अबको निर्वाचन संविधानसभाको होइन, संसद्को हुनुपर्छ

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७०

जन आन्दोलनद्वारा नयाँ संविधान बनाउन देशमा २ वर्षको लागि ६०१ जना संविधान सभासद्को निर्वाचन गरियो। २ वर्ष मा त के ४ वर्षसम्म गरिब जनताबाट उठाइएको करको पैसा भत्ता खाए ती संविधानसभाका सभासद्हरूले तर नयाँ संविधान बनाएर नेपाली जनतालाई दिन सकेनन्। उल्टै संविधानसभा काम केही नगरी संविधानसभा प्र.म. बाबुराम भट्टराईबाट भ· गरियो। तिनै बाबुराम भट्टराई १८ महिनासम्म देशमा काम चलाउ प्रधानमन्त्री र मन्त्रिमण्डल बन्यो। देशमा शान्ति सुरक्षा कायम हुन सकेन, उद्योग धन्दा खुलेनन् बरु काम चलाउ प्रम बाबुराम भट्टराईले आफ्ना नातेदार, इष्ट मित्रलाई पार्टीका कार्यकर्तालाई सरकारी कार्यालय र संस्थानमा नियुक्ति गराए। देशमा प्रशासन निकम्मा भयो, उद्योग धन्दा खोलिनु, रोजगारीका अवसर नेपाली जनताले पाएनन्। बाबुराम भट्टराईले ठूला ठूला भाष्ण मात्र गरे देश र जनतालाई कुनै राहत दिन सकेनन्। देशमा आर्थिक सड्ढट बढ्यो, देशमा राजनीतिक सङ्क्रमणकाल बढ्यो। देशको राजनीतिक अस्थिरताले गर्दा कतै शक्तिशाली राष्ट्र भारत, चीन, अमेरिका जस्ता देशबाट वैदेशिक हस्तक्षेप त हुँदैन भन्ने अवस्था देखा परिरहेको छ। देश कतै विश्वमानचित्रबाट पलायन त हुँदैन भन्ने जस्तो अवस्थाले देशमा देखिन थालेको छ।

राजनीतिक अस्थिरताले गर्दा देशमा उद्योग धन्दा नखुल्दा रोजगारीको लागि थुप्रै नेपाली विदेशिएका छन्। आज बेलायत, अमेरिका, अष्ट्रेलिया, जापानजस्ता विकसित देशमा रोजगारीका लागि गइरहेका छन् भने ग्रामीण इलाकामा अशिक्षित युवा युवती विदेश साउदी अरब, कतार जस्ता खाडी देशमा कुल्ली, चौकीदार आदि काममा गएका छन्। त्यसैगरी कोरिया, भारत तथा अन्य देशमा पनि नेपाली युवा घरखेत डिक राखी रोजगारीको लागि विदेश भौंतारिएका छन्। राजनीतिक अस्थिरताले गर्दा ग्रामीण इलाकामा काम गर्ने युवा जनशक्ति खाडी मुलुक साउदी अरब, कतारमा ऊँट चराउने, चौकीदारी काम गर्ने र सडकमा कुल्ली काम गरी बसेका छन्, काम गर्न सक्ने युवा साउदी अरब, कतार, कुवेत, जापान, भारत तथा अन्य देशमा रोजगारीको लागि गएकाले ग्रामीण क्षेत्रमा रोगी, बूढा, महिलामात्र छन्।

ग्रामीण इलाकामा मानिसको मृत्यु भएमा मृत लास बोक्ने जलाउने मलामी पनि नपाइने अवस्था छ। भने ग्रामीण भेकमा महिला वर्गले खेतीपाती गर्ने, हलो जोत्ने कार्य गरिरहेका छन्। भएका युवाहरू रोजगारीको लागि विदेशिएकाले खेती गर्न योग्य जमिन उर्वर जमिन बाँझो अवस्थामा छन्। राजनीतिक अस्थिरताले गर्दा देशमा भएका अलि-अलि उद्योग पनि बन्द भएका छन् भने नयाँ उद्योग खुल्न सकेका छैनन्। देशमा रेमिट्यान्सको नै प्रमुख आयस्रोत भएको छ। त्यही रेमिट्यान्स र विदेशी अनुदानको भरमा सरकारी कर्मचारीहरूले जागिर खाइरहेका छन्। देशमा राजनीतिक अस्थिरताले गर्दा देशमा शान्ति सुरक्षा छैन। जिउधनको सुरक्षा छैन।

राजनेताहरूलाई भने देशको पटक्कै चिन्ता नै छैन। आफू कसरी प्रधानमन्त्री बन्ने, मन्त्री बन्ने आफ्ना नातेदारलाई कसरी अगाडि बढाउने आदि चिन्ताले ग्रस्त छन्। केवल पार्टीकसरी बलियो बनाउने, आफू कसरी अगाडि बढ्ने भन्ने चिन्तामा मात्र नेताहरूको ध्यान गएको पाइन्छ। देशमा राजनेता जन्मेकै रहेछनन्, जनता र देशलाई माया गर्ने नेता नै पाइएको छैन। अब निर्वाचित हुने संविधानसभाबाट पनि संविधान बनाइदेलान् भन्ने के को ग्यारेन्टी छ र – भोली बनेको संविधानसभाले पनि सङ्घीय प्रदेश विभाजन, एकल जातीय प्रदेश वा सिमाना विवाद ल्याई अलमल गरी नयाँ संविधान नै नबनाई अझै ४ वर्ष नधकेल्लान भन्ने के विश्वास ? अझै तेस्रो पटक पनि नयाँ संविधान नबनाई संविधानसभामा पुनः छलफल र वहस गरी पुनः ४ वर्ष नबिताउलान् भन्ने केको ग्यारेन्टी छ ?

संविधानसभासद् भनेको केवल वहस, छलफल गर्ने गरी जनताबाट उठेको कर र राजश्व पचाउने थलो मात्र अब पनि के बेर ? यस्ता वहस र छलफलले मात्र देश बन्दैन। देशमा उद्योग धन्दा नखोलिएको र बेरोजगारीका कारण सहरका पढेलेखेका, डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिलजस्ता बौद्धिक वर्ग रोजगारीको लागि घरखेत डिक राखी अमेरिका, बेलायत, जापान गएका छन्, यहाँ बूढाबूढी रोगी बसेका छन्।  बूढाबूढीले, रोगीले देशको लागि के योगदान दिन सक्छन् उपयुक्त समय निर्माण गरी सबै पार्टीले चुनावमा भाग लिई चुनाव गरौं। ठूला ४ दलले मात्र चुनावमा भाग लिए तिनै चार दलको मात्र संविधानसभासद् वा सांसद सदस्य बन्नेछन्। संसद्मा अन्य ३३ साना दल र वैद्य माओवादी पक्षको संविधानसभामा प्रतिनिधित्व हुने छैन।

त्यसैले ठूला ४ दल नेकपा माओवादी प्रचण्ड समूह, नेकपा एमाले, नेपाली काङ्ग्रेस, सद्भावना पार्टीर सबै साना ३३ दल र माओवादी पार्टीवैद्य समूह र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज समेतको निर्वाचन मन्त्रिमण्डल बसेर निर्वाचन आयोगको गोलमेच बैठक बसी नमिलेको कुरा मिलाई देशमा शीघ्र निर्वाचन गरौं र देशलाई राजनीतिक निकास दिन र देशमा औद्योगिक विकास गरी सबै नेपाली जनतालाई रोजगारीको अवसर दिउँ।

राम्रो कुराको सिको हामीले भारत वा अन्य देशबाट पनि लिन सकिन्छ। नयाँ संविधान विज्ञ कानुन विज्ञ टोली बनाई नयाँ संविधान बनाउनुपर्छ वा नेपाल बारलाई नयाँ संविधान बनाउने जिम्मा दिई नयाँ संविधान बनाउनु पर्छ, ती विज्ञ टोलीबाट बनेको नयाँ संविधान निर्वाचित संसद्बाट अनुमोदन गरी नयाँ संविधान देशमा बनाउनुपर्छ। नयाँ संविधान बनाउने नाममा वर्षौ वर्ष संविधान नेताहरूको मागी खाने भाँडो बनाउनु हुँदैन।

आज नेपाली नेताहरू, आफू कसरी प्रधानमन्त्री बन्ने आफू कसरी बन्ने होडमा दौडिरहेका छन्। दौडेर मात्र प्रधानमन्त्री र पार्टीबलियो बन्दैन, बरु जनताको सेवा गर्ने भावनाको नेता भए स्वतः नै प्रधानमन्त्री बन्न सकिन्छ। उदाहरणस्वरूप भारतमा लिन सकिन्छ अबको भारतको नयाँ प्रधानमन्त्री काङ्ग्रेस पार्टीकाट राहुल गान्धी भारतको प्रधानमन्त्री बन्न सक्ने छैन भनी अग्रीम घोष्णा गरेका छन्। हाम्रो देशमा पनि देश र जनताको लागि इमान्दार भएर काम गर्ने नेपाली जनताले नेता पाए त्यसैलाई नेपालको भावी प्रधानमन्त्री जुनसुकै पार्टीका नेता भए पनि नेपाली जनताले प्रधानमन्त्रीको उमेद्वार तोकिदिनेछन्। जनता र देशको सेवा गर्ने नेपाली नेताले सिक्नुपर्‍यो त्यसपछि प्रधानमन्त्री बन्न कुनै नेताले दौडधूप गर्नुपर्ने छैन।

त्यसैले पटक-पटक संविधानसभाको चुनावभन्दा अबको चुनाव संसद्को गरौं। कानुनको विशेषज्ञ टोली गठन गरी नयाँ संविधान बनाउँ र निर्वाचित संसद्बाट त्यो नयाँ संविधान निर्माण गरी नेपाली जनतालाई दिउँ।

Related News

सम्बन्धित समाचार

hero news full width