शिक्षक साथीहरु, लेक्चर साथीहरु, कर्मचारी साथीहरु जसजसले नेपाल सरकारको तलब खाएर देशको सेवा गरी आफ्नो परिवार पाल्नु भाको छ तपाइहरु राजनीतिबाट नितान्त टाढा बस्नु पर्दछ अर्थात् आफ्नो जिम्मेवारीबाट राजनीतिक पार्टीको झण्डा उचाली जिन्दावाद, मुर्दावाद भन्न मिल्दैन।
शिक्षक साथीहरु, लेक्चर साथीहरुको कामै पढाउने हो। स्कुल, क्याम्पसमा हुँदा पनि पढाउने हो घरमा आएपछि पनि भोलिको पढाउने बारेमा तयारी गर्ने हो। तपाइहरुले विद्यार्थी भाइ बहिनीहरुलाई बडो जोशका साथ बुझाएर कक्षामा छलफल गराएर पढाउनु पर्दछ। गृहकार्य सधैं दिएर चेक पनि गर्नुपर्दछ। कमजोर विद्यार्थी भाइ बहिनीहरुलाई एकदमै रेखदेख गर्नुपर्दछ। नयाँ नयाँ आविस्कार गर्ने वातावरण विद्यार्थी भाइ बहिनीलाई सृजना गराइदिनु पर्दछ। उनीहरुलाई शारीरिक, मानसिक दुवै सजाय नदिई फकाएर, सम्झाएर पढाउनुपर्दछ। उनीहरुलाई अनुशासित वातावरणमा राख्नुपर्दछ किनकि यिनीहरु भोलिका देश हाँक्ने ताराहरु हुन्। देश सजाउने फूलहरु हुन्। त्यसैले तपाइहरु एकदमै अनुशासित भएर आफ्नो काम गरिराख्नु पर्दछ। कृपया पदको लोभमा नेताहरुको पछि लागेर नहिँड्नु होला। तपाईहरुले पढाउने हो, राजनीति गर्ने होइन। घरमा आएपछि पनि भोलि के गराउने, कक्षामा के छलफल गर्ने, के गृहकार्य दिने त्यस बारेमा पाठ योजना बनाउनुपर्दछ। पाठ योजना बनाएपछि सिकाई एकदम प्रभावकारी हुन गई विद्यार्थी भाइ बहिनीहरुले दिमागमा तपाइहरुले पढाएका कुराहरु सजिलै राख्न सक्दछन्। त्यसैले राजनीतिमा नलागिदिनुहोला। बरु तपाईहरु एक ढिक्का हुन गएमा राष्ट्रलाई कोल्टे फेर्न सजिलो हुन्छ। नेताहरु कार्यकर्ताहरु तपाइहरुको जुझारु एकता देखेर देशको मुटुमा छुरा हान्न सक्ने छैनन्। भ्रष्टाचार गर्ने छैनन्। यदि नेताहरुले गल्ती गर्न लागे भने तपाइहरुले त्यस्ता नेताहरुलाई कडाभन्दा कडा सजाय दिलाउनु पर्दछ। नेताहरुको झोला बोकेर, झण्डा उचालेर, भाषण ठोक्न थाल्नुभयो भने हामी देशबासीहरुले तपाइहरुलाई कडाभन्दा कडा सजाय दिलाई जागिरैबाट निकालिदिन्छौं। तपाईहरु केबल भोटरहरु मात्र हो। राम्रो उम्मेदवारहरुलाई भोट हालेर जिताई सम्बन्धित ठाउँमा पुर्याउने हो। यदि राजनीति गर्ने मनसाय नै छ भने पदबाट राजीनामा दिनुहोस् अनि सुरु गनोस राजनीति अनि ठोक्नोस भाषण, पाउनोस ताली र गाली। त्यसैले शिक्षक साथीहरु, लेक्चर साथीहरु राजनीतिबाट नितान्त टाढा बस्नुपर्दछ यदि बस्नु भएन भने आउने पिँढीहरुको श्रापैश्राप लाग्दछ।
त्यस्तै कर्मचारी साथीहरु पनि राजनीतिबाट एकदमै टाढा बस्नुपर्दछ। तपाइहरु त झन् देश र जनताको सेवा गर्ने सच्चा राष्ट्र निर्माताहरु हुनुहुन्छ। नेताहरुले निर्देशन दिने हो काम गर्ने तपाइहरुले हो। अफिसमा हुँदा पनि जतिसक्दो देश र जनताहरुलाई धेरै सेवा दिनुपर्दछ। कृपया कसैलाई काखा कसैलाई पाखा नगरी सेवा तपाइहरुले गर्नुपर्दछ। राष्ट्रले जति दिएको छ त्यसैमा सन्तोष गर्नुहोस्। घुस भन्ने शब्द दिमागबाटै हटाइदिनुहोस्। नेताहरुसित मिलेर घुस नखाइदिनुहोला। नेताहरुलाई खबरदारी गरिरहनु होला। कृपया घुस दिने र घुस लिने दुवै राष्ट्रका सत्रु हुन्- यो कुरालाई मनन गरिदिनु होला। घरमा आएपछि पनि देश र जनताको बारेमा पाठ योजना बनाइदिनुहोला। तपाइहरु कुनै पनि पार्टीको झण्डा उचाली जिन्दावाद, मुर्दावाद भन्न मिल्दैन। यदि राजनीतिमा होमिनु भयो भने देशबासीहरुले तपाइहरुलाई छाड्ने छैनन्। देशलाई सुन्दर गति लिन अप्ठ्यारो हुन गई देशकै अनुहार कुरुप हुन्छ। तपाइहरु एक ढिक्का हुन गएमा नेताहरुले गल्ती गर्ने छैनन्। पदको लोभमा नेताहरुको झोला नबोक्नु होला आफ्नो जिम्मेवारीबाट दायाँबायाँ नजानु होला। तपाइहरु पनि केबल भोटरहरु मात्र हो। राम्रा उम्मेदवारहरुलाई चयन गराउने तपाइहरुले हो। यदि राजनीति गर्न चाहना नै छ भने पदबाट राजीनामा दिएर राजनीतिमा हाम फाल्न सक्नुहुन्छ। देशले आशा गरे जति सुन्दर गति लिन नसक्नुमा नेताहरु मात्रै होइनन् तपाईहरु पनि दोषी हुनुहुन्छ किनभने तपाइहरु पदको लोभमा राजनीति गरिरहनु भएको छ। अब हामी जनताहरु बुझ्ने भएका छौं। खबरदार राजनीति नगरिदिहुनहोला। यदि राजनीति गरेको थाहा भयो भने हामी देशबासीहरुले कडाभन्दा कडा सजाय दिलाई पदबाटै हटाइदिने छौं।
राजनीति त नेताहरुको कार्यकर्ताहरुले किसानहरुले अर्थात जस जसले नेपाल सरकारको कोषबाट तलब लिनु भाको छैन मन्त्रीहरु, सांसदहरु, मेयर, वडा अध्यक्षहरु बाहेक। उहाँहरुले मजाले राजनीति गर्न सक्नुहुन्छ।
नेताहरु, कार्यकर्ताहरु कृपया कर्मचारी, शिक्षक, लेक्चर साथीहरुलाई राजनीतिमा प्रयोग नगर्नुहोला। आज हाम्रो देशले गति लिन नसक्नुको कारण तपाइहरुले शिक्षक, कर्मचारी, लेक्चर, साथीहरुलाई राजनीतिमा प्रयोग गर्नाले हो। अब कुरा बुझेर उहाँहरुलाई प्रयोग नगर्नुहोला। भनिदिनुहोस् न उहाँहरुलाई आफ्नो कामबाट दायाँ बायाँ नहिँड्नोस् भनेर। अब हामी जनताहरु कुरा बुझ्ने भइसकेका छौं। यदि नेताहरुले राष्ट्रसेवक साथीहरुलाई प्रयोग गर्छन् भने हामी नेताहरुलाई पनि छोड्ने छैनौं।
यदि सबैले आ-आफ्नो ठाउँबाट नभागी काम गर्ने हो भने कम्तीमा पनि दश पन्ध्र वर्ष भित्रमा राम्रो नेपाल पक्कै बन्छ बन्छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०