होसियार हौं, जन्मँदैछन् लेण्डुप दोर्जेहरू

आदर्श समाज सम्वाददाता
असार ३१, २०७०

हामी सानो छँदा भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्न सिकाइन्थ्यो। किन भारतलाई विस्तारवाद किन भनियो पछि बुझ्दै गइयो। भारतले सिक्किम खर्लप्प निलेको कथा पढेपछि भारतलाई विस्तारवाद किन भनियो प्रष्ट भयो। पछि भारतले नेपालको आर्थिक मामलामा हस्तक्षेप गरेको मसिना कुराहरू बुझेँ। यहाँसम्म कि भारतले आफ्नो तेल बेच्न, अन्य सामान बेच्न बाटो खोलिदिएको तथ्य पनि उजागर भयो। हामी दैनिक उपभोग्य सामान भारतबाट नल्याए एक दिन पनि टिक्न नसक्ने स्थिति छ भनिन्छ। भारतले गोलभेडा नपठाए नेपाली भान्छामा चट्नी टुट्छ रे।

हामी यति पर निर्भर हुँदैछौ कि हामीले प्रयोग गर्ने हाम्रो सम्पूर्ण समान प्राय भारतीय छन्। यसरी हेर्दा नेपाल भारतको राम्रो बजार बनेको छ। तेलदेखि नुनसम्म, नुनदेखि सुनसम्म भारतबाट आयात गर्नुपर्ने हाम्रो स्थिति छ। हाम्रो अबौर्ं रकम भारतमा गइरहेछ। हामी परनिर्भर भएका छौ। सुरुका दिनमा भारतीय आर्थिक उपनिवेश नेपाल भएको कुरा बुझँे। त्यसपछि भारतले नेपालको सिमाना मिचेको समाचार पढ्न सुन्न पाएँ। सुरुका दिनमा सुस्तामा भारतीय हस्तक्षेप गरेको नेपाली चेलीलाई भारतलेहस्तक्षेप गरेको, नेपाली चेलीलाई भारतीय प्रहरीले बलात्कार गरेको घटनाक्रम सुनियो। पछि कोशी बाँध बाँधेर भारतले नेपाली भूमि जलमग्न बनाएको आँखाले देख्न पाएँ। कोशीको बाँध देख्दा मेरो भारतप्रतिको दृष्टिकोणमा झन वितिष्णा थपियो। कोशीमा पानीको वहाव बढ्दा कोशीको बाँधको ढोका थुन्ने अनि पानी कम हुँदा सबै पानी लगेर नेपाली भूमि सुख्खा बनाइदिने भारतीय रवैयाप्रति मन दुख्यो।

तर त्यतिबेलासम्म भारतले नपालको राजनीतिमा हस्तक्षेप गरेको मलाई थाहा थिएन। सुरुका दिनमा मैले राजनीति बुझ्दा नेपालमा राजसंस्था थियो। राजसंस्थाले राष्ट्रियता बचायो भनेर खूबक बखान पनि गरिन्थ्यो। हुन पनि त्यतिबेला आजको जस्तो भारतीय नाङ्गो हस्तक्षेप थिएन। पछि भारतले मेघालयमा बस्ने नेपालीलाई लखेटेर विचल्ली बनाएको, इलामको पशुपतिनगरमा हस्तक्षेप गरेकोजस्ता प्रवृत्ति मैले विगतमा देखेँ। यसबाट मलाई मे प्रष्ट भयो भने भारतलाई किन विस्तारवाद भनियो भन्नेबाटे प्रष्ट भयो।

पछि नेपालमा राजनीतिक परिवर्तन भयो तर भारतीय हस्तक्षेप झन बढिरह्यो। भारतीय प्रभुत्व यति बिघ्न भयो कि नेपालले आफ्नो सचिव नियुक्त गर्ने समेत भारतीय हस्तक्षेप बेहोर्र्नुपर्‍यो। प्रधानमन्त्री हुन त भारतको शरण पर्नुपर्ने बाध्यता नै देखा पर्‍यो। भारतको विस्तारवादी र हस्तक्षेपकारी नीतिविरुद्ध सुरुका दिनमा कम्युनिष्टहरूले भारतको विरोध गथे । भारतलाई विस्तारवादको आरोप लगाउँथे। तत्कालीन राष्ट्रिय जनमोर्चाले सन् १९५५ को सन्धि खारेजलगायत अन्य मुद्दा उठाएर ४० सूत्रीय माग पेश गरेको थियो। त्यसको नेतृत्व एकीकृत माओवादीका हालका नेता डा. बावुराम भट्टराईले गरेका थिए। यिनै बावुराम भट्टराईले गरेका थिए। यिनै बावुराम भट्टराईले बिनाप्रयोजन बीप्पा सम्झौता गरे।

सुरुङ युद्धसम्म गर्ने धम्की दिने एनेकपा माओवादी भारतसँग यति लम्पसार पर्ला भनेर त्यहीँ रहेका कमेरेडहरूले सोचेका थिएनन्। यो त भयो माओवादीको कुरा। सुरुका दिनमा मलाई भारतीय विसतारवादविरुद्ध चेतना प्रदान गर्ने कम्युनिष्टको शब्दकोषबाट भारतीय विस्तारवाद हटाइसके। नेपाली काङ्ग्रेस त भारतीय विस्तारवादको ‘वि’ उच्चारणसम्म गर्न चाहन्न।

यसबारे एउटा रोचक प्रस· छ।तत्कालीन बेलामा अनेरास्ववियुका विद्यार्थीले भारतीय विस्तार मुर्दावाद भनेर नारा लगाएछन्। त्यसको विरुद्धमा नेपाली काङ्ग्रेसको समर्थक नोविसङ्घले पनि नारा लगाएछ भारतीय विस्तारवाद जिन्दावाद। यस्तो थियो त्यतिबेलाको स्थिति, यति बेला विद्यार्थीहरूले पनि राष्ट्रियता भुलेका छन्। समाजको सबै भन्दा चेतनशील वर्ग विद्यार्थीले समेत भारतीय विस्तारको विरोध गर्न भुलेकता हराउँदैछन् हाम्रा भविष्यका कर्ण रहरू – राजनीतिक दलहरू त भारतको विरोध गरे प्रधानमन्त्री बन्न पाइँदैन भनेर भारतको विरोध होइन गुलामी गर्छन्। भारतको गुलामी यति नाङ्गो छ कि केही दिन अगाडि भारतीय विदेश मन्त्री सलमान खर्र्सिद नेपाल आउँदा नेपाली नेताहरूले देखाएको चर्तिकला लाजमदो देखियो।

भारतीय विदेश मन्त्री सलमान खर्र्सिदलाई भेट्न प्रचण्ड विदेशबाट हतारिँदै आए। झलनाथ खनाल अन्य व्यक्तिले नजा भन्दाभन्दै हानिएर दण्डवत गर्न द्वारिकाज होटल पुगे। नेपाली काङ्ग्रेसका कृष्ण सिटौलाले भारतीय नेता मेरो मात्र हो जस्तो गरे। के छ भारतसँग यस्तो जादु, एउटा विदेशमन्त्रीलाई भेट्न हाम्रा पूर्व प्रधानमन्त्रीहरू यति साह्रै हत्ते गर्नुपर्ने ? आफ्नो मयार्दाक्रम भुलेर भारतीय विदेशमन्त्रीको खुट्टा ढोग्न पुग्ने यी पार्टीलाई स्वाभिमानी नेपालीले चिन्नपर्छ।

भारतीय विदेशमन्त्रीको पाउमा शरण परेर भविष्यमा प्रधानमन्त्रीको सपना देख्ने नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेपाली काङ्ग्रेसका नेतालाई स्वाभिमान भन्ने शब्द नै थाहा रहेनछ। यस्ता व्यक्तिलाई हामीले नेता छानेछौं। यी नेता तथा पार्टीले नेपाली राष्ट्रियताको चिर हरण गरेका छन्। अहिले नेकपा एमाले भारतको विस्तारवादी तथा हैकमवादी प्रवृत्त्रि्रति ‘चुँ सम्म गर्दैन। बरु भारतको गुलामी गरेर सत्ताको भर्‍याङ चढ्न खोजिरहन्छ।

एक जमानामा सूर्यबहादुर थापालाई भारतले विश्वास पात्र बनाएको थियो। यतिबेला भारतको प्रिय विश्वास पात्र भनेको कम्युनिष्टहरू बनेका छन्। लेण्डुप दोर्जेको भरमार विरोध गर्ने कम्युनिष्ट नामधारीहरूले लेन्डुप दोर्जे हुन तँछाडमछाड गर्दैछन्। यो दौडमा केपी ओली, डा. बावुराम भट्टराई, प्रचण्ड, झलनाथ प्रतियोगी बनिरहेछन्। नेपली काङ्ग्रेसका नेता शेरबहादुर देउवा पनि कम्मर कसेर लागेका छन्। यी नेताले नेतृत्व गर्ने राजनीतिक दलहरूले कसरी राष्ट्रियता बचाउलान् –

सबै दलका नेताको दिमाग भारतपरस्त छ। औषधि उपचारको नाममा भारत गइरहने र भारतबाट कोशेली ल्याइरहने हाम्रो भारतपरस्त संस्कृति छ। आजकाल कम्युनिष्टका कार्यकताले भारतीय हस्तक्षेपको कुरा गर्नसम्म चाहन्नन्। यस्तो संस्कृतिको विकास भएको छ। भारतीय हस्तक्षेप यति बिघ्न छ कि हाम्रो दैनिक प्रशासन राजनीति त्यतैबाट चल्ने भो। नेपालको प्रत्येक सहरमा भारतीय गुप्तचर संस्था ‘र’ का एजेण्टहरू क्रियाशील छन्। हाम्रा नेता पनि ‘र’ का एजेण्ट बनेपछि हाम्रो स्वाभिमान, हाम्रो राष्ट्रियता कता गयो ? बेलुकी नेपाली भएर सुत्ने बिहान उठ्दा भारतीय भएर उठ्न नपरोस्।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width