अखण्ड समृद्घ नेपाल

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७०

काठमाडौंको एक पाँच तारे होटल सिङ्गार पटारले झकिझकाउ छ। ध्वजापटाका र विद्युतिय र·ीविर·ी प्रकाशले र·एिको छ। मूल ढोकामा सबै सहभागीलाई हार्दिक स्वागतम लेखिएको तुल टाँगिएको छ। बाटोको दुवैतर्फ पानी भरिएको तामाको घडा अविर र फूले सिङ्गारिएको छ। मूल गेटदेखि नै सभा कक्षसम्म रातो मखमल ओछ्याइएको छ, सभा कक्षमा टेवुल कुर्र्ची अण्डाकारमा मिलाइएको छ। टेवुल सेतो कपडाले छोपीएको छ। ठाँउ-ठाँउमा फूल दानीमा महङ्गा रङ्गीविरङ्गी फूल सजाइएका छन्। मिनरल वाटरका बोटल पनि ठडिएकै छन्। प्रत्यक सिटको अगाडि माइक्रो फोनको व्यवस्था गरिएकिो छ। सभा कक्षको अग्र भागमा बडेमानको सेतो पर्दा उभ्याइएको छ  केही लेख्न, केही प्रदर्शन गर्न।

मूल गेटमै सहभागीका स्वागतका निम्ति पञ्चकन्या लाभा अविर लिई उभिएका छन्। मधुर स·ीतको धुनको चालमा मखमली बासा लचकताका साथ टेक्दै सभाकक्ष प्रवेश गर्छन् सहभागीहरू। देशको विभिन्न भाषाभाषी जातजातिको सहभागिता छ।महिला पुरुषको झण्डै समान सहभागिता देखिन्छ। विभेद देखिँदैन। सबै आ-आफ्ना भेषभूषामा आएका छन्। नेवरी दाज्यू स्वदेशमै बुनेको कालो छिकर्मिक कपडाको दौरा सुरवाल र आस्कोट लगाएका छन्। कम्वर दरो पार्न सेतो कपडाको पटुकी कसेका छन्। शिरमा भादगाउँले कालो टोपी छक पारी लगाएका छन्, कानमा गुलाबको फूल सिउरेका छन्। नेवारनी नानीहरू आफ्नी आमाले नैबुनिदिएका कपडाको चौबन्दी चोली हाकुपटासी लगाएका छन्। तनलाई स्याहार्न सेतो घरबुनाको पछ्रयौरी छक पारेर बेरेकी छन्। औलामा नव रत्नका औठी ऊनेका छन्। कान घाँटी र कपालमा सुनकै परम्परागतका अनेकन गहना छापेका छन्। पुतली बुट्टे रातो डोरी लगाई दुर्इ चुल्थो बाटेका छन्। मधेसका भैया पनि के कम ? सेतो कुर्ता पारी लगाएको धोती कसेका छन्। कपालमा गम्छा बाँधी फर्का छोडेका छन्। भगिनीहरू पनि अनेकन पोते, सितारा, जडि जडिएका जम्फर, बुट्टेदार ब्लाउज छोटो लगाएका छन्। शरीरका मध्ये अ·हरू प्रदर्शित छन्। हात गोडाका औंलाहरूमा चाँदीका औठी ऊनेका छन्। घाँटी र गोडामा धान्नै कठिन हुने गरि बडेमानका कण्ठी र कल्ली लगाएका छन्। गहना भने प्रायः चाँदीकै देखिन्छ। नाक र कानमा पनि बडेमानकै नत्थी र कान पासा झुण्ड्याएका छन्।

पहाडका गुरुङ मगर सोल्टा सोल्टीका पनि आफ्नै मौलिक परम्परागतकै पहिरन छ। सोल्टिनीहरू मखली चौबन्दी चोली टम्म तनमा कसेका छन्। छिट्बुट्टे गुनियोमाथि मखमलकै तीनकुने टेकी बेरी पहेलो पटुकी कसेका छन्। गहना त यिनका सबै सुनकै भनि साध्य नै छैन। कपालमा शिरबन्दी, शिरफूल कानमा ढुङ्ग्र्री, मुन्द्र, कान पासा, घाँटीमा नौगेडी। तीलहरि, नौहार, चन्द्रहार, असर्फीका माला आदि के के हुन् के के ? हातका औंलामा छापे, बेरुवा, रत्न जडित औंठी उनेका छन्। गोडामा भने यिनीहरूको गहना लगाउने चलन रहेनछ। पुरुष दाजुभाइ भने साधारण भोटो कछाड कसेका छन्। माथि आस्कोट र टोपी लगाएका छन्। पछाडि आफैले बुनेका भाङ्ग्रा भिरेका छन्। कम्मरमा भने विदेशी चाक्लो कम्मरपेटी कसेका छन्। औंलामा दुर्इ तीन तोलाको सुनका बेरुवा औंठी ऊनेका छन्। हिमाली भेकका प्रतिनिधिहरूको भेषभूषा पनि विशेष आफ्नै विषेताका  छन्। कपडा माथि देखि तल सम्म ग्वाम्लाङ छोपिने बख्खु जामा लगाएका छन्। यिनीहरूका टेकी भने धक उनीका अगाडिबाट बेरिने रहेछ। कपाल लामो पारी बाटे पनि पुरुषले टोप लगाएका छन्। यिनका कपडा बाक्लो प्राय ऊनी र स्लिकका महङ्गा हुनेरहेछ। जुट्टा भने घुँडासम्म नै आउने ऊनीका दोक्चे  महिला पुरुष दुवैले लगाएका छन्। गहनामा पनि कमी छैन, सुनकै मुन्द्री ढुङ्ग्री, औठी मुगा यू जडित लामा माला आदि।

यस्तै पूर्वका शेर्पा, लिम्बु, लेप्चा, राजवंशी आदि, पश्चिमका थारु, दनुवार, चौधरी मध्यपहाडका बाहुन क्षेत्री लामा तामाङ आदि विभिन्न जातजातिको समान सहभागिता भएको छ। उनीहरूको पनि आ आफ्नै परम्परागत भेषभूषामा आफनो पहिचान देखाएका छन्। सभा कक्ष रङ्गीविरङ्गी फूलले सिङ्गारिएको फूलबारीजस्तो शोभायमान देखिन्छ। सिङ्गो नेपालकै उपस्थिति देखिन्छ यहाँ। नेपालमा प्रत्यक जातिले आ-आफ्नो संस्कृति, परम्पराको जगेर्ना र सर्म्वर्द्धन गर्न लागेको साक्ष्यातभूत भएको देखिन्छ। नयाँ नेपालको सृजनामा प्रत्यक जातजातिमा आफ्नो पहिचान र अस्तित्वको लागि भए गरेका अभियान कोसेढुङ्गा सावित हुन सक्छ। तर राष्ट्रिय एकताको लागि राष्ट्रिय पहिचान के त –

मुख्य अतिथिको विलम्वताले निर्धारित समयभन्दा आधा घण्टा ढिलो कार्यक्रम सुरु भयो।मुख्य अतिथिसहित गन्यमान्य व्यक्तिहरू मञ्चमा आसीन भए।कार्यक्रम सञ्चालकले कार्यक्रमको शुभारम्भको लागि कलात्मक पानसमा बत्ती प्रज्वलन र कार्यक्रम लेखिएको तुल प्रदर्शन गरि दिन अनुरोध हुन्छ। मुख्य अतिथिबाट यसरी विधिवत उद्घाटन हुन्छ। करतल ध्वनि गुञ्जिन्छ। बडेमानको सेतो कपडामा रातो र·ले कलात्मक अक्षरमा लेखिएको ‘समृद्घ अखण्ड नेपालको लागि सबैको भूमिका गोष्ठी’ भन्ने उल्लेख भएको देखिन्छ। आयोजक हेलपिङ ह्याण्ड नेपाल, अन्तराष्ट्रिय गैरसरकारी संस्था सानो अक्षरमा उल्लेख भएको छ। ढाका चौबन्दी चोलो साडी लगाई नेपाली पोशाकमा उभिएकी एक विदेशी महिलाले गोष्ठीको उद्देश्य छोटकरीमा उल्लेख गर्दै टुटेफुटेको नेपाली भाषामा स्वागत भाषण गरिन्। भाषा शुद्घतामा कमी भए पनि शब्द र बोली मीठा थिए। यो औपचारिक कार्यक्रम लामो भएन। मुख्य अतिथि शिक्षामन्त्रीको अङ्ग्रेजीमा छोटो भाषणपछि अन्त भयो। सबै दिवा भोजमा सरीक भए। आयोजकको अनुरोधमा खानामा साधारण नेपाली दैनिक खान्की दाल भात, सब्जी, गुन्द्रुक, कर्कलोको अचार दही मही आदि थिए।सहभागीहरू आ-आफ्नो भाषामा कानेखुसी गर्न लागे-‘यस्तो त हामीले खाएकै थियौ।    पाँचतारे होटलमा के के नै होला भनेको त? ठगे गोरा मोराहरूले।’

एक घण्टापछि सबै सहभागी बन्द शेसनको निम्ति सभाकक्षमा जम्मा भए। कार्यक्रम आरम्भ भयो। सहजकर्ता एक विदेशी महिलाले नेपाली भाषामा कार्यक्रमको उद्देश्य र कार्यविधिबारे सविस्तार प्रकाश पारिन्। उनको बोली भषा मीठो थियो। सबै जातजातिका प्रतिनिधिलाई समृद्घ अखण्ड नयाँ नेपालको निमार्णो लागि आ-आफ्ना विचार धारणा राख्न पालैपालो समय दिइयो।

नेवारले धारा प्रवाह आफ्नो धारणा ठूलो टूलो स्वरमा आफ्नो मातृ भाषामा ठोके। मधेसी भैयाले स·ीतमय तालमा मैथलीमा लयका साथ आफ्नो विचार पोखे। हिमाली बैनीले सुरिलो स्वरमा आफ्नो मन्तव्य व्यक्त आफ्नै भाषामा गरिन्। राई , लिम्बु, शेर्पा पनि के कम सबैले आ-आफ्नै मातृ भाषामै छाती ठोकी-ठोकी अनेकन बुँदा प्रस्तुत गर्दै व्यक्तित्व प्रदर्शन गरे। सहभागी सबैले आफ्नै मातृ भाषा ठूलो ठानी यसैमा इज्जत भएको माने। आ-आफ्नो विचार धारणा राख्न पाएकोमा गर्व माने। तर आफूले बोलेको आफ्नो सहजातिका प्रतिनिधिबाहेक अरु अल परेको ख्यालै गर्ने मेसो पाएनन् बोल्ने जोशमा। कहाँ कुन भाषा प्रयोग गर्नु उपयोग गर्नु उपयुक्त हुन्छ भन्ने ख्याल राखेनन्। अब फसाद पर्‍यो आयोजककर्तालाई निष्कर्ष दस्तावेज के तयार पार्ने ? एक जातिको धारणा विचार अरुले बुझेनन्। आफूले पनि अरुको बुझन सकेनन्। दातृ संस्थालाई के रिपोर्ट बुझाउने भन्ने सड्ढट पर्‍यो। यस्तैमा एक चतुर सहजकर्ताले नेपालमा विभिन्न भाषाभाषी संस्कृति परम्पराका जातजातित्वको विकास भइ एक रमाइलो रङ्गीन नयाँ नेपालको लागि अभ्यास हुन लागेको निष्कर्ष निकाले। सिङ्गो देशको राष्ट्रिय एकता अखण्डताको लागि साझा भाषा, भेष  संस्कृति परम्पराको कमी खड्किन गएको पाए। नेपाली भाषा बोल्न नजानेर मैथलीमा सपथ लिनुपरेको तथ्य बल्ल उजागर भएछ।

Related News

सम्बन्धित समाचार

hero news full width