती पर्यटकीय सम्भावना भएका भर्जिन गन्तव्यहरु प्रचार प्रसारको पर्खाइमा बसिरहेका छन् । अनेकौ साँस्कृतिक तथा धार्मिक सम्पदा र तीर्थस्थलहरु संरक्षणको अभावमा लोपोन्मुख हुन लागेका छन् । त्यस्ता भर्जिन गन्तव्यहरुमा आवश्यक पूर्वाधार तथा सूचना प्रविधिको विकास गर्नु पर्दछ । यस्ता गन्तव्य, धार्मिक तथा सांस्कृतिक महत्वका विविध पक्षका खोज र अन्वेषण हुनु पर्दछ ।

हिजोकोजस्तै पर्यटक आगमन दर फर्काउन अब कम्तीमा पनि २ देखि ४ वर्षको समय लाग्न सक्दछ । अब केहि समय विगतमा जस्तो ठूलो समूहमा पर्यटक घुमफिरमा निस्कने सम्भावना हुदैन । अबको पर्यटन सानो समूहलाई प्रवद्र्धन गर्ने खालका प्याकेज र बजारीकरण गर्न आवश्यक छ । हाम्रो पर्यटन अब आन्तरिक पर्यटन नै हो । त्यसैले कोरोनाको संक्रमण सकिएपछि सरकार र उद्योगीको पहिलो काम आन्तरिक पर्यटकलाई फर्काउनेमा केन्द्रित हुनुपर्छ । त्यसका लागि नीति नै बनाएर घुमफिरको व्यवस्था गर्न आवश्यक छ । सबैतिर समन्वय गरेर सहज ढंगले व्यवस्थापन गर्न सकेको खण्डमा फेरि नेपालको पर्यटन उठनेछ ।

पछिल्लो समय आफू बसेकै घरलाई पर्यटकीय प्रयोजनमा लगाएर केही आम्दानी गर्ने उद्देश्य सहित ग्रामणि क्षेत्रमा होमस्टे सन्चालन गर्ने क्रम बढेको छ । यसले पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढाएको छ । होमस्टेका लागि पर्यटन तथा नागरिक उडयन मन्त्रालयले निश्चित मापदण्ड तोकेको छ । जस अनुसार सफा ओढने रओछयाउने, पलङ, कुर्सी, टेबुल, डाइनिङ आदिको बन्दोबस्त गरेर आफ्नै घरमा होमस्टे चलाउन सकिन्छ । होमस्टेले गाउँघरमा पर्यटन पूर्वाधार बढाउनुका साथै स्थानीय रोजगारी, अर्थतन्त्र, कृषि र उद्यमलाई प्रवद्र्धन गर्ने मात्र नभएर घरपरिवार, रहन–सहन, खानपान र आतिथ्यलाई चिनाउनुका साथै सांस्कृतिक, साहसिक, पर्यावरणीय आदि विभिन्न पर्यटकीय क्रियाकलापलाई एकै ठाउँमा जोडन सकेको छ ।

आन्तरिक पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न हजाराँै खर्च गर्ने पर्यटकले जनजातीहरुको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ ।

नेपालमा पहिलो पटक होमस्टे संचालन गर्ने जिल्ला हो स्याङजा । स्याङजाको सिरुवारी होमस्टेको उदगम थलोको रुपमा परिचित छ । होमस्टेको पर्यटकीय अवधारण नेपालमा मात्रै हैन अमेरिका लगायतका मुलुकमा पनि अगाडि बढेको पाईन्छ । अमेरिका, अस्टे«लिया, यूरोपलगायतका शक्तिशाली देशहरुमा व्यापार र मनोरञ्जनको उद्देश्यले ग्रामीण पर्यटनका गतिविधि भएका देखिन्छन् । यस्तै विकासोन्मुख मलेसिया र केन्या लगायतका देशहरुमा व्यापार, उत्पादन तथा रोजगारी सृजनाका लागि होमस्टे सुरु गरिएका छन् । यस्तै छिमेकी देश भारत र चीनमा पनि होमस्टे सन्चालनमा छन् । अहिले होमस्टे सुविधा भएका गाउँ भ्रमण गर्दा बसाइमा सस्तो मात्र होइन रमाइलो पनि हुन्छ । होमस्टे सांस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राका क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ ।

होमस्टेलाई हाम्रो परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ । हाम्रो समाजमा पहिले अध्ययनका लागि परदेश हिडेका व्यक्ति, नुन तेल लिन जाने आउनेहरु रात परेपछि बाटैमा बास बस्नुपर्ने अवस्था थियो । त्यतिबेला अहिलेका जस्ता होटेल थिएनन् । यसरी बास बस्ने पाहुनालाई घरधनीले केहि पैसा लिएर भाँडाकँुडा, दाउरा, पानी, नुन, तेल दिने प्रचलन थियो । ग्रामीण भेगका कतिपय ठाउँमा बेलुकाको समयमा बास बस्न आएका पाहुनाहरुलाई आफ्नो भान्सा चुलोमा जे पाकेको छ त्यहि खान दिने त्यसबापत न्यूनतम रकम मात्र लिने चलन अहिले पनि गाउँघरमा यदाकदा छदैछ । यही चलनको आधुनिक रुप होमस्टे हो । गाउँमा पुग्ने पर्यटकहरुले होटलमा खाने खाना भन्दा होमस्टेमा खानामा फरक स्वाद र बढी आत्मीयता पाउने भएको कारण होटलको अलावा होमस्टे नै रुचाउने गरेको पनि पाइन्छ । साथै होटलको तुलनामा होमस्टे सन्चालन कार्य सहज र कम खर्चिलो पनि छ । होमस्टेसँगै पर्यटकले स्थानीय संस्कृतिको आनन्द लिन सक्छन् । यसबाट आन्तरिक पर्यटक आकर्षित हुने सम्भावना त छ नै स्थानीयलाई पनि फाइदा पुगेको छ ।

पछिल्लो समय पर्यटनको बिकासको लागि धेरै स्थानिय तहहरुले होमस्टे सन्चालन गर्नका लागि कुरा उठाए पनि ३८ जिल्लाका पर्यटकीय गाउँहरुमा होमस्टे सन्चालनमा आएका छन् । ती गाउँमा सन्चालनमा आएका होमस्टेमा बस्ने वाह्य पर्यटकहरु भन्दा बढि आन्तरिक पर्यटकहरु बस्ने गर्दछन् । अहिले बढि होमस्टे सन्चालनमा आएका गण्डकी प्रदेशका स्याङजा, कास्की, म्याग्दी, लमजुङ र तनहु लगायतका जिल्लाहरुका होमस्टे आन्तरिक पर्यटकहरुले धानेका छन् । तराईका जिल्लाहरुमा पनि पूर्वी नवलपरासी, बाँके, वर्दिया, कैलाली र कन्चनपुरका होमस्टे पनि वाह्य पर्यटकहरु भन्दा धेरै आन्तरिक पर्यटकहरुले भरिएका हुन्छन् । यस्को कारण के हो भने वाह्य पर्यटकहरु सुविधा जनक होटल नभएको खण्डमा मात्र होमस्टेको खोजी गर्दछन् भने आन्तरिक पर्यटकहरु कम खर्चमा बास र खानाको ब्यवस्थाको खाजीमा होमस्टेमा पुग्दछन् ।

अहिले विकासले गर्दा शहर देखि गाउँसम्म बिभिन्न किसिमका भौतिक निर्माणका परिवर्तन भएका छन । सडक, पानी र बिजुली पुगेका गाउँहरुमा बिकासका नयाँ आयामहरु थपिदै गएका छन् । पछिल्लो चरण नेपालमा ग्रामीण बिकासको लागि होमस्टेको माध्यमबाट पर्यटनको प्रर्बद्धन गर्नेक्रम बढदो छ । होमस्टे सन्चालन गर्न त्यति सजिलो भने छैन । नेपाल सरकार पर्यटन तथा नागरिक उडयन मन्त्रालयले ल्याएको कार्यविधि ऐनले होमस्टे सन्चालन गर्नको लागि के–के प्रावधान पु¥याउनु पर्दछ भन्ने कुरा बुझाइ दिएको छ । तर हामीकहाँ सरकारले जारी गरेको कार्यविधि ऐनलाई वेवास्ता गर्दै कतिपय गाउँहरुमा होमस्टे संन्चालनमा आएका छन् । त्यस किसिमका होमस्टेहरुले ग्रामीण अथवा वाह्य पर्यटकहरुलाई होमस्टेको सुविधा नभएर होटलको ब्यापार सन्चालन गरेका छन् ।

नेपालमा होमस्टे सञ्चालन कार्यविधि, २०६७ आएको पनि ९ वर्ष भयो । समयानुकुल अब होमस्टे कार्यविधि मोडेलको रुपमा संघीयस्तरबाट समयमै पुनरावलोकन र परिमार्जन गर्नु जरुरी भएको छ । अहिले स्थानीय सरकारहरुबाट पनि आफ्नै नियम–कानून बनाई होमस्टे विकास र व्यवस्थापनका कार्यहरु अगाडि बढाउनु पर्दछ । केन्द्रीय सरकारबाट पृष्ठपोषणमुखी अनुगमन, सहजीकरण, क्षमता विकास, अनुसन्धान तथा अनुभव आदान–प्रदान अर्थात रिफ्लेक्सन गर्ने काममा सहयोग हुनु पर्दछ । यस कार्यमा होसान, तारागाउँ विकास समिति र नेपाल पर्यटन बोर्डलाई विशेष जिम्मेवार बनाउनुपर्छ । होमस्टे कार्यविधि २०६७ को परिमार्जन हुने भर्सनलाई कार्यविधिको हैसियतबाट अझ माथि पु¥याउने गरी नेपालको पर्यटन ऐनको कुनै दफासँग आबद्ध गरी नियमावलीको हैसियत प्रदान गर्नुपर्ने व्यवसायीहरुको माग पनि छ ।

जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतिले फडको मार्दछ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने अब सबै भन्दा पहिले आन्तरिक पर्यटनको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरुमा रकम खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै देशको आर्थिक उन्नतीमा समेत सहयोग पुराउने गर्दछ । अर्कोतिर, पर्यटनले ग्रामीण विकासमा मद्दत पु¥याउँछ । त्यसरी पर्यटनसित जोडिएपछि गाउँहरुको विकासको सम्भावना बढेर जान्छ । त्यसको अर्थ यो पनि हुन्छ, नेपालमा ग्रामीण पर्यटनको विकास हुनु भनेको गाउँहरुको पनि विकास हुनु हो ।

अहिले सन्चालनमा आएका अधिकांश होमस्टेहरुमा होमस्टे सञ्चालकहरुको आधारभूत अभिमुखीकरणमात्र भएको छ । उनीहरुमा विशेष गरी सीप र दक्षताको अभाव छ । विशेष गरी प्रचलित विदेशी भाषा जस्तै अग्रेजी, चाइनिज, फ्रेन्च आदिको ज्ञानको पनि कमी छ । आन्तरिक पर्यटकहरुको सेवाको लागि होमस्टे सन्चालकहरुले नेपाल भित्र बोलिने अन्य भाषाको समेत ज्ञान हुनु पर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width