फेरि संविधानसभा निर्वाचनको माहौल देशमा गुञ्जिरहेको छ। निर्वाचन आयोगमा दल दर्ता गर्ने उद्देश्यले आफ्ना पुराना दल त्यागेका नेता कार्यकर्ता नयाँ नयाँ नामका दल दर्ता गर्न लागिपरिरहेका छन्। सबै दलका कार्यकर्तालाई आफ्नै पार्टीकाथमाउने उद्देश्यले नेताहरु देशदौडाहामा लागिरहेका छन्। कार्यकर्तामा अन्योलता छाइरहेको छ। जनताले ठूलो आसा कुनैपनि दलमाथि गरेको अवस्था छैन। अवसरको खोजी एकमात्र रोजाई हो भन्ने पाठ नेतागणबाट कार्यकर्ता, युवा, तथा बुद्धिजीवीले बुझिसकेका छन्।
नेपालको दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेको छ भने स्वदेशमा रहेका युवाहरु पनि विभिन्न राजनीतिक दलका कार्यकर्ताको रुपमा भर्ती भइरहेको देखिन्छ। कार्यकर्ता पंक्तिका युवाहरुमा कतिपय युवाहरु नेतृत्वको अघिपछि रहेर चाप्लुसीमा चुर्लम्म डुब्ने हुँदा बेलामौकामा चौका हान्न सफल छन् तर सबै दलका ९५ प्रतिशतभन्दा बढी कार्यकर्ता जो आस्थाको राजनीति गर्ने नाममा आफू सानैदेखि माओवादी, काँग्रेस , एमाले….र यस्तैयस्तै दलका पवित्र खम्वाको रुपमा रहेकोमा गर्व गर्छन्। एउटा दलमा आस्था गर्ने हुनाले हत्तपत्त अरु दलमा प्रवेश गर्न चाहँदैनन्। आफ्नो दलले गरेका काम कारवाहीप्रति जति असहमति रहे पनि चुपचाप सहन्छन्। आफ्ना भ्रष्टनेताहरु जो हिजो चप्पल लगाएर हिड्थे आज आलिसान महल, प्राडो, पजेरो प्रयोग गर्छन्, उनीहरुकै जय-जयकार मनाउँछन्। नेताहरुले इज्जतसाथ आफ्ने आस्था, विचार,पार्टी सबै परिवर्तन गर्छन् र एक अको पार्टीकोशक्तिशाली नेता नै बन्छन् तर कार्यकर्ता आफ्नो पंक्तिमा त्यसरी पार्टी परिवर्तन गर्नेलाई पोइला गएको भनी लज्जास्पदरुपमा हेर्छन्। उनीहरु आफ्नो नेता प्रभावशाली र टाठो-बाठो बनेको हेर्ने अभिलाषा मात्र राख्छन्। कसैले आफ्नो नेताको आलोचना गरेमा आफ्नो छिमेक र दाजुभाइबीच कुटाकुट र पानी बाराबारसम्म गर्ने गरेका उदाहरण हाम्रो देशमा प्रशस्त पाइन्छन्।
के कुनै पनि दलका सदस्यले लिएका पार्टी सदस्यता आजीवन प्रकारका हुन् – के आफ्नो दलले जे गरे पनि सही थाप्नैपर्ने कार्यकर्ताको दायित्व हो ? देशका बुद्धिजीवी र युवावर्गले आजको एक्काइसौं सताब्दीको नेपालमा आफ्नो देशको समग्र विकासको लागि आफ्नै मौलिक सोचाईद्वारा देशको अवस्था सुधार्न पहल गर्नुपर्दैन ? खाली नेताहरुको भरमात्र परेर, उनीहरुलाई मनलागि जे पनि गर्नदिएर टुलुटुलु हेरेर बस्दा हामीले देशप्रतिको आफ्नो दायित्व पूरा गरेको र्ठहर्छ ? उत्तर ठहर्दैन भन्ने आउन सक्छ। तर आखिर यस्तै चालाले बस्ने कहिलेसम्म ? यो प्रश्न आज मेचीदेखि महाकालीसम्मका सम्पूर्ण युवा र बुद्धिजीवी कार्यकर्ताबीच बहसको रुपमा निस्किसकेको अवस्था छ।
परिवर्तन संसारको नियम हो, यसलाई आत्मसात गर्न चाहे अध्यात्मवादी दृष्टिकोण होस चाहे भौतिकवादी दृष्टिकोण सबैले स्वीकार गरेको सत्यता हो। त्यसो भए हाम्रा दिनचर्या , विचार, दृष्टिकोण, सामाजिक व्यवहार राजनीतिक, शैक्षिक, आर्थिक सम्पूर्ण क्षेत्रमा परिवर्तन र विकास देखिनु पर्ने होइन र। युवा तथा बुद्धिजीवी वर्गहरु यो सत्यताको प्रयोग हामी सबैले नेतागणमा मात्र देख्न बाध्य छौं। राम्ररी वा नराम्ररी जसरी भए पनि नेताहरुको खानपान, उठबस, घुमफिर यी सबैमा आमूल परिवर्तन भएकै छ। नेताकै परिवर्तनको लागि कार्यकर्ता युवा बुद्धिजीवीहरु कहिलेसम्म भयाङ बन्ने हो? हरेक पार्टीकाइमान्दार कार्यकर्ता दिन प्रतिदिन अवस्था प्रतिकूल बनाउँदै, पारीवारिक कलह निम्त्याउदै बस्दासम्म पार्टी भनेर बस्ने अन्त्यमा साउदी अरव, मलेसिया, कतारलगायतका ठाउँमा जान बाध्य भएको तीतोसत्य हाम्रासामु र्छलङ्ग छैन र ?
२०६४ सालको संविधानसभाको निर्वाचको बेला युवा कार्यकर्ता तथा बुद्धिजीवी वर्गमा पनि एक किसिमको उर्जा थियो। निर्वाचनमा आफ्नो आफ्नो दललाई कसरी जिताउन सकिन्छ भनेर भगिरथ प्रयत्न गरेकै हो। हिजो पसिना र रगत बगाएर , पारीवारिक सौहार्द्धतालाई समेत त्यागेरै भए पनि आ-आफ्नो विचारको प्रतिनिधित्व गर्ने दललाई ठीक समयमा र सम्पर्णनेपालीको हित हुने किसिमको संविधान बनाउन् भन्ने उद्देश्यले मन मष्तिस्कभित्र सजाएर राखेकै हो। आखिर के पायो त देशले ? आखिर के पूरा भयो त इमानदार कार्यकर्ताको अभिलाषा – आखिर युवा र बुद्धिजीवीको विदेश पलायनता कति रोकियो त ? यी सबै विषयमा अब चिन्तन गर्ने पालो आएको छ फेरि। आदरणीय सम्पूर्ण युवा तथा बुद्धिजीवी वर्गहरु एकपटक आ-आफ्नो नेतृत्वसमक्ष यिनै विषयमा प्रश्न गरौं ,आफ्नो मनभित्र आफैंसँग प्रश्न गरौं, अब कसरी हिड्ने ? कस्तो विचार लिने ? कसरी देश बनाउने ?
झट्ट हेर्दा नेपालका कुनै पनि दलका लक्ष्य, उद्देश्य, घोषणापत्र खासै नराम्रा लाग्दैनन्। मधेशवादी दलका नामैले देशलाई समेटन सकेको देखिदैन। मुलुक परिवर्तनमा तराइ मधेशको महत्वपूर्ण स्थान रहेतापनि पहाड र हिमाललाई समेट्ने प्रयत्न नगर्नु मधेशवादी दलको कमजोरी हो। अन्य दलहरु पहाड र हिमाललाई आफ्नो पकेट ठानिरहेका छन्। हरेक दललाई सच्याउन त्यसको बलियो प्रभाव रहेको ठाउँमा वैकल्पिक दर्शनको आवश्यकता पर्दछ। हो त्यही वैकल्पिक बाटोमा हिडने प्रयासमात्र युवा तथा बुद्धिजीवी कार्यकर्ताले गर्ने हो भने दलहरु सच्चिन बेर लाग्दैन। युवा बुद्धिजीवी र इमानदार कार्यकर्ताको सम्मान, देशप्रति नेताहरुको सम्मान, राष्ट्रहितप्रति उनीहरुको कदम एकहदसम्म अघि बढन सक्छकि भनेर अनुमान गर्न सकिन्छ।
आफ्नो दललाई देशको सर्वेसर्वा ठान्ने राजनीतिक दलका नेतृत्वहरुलाई एकपटक नब्यूँझाएसम्म देशले गति लिदैन। ब्यूझाउने कुरा फरक पार्टीबाट पनि सम्भव छैन। पार्टी भित्रैबाट अन्तरसंघर्ष चर्काउने वा नयाँनयाँ लक्ष्य र उद्देश्यसाथ भर्खरै खुल्न लागेका वा पुराना फरक पार्टी ्रति कार्यकर्ताको प्रवेशको लहर हुन थाल्यो भन्ने चर्चाको झ्याली नपिटाएसम्म कसैले आफूलाई कमजोर नठान्ने अवस्था हाम्रो देशमा विद्यमान छ।
नेपालमा धेरै युवा कार्यकर्ता तथा बुद्धिजीवीमा खासै यो पार्टीकालागेर पनि केही गर्न सकिएन, न समाज बनाउन सकियो, न देश बनाउन सकियो, न आफ्नै समस्या समाधान गर्न सकियो, अब के गर्ने होला भनेर नयाँ अवसरको खोजी गर्ने परिस्थिति निर्माण भैसकेको छ। २०७० मंसिरमा पुनः संविधानसभाको चुनाव हुने योजना सँगै सबै पार्टीकाजराहरु खल्वलिन केहीबेर छैन। होसियार नेतागणहरु।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०