हिन्दू र बौद्ध धर्मप्रति सम्मान तथा धर्म परिवर्तनमा रोक

आदर्श समाज सम्वाददाता
असार ६, २०७१

धर्म के हो भन्ने सम्बन्धमा मिमांशा दर्शनको पहिलो स्लोकमा कर्म सम्बन्धी जिज्ञासा नै धर्मको दर्शन हो भनेको छ। बैदिक मान्यता अनुसार धर्मको मूल वेद हो भनिएको छ। भौतिक र आध्यात्मिक उन्नति जसबाट हुन्छ त्यही धर्म हो। मनुका  अनुसार हिंसा नगर्नु, साचो बोल्नु, शुद्ध रहनु, इन्द्रिय कन्ट्रोल गर्नु धर्मका लक्षण हुन भनिएको छ। त्यस्तै मीठो बोल्नु, दुखीप्रति दया गर्नु सहनशील हुनु पनि धर्मका लक्षण हुन। सर्वगुण सम्पन्न धर्म हिन्दू धर्म हो। हिन्दू धर्मको मुख्य लक्षण के हो भने सवे भवन्तु सुखीन, सवे सन्तु निरामया, सवे भद्राणी पश्यन्तु मा काश्चिदुःखभाग्जनः। सबै सुखी होउन्, सबै निरोगी होउन्, सबैको कल्याण होस्, कसैले दुःख भोग्न नपरोस्। व्यासले दुर्इ कुरा भनेका छन् अष्टादश पुराणेषु व्यासस्थ वचन द्वयम्ः परोपकार पुन्याय पापाय परपीडनमः। परोपकार गर्नु पुण्य हो। अर्कालाई दुखदिनु पाप हो। हिन्दू धर्म र बौद्ध धर्मले ओमकारलाई मान्दछन्। फ्लाई मान्नु भनेको ब्रम्हमा, विष्णु, महेश्वरलाई मान्नु हो अथवा सृष्टि गर्ने, पालन गर्ने र नास गर्ने कुनै महान तत्व छ भनी मान्नु हो। हिन्दू धर्म अत्यन्त उदार सर्वजनको हित चाहने धर्म हो। हिन्दू धर्मजस्तो उदार अन्य धर्म छैनन्। हिन्दू र बौद्ध धर्माबलम्बीले अन्यलाई गाली गर्दैनन नराम्रो भन्दैनन् इस्लाम र इसाई धर्माबलम्बीहरूले आफ्नो धर्म नमान्नेलाई काफीर नास्तिक भन्दछन्। अरु धर्म मान्नेलाई आफ्नो धर्ममा ल्याउने प्रयास गर्दछन्। इसाई धर्मावलम्बीहरूले र इस्लाम धर्माबलम्बीहरूले असङ्ख्य हिन्दूहरूलाई आफ्नो धर्म मान्न वा बाध्य बनाएर धर्म परिवर्तन गराएका धेरै उदाहरण छन्। तर हिन्दू र बौद्धहरू अन्य धर्माबलम्बीहरूलाई धर्म परिवर्तन गराएर आफ्नो धर्म मान्ने बनाउन चाहँदैनन्। स्वेच्छाले आएमा लिन सक्तछन्। इस्लाम धर्माबलम्बीहरूले पाकिस्तान, इण्डोनेसिया र बंगालादेशमा करोडौं हिन्दूहरूलाई इस्लाम धर्माबलम्बी बनाएका छन्। नेपालमा इस्लाम धर्मले धर्म परिवर्तन गर्ने कार्य कम गरेको छ तर इसाईहरूले गरिब नेपालीलाई अनेक प्रलोभनमा पारेर धर्म परिवर्तन गराएका छन्। वैदिक सनातन हिन्दू धर्म र संस्कृति हिन्दूहरूको सृष्टिको उषाकालीन धरोहर हो। आर्यावर्तमा बसोबास गर्नेहरूलाई आर्य मानिएको हो। नेपाल पर्वतमा नेपाल माता पार्वतीको जन्म भएको हो। हिन्दूकुश पर्वतबाट आएका हिन्दूहरू हुन्, हिन्दूहरूको प्रमुख धर्मर्दर्शन वेद हो। हिन्दू धर्मको चारपाउ भनेको सत्य, शान्ति, दया र अहिंसा हो। बेद, कर्म, उपासना, ज्ञान र विज्ञान पनि हो। हिन्दू एउटा सभ्यताको प्रतिबिम्ब हो संस्कार र जीवनशैलीको परिचय वोधक पनि हो। यो जातिवाचक शब्द होइन। यो कुनै सम्प्रदायभित्र पर्दैन यो व्यापक छ। हिन्दू जीवन शैली बैदिक सनातन धर्मको जीवनशैलीको निरन्तरता हो। शान्तिको स्रोतकेन्द्र नै हिन्दू धर्म हो।

संसारमा दुर्इ अर्ब एक करोड क्रिश्चियन, एक अरव आठ करोड हिन्दू, एक अरब ७ करोड बुद्धिष्ट छन्, एक अर्ब ५ करोड इस्लामिक धर्म मान्य जनसङ्ख्या रहेको छ। ७१ मुलुक क्रिश्चियन, ५१ मुलुक मुस्लिम छन् भने भारत र नेपाल दुर्इ मात्र हिन्दू राष्ट्र छन्। बंगला देश एक करोड १ लाख, म्यानमार ७१ लाख, पाकिस्तानमा ३३ लाख, श्रीलंकामा २५ लाख, संयुक्तराज्य अमेरिकामा २० लाख, दक्षिण अफ्रिकामा १२ लाख, संयुक्त अधिराज्यमा १२ लाख, मलेसियामा ११ लाख, क्यानाडामा ७ लाख, फिजीमा ५ लाख, टि्रनिडा टोवेगोमा ५ लाख, गायनामा ४ लाख, नेदरल्याण्डमा ४ लाख, सिंगापुरमा ३ लाख, सुरिनाममा १ लाख, त्यस्तै रुस पोल्याण्ड, इण्डोनेशिया, जाभा, सुमात्रा, बोर्र्नियोमा प्रशस्त रैथाने हिन्दूहरू छन्। हिन्दूहरूको जनसङ्ख्या विश्वभरि फैलिएको छ।

पृथ्वीनारायण शाहको पालामा इसाई धर्म प्रचार गरेको अभियोगमा केही पादरीहरूलाई देश निकाला गरेका थिए। इसाईहरू हरेक प्रकारबाट नेपालमा आउने र प्रभाव जमाउने कार्य गरेका छन्। इसाई धर्मको प्रचारका निमित्त नेपाल भारतको वोर्डर रक्सौलमा डंकन अस्पताल खोलेका थिए। त्यसपछि विस्तारै पोखरा बगरमा (मिम अस्पताल) अथावा क्रिश्चियन अस्पताल खोले र धर्म प्रचारमा टेवा पुर्‍याउने कार्य गरेका थिए। क्रिश्चियन धर्म गुरुहरूले नेपालका विभिन्न ठाउँमा अस्पताल खोल्नुका साथै शैक्षिक संस्था सेन्टजेभियर्स सेन्ट मेरिज स्कुल र बूढानीलकण्ठ बोर्र्डिङ स्कुल पोखरामा लामाचौर क्रिश्चियन विद्यालय गोर्खा बोर्र्डिङ स्कुल आदि खोले र क्रिश्चियन धर्मको व्यापक प्रचार-प्रसार गरेका थिए। क्रिश्चियन धर्ममा लैजाने धर्म प्रचारक व्यक्तिहरूलाई राम्रो तलब दिइन्थ्यो पञ्चायतीकालमा। क्रिश्चियन धर्मको प्रचार गर्ने र हिन्दू धर्मबाट क्रिश्चियन धर्मको सदस्यता दिने प्रचार-प्रसार गर्ने व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही गरी जेलमा हालिन्थ्यो। पञ्चायती शासन व्यवस्थामा क्रिश्चियन धर्म प्रचारमा रोक लगाउने प्रयास गरिए तापनि खास सफलता हासिल हुन सकेको थिएन।

२०४६ सालको जन आन्दोलनको परिणति स्वरूप पञ्चायती व्यवस्था समाप्त भएर बहुदलीय व्यवस्था स्थापित भएपछि इसाई धर्म प्रचारमा छुट भएपछि नेपाल आएका कतिपय दातृ संस्थाहरूले पनि इसाई धर्मको प्रचारलाई व्यापकता दिएका थिए। ०४६ को परिवर्तनपछि इसाई धर्म प्रचार र परिवर्तन गराइएको कारणले जेलमा रहेका ३० जनालाई जेल मुक्त गरिएको मुद्दा खेपिरहेका २०० जनालाई सरकारद्वारा माफी दिइएको थियो।

०४६ सालअघि नेपालमा इसाईहरूको नगण्य प्रभाव थियो प्रजातन्त्रको आगमनपछि अथवा धार्मिक स्वतन्त्रता दिइए पछि इसाई धर्माबलम्बीहरूले हिन्दूहरूलाई इसाई धर्मप्रति आकषिर्त बनाउन फ्री औषधोपचार गर्ने गरिबका छोराछोरी पढाउन पुस्तक किनी दिने, शुल्क तिरिदिने र पर्चा पम्प्लेट पुस्तकहरू घर घरमा बाँड्ने आदि कार्य गर्दै आएका थिए इसाई धर्माबलम्बीहरूले हिन्दू धार्मिक पद्धति पूजा, पाठ, काजकिरिया आदिको विरोध गर्ने गर्दछन्। एक जना महिला क्रिश्चियन भएपछि आफ्नो पूजा गर्ने सामान बाहिर बाटामा फ्याँकेको धार्मिक गीता चण्डी पुस्तकहरू च्यातेर फालेको देखिएको थियो। २०५८ सालको जनगणना अनुसार इसाईको सङ्ख्या एक लाख एक हजार ९७६ थियो २०६८ को जन गणना अनुसार नेपालमा इसाई धर्माबलम्बीको सङ्ख्या तीन लाख ७५ हजार ६९९ अथवा १० वर्षमा तीन गुणा बढी थपिएको र हालसम्म अझै बढेको छ। चर्चहरूको सङ्ख्या ८ हजार ५२४ पुगेको देखिन्छ। नेपालमा हिन्दूहरूको सङ्ख्या २१५५१४९२ करिब ८०% बौद्धहरूको सङ्ख्या २३६२३७० करिब १०% छन्। हिन्दू र बौद्ध धर्म दुवै फ्कार परिवारलाई एकै ठाउँमा जोड्ने हो भने विश्वमा सबैभन्दा ठूलो धर्म हिन्दू बौद्ध मिसिएको फ्कार धार्मिक परिवार हुन्छ। दोस्रोमा क्रिश्चियन धर्म आउछ।

नेपालमा मुस्लिमहरू करिब ११,६२,३७० अर्थात ४% छन्। विश्वमा हिन्दू र मुसलमानको जनसङ्ख्या सवा अर्ब जति दुवैको बराबर जस्तो छ। हिन्दूहरूको वाहुल्यता भारत र नेपालमा मात्र छ। अन्य देशमा हिन्दूहरूको सङ्ख्या माथि उल्लेख गरेअनुसार छ। उस्तै जनसङ्ख्या भएका मुसलमानको बाहुल्यता भएका देश चार दर्जन भन्दा बढी छन् र आधाभन्दा बढी देश धर्म सापेक्ष छन्। क्रिश्चियन धर्म सापेक्ष भएका देश पनि निकै छन्। केही देश बुद्ध धर्म सापेक्ष पनि छन्। विश्वका धेरै देश धर्म निरपेक्ष छन्। ८०% जनसङ्ख्या हिन्दू भएको देश भारत धर्म निरपेक्ष छ। नेपाल पहिला हिन्दू धर्माबलम्बी राष्ट्रको रूपमा रहेको थियो २०४७ सालको संविधानमा धर्मको बारेमा केही बोलिएको थिएन। ०६२।०६३ सालको जनआन्दोलन पश्चात ०६३ जेष्ठ ४ गते नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको थियो। नेपाल अन्तरिम संविधान २०६३ मा धार्मिक स्वतन्त्रता र हरेक धर्मप्रति राष्ट्रले समान व्यवहार गर्नुपर्ने कुरा उल्लेख गरिएको छ।

भारतमा हिन्दूत्व वादको प्रवल समर्थक च्।क्।क्। को समर्थन भएको भारतीय जनता पार्टीो सरकार छ। नेपालका हिन्दूवादी दलहरू भारतमा कट्टर हिन्दू धर्मका समर्थक नरेन्द्र मोदीको सरकार आएपछि नेपालका हिन्दूवादी र राजावादीहरू उत्साहित भएका छन्। नरेन्द्र मोदी कट्टर हिन्दूवादी च्।क्।क्। को कार्यकर्ताबाट भा.ज.पा.को नेता वनेका हुन्। २०६५ साल जेष्ठ ११ गते राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापित भएपछि भारतमा च्।क्।क्। को केन्द्रीय समितिको बैठकमा नेपालको राजतन्त्रबारे चर्काचर्की भएको र कुनै निर्णय हुन नसकेको र बैठक स्थगित गरिएको कुरा प्रकाशमा आएको थियो। नेपालमा राजतन्त्र स्थापित गर्न चाहने उग्र दक्षिणपन्थी अतिवादीहरूको चाहना पूर्र्ति हुने वाला छैन। यो तथ्यलाई स्वीकार गर्नुपर्दछ कि देशलाई विगत लामो समय देखि अविकशित, अशिक्षित चरम गरिवीमा राख्ने राजतन्त्रलाई आम जनताले स्थापित गर्न चाहँदैनन् भन्ने कुरा सिद्ध भइसकेको छ। नेपाली जनताको मानस पटलबाट टाढा भइसकेको राजतन्त्रलाई भारतको मोदी सरकारले स्थापित गर्न प्रयास गर्ने कुरै हुँदैन। भारतमा सरकार फेरिदैमा परराष्ट्र नीति परिवर्तन हुँदैन।

जहाँसम्म हिन्दू धर्मको सम्बन्ध छ। हिन्दूहरूको अत्याधिक वाहुल्य रहेको देशमा हिन्दू राज्य घोषित हुनुपर्दछ भन्ने नारा लोकप्रिय हुन सक्तछ। तर हिन्दूराज्य बनाउँदैमा हिन्दूधर्मप्रति जन आस्था बढ्ने होर्इन। हिन्दू धर्माबलम्बीहरूले अन्य अल्पसङ्ख्यक धर्माबलम्बीहरूलाई समदर र सम्मान गर्न जान्नुपर्दछ। संविधानमा उल्लेख भए अनुसार सबै धर्मप्रति सरकारले समान व्यवहार गर्नुपर्दछ धर्म निरपेक्षता धार्मिक स्वतन्त्रता आजको युगको माग हो। धर्म सापेक्ष राष्ट्र बनाउँदा अन्य धर्मप्रति भेदभाव हुन सक्तछ। मोदी सरकारले हाम्रो मुलुकलाई हिन्दू धर्म सापेक्ष हिन्दू राज्य बनाउने प्रयास गर्नुहुँदैन सो प्रयास गर्ने सम्भावना पनि छैन। भारतमा जति मुसलमान छन विश्वका अनय कुनै देशमा छैनन।  भारतलाई धर्म निरपेक्ष राष्ट्र बनाउनु महात्मागान्धी र संविधान निर्माता अम्बेडकरको योगदान हो। मोदी सरकारले नेपालका हिन्दूहरूलाई क्रिश्चियन बनाउन बाट रोक्न खोज्नु सत्प्रयास हो। यो कुरा राम्रै मान्नु पर्दछ। हाम्रो देशमा हिन्दू र बौद्ध धर्मलाई समान रूपमा आदर सत्कार सम्मान गर्नुपर्दछ। हिन्दूहरूलाई अनय धर्ममा परिवर्तन गर्न दिनुहुँदैन।

(लेखक वरिष्ठ अधिवक्ता हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width