अध्यात्म रामायण र भानुभक्त रामायण : तुलनात्मक अध्ययन

आदर्श समाज सम्वाददाता
असार २९, २०७०

१. पृष्ठभूमि

‘रामायण’ मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रसँग सम्बन्धित चरित्र प्रधान काव्य हो। यस विषयका प्राचीन तीन ग्रन्थ हुन् महषि वाल्मीकिद्वारा रचित वाल्मीकि रामायण, महामुनी वेदव्यासद्वारा रचित अध्यात्म रामायण, यो ब्रÞमाण्ड पुराणको उत्तराखण्डअन्तर्गतको मानिन्छ। तेस्रो हो सन्त तुलसीदासद्वारा रचित ‘रामचरितमानस।’ उक्त तीनै ग्रन्थ भारत वर्षमा रचना गरिएका हुन्। कालक्रमका हिसाबले वाल्मीकि रामायण र अध्यात्म रामायणको कुनै तथ्याड्ढ पाउन सकिएको छैन। राम चरितमानस भने वि.सं. १६८० अन्तर्गत सत्रौं शताब्दीमा रचना गरिएको पाइन्छ। अर्को योग विशिष्टका बीचको सम्वाद भएको हुँदा त्रेतायुगमा नै भएको मान्नपर्दछ। उक्त सबै प्रकारका रामायणमा मर्यादा पुरुषोत्तम श्रीरामका चरित्र र अध्यात्म विषयका तत्त्वज्ञानका बारेमा चर्चा गरिएको हामी पाउँछौं। यिनै प्राचीन रामायणहरूका आधारमा आनन्द रामायण, अद्भूत रामायण, विचित्र रामायण आदि अनेक प्रकारका रामायणहरू लोक प्रसिद्ध छन्। साथसाथै पुराणहरूमा पनि रामकथाका वर्णन पाइन्छ। भारतका विभिन्न भाषामा आ-आफ्नै किसिमका रामायण छन् भने दक्षिण-पूर्र्वी एसियामा थाइलैण्ड, कम्बोडिया, लाओस, मलेसिया, इन्डोनेसियामा समेत रामकथामा आधारित मन्दिर, चित्रपट, नाटक र साहित्य पाइन्छन्। रुसी भाषामा त रामचरितमानस पूरै अनुवाद गरिएको छ। नेपालमा भानुभक्त आचार्य(वि.सं. १८७१-१९२५) ले अध्यात्म रामायणको आधारमा ‘भानुभक्त रामायणको रचना गरेका छन्।

२. अध्यात्म रामायण

यस रामायणमा श्री महादेव र पार्वतीका बीचको सम्वाद छ। यस रामायणको महात्म्यमा देवषि नारदलाई ब्रÞमाजी भन्छन्। श्रुति, स्मृति, पुराण र इतिहास अध्यात्म रामायणको तुलनामा नगण्य छन्। श्री पार्वतीजी, श्री महादेवसँग भन्छिन्-‘श्री पुरुषोत्तम रामजीको सनातन तत्त्व के हो ? जुन ज्ञानद्वारा मनुष्य संसार सागरबाट पार हुन सक्दछ। त्यो भक्ति र वैराग्यबाट परिपूर्ण प्रकाशमय आत्मज्ञानको वर्णन हजुरले विज्ञानसहित स्वल्प शब्दमा मलाई बताइदिनुहोस्, जसलाई म सजिलैसँग सम्झन सकूँ।’

श्रीरामको राज्याभिषेक गर्ने भनिएको दिन बिहानै जय श्रीराम वनवासको यात्रामा जाने तयारी गर्दै थिए। त्यसै बखत, लक्ष्मणजीले कैकेयीको वरदान पूर्ण गर्दै राजा दशरथले श्रीरामलाई वनवास र भरतलाई राजतिलक गर्ने तयारी भएको थाहा पाए। लक्ष्मणजीलाई यो असह्य भयो र उनले भने-‘कैकेयीका वशवर्ती राजा दशरथलाई बाँधेर भरत र उनका सहायक मामासहितलाई मारिदिन्छु। दाज्यू राम, हजुर अभिषेकको तयारी गर्नुहोस्।’ श्रीरामले भने-‘भाइ लक्ष्मण यो भोग त मेघमा चम्किएको बिजुलीजस्तै हो, आयु अग्नीद्वारा तातेको फलाममा परेको जलको विन्दुजस्तै हो। अविद्या जन्म मरण रूप संसारको कारण हुन्छ, विद्या त्यसलाई निवृत्त गर्ने हुन्छ। क्रोधले मोक्षमा विघ्न पार्दछ। यस कारण तिमीले क्रोधलाई छाडिदेऊ। शान्ति धारण गर।’ श्रीरामका यस्ता वचनले लक्ष्मणजी शान्त भए र रामजीसँग वन जाने अनुमति मागे। सीताजीले पनि श्रीरामसँग वनमा जाने अनुमति मागिन्। उक्त तीनै जना सुमन्त्रद्वारा हाँकिएको रथमा चढे। नगर निवासी बाल वृद्ध मुनिगण रथको पछाडि ‘हे राम, बस नजाऊ झ्  भन्दै रथको पछिपछि दौडन थाले। यो आदर्श रामप्रतिको अपार लोक श्रद्धा थियो।

३. भानुभक्त रामायण

यो रामायणमा बालकाण्डको सुरुमा भविष्यमा आउने कलिधर्मको वर्णन छ। अयोध्याकाण्डमा लक्ष्मणजीको क्रोध शान्त पार्न श्रीरामजी भन्छन्-

सुन्यौ भाइझ् संसारमा शरीर अति कच्चा छ जनको

शरीर कच्चा जानी नगर तिमी रिस कत्ति मनको

सबै भोग चञ्चल छन् बिजुली सरी एकछिन नरहन्या

विचार यस्तो राखी सहु तिमी बडो हुन्छ सहन्या

अरण्यकाण्डमा मारिच नामक राक्षसलाई वनमा छल गर्न रावणले आदेश गर्दा मारिचले रामका शक्तिका बारेमा बताउँदै यस्तो कार्य गर्न हुँदैन, परिणाम राम्रो हुँदैन भन्दा रावण भन्छन्र्-

इश्वर त हुन यदि भन्या ती अवश्य मार्छन

सामान्य हुन् यदि भन्या ती अवश्य हार्छन्र्

इश्वर भया पनि असल छ, अवश्य मर्छसामान्य हुन् त म सीतासँग भोग गर्छ

आखिर रावणले छलबलद्वारा सीताजीलाई हरेर लड्ढामा पुर्‍यायो। सुग्रीवका मन्त्री हनुमानजी, सीता खोज्ने सर्न्दर्भमा लड्ढा पुगे। सीताजीलाई भेटे। र्फकन लाग्दा रावणलाई देख्ने निहूँमा रावणको बगैचा उखेलिदिए। इन्द्रजितले हनुमानजीलाई बाँधेर रावणको समक्ष पुर्‍याए। हनुमानजीले रावणलाई सम्झाउँछन्- हे रावण झ् तिमी ऋषि पुलस्त्यजीको नाति कसरी राक्षस भयौ –

आत्मा स्वरूप उ त झन् छ स्वरूप काहाँ

जाति र वर्णनलिई भन्न सकिन्छ यहाँ

सो आत्म रूप भनि नित्य विचार गर्नू

आनन्दमा रहुँ भन्या मति येही धर्नू

युद्धकाण्डमा राम र रावणका बीच घनघोर युद्ध हुन्छ। आखिर रावण रामको हातबाट मारिन्छ। रामलाई रावणको गुÞय विषय, नाभीमा अमृत छ त्यो शोषण नगरी मार्न सकिँदैन भन्ने विभिषण नै दाज्यूको मृत्युमा भाउजूहरूको साथ रोएर विलाप गर्न थाले-‘मायाको संसार भनेको यही हो।’ श्रीरामले लक्ष्मणलाई सम्बोधन गर्दै दाज्यूका किरिया कर्म गर, भाउजूहरूलाई पनि सम्झाऊ भनेर विभिषणलाई सम्झाउन पठाए। लक्ष्मणजी विभिषणलाई यसरी सम्झाउँछन्।

त्रि्रो यो अघि जन्ममा कउन हो – ऐल्हे त दाज्यू भयो।

फेरि क्या हुनलाई रावण यहाँ छोडेर कहाँ गयो

जम्मा भैकन बालुवा जसरी फेर फिर्छन् र गंगा महाँ

यस्तै रित्सित फिर्दछन् यी दूनियाँ क्वै छैन आफ्नो यहाँ

आखिर उत्तरकाण्डमा श्रीरामलेर्र् इश्वर र जीवको भेद बताउँदै तत्त्वमसीको वेदान्ती अर्थ बताउँछन्। यसरी नै ओमकारको अर्थ पनि बताउँछन्।

जो यो तत्त्वमसी छ वाक्य यसको वाक्यार्थ जानी लिनू

यस्मा तीन पद छन् ती तीन पदका तार्त्पर्यमा मन दिनू

‘तत्कोँ अर्थ ‘परात्म’ हुन् ती पदमा ‘त्व’ भन्नु जीवात्म हो

इनको ऐक्य बुझाउन्या ‘असी’ छ पद रात-दिन विचार गर्नु यो।

अन्त्यमा भानुभक्त रामायण निम्न पद्यबाट उपसंहार भएको छ –

शम्भुले पार्वती थ्यंै खुशी भई बहुतै प्रेमपूर्वक कÞयाको

संसार पार तर्नलाई सव जन सजिलो साँघु झैं भई रÞयाको

जानी यसलाई जो ता जनहरू बहुतै प्रेमले पाठ गर्छन

संसारका सौख्य सव भोग गरिकन दूनिया सव सहज पार तर्छन

४. समता र भिन्नता

अध्यात्म रामायणको आमुखमा महात्म्य छ। भानुभक्तको रामायणमा छैन। अध्यात्म रामायणमा सात खण्ड छन्। भानुभक्तको रामायणमा पनि सात काण्ड छन्। अध्यात्म रामायणको प्रत्येक काण्डअन्तर्गत अनेक सर्ग छन्। भानुको रामायणमा काण्डमात्र छन्, सर्ग छैनन्। भानु रामायणमा ‘रामगीता’ उत्तरकाण्डको पञ्चम सर्गमा पर्छ, भानु रामायणमा रामगीता छैन। ‘ओड्ढार मात्रम् सचराचरम जगत्’ जस्ता सूक्तिहरू उत्तरकाण्डअन्तर्गत समावेश भएका छन्। अध्यात्म रामायणको हुबहु अनुवाद छैन। भानुको रामायण महत्त्वपूर्ण विषयमा भावात्मक समानता भने धेरैमा पाउन सकिन्छ। श्रीराम वनवास जानुको खास उद्देश्य जङ्गलमा राक्षसहरूले ऋषिमुनीलाई दुःख दिने गरेकोमा त्यस्ता राक्षसहरूको वध गरी पीडित ऋषि मुनीहरूको उद्धार गर्नु थियो। रावण त्यस्तै राक्षसहरूको ठूलो राजा हुन्। अहम् भावनाले गर्दा उनको पतन भएको हो। मानवरूपी शक्तिबाहेक रावणको वध गर्न सक्ने अरु त्यस्तो कुनै उपाय थिएन।

५. नेपाली भाषा साहित्यमा भानुभक्तको देन

भानुभक्त नेपाली भाषा साहित्यका भक्ति धाराका आदिकवि हुन्। उनका समकालीन कविहरूमा भानुभक्तको भाषा र साहित्य परिमार्जित भएको पाइन्छ। त्यस वखत नेपाली भाषामा साहित्यको पनि असम्भव भएको हुँदा आध्यात्मिक चिन्तन गर्नेहरूका निम्ति समेत भानुभक्तको रामायण नेपाली सबै जात-जातिहरूको निम्ति श्रद्धापूर्वक, पठनीय ग्रन्थको रूपमा रहेको थियो। भानुभक्तलाई सातकाण्ड रामायण तयार गर्न विभिन्न बाधा व्यवधान छल्न कुल बाह्र वर्ष लागेको पाइन्छ। यस बीचमा उनले फुटकर कविता पनि लेखेका थिए। रामायणका अतिरिक्त प्रश्नोत्तर, भक्तमाला र रामगीता भानुका अनुदित ग्रन्थ हुन्। घाँसी कविता, बालाजु वर्णन, कान्तिपुर वर्णन र वधुशिक्षा समेत भानुका मौलिक रचना हुन्।

भानुभक्त जन्मँदा नेपालको क्षेत्रफल पश्चिम किल्ला काँगडा र पूर्वमा टिष्टासम्म फैलिएको थियो। दुर्इ वर्षपछि सन् १८१६ मा सुगौली सन्धिद्वारा नेपाल मेची र महाकालीमा खुम्चिएको थियो। उनले आफ्नो युवावस्थामा भीमसेन थापाको आत्महत्या (वि.सं. १८९६), माथवरसिंह थापाको हत्या (वि.सं. १९०२), जंगबहादुरको कोतपर्व (वि.सं. १९०३), अनुभव गरेर ३६-३८ वर्षमा दुर्इ वर्ष जागिर खाए। कुमारीचोक बाँकी लाग्दा पाँच महिना कारगार बसे। घर व्यवहारको सिलसिलामा गिरिधारी भाटसँग मुद्दामामिला गर्नुपर्‍यो। ५४ वर्षको उमेरमा परमधाम हुनेले यसभन्दा अरु के नै गर्न सक्थे र झ् भानुभक्त नैष्ठिक कर्म-वीर हुन्।

भानुभक्तलाई नेपाली भाषा साहित्यको क्षेत्रमा परिचय गराउने समीक्षक मोतीराम भट्ट हुन्। आज नेपाली भाषा नेपालका सबै भाषभाषीहरूका बीचको माध्यम भाषा बनेको छ। जहाँ-जहाँ नेपाली पुगेका छन्, त्यहाँ-त्यहाँ नेपाली भाषा साहित्यको संसार छ। भानुभक्तको दोसोँ शतवाषिर्की जयन्ती मनाउन पाउँदा यसको श्रेय हामीले भानुभक्तलाई दिनपर्छ। हार्दिक श्रद्धाञ्जली।

Related News

सम्बन्धित समाचार

hero news full width