हिन्दू-मुसलमानको चाहना हिन्दू राष्ट्र नेपाल

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७२

एक सय चार वर्ष राणाकालीन निरंकुश शासन कालमा जनता रैती भए पनि राणाहरूले केही कार्यहरू जनताको भलाई, शान्ति, सुरक्षा र अमन चयनको पक्षमा सकारात्मक काम गरेका थिए भन्ने कुरा पाकाहरूको विचार सुन्न पाइन्छ। उदाहरणको लागि जंग बहादुरले ऐन संग्रह दिएको ठूलो उपलब्धि हो। नेपोलिएन महान्को उपलब्धि उनको आचारसंहिता ९ऋक्ष्ख्क्ष्ी ऋइम्भ्० भए भैm जंग बहादुर कु“वरको त्यो महान् उपलब्धि मानिन्छ। यो कानुन संग्रह तत्कालीन नेपाल अर्थात १९ औं शताब्दिको नेपाली समाजको राज्य सञ्चालनको प्रमुख कानुन मानिन्थ्यो। वीर शमशेरले काठमाडौ“ र भक्तपुरमा खाने पानीका कलधार बनाए, जनसाधारणको शिक्षाको लागि संस्कृत पाठशाला खोले, वीर पुस्तकालयको स्थापना गरे, वीर अस्पताल निर्माण गराए। घण्टा घरको निर्माण गराए, काठमाडौ“ सहरमा सडकहरूको निर्माण गराए, इन्जिनियरिङ तालिमको लागि नेपाली विद्यार्थीहरू विदेश पठाए। गोर्खा दक्षिण बाहु र प्रिय दर्शक भन्ने उपाधि सुरुवात गराए। राणाहरूको भाइखलकमा देव शमशेर एक प्रगतिशील विचार धाराको प्रजातान्त्रिक प्रधानमन्त्री थिए। नेपाल र नेपालीको कल्पाण गर्ने विशाल योजनामा तल्लीन थिए। चन्द्र शमशेरको षड्यन्त्रलाई ध्यान नदिएकोले छिट्टै पदच्यूत भए। उनको विशाल योजना कार्यान्वयन गर्न पाएको भए नेपालले आज हरेक क्षेत्रमा फड्को मार्ने थियो।

नेपालले राणाकालीन अवस्थामा खासै संविधान पाएन। २००७ सालको सफल जन आन्दोलन पछि संविधानको अवश्यकताको महशुस भयो अन्तरिम संविधानबाट २०१५ सालमा राष्ट्रिय चुनाव सम्पन्न भएको थियो। २०१७ साल आयो। बहुदलीय व्यवस्थालाई निलम्वन गरी राजा महेन्द्रले पञ्चायती व्यवस्थाको संविधान लागू गरे। जुन संविधानले ३० वर्षसम्म नेपालको शासन सञ्चालन भयो। त्यही संविधान अनुसार हिन्दू राष्ट्र नेपाल भन्ने भयो। गाईलाई राष्ट्रिय जनावरको सूचीमा सूचीकृत गरिएको थियो। हिन्दू धर्मावलम्बीहरूको लागि गाईको महिमा ठूलो छ। हिन्दूहरू गाईलाई गौमाता भन्दछन्। २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि पनि नेपालको संविधानमा गाईलाई राष्ट्रिय जनावरमा सूचीकृत गरिएको थियो। १९ दिने २०६२/०६३ को अभूतपूर्वक जनआन्दोलनपछि २०६३ को अन्तरिम संविधानले स्व. विश्वनाथ उपाध्ययको अध्यक्षतामा एक वर्ष लगाएर ‘त्यही बेला स्व.कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो’। तयार गरिएको २०४६ सालको उत्कृष्ट संविधानलाई निलम्बन गरियो। स्व.राजा त्रिभुवनको पालादेखि संविधानसभाको निर्वाचन गराउने कुरादेखि २०१५ सालमा सोही विषयलाई नेपाली काङ्ग्रेसले आफ्नो प्रमुख एजेन्डा बनायो। तर पनि राष्ट्र अलमलको भूमरीमा थियो। पञ्चायती व्यवस्था आयो, विषय सर्न्दर्भ हरायो।

जनतामा राजा महेन्द्रको व्यवस्थामा धमिरो लाग्न सुरु भयो। स्वयं राजा महेन्द्रले पञ्चायत शासनको १० औं वर्षगाँठको बेला टुँडिखेलको विशेष मञ्चबाट २०२८ सालमा व्यवस्थाप्रति असन्तुष्ट प्रकट गरेका थिए। त्यही बेला व्यवस्थाप्रति समर्पित नेताहरूलाई लक्षित गरी बोलेका पनि थिए। समय आघि बढ्दै थियो। पञ्चायती शासन व्यवस्थाको अवमूल्यन हुँदै थियो। शासन व्यवस्था मात्र होइन राजसंस्थाउपर जनताको वितृष्णाको विजारोपण हुँदै थियो।

पछिल्ला दिनमा संविधानसभा माओवादीहरूको प्रमुख एजेन्डा हुन पुग्यो। उक्त एजेन्डालाई नेपाली काङ्ग्रेसले आत्मासात गरेको थिएन, त्यसलाई लिएर माओवादी नेता तथा पूर्व प्रधानमन्त्री श्री बाबुराम भट्टराईले घुमाउरो पाराबाट काङ्ग्रेस तर्सेको भन्ने भनाइ र्सार्वजनिक भयो।

नेपाली काङ्ग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाले वामपन्थीहरूको सक्रिय सहयोगबाट २५ जना शहीद हुने गरी १९ दिने आन्दोलन चकेको थियो। पूर्व राजा ज्ञानेन्द्रले आफ्नो भुल स्वीकार गर्दै वैशाख ८, २०६३ मा आफूले हत्याको शासन प्रणाली फिर्ता गरेका थिए। तर त्यति बेला राजाबाट जनताबाट निर्वाचित जनआधार भएको संसदीय व्यवस्था भंग गरेका थिए। जुन वैशाख ११, २०६२ को दिन संसद् पुनस्र्थापना गर्नुपरेको थियो। पूर्व राजा ज्ञानेन्द्रले मृत प्राय संसदलाई संजीवनी दिए तर आफ्नो गल्तीको कारण विउँतिएको संसद्ले आफ्ना पुखाले स्थापित राज संस्था धरापमा पर्न गयो। राज संस्था सदाको लागि निलम्बनमा पर्न गयो। संसद पुनस्र्थापना हुन सक्छ, अको विकल्प छैन भनी संघर्षरत स्व. गिरिजाप्रसाद कोइरालाको क्रान्तिकारी भावनालाई सम्मान भयो। नेपालका धेरै राजनीतिज्ञ तथा सन्तालाई नजिकबाट हेर्नेहरूको विचार निस्िक्रय प्राय भयो। उनीहरूको विश्लेषणत्मक भनाइ काम भएन।

त्यसपछि अन्तरिम संविधान प्रयोग भयो। नेपालको म्याग्नाकार्टााो रूपमा हेरिएको ४ जेठ २०६३ को प्रतिनिधिसभाको घोषणाले राजाको अधिकारमा अत्याधिक कटौती गरिएको। १ माघ २०६४ को व्यवस्थापिका संसदले राजालाई राष्ट्र प्रमुख भूमिकाबाट निलम्बन गर्‍यो।

एक पल्ट निलम्बन भइसकेको राज संस्था प्रतिस्थापन हुन गाह्रो हुन्छ। जस्तै २३ जुलाई १९५२ मा आफ्नो छोरालाई राज्य सुम्पियर निर्वासनमा इटालीतर्फ जाने बेलामा इजिप्टका राजा फारुखले भनेका थिए भविष्यमा संसारमा पाँचवटा मात्रै राजा या वादशाह बाँकी रहनेछन्। एउटा संयुक्त अधिराज्य (बेलायत) र अरु चारवटा चाहीँ खेल्ने तासको पंक्तिमा।

२०६५ जेठ १५ गते नेपालको संविधानसभाको पहिलो बैठकले २४० वर्ष पुरानो ‘राजतन्त्रात्मक शासनको हिसाबले करिब २ हजार वर्ष लामो विरासतसहितको’ वंशानुगत सामन्ती शासनको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र कायम गरेको बेला देखि ७ वर्षको अन्तरालमा अन्तरिम संविधानको सट्टा नेपालको नया“ संविधान लागू गर्ने अन्त्तिम चरणमा आइसकेको हो। ९४ प्रतिशत हिन्दू धर्मावलम्बी भएको राष्ट्रमा मुस्लिम धर्मावलम्बीहरूको चाहना पनि हिन्दू राष्ट्रको पक्षमा भएकोले नेपाललाई हिन्दू राष्ट्र घोषणा र गौमातालाई राष्ट्रिय जनावरमा सूचीकृत गरेर संविधान लागू भएमा देश सम्वृद्धितर्फ लम्कन धेरै समय लाग्ने छैन।

(लेखक सराङकोट गाविसका निवर्तमान अध्यक्ष हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width